कीवर्डहरू -

टिप्स

तपाईको फोनमा भाइरस त छैन्? यसरी थाहा पाउनुहोस्

अहिले प्राय सबैको हातमा स्मार्टफोन हुन्छ । स्मार्टफोनले मानिसका विभिन्न कामलाई सहज र सजिलो पनि बनाइदिएको छ ।

हाम्रो स्मार्टफोन धेरै समय इन्टरनेटमै जोडिएको हुन्छ । कहिलेकाँही अनावश्यक लिंकमा पनि क्लिक हुन्छ । त्यस्तो अवस्थामा फोनमा भाइरस छिर्ने सम्भावना अधिक हुन्छ ।  भाइरस एक प्रकारका मालवेयर हो जसले आफूलाई नयाँ रूप दिन सक्छ ।  

एकचोटि भाइरस प्रणालीमा प्रवेश गरेपछि, तिनीहरूको संख्या बढ्दै जान्छ । भाइरसको मद्दतले, ह्याकरहरूले तपाईंको सम्पूर्ण सिस्टमको डाटा चोर्न सक्छन् र तपाईंको प्रणाली पनि कब्जा गर्न सक्छन् ।

फोनमा भाइरस पत्ता लगाउन के गर्ने ?

  • यदि तपाईको फोनमा मालवेयर छ भने गुगलले तपाईलाई यसका लागि अलर्ट पनि पठाउँछ ।
  • यस बाहेक फोनमा धेरै पटक पपअप नोटिफिकेशनहरू त्यस्ता ठाउँमा देखिन्छन् जहाँ तिनीहरू हुनु हुँदैन् ।
  • फोन एक्कासी सुस्त हुनु पनि मालवेयरको संकेत हो । योसँगै यदि तपाईंको फोनको भण्डारण अचानक भरिएको छ भने, तपाईं सतर्क हुन आवश्यक छ ।
  • तपाईको फोनको ब्राउजरले तपाईलाई बारम्बार कुनै अश्लील वा अज्ञात साइटमा रिडिरेक्ट गरिरहेको छ ।
  • तपाईको परिवारका मानिसहरूले तपाईले नपठाएको सन्देशहरू प्राप्त गर्न थाल्छन् ।

फोनमा कसरी पुग्छ भाइरस ?

अज्ञात लिङ्कहरूमा क्लिक गरेमा डिभाइसमा भाइरस लाग्न सक्छ । त्यस्ता लिङ्कहरू मेल, ह्वाट्सएप वा सन्देश मार्फत पठाइन्छ ।

जब तपाई यी लिङ्कहरूमा क्लिक गर्नुहुन्छ, तब एउटा साइट खुल्छ र भाइरस तपाईको फोनमा पुग्छ । अज्ञात वा शंकास्पद साइटमा जाँदा फोनमा भाइरसहरू प्रवेश गर्न सक्छन् ।

गुगल प्ले स्टोर वा एप्पल एप स्टोर बाहेक कुनै पनि स्टोरबाट एप डाउनलोड गर्दा सावधानी अपनाउनु एकदमै महत्वपूर्ण हुन्छ । 

होटेल, एयरपोर्ट, रेलवे स्टेशन र बस स्ट्यान्डहरू जस्ता सार्वजनिक स्थानहरूमा तपाईंको फोनलाई सार्वजनिक वाइफाइमा जडान गर्दा पनि खतरा बढ्न सक्छ ।

तपाईको एन्ड्रोइड फोनलाई मालवेयर आक्रमणबाट कसरी बचाउने ?

  • कुनै पनि अज्ञात स्रोतबाट एप डाउनलोड नगर्नुहोस् ।
  • कुनै पनि एप डाउनलोड गर्नु अघि, यसको समीक्षाहरू पढ्नुहोस् र बुझ्नुहोस् कि एपले तपाईको डेटा कसरी प्रयोग गर्न गइरहेको छ ।
  • आफ्नो फोन र एपहरूमा बलियो पासवर्डहरू प्रयोग गर्नुहोस् ।
  • सबै खाता वा एपहरूको लागि एउटै पासवर्ड प्रयोग नगर्नुहोस् ।
  • समय समयमा आफ्नो फोनको क्यास मेमोरी मेटाउनुहोस् ।
  • आफ्नो ब्राउजिङ इतिहास जाँच गरिरहनुहोस्  र यदि तपाईंले कुनै पनि नप्रयोग गरेको साइट इतिहास देख्नुभयो भने सतर्क हुनुहोस् ।
  • आफ्नो फोनको एप र फोन अपडेट गरिरहनुहोस् ।
     

टिप्स

ल्यापटपको स्क्रिन सफा गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

ल्यापटप काम गर्ने मानिसहरूको लागि लगभग एक आवश्यक ग्याजेट भएको छ । यो अफिसदेखि घरसम्म व्यापक रूपमा प्रयोग गरिन्छ । नयाँ ल्यापटपहर…

आफ्नो फोनको अनलक प्याटर्न बिर्सनुभयो ? यसरी गर्नुहोस् अनलक

हामी प्रायः हाम्रो स्मार्टफोनलाई अपरिचितहरूबाट सुरक्षित राख्न लक प्याटर्नको प्रयोग गर्छौं। हाम्रो उद्देश्य हाम्रो व्यक्तिगत मेसेज वा फो…

मोबाइलको फिंगरप्रिन्टले राम्रोसँग काम गरेन् ? यी तरिका अपनाउनुहोस्

हामी प्रायः स्मार्टफोनमा सुरक्षाको लागि पासवर्ड वा फिंगरप्रिन्ट लक प्रयोग गर्छौं । यद्यपी, फिंगरप्रिन्ट लक, फोनको डाटा सुरक्षित राख्न…

कसरी बन्ने कन्टेन्ट राइटर ? के के चाहिन्छन् सीप ?

