टिप्स
एआई ल्यापटपको बढ्दो माग: के पुरानो ल्यापटप अब कामको रहदैँन?
पछिल्लो एक वर्षमा एआई प्रविधि टेक संसारको सबैभन्दा ठूलो सेलिङ्ग पोइन्ट बनेको छ। अब केवल स्मार्टफोन मात्र होइन; टिभी, फ्रिज, एसी र यहाँसम्म कि वाटर प्युरीफायर पनि एआई ट्यागसहित बजारमा बेचिन थालेका छन्। यस्तो अवस्थामा कम्पनीहरूले एआई ल्यापटपलाई भविष्यको आवश्यकताका रूपमा प्रस्तुत गरिरहेका छन्। यही कारण विश्वभर एआईको बढ्दो मागसँगै मेमोरी, स्टोरेज र सीपीयू जस्ता महत्वपूर्ण कम्पोनेन्टहरू महँगिँदै गएका छन्। विश्लेषणअनुसार २०२६ मा ल्यापटपको मूल्य ३५ प्रतिशतदेखि ४० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ। त्यसैले प्रश्न उठ्छ, के एआई ल्यापटप वास्तवमै हाम्रो आवश्यकता हो?
साधारण ल्यापटप र एआई ल्यापटपबीचको अन्तर
साधारण ल्यापटपमा प्रायः दुईवटा चिप हुन्छन्— सीपीयू र जीपीयू। तर एआई ल्यापटपमा तेस्रो विशेष प्रोसेसर चिप थपिएको हुन्छ, जसलाई एनपियू भनिन्छ। यो चिप विशेष रूपमा एआईसँग सम्बन्धित कामका लागि डिजाइन गरिएको हुन्छ।
एनपियूले इमेज पहिचान, भाषा बुझ्ने र टेक्स्ट प्रोसेसिङ जस्ता कार्यहरू सिधै ल्यापटपमै गर्न सक्छ। यसले धेरै एआई कार्यहरू इन्टरनेटमा निर्भर नभई डिभाइसमा नै सञ्चालन गर्न सम्भव बनाउँछ।
एआई ल्यापटपका अतिरिक्त सुविधाहरू
लाइभ ट्रान्सलेसन–सबटाइटल:
भिडियो कलका क्रममा बोलेको भाषालाई तुरुन्तै टेक्स्टमा रूपान्तरण गर्न सक्छ। उदाहरणका लागि, कुनै व्यक्तिले जर्मन भाषा बोलेमा प्रयोगकर्ताले त्यसलाई अङ्ग्रेजीमा बुझ्न सक्छ।
लोकल एआई असिस्टेन्ट:
फाइल खोज्ने, टेक्स्ट लेख्ने तथा फोटो र भिडियो सम्पादन जस्ता कामहरू इन्टरनेट बिना पनि छिटो गर्न सकिन्छ।
स्मार्ट भिडियो कलिङ:
यसले स्वतः ब्याकग्राउन्ड ब्लर गर्छ, अनुहारमा फोकस राख्छ र मिटिङलाई अझ पेशेवर देखाउन न्वाइज क्यान्सलेसन प्रयोग गर्छ।
ब्याट्री र स्मूद परफर्मेन्स:
एनपियूले एआई सम्बन्धी प्रोसेसिङ सम्हाल्दा सीपीयू र जीपीयूमा पर्ने दबाब कम हुन्छ। यसले ब्याट्री लाइफ र सिस्टमको स्पीड दुवै सुधार गर्छ।
ल्यापटप किन्ने बेला ध्यान दिनुपर्ने कुरा
जसको डिजिटल गतिविधि इन्टरनेट चलाउने, अनलाइन कक्षा लिने, सामान्य फोटो वा भिडियो सम्पादन गर्ने, इमेल लेख्ने, अफिसका कागजात व्यवस्थापन गर्ने वा फिल्म हेर्ने जस्ता काममा सीमित छ, उनीहरूका लागि साधारण ल्यापटप नै पर्याप्त हुन्छ।
त्यस्ता प्रयोगकर्ताले ल्यापटप किन्दा निम्न आधारभूत हार्डवेयरमा ध्यान दिनु उचित हुन्छः
