कीवर्डहरू -

टिप्स

स्मार्टफोनको क्यामोरमा हुने चार ओटा सेन्सरले के काम गर्छ?

नयाँ स्मार्टफोन किन्नु अघि सबैभन्दा बढी प्राथमिकता क्यामेरा गुणस्तरलाई दिइन्छ । धेरै प्रयोगकर्ताबीच धारणा यो हुन् सक्छ कि यदि फोनमा धेरै क्यामेरा छन् भने फोटोहरू त्यति नै राम्रो क्लिक गर्न सकिन्छ ।

यस्तो अवस्थामा प्रश्न उठ्छ कि के साँच्चै फोनमा धेरै सेन्सर हुनुले फोटो गुणस्तरमा प्रभाव पार्छ वा यो केवल गलत धारणा मात्रै हो । आजकाल चार ओटा सेन्सर भएका फोनहरू धेरै प्रचलनमा छन्, जसमा हरेक सेन्सरको छुट्टाछुट्टै काम हुने गर्दछ । हामी यो लेखमार्फत तपाईंलाई यी चारै सेन्सरहरूको काम बुझाउने प्रयास गर्नेछौं ।

वाइड एंगल लेन्स

सामान्यतया, केहि वर्षअघि सम्म फोनहरू केवल वाइड एंगल लेन्सको साथ आउँथे, तर अब स्मार्टफोनहरू चार–चार ओटा सेन्सरको साथ सार्वजनिक गरिएका छन् । यो सेन्सरको प्रयोग सबैभन्दा बढी फोनमा गरिन्छ त्यसैले सबैभन्दा पहिले यसको काम बुझौं ।

यो सेन्सरको सबैभन्दा बढी प्रयोग गरिन्छ भने यसको काम पनि बाँकी सेन्सरहरूको तुलनामा बढी हुन्छ । दैनिक फोटोग्राफीको लागि यो सेन्सर सबैभन्दा राम्रो हो । चाहे जतिनै सस्तो फोन किन नहोस्, त्यसमा यो सेन्सरलाई नै प्राथमिक सेन्सरको रूपमा हालिएको हुन्छ ।

अल्ट्रा–वाइड एंगल लेन्स

स्मार्टफोनहरूमा आजकल सेकेन्डरी क्यामेरा धेरै जसो प्रयोग हुने गरेको छ । यसलाई कम्पनीहरूले अल्ट्रा–वाइड एंगल लेन्स भन्छन् । अर्थात्, त्यो सेन्सर हो जुन वाइड एंगल लेन्सको तुलनामा बढी गहिराइ र क्षेत्रको साथ फोटो कैप्चर गर्न सक्छ ।

यसलाई यसरी बुझ्नुस् कि तपाई कुनै चिजको फोटो क्लिक गर्दै हुनुहुन्छ र त्यसका लागि बढी एंगलको आवश्यकता छ भने यस अवस्थामा स्वचालित रूपमा अल्ट्रा–वाइड एंगल लेन्सको काम सुरु हुन्छ । वाइड–एंगल लेन्समा ७९–८० डिग्री फील्ड अफ भ्यू पाइन्छ, जबकि अल्ट्रा–वाइड एंगल लेन्समा ११७–१२३ डिग्री फील्ड अफ भ्यू पाइन्छ ।

 म्याक्रो लेन्स

म्याक्रो लेन्स साना चिजहरूको फोटो क्लिक गर्नको लागि दिइन्छ । यसलाई आजकलका स्मार्टफोनहरूमा राख्न थालिएको छ । कुनै विशिष्ट विषयमा फोकस गर्नुपर्दा त्यस अवस्थामा यही लेन्स सबैभन्दा प्रभावकारी हुन्छ, साना–साना चिजमा फोकस गर्नका लागि यो लेन्स सबैभन्दा सही हुन्छ । फूल–पातको फोटो लिनको लागि यही लेन्सको प्रयोग गर्न सल्लाह दिइन्छ ।

 टेलीफोटो लेन्स

टेलीफोटो लेन्स प्रत्येक प्रयोगकर्ताका लागि नयाँ चुनौती हो । यसलाई धेरैले बुझ्न सक्दैनन् । यसलाई सामान्यतया महँगा स्मार्टफोनहरूमा प्रयोग गर्ने गरिन्छ । यो सेन्सर धेरै टाढाका तस्बिरहरू कैप्चर गर्नको लागि प्रयोग गरिन्छ ।
 

टिप्स

निःशुल्क वेबसाइट बनाउन चाहनुहुन्छ ? उपयोगी हुन सक्छ यो तरिका

डिजिटल युगमा कुनै पनि व्यवसायको वेबसाइट हुनु अपरिहार्य जस्तै भइसकेको छ । यो व्ययवसायको पहिलो चिनारी समेत हो । 

राम्रो भिडियो क्रियटर बन्न चाहनुहुुन्छ ? त्यसो भए यी कुरा ध्यानमा राख्नुहोस्

हाल धेरै मानिसहरू भिडियो वा ब्लगहरू बनाउँछन् र त्यसलाई युट्युबमा प्रसारण गर्छन् । यस्तोमा, हामीलाई प्रायः एक सही र राम्रो भिडियो …

एपिआई के हो? यसले कसरी काम गर्छ?

