कीवर्डहरू -

टिप्स

तपाईको इमेल आईडी लिक भएको त छैन् ? यसरी थाहा पाउनुहोस्

अहिलेको डिजिटल युगमा डाटा मूल्यवान चीज हो । जो सँग धेरै डाटा छ, उही नै धनी हुने यो युगमा पछिल्लो समय डाटालाई संवेदनशील रूपमा हेर्ने गरिएको छ । 

तर पनि करौडौं डाटाहरू लीक भइरहेका छन् । डाटा लिक हुने मात्र होइन, करोडौंमा बेचिएको समेत हुन्छ । 

तपाईले अन्य ठाउँमा प्रयोग गरिएको डाटा तपाईलाई नै जालमा पार्न प्रयोग गरिन्छ । यदी तपाईसँग स्मार्टफोन छ भने तपाइँसँग पक्कै पनि इमेल आईडी हुन्छ । अहिलेको समयमा इमेल आइडी लीक हुनु सामान्य जस्तै भइसकेको छ ।

यस्तो अवस्थामा तपाईको मनमा पनि मेरो ईमेल आईडी लीक भएको छ की छैन् भनेर प्रश्न उब्जिन सक्छ । यसको जानकारी तपाईले केही सेकेण्डमै थाहा पाउन सक्नुहुन्छ ।

यदि तपाईलाई शंका लाग्छ वा तपाईको इमेल आईडी डाटा लीकमा संलग्न छ कि छैन भनेर जाँच गर्न चाहनुहुन्छ भने https://haveibeenpwned.com/ मा जानुहोस् । अब तपाईको अगाडि एउटा पेज खुल्ने छ, जसमा have i been pwned? लेखेको हुन्छ ।

अब तलको सर्च बारमा आफ्नो जीमेल आईडी राख्नुहोस् र पन्ड बटन थिच्नुहोस् । केही सेकेन्डमा तपाईको डेस्कटप स्क्रिनमा तपाईको इ–मेल आईडी लीक भएको छ वा छैन् भनेर देखा पर्नेछ । यदि तपाईंको आईडी लीक भयो भने, पूरै स्क्रिन रातो हुनेछ । अन्यथा अगाडि   “Good news – no pwnage found!" लेखिएको देखा पर्नेछ ।

टिप्स

तपाईंले पठाउनुभएको इमेल पढिएको छ वा छैन् भनेर पत्ता लगाउन यस्तो गर्नुहोस्

सामाजिक सञ्जालका एपमा म्यासेज पठाएपछि पढेपछि निलो टिकबाट थाहा हुन्छ कि म्यासेज पढिसक्यो तर इमेलमा समस्या छ । इमेल पढियो कि नप…

यसरी यी चार तरिकामार्फत एआई भ्वाइस क्लोन फ्रड पहिचान गर्नुहोस्

एआई भ्वाइस क्लोनिङ तीव्र गतिमा बढिरहेको छ । एआईको सहयोगमा मान्छेको आवाजको नक्कल गरेर ठगी गर्ने काम भइरहेको छ । यो ठगहरूका लाग…

इन्टरनेट नहुँदा कसरी प्रयोग गर्ने गुगल म्याप ?

गुगल म्याप्स संसारभर प्रयोग गरिन्छ । इन्टरनेट हुँदा र नहुँदा दुवै अवस्थामा गूगल म्याप प्रयोग गर्न सकिन्छ ।

मोबाइल एप डाउनलोड गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

अहिले सबैको हात हातमा स्मार्टफोन छ । धेरै काम मोबाइलबाटै हुन्छ । आवश्यकता अनुसार गूगल प्ले स्टोर वा एप स्टोरबाट एप डाउनलोड गरे…

गीत सुन्दा सुन्दै निदाउने बानी छ ? उपयोगी हुन सक्छ युट्युब म्युजिकको यो सुविधा

तपाई हामी सबैले गीत सुन्छौं । रमाइलोका लागि मात्र नभएर शान्तसँग सुत्नका लागि गीत सुन्छौं । गीत सुन्दा सुन्दै निगाउँछौं ।

