टिप्स
एसअईओमैत्री कन्टेन्ट कसरी लेख्ने ?
आजको जमानामा विभिन्न किसिमका निस तथा विषयमा वेबसाइटहरु निर्माण भईरहेका छन् । यी वेबसाइटहरुबाट मासिक रुपमा राम्रो आम्दानी पनि भइरहेको छ ।
अहिलेको समयमा युवाहरुले जीवन परिचय, प्रविधि, वित्त, एप रिभ्यु, सरकार जस्ता धेरै विषयमा आ–आफ्नो वेबसाइटहरु बनाइरहेका छन् ।
यदि तपाई पनि एक कन्टेन्ट राईटर हुनुहुन्छ र एसईओ मैत्री लेख (कन्टेन्ट) लेख्न चाहनुहुन्छ ? त्यसो भए आज हामी तपाईलाई कन्टेन्ट लेख्दा कसरी एसईओ अप्टिमाइज हुने गरी लेख्न सकिन्छ भन्ने बारे जानकारी दिदैछौं ।
१. कीवर्डको अनुसन्धान
तपाई लेख लेख्ने बारे सोच्दै हुनुहुन्छ भने, सबै भन्दा पहिले किवर्ड रिसर्चको बारेमा जान्नुपर्दछ किनभने तपाईसँग कम प्रतिस्पर्धात्मक (लो कम्पिपिटसन) किवर्ड छ भने तपाईको लेख गुगलमा र्यांक हुने सम्भावना धेरै हुन्छ । त्यसकारण कुनै कीवर्ड अनुसन्धान बिना लेखेको कन्टेन्टको कुनै महत्त्व छैन् ।
२) हेडिङ र उपशीर्षकहरूमा कीवर्ड
कुनै पनि कन्टेन्टको हेडिङ तथा सब हेडिङमा राम्ररी अनुसन्धान गरिएको कीवर्ड प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो लेख गुगलको नजरमा राम्रो हुन्छ र यसले गुगलमा पनि र्यांक गर्न मद्दत गर्दछ ।
३) पहिलो र अन्तिम अनुच्छेदमा किवर्डको प्रयोग
यदि हामी हाम्रो लेख सर्च इन्जिनको शीर्षमा र्यांक गर्न चाहन्छौं भने कन्टेन्टको पहिलो र अन्तिम अनुच्छेदमा किवर्डहरू थप्न आवश्यक छ । तर यस्तो भन्दै गर्दा पनि, हामीले हाम्रो कीवर्ड प्राकृतिक रूपमा प्रयोग गर्नुपर्छ नभए जबरदस्ती कीवर्ड प्रयोग गरेमा लेख पढ्न रमाइलो लाग्दैन् ।
हामीले जानाजानी सामग्रीमा बारम्बार कीवर्ड प्रयोग गर्छौं भने, गुगलले त्यस्तो लेख मान्दैन् र त्यो लेखलाई श्रेणीकरण गर्दैन् ।
४) शीर्षकमा कीवर्ड
हामीले कुनै पनि लेख लेख्नु अघि शीर्षकमा मुख्य कीवर्ड राख्नु पर्छ, जसले गर्दा सो लेखलाई सर्च इन्जिनमा सजिलै भेटिन सकिन्छ ।
हामीले जहिले पनि ६० देखि ७० शब्दको बीचमा शीर्षक लेख्नुपर्छ र शीर्षक देख्नेबित्तिकै क्लिक गर्न बाध्य हुने किसिमले लेख्नुपर्छ ।
५) परमालिंकमा कीवर्डको प्रयोग
परमालिंकमा कीवर्ड हुन्छ, जुन वेब पेज वा ब्लग पोस्टको यूआरएलमा समावेश हुन्छ । यसको उद्देश्य प्रयोगकर्ताहरू र सर्च इन्जिनहरूलाई साइटमा सान्दर्भिक सामग्री फेला पार्न मद्दत गर्नका लागि वेब पेज सामग्रीमा अझ बढी स्पष्टता प्रदान गर्नु हो । त्यसकारण परमालिंकमा किवर्डको प्रयोग गर्न सकिन्छ ।
६) इमेजेज अल्ट ट्याग प्रयोग गर्ने
आजकाल हामी कुनै लेख पोस्ट गर्दा निश्चित रूपमा इमेज समावेश गर्दछौं, जसको लागि हामीले इमेज राख्दा एट्रिब्युसन ट्याग सक्दो समावेश गर्नुपर्छ ।
