साइबर सुरक्षा
१९ वर्षिय भण्डारीले पत्ता लगाए फेसबुकको बग, पाए ५९ हजार पुरस्कार
१९ वर्षिय सरोज भण्डारीले फेसबुकको बग (सुरक्षा कमजोरी) पत्ता लगाएका छन् । मुग घरभएका हाल ललितपुर बस्दै आएका भण्डारीले फेसबुकको बग पत्ता लगाएर ५०० अमेरिकी डलर अर्थात ५९ हजार नेपाली रूपैयाँ पुरस्कार पाएका हुन् ।
लक नभएको फेसबुक आईडिको फोन नम्बर राख्ने युआरएललाई कपी गरी लक भएको फेसबुक आईडीको युआरएलसँग रिप्लेस गरेर नयाँ फोन नम्बर राख्ने सकिने कमजोरी पत्ता लगाएको उनले बताए ।
‘यो बगको फाइदा उठाएर कुनै पनि व्यक्तिले कसैको लक भएको फेसबुक अकाउन्ट नियन्त्रणमा लिन सक्ने भयो,’ भण्डारीले आइसिटी समाचारसँग भने, ‘यो प्राइभेसीसँग सम्बन्धित बग भयो । त्यसपछि मैले फेसबुकलाई रिपोर्ट गरे ।’
उनले यो बगको रिपोर्ट एक महिना अगाडि गरेका थिए । त्यसपछि फेसबुकले उक्त बगलाई रिभ्यु गर्दै रिवार्ड दिएको हो । अहिले फेसबुकले उक्त बगलाई समाधान गरिसकेको छ ।
उनले रिपोर्ट गरेको यो पहिलो बग हो । पहिलो बगमा नै उनले सफलता हासिल गरेका हुन् । त्यसपछि पनि उनले ९ वटा बग रिपोर्ट गरे तर ती बग इनभ्यालिड भए । यी बगलाई सफ्टवेयर ग्लिच भन्दै फेसबुकले मार्क गरेको उनले जानकारी दिए ।
बग भ्यालिड भएसँगै उनी फेसबुकको ह्वाइच ह्याट थ्यांसको सूचीमा १६२ नम्बरमा रहेका छन् । भन्डारीले बग बाउन्टीको बारेमा लकडाउनमा बुझेका थिए ।
उनले भने ‘मैले बग बाउन्टीको बारेमा अवधारणा बुझेको २ दिनमै बगको रिपोर्ट गरेको थिए । त्यति खेर खासै ज्ञान थिएन् । मैले भोगिरहेको समस्यालाई चाहिँ रिपोर्ट गरे र रिपोर्ट गर्दा बगले मान्यता पायो ।’
उनले इन्टरनेटबाटै बगको बारेमा ज्ञान लिएका हुन् । बग भ्यालिड भएपछि उनले बग हन्टर आकाश जंग बस्नेतसँग भेट्ने मौका पाएका थिए । बस्नेतबाट बगको बारेमा ज्ञान लिइरहेको र यसको बारे अध्ययन पनि गरिरहेको उनी बताउँछन् ।
उनले होटेल म्यानेजमेन्ट प्लस टुबाट सकाएका छन् । उनलाई लुम्बिनी कलेजबाट बीसीएमा फुल स्कलरसीपको अफर आएको छ तर उनको योजना बीएससी सीएसआईटी अध्ययन गर्ने रहेको छ ।
साइबर सुरक्षा
क्रिप्टो डटकमका ४०० अकाउन्ट ह्याक
क्रिप्टो डटकमका सिईओले सयौँ अकाउन्टहरु ह्याक भएको स्वीकारेका छन् । विश्वको चौथो ठूलो क्रिप्टो एक्सचेन्जका सिईओ क्रिस मार्…
प्राप्त गरेका सबै इमेल मध्ये ४० प्रतिशत इमेल खतरनाक
रुसले रेभिल र्यान्समवेयर समूहलाई बन्द गर्न सफल भएको छ । सन् २०२१ मा धेरैजसो आक्रमण …
नागरिकको जासुसी गर्न पेगासस सफ्टवेयर प्रयोग गर्दै इजरायली प्रहरी
इजरायलको पुलिसले नागरिकहरुको जासुसी गर्नका निम्ति पेगासस सफ्टवेयर प्रयोग गर्ने गरे…
एक वर्षमा उत्तर कोरियाली ह्याकरले चोरे ४७ अर्ब रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी
उत्तर कोरियाली ह्याकरहरुले सन् २०२१ मा ४७ अर्ब नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्स…
९५ प्रतिशत साइबरसुरक्षा समस्या ‘ह्युमन एरर’ ले हुन्छः वर्ल्ड इकोनोमिक फोरम
९५ प्रतिशत साइबरसुरक्षा समस्या मान्छेकै गल्तीले गर्दा आउने वर्ल्ड इकोनोमिक फोरमक रिपो…
टिकटकबाट भिडियो चोरेर एडल्ट डेटिङ साइटमा पोष्ट गर्दै स्क्यामर
स्कयामरहरुले टिकटकबाट भिडियो चोरेर एडल्ट डेटिङ साइटहरुमा पोष्ट गर्ने गरेको पाइएको…
एडोब प्रयोग गरेर प्रयोगकर्ताहरुको लगइन विवरण चोर्दै ह्याकर
ह्याकरहरुले एडोब प्रयोग गरेर प्रयोगकर्ताहरुको लगइन विवरण चोर्ने गरेको पाइएको छ । ह्…
नाईट स्काई र्यान्समवेयरबाट बच्न माइक्रोसफ्टको चेतावनी
चिनियाँ ह्याकरहरुले बनाएको नाईट स्काई र्यान्समवेयर विरुद्ध सर्तक भएर बस्न माइक्रोसफ्टल…
कुकीज ब्रिचका कारण गूगललाई फ्रान्सद्वारा २० अर्ब जरिवाना
कुकीज ब्रिचका कारण गूगललाई फ्रान्सले २० अर्ब रुपैयाँको जरिवाना तिराएको छ । सोही व…
गूगल डक्सको कमेन्ट सेक्सनलाई दुरुपयोग गरेर ह्याक गर्दै ह्याकर
गूगलको गूगल डक्स फिचर ह्याकरहरुका लागि उर्वर क्षेत्र बन्न पुगेको छ । अभान्यान, एक चे…
फेसबुक ह्याक गरेर रकम माग्ने व्यक्ति पक्राउ
विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर …
ह्याकिङका लागि क्युआर कोडको फाइदा लिदै साइबर अपराधी, जोगिने कसरी ?
क्युआर कोडको नाम त सुन्नु भएकै होला । अहिले धेरै काममा क्युआर कोड प्रयोग भइरहेको छ । नेपालमा पनि अहिले डिजिटल का…
फेरि आयो बैंकको सिस्टम ह्याक गर्ने धम्की
कुमारी बैंकको सिस्टम ह्याक गर्ने चेतावनी इमेल आएको छ । अज्ञात समूहले कुमारी बैंकल…
साइबर सेक्युरिटी सिस्टम निर्माण हुँदै, प्राधिकरणले माग्यो परामर्शदाताको आशयपत्र
नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी सिस्टम निर्माणका लागि अन्तर्राष्ट्रिय परा…