कीवर्डहरू -

टिप्स

गुगल म्यापका उत्कृष्ट फिचर: यात्रालाई सजिलो, छिटो र रमाइलो बनाउने सुविधाहरू

गुगल म्याप केवल एउटा नक्सा देखाउने प्रणाली मात्रै होइन, यो एउटा पावरफुल टूल हो जसले तपाईंको यात्रालाई सजिलो र रमाइलो बनाउँछ । चाहे तपाईं नयाँ शहरमा हुनुहोस् वा आफ्नै शहरमा घुमिरहनु भएको छ, गुगल म्याप्समा धेरै यस्ता फिचरहरू छन् जुन तपाईंलाई मद्दत गर्न सक्छन् । गुगल म्याप्स गुगलको इन–हाउस एप हो जुन फोनमा पहिल्यै इन्स्टल गरिएको हुन्छ ।

आज हामी तपाईंलाई गुगलका केही उत्कृष्ट फिचरहरूबारे बताउँछौं, जसबारे तपाईंलाई पक्का थाहा हुनुपर्छ । यी फिचरहरूले तपाईंलाई मद्दत पु¥याउँछन् ।  गुगल म्यापको सबैभन्दा लोकप्रिय फिचर भनेको तपाईं एपमा आफ्नो स्टार्टिङ पोइन्ट र डेस्टिनेसन पोइन्ट मात्र राख्नुहोस्, र गुगल म्याप्सले तपाईंलाई त्यहाँ पुग्ने सबैभन्दा छिटो र सजिलो बाटो देखाउनेछ ।

पब्लिक ट्रान्सपोर्ट

यदि तपाईं बस, वा क्याबबाट यात्रा गर्न चाहनुहुन्छ भने, गुगल म्याप्सले तपाईंलाई पब्लिक ट्रान्सपोर्टका विकल्पहरू पनि देखाउनेछ । यदि तपाईं पैदल जान चाहनुहुन्छ भने पनि, गुगल म्याप्सले तपाईंलाई पैदल मार्ग पनि देखाउनेछ ।

ट्राफिक

गुगल म्यापले तपाईंलाई रियल टाइममा ट्राफिकको अपडेट देखाउँछ ताकि तपाईं जामबाट बच्न सक्नुहोस् । कुनै बाटोमा जाम छ भने, गुगल म्यापले तपाईंलाई यसबारे पहिले नै जानकारी दिन्छ ताकि तपाईंको समय बचाउन सकियोस् ।

स्ट्रिट भ्यू

गुगल स्ट्रिट भ्यूको मद्दतले तपाईं कुनै पनि ठाउँको ३६०–डिग्री भ्यू हेर्न सक्नुहुन्छ । यसले तपाईंलाई त्यस ठाउँबारे जान्न मद्दत गर्दछ । साथै, तपाईंलाई इमर्सिभ भ्यूको सुविधा पनि उपलब्ध हुन्छ । यो एउटा नयाँ फिचर हो जसले तपाईंलाई कुनै पनि स्थानको थ्रीडी मोडल हेर्न दिन्छ ।

अफलाइन म्याप्स

तपाईं गुगल म्यापलाई अफलाइन डाउनलोड गर्न सक्नुहुन्छ ताकि इन्टरनेट कनेक्शन बिना पनि यसको प्रयोग गर्न सक्नुहुन्छ । गुगल म्यापमा तपाईले वरपरका रेस्टुरेन्ट, क्याफे, र बार पनि खोज्न सक्नुहुन्छ । यदि तपाईं गाडीमा यात्रा गरिरहनु भएको छ भने, तपाईं गुगल म्याप्समा पेट्रोल पम्पको जानकारी पनि प्राप्त गर्न सक्नुहुन्छ ।
 

टिप्स

स्मार्टफोनमा आगो लाग्ने पाँच प्रमुख कारण र त्यसबाट जोगिने उपायहरू, जान्नैपर्ने जानकारी

स्मार्टफोन अहिले मानिसहरूको जीवनको एक महत्वपूर्ण भाग बनेको छ  । तपाईंले कतिपय समय फोनमा आगो लाग्ने खबर सुन्नुभएको होला ।…

यी हुन् प्रमुख क्लाउड स्टोरेज प्लेटफर्म, यसरी गर्नुहोस् प्रयोग

क्लाउड स्टोरेजको नाम त तपाईंले सुन्नुभएको नै होला । साधारणतया हामी हाम्रो डिजिटल सामान जस्तै फोटो, भिडियो, अडियो आदि क्लाउड स्…

इयरबड्स प्रयोगकर्ताले थाहा पाउनैपर्ने ६०:६० नियम के हो ?