एपिआईको पूरा नाम एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस हो, जुन एप्लिकेशन बनाउनमा मद्दत गर्दछ । यो एउटा यस्तो प्रोग्रामिङ हो जसले कुनै पन…

सामान्य एन्ड्रोइड स्मार्टफोनलाई कसरी बनाउने गेमिङ फोन ?

स्मार्टफोनको बजार बढ्दो छ । फोन बनाउने कम्पनीहरू ग्राहकलाई आकर्षित गर्न नयाँ–नयाँ फिचर्समा लगातार काम गरिरहेका छन् । यद्यपि…

आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा यो सुविधा सक्रिय गरेर ह्याकिङबाट जोगिनुहोस्

टू–फ्याक्टर (टूएफए) अथेन्टिकेसन फेसबुक देखि जीमेलसम्म सबै सामाजिक सञ्जाल एपहरूमा उपलब्ध छ । टूएफए एक धेरै उपयोगी सुरक्षा…

मोबाइलको विकिरण स्वास्थ्यका लागि कत्तिको हानिकारक छ ?

अहिले स्मार्टफोन हाम्रो जीवनको ठूलो हिस्सा बनेको छ । हामी खाना बिना केही समय बाँच्न सक्छौं तर मोबाइल र इन्टरनेट बिना बाँच्न गाह्…

अनावश्यक एपलाई क्यामेरा, फोटो र स्थानको पहुँच दिनुभएको त छैन् ? यसरी थाहा पाउनुहोस्

आजको डिजिटल युगमा साइबर ठगीको शिकार जो पनि हुन सक्छ, जो कोहीको डाटा लीक हुन सक्छ । यदि तपाईसँग महँगो फोन वा ल्यापटप छ भने त्यसको डाटा लीक हुँदैन भन्ने …

तपाईले प्रयोग गर्ने फोन ह्याक भएको त छैन् ? यी हुन थाहा पाउने संकेत

स्मार्टफोन हामी मध्ये अधिकांशको दैनिकी बनेको छ । बिहानदेखि साँझसम्म हामी धेरै समय मोबाइलमै बिताउँछौं । 

फोनबाटै विभिन्न काम पन…

इयरबड किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुहोस्

मानिसहरूको आवश्यकता अनुसार, इयरबड एक आवश्यक ग्याजेट भइसकेको छ । विस्तारै एयरफोन र हेडफोनलाई इयरबडले विस्थापित गर्दैछ ।

विश्वभर इ…

फेसबुकमा नगर्नुहोस् यी काम ? नत्र ब्लक हुन सक्छ अकाउन्ट

सामाजिक सञ्जाल आज सूचनाको प्रमुख माध्यम बनेको छ । स्मार्टफोन भएका जो कोहीले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । तपाईंले पनि सा…

ब्लुटुथ प्रविधि प्रयोग गर्दा हुन सक्छ साइबर आक्रमण ? यसरी जोगिनुहोस्

प्रविधि दिनप्रतिदिन अगाडि बढिरहेको छ । हरदिन लगातार नयाँ–नयाँ ग्याजेट र उपकरण आइरहन्छन् ।

क्रोम ब्राउजरका केही सर्टकट टिप्स

गुगल क्रोम हाल विश्वका अरबौं मानिसहरूद्वारा प्रयोग भइरहेको छ । क्रोम मोबाइलबाट डेस्कटपमा प्रयोग भइरहेको छ । यही कारणले आज हामी…

फोनमा बारम्बार एप क्र्यास भइरहेको छ ? यसरी गर्नुहोस् समाधान

एप क्र्यास हुनु स्मार्टफोनको प्रयोगमा सामान्य समस्या हो । खोल्ने प्रयास गर्दा एप अचानक बन्द हुनुले जो कोहीलाई सताउन सक्छ ।

<…

ई–सिगरेट के हो? कसरी काम गर्छ ?

ई–सिगरेटलाई इलेक्ट्रोनिक डिभाइसको रूपमा सोच्न सक्नुहुन्छ । यसलाई प्राविधिक रूपमा एण्ड्स (इलेक्ट्रोनिक निकोटिन डेलिभरी प्रणाल…

ब्लूबगिङ के हो? यसबाट कसरी जोगिने?

धेरै पटक सार्वजनिक स्थानमा फोन अज्ञात डिभाइससँग ब्लुटुथ पेयर गर्न रिक्वेस्टको पप–अप देख्ने गर्दछौँ । हामी प्रायः यो एक अनजा…