हराएको डिभाइसमा जीमेल लगइन छ ? हटाउनलाई यसो गर्नुस्

कहिले काँही कुनै कारणले आफ्नो जिमेल अकाउन्ट लगइन भएको मोबाइल वा अन्य डिभाइस हराएको हुन सक्छ । यस्तो अवस्थामा गूगल अकाउन्ट लग इ…

एन्ड्रोइड फोनमा स्क्रीनको दायाँ भागमा बलेको हरियो बत्तिले के संकेत गर्छ ?

एन्ड्रोइड फोन प्रयोग गर्दा, के तपाईंले कहिलेकाहीं डिस्प्लेमा हरियो बत्ती झिमिक झिमिक गरिरहेको याद गर्नुभएको छ ? यदि हो भने के त…

सन् २०२४ मा प्रविधिको क्षेत्रमा देखिने छन् यस्ता परिवर्तन

प्रविधि गतिशिल छ । प्रविधिको क्षेत्रमा हरेक दिन केही न केही नयाँ भइरहेको हुन्छ । प्रविधिका नयाँ नयाँ रूपहरू बजारमा आइरहेका छन्…

कत्तिको सुरक्षित हुन्छ इन्कग्निटो मोड ?

आजकाल सबैजना गोपनीयता र सुरक्षाको बारेमा चिन्तित छन् । धेरै मानिसहरू इन्टरनेट प्रयोग गर्दा आफ्नो ब्राउजरमा इन्कग्निटो मोड अन गर्छन्…

गूगल क्रोम ढिलो चल्यो ? यसरी बनाउनुहोस् फास्ट

गूगल क्रोम संसारका अर्बौं मानिसहरूद्वारा प्रयोग गरिने ब्राउजर हो । क्रोम आज सबैभन्दा धेरै प्रयोग गरिएको ब्राउजर हो । यसको मुख्य क…

फोनमा धुलो वा बालुवा छिर्‍यो, यस्तो छ सफा गर्ने तरिका ?

समुद्र किनार वा धुलो भएको ठाउँमा जानुभयो भने फोनमा बालुवा पस्ने खतरा हुन्छ । फोन भित्र अलिकति धुलो वा बालुवा पस्यो भने खासै समस्या आउँदैन भन्ने तपाईँलाई …

पुरानो फोन बिक्री गर्दा यी कुरामा ध्यान दिनुहोस्

पहिले मानिसहरूले एउटै फोन लामो समयसम्म प्रयोग गर्थे तर अहिले त्यस्तो छैन् । एक सर्वेक्षणको अनुसार मानिसहरु अब १–२ वर्षमा आफ्नो फोन परिवर्तन गर्न थालेका …

एउटा डिभाइसबाट अर्काे डिभाइसमा इन्स्टल गरिएको एप डिलिट गर्ने तरिका

मोबाइल आजभोली हाम्रो अभिन्न अंग बनेको छ । बिहानदेखि साँझसम्म धेरै समय मोबाइलमै जान्छ ।

तपाईको जीमेल अकाउन्ट जुनसुकै बेला ह्याक हुन सक्छ, जान्नुहोस् सुरक्षित रहने तीन उपाय

गूगलले जीमेल अकाउन्ट सुरक्षित बनाउनका लागि टु फ्याक्टर अथेन्टिकेसन सुविधा ल्याएको छ । विश्वमा धेरै इमेल पठाउने माध्यमको रूपमा जीमेल&nb…

नेटवर्क भए पनि फाइभजी स्पीड छैन्? फोनमा यो सेटिङ अन गर्नुहोस्

आजकल सबै स्मार्टफोनहरू फाइभजी सपोर्टको साथ आउँदैछन्, तर धेरै मानिसहरू नेटवर्क समस्याबाट ग्रस्त छन् ।