यसलेलेख गुगल सर्च इन्जिनका साथै गुगल इमेजमा र्यांक गर्न फाइदा दिनेछ, जसका कारण हाम्रो लेखमा बढी ट्राफिक आउने सम्भावना हुन्छ ।
लेखमा कम्तिमा गुणस्तरीय तस्वीर अपलोड गर्नुपर्छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ, जसको कारण वेबसाइटको स्पीड राम्रो रहन्छ र इमेज अप्टिमाइजेसनमा पनि समस्या आउँदैन् ।
हामीले इमेज अपलोड गर्नु अघि यी कुराहरूमा विशेष ध्यान दिनुपर्छ :
- हामीले इमेज अपलोड गर्नु अघि इमेजको नाम परिवर्तन गर्न आवश्यक छ ।
- हामीले सधैं कम्प्रेस गरेपछि इमेज अपलोड गर्नुपर्छ ।
- हामीले हाम्रा लेखहरूमा सधैं उच्च गुणस्तरका इमेज प्रयोग गर्नुपर्छ ।
- इमेज अपलोड गर्दा सम्पादन गर्नुपर्छ ।
- यदि हामीले कुनै अन्य वेबसाइटबाट इमेज मपिगरेका छौं भने हामीले त्यो वेबसाइटलाई क्रेडिट दिनु पर्छ ।
७) एलएसआई कीवर्डको प्रयोग गर्ने
एलएसआई किवर्ड साधारण भाषामा भएका शब्दहरू हुन्, जसले वेब पेज वा ब्लग पोस्टको सामग्रीलाई जनाउँछ । यी शब्दहरूले विषयलाई गहिराइमा बुझ्न मद्दत गर्दछ र यसलाई थप सान्दर्भिक र उपयुक्त बनाउन प्रयोग गरिन्छ ।
एलएसआई कीवर्ड विषयसँग सम्बन्धित तर फरक शब्द र समानार्थी शब्दहरू प्रयोग गर्ने वेब पेजलाई सन्दर्भ गर्न प्रयोग गरिएका शब्दहरूको सूची हो । यसको प्रयोगले प्रयोगकर्ताहरू र सर्च इन्जिनलाई साइटमा थप सम्बन्धित सामग्री फेला पार्न मद्दत गर्दछ ।
८) सम्बन्धित लेखहरूको आन्तरिक लिङ्किङ
यदि हामी सम्बन्धित लेखहरूको आन्तरिक लिङ्किङ गर्छौं भने आन्तरिक लिङ्किङको बारेमा जान्न महत्त्वपूर्ण छ । कुनै पनि लेख लेख्नु अघि आन्तरिक लिङ्किङ गर्नु महत्त्वपूर्ण हुन्छ ।
यदि तपाई ब्लगर हुनुहुन्छ भने बाउन्स रेटको नाम सुन्नु भएको होला । वेबसाइटमा बाउन्स रेट उच्च भयो भने हाम्रो ब्लगको र्यांक खस्किन सक्छ ।
यदि प्रयोगकर्ता ब्लगमा लामो समयसम्म रहन्छन् भने ब्लगको बाउन्स दर घट्छ, त्यसैले हामीले सधैं पुरानो लेखको लिङ्क पनि लेखमा थप्नुपर्छ ।
टिप्स
तपाईले प्रयोग गर्ने फोन ह्याक भएको त छैन् ? यी हुन थाहा पाउने संकेत
स्मार्टफोन हामी मध्ये अधिकांशको दैनिकी बनेको छ । बिहानदेखि साँझसम्म हामी धेरै समय मोबाइलमै बिताउँछौं ।
गलत ठाउँमा राउटर राखेका कारण इन्टरनेट स्लो भएको त छैन् ? यसरी थाहा पाउनुहोस्
यदि तपाईंसँग पनि घरमा वा अफिसमा ब्रोडब्यान्ड इन्टरनेट जडान छ र राम्रो चलेको छैन् भने तपाईंले कम्पनीमा गुनासो गर्नु अघ…
जीमेल अकाउन्ट सुरक्षित राख्न जान्नैपर्ने तीन उपाय
गूगलले जीमेल अकाउन्ट सुरक्षित बनाउनका लागि टु फ्याक्टर अथेन्टिकेसन सुविधा ल्याएको छ । विश्वमा धेरै इमेल पठ…
फोनको स्टोरेज कम छ ? त्यसो भए स्टोरेजका लागि यी विकल्प प्रयोग गर्नुहोस्
बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा …
स्मार्टफोनबाट राम्रो सेल्फी भिडियो कसरी रेकर्ड गर्ने ?