गुणस्तरीय सामग्री र प्रभावकारी कन्टेन्टले व्यवसायलाई छिटो बढ्न र बलियो अनलाइन उपस्थिति प्राप्त गर्न मद्दत गर्छ । पछिल्लो समय धेरै व्यव…

जीमेलमा स्प्याम म्यासेज आएर हैरान हुनुहुन्छ ? यसरी रोक्नुहोस्

हरेक दिन तपाईले कुनै न कुनै अपरिचित आइडीबाट जीमेलमा केही स्प्याम म्यासेज प्राप्त  गरि रहनुभएको हुन सक्छ । यस ब…

एटीएम प्रयोग गर्दा यी पाँच कुरामा ध्यान दिनुहोस्

आजको डिजिटल युगमा बैंकिङ र नगदसँग सम्बन्धित हाम्रो काम अब अनलाइन मोडबाट मात्र सम्भव भएको छ । त्यहीपनि कहिलेकाहीँ एटीएम जानै प…

फोनको एसएआर भ्याल्यु कति छ भनेर थाहापाउन यस्तो गर्नुहोस्

हाम्रो फोनले हाम्रो अधिकांश समय र दैनिक गतिविधिहरूमा ठूलो भूमिका खेल्छ । हामी फोन काम गर्दा र अन्य समयमा स्ट्रिमिङ एपहरू चलाउन…

अनलाइन सुरक्षाको लागि किन महत्त्वपूर्ण छ टु फ्याक्टर अथेन्टिकेसन ?

हामीले दिनदिनै फेसबुक, युट्युब, ट्विटर जस्ता  विभिन्न सामाजिक सञ्जाल प्रयोग गरिरहेका हुन्छौं । यसका अलवा हामीले आवश्यकता अ…

के तपाई आफ्नो फोनको कम स्टोरेजबाट हैरान हुनुहुन्छ? यी तीन उपायले स्टोरेज बढाउन सक्नुहुन्छ

अहिले बजारमा सबैसँग धेरै र्याम र स्टोरेज भएका स्मार्टफोन आउने भएता पनि स्टोरेजको समस्या भने यथावत छ । यदि फोन छ भने, यसमा फोट…

यी पाँच काम गर्नुहुन्छ भने तुरुन्तै छोडिदिनुहोस्,फोन छिट्टै बिग्रन सक्छ

 फोनको ब्याट्री क्षमता उच्च भएता पनि तपाईको केहि खराब बानीले ब्याट्रीलाई तुरुन्तै हानि पु¥याउन सक्छ । फोनको ब्याट्री पनि…

फाइभजी फोन किन्ने सोच्दै हुनुहुन्छ? यी कुराहरुमा ध्यान दिनुहोस्

हाल बजारमा बजेट सेगमेन्टमा धेरै फाइभजी फोनहरू छन् । प्रत्येक टेक कम्पनीले उत्कृष्ट फाइभजी अनुभवको दाबी गरिरहेको छ, तर प्रश्न यो …

यदि तपाईंले आफ्नो वाईफाई पासवर्ड बिर्सनुभएको छ भने चिन्ता नलिनहोस्, यसरी तुरुन्तै प्राप्त गर्नुहुनेछ

तपाईं मध्ये धेरैले घर र अफिसमा वाइफाइ प्रयोग गरिरहनुभएको होला । धेरै पटक हामी वाइफाइको पासवर्ड बिर्सन्छौं । यस्तो अवस्थामा यो …

नग्न तस्विर राखेर कसैले ब्ल्याकमेल गर्दैछ भने नगर्नुहोस् यी पाँच गल्ती, यहाँ गर्नुहोस् रिपोर्ट

देशमा हरेक दिन मानिसहरु विभिन्न तरिकाले ठगीको शिकार भइरहेका हुन्छन् । मानिसहरुको तस्बिर र भिडियो सम्पादन गरेर ब्ल्याकमेल भइरहे…

डार्क मोड र आइ कम्फर्ट मोडमा कुन प्रयोग गर्ने ?

के तपाईंले फोनको क्वीक सेटिङमा डार्क मोड र आइ (आँखा) कम्फर्ट मोड जस्ता विकल्पहरू फेला पार्नुभएको छ? के तपाइँ यी मोडहरू प्रयोग गर्दै हुनुहुन्छ? यदि गर्नुभएको …

जीमेल प्रयोगकर्ताले जान्नैपर्ने फिचर

जीमेल हामीले दैनिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिगत तथा व्यवसायिक सञ्चारका लागि जीमेलको प्रयोग भइरहेको छ ।