टिप्स
टाइपिङ सिक्न चाहनुहुन्छ ? यस्तो छ सिक्ने तरिका
वर्तमान परिपेक्ष्यमा प्रविधिको प्रयोग बढ्दो छ । प्रविधिको युगमा हामी विभिन्न कामको लागि कम्प्युटर वा ल्यापटपको प्रयोग गरिरहेका हुन्छौं ।
यसरी कम्प्युटरको प्रयोग गरिरहँदा टाइपिङलाई विशेष ध्यान दिइन्छ । अझ भनौं कम्प्युटरको एउटा अमूल्य कलाको रूपमा टाइपिङलाई लिइन्छ ।
आउनुहोस्, आज हामी यस शृंखला अन्तर्गत रहेर तपाईँलाई टाइपिङ सिक्नका लागि उपयोगी वेबसाइटहरुका बारेमा जानकारी दिदैछौं ।
कम्प्युटरमा टाइपिङ सिक्नका लागि टाइपिङ क्लब (TypingClub), टाइपिङ डटकम (typing.com), निट्रोटाइप (NitroType), रेटाटाइप (Ratatype), क्येबर डटकम (Keybr.com) जस्ता वेबसाइटहरू उपलब्ध छन् तर आज हामी तपाईंलाई typing.com को बारेमा जानकारी दिन लागेका छौं ।
यसका लागि सबैभन्दा पहिले कुनै पनि ब्राउजर खोल्नुहोस् र typing.com मा गई साइन अप गर्नुहोस् । अब त्यहाँ तपाईले बिगिनर, इन्टरमिडियट वा एडभान्स आफ्नो क्षमता अनुसार सेलेक्ट गरी स्टार्टमा क्लिक गरी भिडियो हेर्दै टाइपिङ अभ्यास गर्न सक्नुहुनेछ ।
यसको प्रीमियम भर्सन पनि उपलब्ध छ । तपाईले आफ्नो इच्छा अनुसार प्रयोग गर्न सक्नुहुने छ । मुख्यतः यहाँ ‘कि’ हरुलाई विभिन्न भागमा विभाजन गरी अभ्यास गराइने छ र सिकाइलाई मनोरञ्जनपूर्ण बनाउन यहाँ भिडियो गेमहरु र आकर्षक भिडियोहरू पनि समावेश गरिएको छ ।
प्रत्येक ‘कि’ को अभ्यासपछि त्यसको प्रतिवेदन स्वरूप तपाईंको टाइपिङ स्पीड, शुद्धता र तपाईंलाई टाइपिङ गर्न लागेको समय पनि समावेश गरिएको छ।
वास्तवमा यदि तपाईं आफ्नो टाइपिङ जिरो लेभलबाट सुरु गर्न चाहनुहुन्छ हुन्छ र आफू टाइपिङमा दक्ष, परिपक्व बन्न चाहनुहुन्छ भने यो तपाईंका लागि एकदमै उपयोगी हुनेछ ।
टिप्स
एपिआई के हो? यसले कसरी काम गर्छ?
एपिआईको पूरा नाम एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस हो, जुन एप्लिकेशन बनाउनमा मद्दत गर्दछ । यो एउटा यस्तो प्रोग्रामिङ हो जसले कुनै पन…
सामान्य एन्ड्रोइड स्मार्टफोनलाई कसरी बनाउने गेमिङ फोन ?
स्मार्टफोनको बजार बढ्दो छ । फोन बनाउने कम्पनीहरू ग्राहकलाई आकर्षित गर्न नयाँ–नयाँ फिचर्समा लगातार काम गरिरहेका छन् । यद्यपि…
आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा यो सुविधा सक्रिय गरेर ह्याकिङबाट जोगिनुहोस्
टू–फ्याक्टर (टूएफए) अथेन्टिकेसन फेसबुक देखि जीमेलसम्म सबै सामाजिक सञ्जाल एपहरूमा उपलब्ध छ । टूएफए एक धेरै उपयोगी सुरक्षा…
मोबाइलको विकिरण स्वास्थ्यका लागि कत्तिको हानिकारक छ ?