पछिल्लो समय भिडियोको कन्जुमसन बढ्दो छ । त्यसैकारण धेरै व्यक्तिहरूले आफ्नै भिडियो वा भ्लग सिर्जना गरेर युट्युब तथा अरू प्…
एटीएम प्रयोग गर्नुहुन्छ ? पैसा चोरी हुनुबाट जोगाउन यी कुरामा ध्यान दिनुहोस्
आजको डिजिटल युगमा बैंकिङ र नगदसँग सम्बन्धित काम अब अनलाइन माध्यमबाट हुन थालेको छ । सजिलो र सहज भएकाले धेरै जना डिजिटल माध्य…
गेमिङ स्मार्टफोन खरिद गर्दा यी कुरामा ध्यान दिनुहोस्
आजकाल धेरै मानिसहरू स्मार्टफोनमा गेम खेल्न रुचाउँछन् । गेमिङको लागि सही स्मार्टफोन हुनु पनि उत्तिकै उपयोगी छ ।
…पावर बैंक किन्नु अघि ध्यान दिनुपर्ने कुरा
स्मार्टफोन हाम्रो महत्त्वपूर्ण आवश्यकता मध्ये एक हो, तर एएटा यस्तो सामान्य समस्या छ, जुन हामी मध्य धेरै स्मार्टफोन प्रयोगकर्ताहरूले साम…
क्युआर स्क्यामबाट यसरी बच्नुहोस्
डिजिटल कारोबारले हाम्रो जीवनलाई सजिलो बनाएको छ । डिजिटल भुक्तानी सजिलो, छिटो र सुरक्षित पनि हुन्छ । तर अर्कोत…
एन्ड्रोइडको केबल प्रयोग गरेर आइफोन १५ चार्ज गर्दा के डिभाइस बिग्रिन्छ ?
एप्पलले केही महिना अगाडि आइफोन १५ सिरिज सार्वजनिक गरेको थियो । अहिले आईफोन १६ सार्वजनिक गर्ने तयारीमा एप्पल छ…
पीडीएफ फाइल मर्ज गर्ने तरिका
हामीहरु पटक पटक पिडिएफ फाइलहरु मर्ज गर्ने कोसिस गर्छौं । पिडिएफ फाइल डिजिटल ढाँचाको रुपमा डकुमेन्ट तथा रिजुमको लागि अलि बढी प्रयोग हुने गर्छ ।
आफ्नो एन्ड्रोइड फोनलाई यसरी गर्नुहोस् फ्याक्ट्री रिसेट
के तपाई आफ्नो फोन फ्याक्ट्री रिसेट गर्ने बारे सोच्दै हुनुहुन्छ ?
यदि यस्तो हो भने आज हामी …
टेक्स्ट लेखेकै भरमा भिडियो बनाइदिने पाँच एआई टुल
एआईको आगमन संगै, धेरै कार्यहरु सजिलो भएको छ । पहिलेका जमानामा भिडियो बनाउन धेरै समय खर्चिनु पर्थ्यो ।
फेसबुकमा आउने अरूको मेन्सन र हाइलाइट नोटिफिकेसनलाई कसरी रोक्ने ?
केही समययता फेसबुकको एक नोटिफिकेशन सेवाले सबैलाई समस्या परेको छ । त्यो सेवा हो, मेन्सन (@Mentions) , फ्…
विश्व प्रविधिलाई परिवर्तन गर्ने १० अब्बल महिला
आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ …