कीवर्डहरू -

टिप्स

तपाईले प्रयोग गर्ने मोबाइलको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता छैन् ? यसरी गर्नुहोस् दर्ता

नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने भएको छ । पहिलो चरणमा हाई इण्ड अर्थात महंगो मोबाइल फोनको नेटवर्क लक गरेर प्राधिकरणले एमडीएमएस लागु गर्दैछ । 

यदी तपाईफोन एमडीएमएसमा दर्ता भएको छैन् भने पैसा तिरेर दर्ता गर्न सकिन्छ । गत जेठ १५ गतेसम्म आयात भएका तर दर्ता नभएका फोनहरू पैसा तिरेर दर्ता गर्न सकिन्छ । गत जेठ १५ सम्म आएका फोनलाई ग्रे लिष्टमा समावेश गरिएको छ । पैसा तिरेर ग्रे लिस्टमा भएको फोन दर्ता गर्न कम्तिमा पनि एउटा आईएमईआई नम्बर ग्रे सूचीमा हुनुपर्नेछ ।

दर्ता गर्न सुरूमा आफ्नो मोबाइलको आइएमईआई नम्बर दर्ता छ की छैन् थाहा पाउनु पर्ने हुन्छ । त्यसका लागि *#०६# डायल गरेर आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन सकिने छ । यदी तपाईको मोबाइलले २ वटा सिम सपोर्ट गर्छ भने २ वटा आईएमईआई नम्बर देखाउँछ र एउटा सपोर्ट गर्छ भने एउटा देखाउँछ । अनि यहाँ क्लिक गरी आफ्नो मोबाइलको आईएमईआई नम्बर राख्ने एमडीएमएसमा दर्ता भएको वा नभएको थाहा पाउन सकिने छ । 

कसरी गर्ने दर्ता ?

यदी तपाईको फोनको आईएमईआई नम्बर दर्ता भएको छैन् भने गत जेष्ठ १५ सम्म नेपालमा सञ्चालनमा आएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइलहरूलाई तोकिएको राजश्व तिरी उक्त मोबाईलहरू दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । तर त्यसका लागि दर्ता गर्नुपर्ने मोबाइलको कम्तिमा एउटा आईएमईआई नम्बर ग्रे लिष्टमा हुनुपर्ने छ । त्यसपछि मात्रै शुल्क तिरेर मोबाइल दर्ता गर्न सकिने छ ।

राजश्व अनलाईन नै तिर्न सकिने छ । एक लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलका लागि लागि प्रति सेट १० हजार रुपैयाँ, अन्य स्मार्टफोनका लागि प्रति फोन सेट तीन हजार रुपैयाँ र स्मार्टफोन बाहेकका मोबाइलका लागि प्रति सेट २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

ग्रे मोबाल दर्ताका लागि सुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यहाँ आफ्नो मोबाइलको आईएमईआई लगायत अन्य आवश्यक व्यक्तिगत विवरण भरीसकेपछि तिर्नुपर्ने राजश्व स्वतः प्रणालीले नै देखाउछँ।

भुक्तानीका लागि कनेक्ट आईपीएस छनौट पश्चातः देखिने क्युआर कोडलाई स्क्यान गरी कुनै भुक्तानी सेवाप्रदायकको एप्लिकेसन प्रयोग गरी भुक्तानी गर्न सकिनेछ। भुक्तानी सफल भएपछि मोबाइल दर्ता हुनेछ ।

फोन किन ह्याङ हुन्छ ?

टिप्स

​​​​​​​च्याटजीपीटीलाई आफ्नो डाटा भण्डारण गर्नबाट कसरी रोक्ने?

च्याटजीपीटी यस वर्षको एकदमै चर्चित विषयहरु मध्यको एक हो । तर यस कम्पनीको गोपनीयता नीति र डाटा भण्डारणको बारेमा पनि प्रश्न उठेको…

वेबसाइटबाटै भिडियो एडिट गर्न चाहनुहुन्छ ? यस्ता छन् तरिका

पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा भिडियोलाई लिइन्छ । सिकाउन होस् व्यवसाय प्रचार प्रसार गर्नका जुनसुकै काममा प…

फोनमा धुलो वा बालुवा छिर्‍यो, यसरी गर्नुहोस् सफा

समुद्र किनार वा धुलो भएको ठाउँमा जानुभयो भने फोनमा बालुवा पस्ने खतरा हुन्छ । फोन भित्र अलिकति धुलो वा बालुवा पस्यो भने खासै …

