कीवर्डहरू -

टिप्स

मोबाइलको लतले हैरान पारेको छ ? यी सेटिङ सक्रिय गर्नुहोस्

स्मार्टफोन चलाउँदा कहिलेकाहीं घण्टौँ बितेको पत्तै हुँदैन् । केही मिनेटका लागि फोन उठाउँछौं, र जब राख्ने समय आउँछ, समय कति खर्च भईसक्यो थाहा नै हुँदैन् ।

घण्टौँ मोबाइल चलाउने बानीले धेरैलाई हैरान पारेको छ । यदि तपाईं पनि यस बानीबाट दिक्क भइसकेको हुनुहुन्छ भने, तुरुन्तै सचेत हुन आवश्यक छ, किनकि धेरै फोन चलाउँदा धेरै प्रकारका नोक्सान हुन सक्छ । 

हामी एउटा यस्तो सेटिङको बारेमा बताउँदैछौं, जसलाई तपाईंले सक्रिय गर्नुभयो भने घण्टौँ मोबाइल प्रयोग गर्ने बानी धेरै हदसम्म हट्न सक्छ । 

एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नेहरूका लागि यो सेटिङ धेरै कामको छ । यसमा प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता अनुसार कुन एप कति समयसम्म प्रयोग गर्ने सेट गर्न सक्छन्  ।

उदाहरणका लागि, कुनै एपमा तपाईंले एक घण्टाको समय सेट गर्नुभयो भने एक घण्टापछि एपले आफैँ तपाईंलाई समय समाप्त भइसकेको सूचना दिनेछ । तपाईंले यो सबैभन्दा बढी प्रयोग हुने एपहरूमा लागू गर्न सक्नुहुन्छ, विशेषगरी सामाजिक सञ्जाल एपहरूमा । 

कसरी सेटिङ इनेबल गर्ने  ?

यो सेटिङ इनेबल गर्न केही विधिहरू अनुसरण गर्नुपर्छ । सबैभन्दा पहिले सेटिङमा जानुहोस् र 'डिजिटल वेलबिंग एण्ड प्यारेन्टल कन्ट्रोल’ सर्च गर्नुहोस् । त्यसपछि यसमा ट्याप गर्नुहोस्, र माथि तपाईंलाई देखिनेछ कुन एप कति समय प्रयोग भएको छ ।

यहाँ तपाईंलाई ’एप लिम्ट्स’ विकल्प देखिनेछ, त्यसमा ट्याप गर्नुहोस् । अब सबै एपहरू अगाडि आउनेछन् जसमा टाइमर सेट गर्नुपर्छ, त्यसमा क्लिक गर्नुहोस् ।

अब एप टाइमर’ मा ट्याप गर्नुहोस् र आफ्नो इच्छाअनुसार समय सेट गरेर 'ओके’ गर्नुहोस् ।  

यो सेटिङ इनेबल गरेपछि, तपाईंले सेट गरेको समयभित्र मात्र एप प्रयोग गर्न सक्नुहुनेछ । यसभन्दा बढी प्रयोग गर्न चाहनु भयो भने, सेटिङ फेरि परिवर्तन गर्नुपर्नेछ ।

टिप्स

फोल्डेबल फोनको उचित हेरचाहका टिप्स: लामो समयसम्म सुरक्षित राख्ने उपाय

साल २०१९ देखि फोल्डेबल फोन नेपाली बजारमा प्रवेश गरेका छन् । फोल्डेबल फोनको डिजाइनकै कारण मानिसहरूमा यसको विशेष क्रेज देखिन्छ …

पुरानो स्मार्टफोनको स्पीड बढाउने सजिलो उपाय, नयाँ फोन किन्नु पर्ने झन्झट हटाउनुहोस्

तपाईं जति महँगो स्मार्टफोन किनेता पनि समय बित्दै जाँदा यसको स्पीड स्लो हुन थाल्छ । त्यसपछि नयाँ फोन किन्ने दबाब बढ्न थाल्छ । तर, …

जीमेल स्टोरेज फुल हुन् नदिन थाहा पाउनैपर्ने केही टिप्स

जीमेलको स्टोरेज भरिनु सबै स्मार्टफोन प्रयोगकर्ताका लागि सामान्य समस्या हो । जीमेल प्रयोगकर्तालाई १५ जीबी निःशुल्क स्टोरेज उपलब्ध गर…