-
कम्तीमा ८ देखि १६ जीबी र्याम
-
कम्तीमा ५१२ जीबी स्टोरेज
-
६ देखि ८ घण्टासम्म टिक्ने ब्याट्री
यदि काममा कोडिङ, थ्रीडी डिजाइन, प्रोफेशनल भिडियो सम्पादन वा डेटा साइन्स समावेश छ भने एआई ल्यापटप उपयोगी हुन सक्छ। यी ल्यापटपलाई प्रायः एआई पीसी वा कपाइलट प्लस पीसी पनि भनिन्छ र कठिन तथा उच्च क्षमता आवश्यक पर्ने कामका लागि डिजाइन गरिएका हुन्छन्।
यस प्रकारका ल्यापटप खरिद गर्दा निम्न स्पेसिफिकेसनमा ध्यान दिनु उचित हुन्छः
-
लोकल एआई प्रोसेसिङका लागि एनपियू
-
१६ देखि ३२ जीबी र्याम
-
कम्तीमा १ टेराबाइट स्टोरेज
यसले जेनरेटिभ एआई टुलहरू तथा जटिल एडिटिङ सफ्टवेयरलाई सिस्टम ढिलो नबनाई डिभाइसमा नै चल्न मद्दत गर्छ।
एआई ल्यापटपहरू सामान्यतया समान स्पेसिफिकेसन भएका साधारण ल्यापटपको तुलनामा करिब १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म महँगा हुन्छन्। उदाहरणका लागि, Lenovo को एआई ल्यापटप श्रृंखला औरा एडिशनको प्रारम्भिक मूल्य करिब ९४ हजार रुपैयाँ छ, जबकि आई७ प्रोसेसर भएका लेनोभोका साधारण ल्यापटपको मूल्य करिब ७१ हजार रुपैयाँबाट सुरु हुन्छ।
साधारण दैनिक प्रयोगका लागि सामान्य ल्यापटप नै पर्याप्त हुन्छ। तर उच्च स्तरका क्रिएटिभ काम, प्रोग्रामिङ वा एआई टुलहरूको प्रयोग बढी हुने प्रयोगकर्ताका लागि एआई ल्यापटप उपयोगी हुन सक्छ। यद्यपि, यस्तो ल्यापटप किन्नु अघि यसको उच्च मूल्य र आवश्यक स्पेसिफिकेसनलाई ध्यानपूर्वक मूल्याङ्कन गर्नु आवश्यक हुन्छ।
टिप्स
चार्जर सधैं प्लगमा राख्दा कत्तिको सुरक्षित?
आजको समयमा स्मार्टफोन र ल्यापटप हाम्रो दैनन्दिन जीवनको अत्यावश्यक हिस्सा बनेका छन्।
यी उपकर…
बिना कारण सिमकार्ड किन बिग्रिन्छ ? कारण, लक्षण र जोगिने उपाय
स्मार्टफोनको यो युगमा सिमकार्ड नै प्रयोगकर्ताको महत्वपूर्ण डिजिटल पहिचान बनेको छ।
तर पछिल्…
डेटा लिक बढ्दो जोखिम: आफ्नो इमेल, बैंकिङ र डिजिटल खातालाई कसरी सुरक्षित राख्ने?
हालका वर्षहरूमा डेटा लिकका घटनाहरू तीव्र गतिमा बढिरहेका छन्। इमेल, पासवर्ड र बैंकिङ विवरणहरू बाहिरिने घटनाले व्यक्तिको आर्थिक र व्यक्तिगत सुरक्षामै प्रत्यक्ष ज…
इजेक्ट नगरी पेन ड्राइव निकाल्दा डेटा करप्ट हुन सक्छ, डिभाइस नै डेड हुने जोखिम
जब–जब पेन ड्राइव कम्प्युटर वा फोनसँग जडेको हुन्छ, हामीलाई लाग्छ काम सकियो। तर वास्तविकतामा अपरेटिङ सिस्टम (विन्डोज वा एन्ड्…
हेडफोन, ईयरफोन कि ईयरबड्स? सही अडियो डिभाइस कसरी रोज्ने?
आज अडियो डिभाइस केवल गीत सुन्ने साधन मात्र होइन—अनलाइन कक्षा, अफिस मिटिङ, गेमिङ, पोडकास्ट र फिटनेससम्म दैनिक जीवनको अन…
तपाईंको गुगल अकाउन्ट ह्याक त भएको छैन? यी सजिला स्टेप्सबाट थाहा पाउनुहोस् र तुरुन्तै सुरक्षित बनाउनुहोस्
साइबर आक्रमणको यस युगमा ह्याकर्सहरू प्रायः तपाईंको अकाउन्टको पहुँच कब्जा गरी बस्छन् र तपाईंलाई थाहा पनि नहुन सक्छ। उनीहरूले तपाई…
फोल्डेबल फोन: प्रिमियम आकर्षण कि महँगो जोखिम? किन अहिले नै किन्नु अघि सोच्नैपर्छ
गुगल र स्यामसङको पछि अब फोल्डेबल फोनको बजार अझै तताउने संकेत देखिएको छ। यद्यपि यी फोन देखिनमा अत्यन्तै प्रिमियम र हाई–ट…
शटडाउन कि रिस्टार्ट? किन सही अप्सन छान्नु पीसीको स्वास्थ्यका लागि आवश्यक छ?
विन्डोज कम्प्युटरमा पाइने शटडाउन र रिस्टार्ट अप्सन देखिनमा उस्तै जस्तो लागे पनि, विन्डोज ८ र त्यसपछि आएका भर्जनहरूमा तिनीहरूको काम…
ह्वाट्सएप कल कसरी रेकर्ड गर्ने? आइफोन र एन्ड्रोइड प्रयोगकर्ताका लागि सजिलो उपाय
“नर्मल कल” मा आजकल रेकर्डिङ सुविधा सजिलै उपलब्ध भए पनि ह्वाट्सएपमा भएको महत्वपूर्ण कुराकानी सुरक्षित राख्न धेरै प्रयोगकर्तालाई समस्या पर्ने गर्छ। का…
च्याटजीपीटीको युगमा पढाई कसरी गर्ने? एआईले शिक्षा र नक्कलको परिभाषानै बदल्दै
आजकल कलेज र विश्वविद्यालयहरूमा जेनेरेटिभ एआई (जस्तै च्याटजीपीटी) को प्रयोग सामान्य कुरा बनेको छ। विद्यार्थीहरू आफ्नो पढाइका लागि…
इन्स्टाग्राममा ग्रोथ किन रोकिन्छ? एल्गोरिदम अनुसार फलोअर्स बढाउने प्रभावकारी ट्रिक्स
हरेक क्रिएटरले इन्स्टाग्राममा भाइरल हुने सपना देख्छ, तर वास्तविकता यो हो कि कडा मेहनतपछि पनि धेरै क्रिएटरले भ्यु र लाइक पाउँदैन…
सार्वजनिक वाइफाइको खतरा: ह्याकरबाट डेटा चोरी र बैंकिङ ठगीको उच्च जोखिम
ह्याकरहरूले प्राय: वास्तविक नेटवर्कको नामसँग मिल्दोजुल्दो नक्कली वाइ-फाइ बनाउँछन्। मानिसहरू एयरपोर्टको फ्री वाइफाइ भनेर त्यसमा कने…
च्याटजीपीटी प्रयोग गर्दा गोपनीयता कसरी जोगाउने? अपनाउनुस् यी ४ उपाय
च्याटजीपीटी आजको डिजिटल संसारमा सबैभन्दा लोकप्रिय र व्यापक रूपमा प्रयोग हुने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटमध्ये एक हो।…
एक क्लिकले बनाउँछ डिजिटल पहिचान, यसरी जोगाउनुहोस् गोपनीयता
धेरै इन्टरनेट प्रयोगकर्ताहरूलाई लाग्छ—यदि सर्च इतिहास मेटाइयो वा ‘प्राइभेट ट्याब’ प्रयोग गरियो भने आफ्नो अनलाइ…
ओछ्यानमा ल्यापटप चलाउनेदेखि लगातार चार्जमा राख्ने: यी ५ खराब बानीले ल्यापटप छिट्टै बिग्रन्छ
यदि तपाइँ पनि ओछ्यानमा ल्यापटप चलाउनुहुन्छ र त्यसलाई बन्द गरेर तुरुन्तै ब्यागमा राखिदिनुहुन्छ, घण्टौं चार्जमा जडेर राख्नुहुन्छ वा श…