अहिले स्मार्टफोन हाम्रो जीवनको ठूलो हिस्सा बनेको छ । हामी खाना बिना केही समय बाँच्न सक्छौं तर मोबाइल र इन्टरनेट बिना बाँच्न गाह्…
अनावश्यक एपलाई क्यामेरा, फोटो र स्थानको पहुँच दिनुभएको त छैन् ? यसरी थाहा पाउनुहोस्
आजको डिजिटल युगमा साइबर ठगीको शिकार जो पनि हुन सक्छ, जो कोहीको डाटा लीक हुन सक्छ । यदि तपाईसँग महँगो फोन वा ल्यापटप छ भने त्यसको डाटा लीक हुँदैन भन्ने …
तपाईले प्रयोग गर्ने फोन ह्याक भएको त छैन् ? यी हुन थाहा पाउने संकेत
स्मार्टफोन हामी मध्ये अधिकांशको दैनिकी बनेको छ । बिहानदेखि साँझसम्म हामी धेरै समय मोबाइलमै बिताउँछौं ।
फोनबाटै विभिन्न काम पन…
इयरबड किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुहोस्
मानिसहरूको आवश्यकता अनुसार, इयरबड एक आवश्यक ग्याजेट भइसकेको छ । विस्तारै एयरफोन र हेडफोनलाई इयरबडले विस्थापित गर्दैछ ।
विश्वभर इ…
फेसबुकमा नगर्नुहोस् यी काम ? नत्र ब्लक हुन सक्छ अकाउन्ट
सामाजिक सञ्जाल आज सूचनाको प्रमुख माध्यम बनेको छ । स्मार्टफोन भएका जो कोहीले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । तपाईंले पनि सा…
ब्लुटुथ प्रविधि प्रयोग गर्दा हुन सक्छ साइबर आक्रमण ? यसरी जोगिनुहोस्
प्रविधि दिनप्रतिदिन अगाडि बढिरहेको छ । हरदिन लगातार नयाँ–नयाँ ग्याजेट र उपकरण आइरहन्छन् ।
क्रोम ब्राउजरका केही सर्टकट टिप्स
गुगल क्रोम हाल विश्वका अरबौं मानिसहरूद्वारा प्रयोग भइरहेको छ । क्रोम मोबाइलबाट डेस्कटपमा प्रयोग भइरहेको छ । यही कारणले आज हामी…
फोनमा बारम्बार एप क्र्यास भइरहेको छ ? यसरी गर्नुहोस् समाधान
एप क्र्यास हुनु स्मार्टफोनको प्रयोगमा सामान्य समस्या हो । खोल्ने प्रयास गर्दा एप अचानक बन्द हुनुले जो कोहीलाई सताउन सक्छ ।
<…ई–सिगरेट के हो? कसरी काम गर्छ ?
ई–सिगरेटलाई इलेक्ट्रोनिक डिभाइसको रूपमा सोच्न सक्नुहुन्छ । यसलाई प्राविधिक रूपमा एण्ड्स (इलेक्ट्रोनिक निकोटिन डेलिभरी प्रणाल…
ब्लूबगिङ के हो? यसबाट कसरी जोगिने?
धेरै पटक सार्वजनिक स्थानमा फोन अज्ञात डिभाइससँग ब्लुटुथ पेयर गर्न रिक्वेस्टको पप–अप देख्ने गर्दछौँ । हामी प्रायः यो एक अनजा…
फोन चार्ज गर्दा याद राख्नुपर्ने केही टिप्स
हाल सबै मोवाइलहरू फास्ट चार्जिङको साथ आउँछन् । चार्जर केही मोबाइलहरूमा उपलब्ध छ, तर केहीमा उपलब्ध नहुन् पनि थालेको छ ।…
स्मार्टफोन ह्याङ हुन्छ ? छुटकारा पाउन यी काम गर्नुहोस्
आजकाल स्मार्टफोन बिनाको जीवन अधुरो छ । हामी धेरैजसो कुराको लागि मोबाइलमा निर्भर छौं । किनमेल, बिल भुक्तानी, टिकट बुकिङ र अध्…