एन्ड्रोइड फोनमा लुकेका केही फिचर, जुन सबै प्रयोगकर्ताले थाहा पाउनै पर्छ

यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसका केही विशेष फिचर्सको बारे जान्नुपर्छ । वास्तवमा, धेरैजसो मानिसहरू आफ्नो स्म…

सुरक्षित रुपमा इन्टरनेट प्रयोग गर्न तपाईले गर्नैपर्ने यी पाँच काम

आज सबैजना इन्टरनेटको प्रयोग गर्दैछन् । इन्टरनेट चलाउन जति सजिलो र फाइदाजनक छ, त्यति नै खतरनाक पनि छ ।

कतै तपाईले प्रयोग गर्ने फोन ह्याक भएको त छैन् ? यी हुन् थाहा पाउने तरिका

स्मार्टफोन हामी मध्ये अधिकांशको दैनिकी बनेको छ । बिहानदेखि साँझसम्म हामी धेरै समय मोबाइलमै बिताउँछौं । 

वेबसाइट बनाउन के गर्ने ?

कुनै पनि वेब विकास, डिजाइन वा कोडिङ्गको बारेमा केही पनि नजानेर वेबसाइटको निर्माण र डिजाइन गर्न सकिन्छ । तपाईं आफ्नो वा आफ्नो …

नयाँ ल्यापटप किनिसकेपछि यी पाँच आवश्यक सेटिङ तुरुन्त अन गर्नुहोस्, जसले तपाईंलाई सधैं फाइदा हुनेछ

फेस्टिवल सीजनमा धेरैले नयाँ ल्यापटप खरिद गरेका छन् । तपाईंमध्ये केहीले पनि नयाँ ल्यापटप किन्नुभएको होला । पहिलेको तुलनामा ल्या…

क्लाउड स्टोरेज रोज्दा केके छन् फाइदा ?

२१औं शताब्दीसम्म आइपुग्दा विश्वमा विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै नयाँ नौला आविष्कार भएका छन् । यसैगरी कम्प्युटर तथा टेक्नोलोजीको क्षेत्रमा पनि अहिले सम्म धे…

गूगल सर्च गर्दा ध्यानदिनुपर्ने महत्वपूर्ण कुरा

गूगलको प्रयोग तपाईंमध्ये सबैले गर्नुहुन्छ । तपाईंले पनि अवश्य गर्नुहुन्छ, तर के तपाईं वास्तवमा जान्नुहुन्छ कि गूगलको सही तरिकाले …

युट्युब च्यानलको कस्टम यूआरएल बनाउन यस्तो गर्नुहोस्

कस्टम यूआरल युट्युब च्यानललाई एक्सेस गर्नको लागि सबैभन्दा सरल र सजिलै सम्झन योग्य वेब एड्रेस मानिन्छ । यसको प्रयोग गर्दै युट्युब च्या…

दिपावालीमा अनलाइन शपिंग गर्दा यी सावधानी अपनाउनुहोस्, ठगीबाट सुरक्षित रहनुहोस्

दिपावालीको पर्व आउनै लागेको छ । यस अवधिमा घर सजाउनको लागि मानिसहरू धेरै किनमेल गर्छन् । केही मानिस बजारमा गएर सामान किन्न रुचाउँछन् भने केही घरमै बसेर …

मोबाइल डेटा बचतका लागि महत्त्वपूर्ण टिप्स

आजको समयमा धेरैजसो मानिसहरू स्मार्टफोनको प्रयोग गर्छन् । तर, इन्टरनेट बिना कुनै पनि फोन खासै कामलाग्दो हुँदैन् । केही समय अघिदे…

स्पाइवेयरबाट कसरी बच्ने?

स्पाईवेयर एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि एक सामान्य समस्या हो जुन सामान्यतया गलत एप डाउनलोड, शङ्कास्पद लिङ्क वा जुुन मन लाग्यो त्यह…

चाडपर्वमा फोटो खिच्दा ध्यान दिनुपर्ने पक्ष

चाडपर्वका हरेक क्षणलाई क्यामेरामा कैद गर्ने चाहना सबैको हुन्छ । दीपावलीमा फोटो खिच्ने धेरै अवसरहरू हुन्छन् ।  रंगी–ब…