मोबाइलको कुनै पनि एपलाई हाइड गर्न चाहनुहुन्छ ? यस्तो छ तरिका

सबैको फोनमा धेरै पर्सनल डेटा भएको एप हुने गर्दछ । तपाईले ती एपमा सेक्योर लक प्रयोग गर्नुभएको छ भने पनि अनलक गर्न सफल भएमा तपाईको निजी जानकारी कसैले हेरि…

आफैले आफ्नो कम्प्युटर स्लो बनाउनु त भएको छैन् ? यसरी थाहा पाउनुहोस्

कम्प्युटर निकै ढिलो खुल्छ, ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै समय लाग्छ, यी तपाई हामी सबैले प्राय भोगिरहेका समस्या हुन् । त्यसमाथ…

मोबाइलको स्टोरेज फुल भयो ? यसरी गर्नुस् खाली

आजभोलि प्राय सबैको हात हातमा स्मार्टफोन देख्न सकिन्छ । दिनको अधिकांश समय स्मार्टफोन चलाउनमै गइरहेको हुन्छ ।

हरेक साना–ठूला कामका लागि स्मार्…

यी गल्ती गर्दा चाँडै बिग्रिन सक्छ तपाईको स्मार्टफोन

मोबाइल फोन आजभोलि मानिसको नजिकको साथी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै पटक हामी मोबाइल प्रयोग गर्छौं । हुन पनि हो, पछिल्लो समय सबै कुरा डिजि…

प्रयोगकर्ताको डेटा सुरक्षित राख्न सघाउने सामसङको ‘सेक्योर फोल्डर’ के हो ?

नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । उक्त स्मार्टफोन ब्राण्ड मध्ये सामसङ पनि एक…

किन धेरैले किन्न चाहन्छन् आईफोन ?

राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ, आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ–आफ्नो ठाउँमा राम्रा फिचर छन् ।

तर पनि विदेशबाट पठाइदिन भ…

टाइपिङको आवाजबाटै ह्याकरले थाहा पाउन सक्छन् तपाईको पासवर्ड, जोगिने कसरी ?

ह्याकरहरूबाट आफूलाई जोगाउन जतिसुकै विधि अपनाए पनि ह्याकरहरूले सधैं केही नयाँ तरिका खोजि हाल्छन् । यदि कसैले टाइपिङको आवाजमा…

फोनको फिंगरप्रिन्टले राम्रोसँग काम गरेन् ? यी तरिका अपनाउनुहोस्

हामी प्रायः स्मार्टफोनमा सुरक्षाको लागि पासवर्ड वा फिंगरप्रिन्ट लक प्रयोग गर्छौं । यद्यपी, फिंगरप्रिन्ट लक, फोनको डाटा सुरक्षित…

के तपाईको फोन ह्याङ हुन्छ ? छुटकारा पाउन यी तरिका अपनाउनुहोस्

आजभोली तपाई हामी धेरैको दैनिकी स्मार्टफोनमै बित्छ । आफ्नो काम होस् वा कार्यालयको काम होस् धेरै प्रयोजनका लागि स्मार्टफोनको प्रयोग …

मोबाइल चलाउँदा डार्क मोड वा आई कम्फर्ट मोडमा कुन प्रयोग गर्ने ?

के तपाईंले फोनको क्वीक सेटिङमा डार्क मोड र आइ (आँखा) कम्फर्ट मोड जस्ता विकल्पहरू फेला पार्नुभएको छ ? के तपाई यी मोडहरू प्रयोग ग…

इमेलमा आएको पीडीएफ फाइलबाटै हुन सक्छ मालवेयर अट्याक ? जोगिन यसो गर्नुहोस्

पिडिएफ सामान्यतया प्रयोग गरिने फाइल ढाँचाहरू मध्ये एक हो, जुन इमेल वा अन्य इलेक्ट्रोनिक सञ्चार प्लेटफर्ममार्फत डकुमेन्ट प्राप्त गर्न …

के जीमेलमा ‍अनावश्यक इमेल आउँछन् ? यस्तो छ ब्लक गर्ने तरिका

जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अनलाइन इमेल सेवा हो । जीमेलका कारण इमेल पठा…