लामो तार भएका इयरफोनहरू आजकल धेरै कम प्रयोगमा देखिन्छन् । तिनको ठाउँमा साना साइजका ताररहित इयरबड्सले लिएका छन् । यिनीहर…

मोबाइलमा एप खोल्दा अचानक बन्द हुन्छ ? यसरी गर्नुहोस् समाधान

एप क्र्यास हुनु स्मार्टफोनको प्रयोगमा सामान्य समस्या हो । खोल्ने प्रयास गर्दा एप अचानक बन्द हुनुले जो कोहीलाई सताउन सक्छ ।

<…

फोनको स्टोरेज भरियो ? यसरी गर्नुहोस् खाली

बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा …

इयरबड किन्दा ध्यान दिनुपर्ने पाँच कुरा

मानिसहरूको आवश्यकता अनुसार, इयरबड एक आवश्यक ग्याजेट भइसकेको छ । विस्तारै एयरफोन र हेडफोनलाई इयरबडले विस्थापित…

सार्वजनिक स्थानमा फोन चार्ज गर्दा हुन सक्छ स्क्याम, जोगिने कसरी ?

सार्वजनिक स्थानमा चार्जिङ पोर्ट सुविधा देखेपछि तुरुन्तै फोन चार्ज गर्न हतार गर्ने स्मार्टफोन प्रयोगकर्ताहरूमध्ये के तपाईं पनि एक हुनुहुन्छ ?  

मे…

पुरानो फोनलाई सीसीटीभी क्यामेरामा रूपान्तरण गर्ने तरिका

आफ्नो घरलाई सुरक्षित राख्ने हो भने सीसीटीभी क्यामेरा वा सेक्युरिटी गार्ड राख्नुपर्छ, नत्र घर सुरक्षित छ की छैन् भनेर सधैं तनाव रहि…

गलत ठाउँमा राउटर राख्दा हुन्छ इन्टरनेट स्लो, सही ठाउँमा कसरी राख्ने ?

यदि तपाईंसँग पनि घरमा वा अफिसमा ब्रोडब्यान्ड इन्टरनेट जडान छ र राम्रो चलेको छैन् भने तपाईंले कम्पनीमा गुनासो गर्नु अघि आफ्नो राउ…

माइक्रोसफ्ट पावरपोइन्ट चलाउनु हुन्छ ? यी हुन् कामलाई सहज बनाउने उपयोगी शर्टकट

माइक्रोसफ्ट पावरपोइन्ट हामी आफ्नो प्रस्तुती बनाउनका लागि धेरैले प्रयोग गर्छौं । 

यसबाट एउटा राम्रो प्रजेन्टेसन बनाउन सकिन्छ, जसले डेट…

अकाउन्ट ह्याक हुनबाट जोगाउन कस्तो खालको पासवर्ड राख्ने ?

फोनमा लगभग सबै एपमा पहुँच गर्नका लागि लगइन आईडी–पासवर्डको धेरै आवश्यकता हुन्छ । पासवर्ड नै हो जसले यो निर्णय गर्छ कि अका…

फोन चार्ज गर्दा यी कुराहरूमा ध्यान दिनुहोस्

स्मार्टफोनको प्रयोग सबैले गर्छन् । दिनभरि धेरैजसो काम फोनको माध्यमबाटै गरिन्छ । फोनको चार्ज लामो समयसम्म टिकाउनका लागि लामो ब्याट्…

फोन चार्ज भईरहेको छैन् ? गर्नुहोस् यी १० काम

स्मार्टफोन आजको दिनमा मानिसको अत्यावश्यक साधन बनिसकेको छ । बिहान उठेदेखि राति नसुतेसम्म हातमा स्मार्टफोन हुन्छ । …

घन्टौँ मोबाइल चलाउने बानीले दिक्क हुनुभएको छ ? यी सेटिङ अन गर्नुहोस्

स्मार्टफोन चलाउँदा कहिलेकाहीं घण्टौँ बितेको पत्तै हुँदैन् । केही मिनेटका लागि फोन उठाउँछौं, र जब राख्ने समय आउँछ, समय कति खर्च…

क्युआर कोडलाई नै ठगीको माध्यम बनाउँदै स्क्यामर, जोगिनलाई यसो गर्नुहोस्

डिजिटल कारोबारले हाम्रो जीवनलाई सजिलो बनाएको छ । डिजिटल भुक्तानी सजिलो, छिटो र सुरक्षित पनि हुन्छ । तर अर्कोत…