टिप्स
यसरी पठाउनुहोस् कसैलाई ठूलो साइजको फाइल
तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर इमेल वा अरु कुनै माध्ययमबाट पठाउदा सिमित साइज मात्र पठाउ मिलेर समस्यामा हुनुहुन्छ ।
यदि तपाईँले ठूलो साइजको फाइललाई कसरी पठाउने भनेर सोचि रहनु भएको छ ? ठूलो साइजको फाइल कसरी पढाउने भनेर हामी तपाईलाई जानकारी दिदैछौं । यो प्रक्रिया सामान्य र सरल छ ।
यस्ता छन् ठूलो साइजको फाइलहरु पठाउने तरिका
फायरफक्स सेन्ड- तपाईँले फायरफक्स सेन्डको माध्यमबाट फाइल अपलोड गरेर सजिलै अरुलाई पठाउन सक्नुहुन्छ । जसको लागि send.firefox.com मा जानुहोस । तपाईले फायरफक्स सेन्डको मोबाइल एप पनि डाउनलोड गर्न सक्नुहुनेछ ।
send.firefox.com मा गएपछि १ जीबी सम्मको फाइल अपलोड गरेर त्यस फाइलको लिंक अरुलाई पठाउन सक्नुहुन्छ भने १ जीबी भन्दा ठूलो साइजको फाइल अपलोड गर्न तपाईले साइनअप गर्नुपर्ने हुन्छ ।
साइनअप गरेपछि तपाईँले २.५ जीबी सम्मको फाइल अपलोड गर्न सक्नुहुनेछ । यसमा सुरक्षाको लागि इन्ड टु इन्ड इन्क्रिप्सन सुरक्षा प्रणाली प्रयोग गरिएको छ । जसले गर्दा पठाउने मान्छे र पाउने मान्छेले मात्रै फाइलमा पहुँच राख्न सक्छ । यसमा फाइललाई पासवर्ड राखेर सुरक्षित पनि गर्न सकिन्छ ।
त्यहाँ तपाईलाई त्यो फाइल कतिजनाले डाउनलोड गर्ने हो र कति दिन सम्म यो फाइल राख्ने हो भनेर आफैले छनौट गर्न सकिन्छ । त्यसपछि फाइलको लिंक कपी गरेर अरुलाई पठाउन सकिन्छ ।
त्यस्तै तपाईले क्लाउड स्टोरेजमा राखेर पनि फाइल अरुलाई पठाउन सक्नु हुनेछ । जस्तै आइ ड्राइभ , गूगल ड्राइभ , माइक्रोसफ्ट वान ड्राइभ तथा सर्टेन सेफ लगातयका लोकप्रिय क्लाउडमा राख्न सकिन्छ । जस्तै कसैलाई २५ एमबी भन्दा ठूलो साइजको मेल जीमेलबाट पठाउन गूगल ड्राइभको प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी तपाईंले ठुलो प्रकारको फाइल वेबसाइटमा राखेर पनि अरुलाई पठाउन सक्नुहुनेछ । फाइल अपलोड गरेर पठाउन मिल्ने वेबसाइट वी ट्रान्सफर , ड्रप सेन्ड , फाइल मेल र माई एयर ब्रिज लगायतका साइटबाट फाइल पठाउन सकिन्छ ।
यी साइटबाट फाइल सिधै इमेल ठेगानामा पठाउन वा लिंक मात्रै पनि कपी गरेर पनि अरुलाई ठुलो साइजको फाइल पठाउन सकिन्छ ।
टिप्स
जीमेलमा अनावश्यक इमेल आएर हैरान हुनुहुन्छ? यसरी गर्नुहोस् ब्लक
जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अ…
पृथ्वीबारे १० रोचक तथ्य
पृथ्वी करिब ४.५ बिलियन वर्ष पहिले निर्माण भएको हो । अस्तित्वको करौडौँ वर्ष बितिसक्दा पनि प्राणीहरुलाई जीवित राख्न सक्न…
यसरी गर्नुहोस् निःशुल्क रूपमा वेबसाइटबाटै भिडियो एडिट
पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा …
टिकटकमा नगर्नुहोस् यी काम, जसले बन्द हुन सक्छ तपाईको अकाउन्ट
पछिल्लो समय टिकटक एकदमै चर्चित छ । बच्चादेखि वृद्धसम्मले टिकटक प्रयोग गर्छन् । शर्ट भि…
इन्स्टाग्रामको प्रोफाइलमा पाँच ओटासम्म लिंक कसरी राख्ने ? यस्तो छ तरिका
इन्स्टाग्रामको प्रोफाइलमा पाँच ओटा लिंक जोड्न पाइने फिचर सार्वजनिक भएको छ । अहिलेसम्…
स्न्यापच्याटमा कसैलाई स्टोरी हेर्नबाट यसरी गर्नुहोस् ब्लक
अहिलेको युवा पुस्ताले एकदमै मनपराउने एपहरु मध्यको एक हो स्नापच्याट । छिटो र सहज त…
वैध रुपमा कसरी डाउनलोड गर्ने अफलाइन फिल्म ?
अहिले हामी मध्य धेरैले स्ट्रिमिङ सेवा मार्फत नयाँ फिल्म तथा टिभी शोहरु हेर्न थालेका…
किन लोकप्रिय छ बाइनान्स ?
बाइनान्स एक अनलाइन एक्सचेन्ज प्लेटफर्म हो, जहाँ प्रयोगकर्ताहरुले क्रिप्टोकरेन्सीको कारो…
टाइपिङ जिरो लेभलबाट सुरु गर्न चाहनुहुन्छ ? यस्ता छन् टाइपिङ सिक्नका लागि उपयोगी वेबसाइटहरु
वर्तमान परिपेक्ष्यमा प्रविधिको प्रयोग बढ्दो छ । प्रविधिको युगमा हामी विभिन्न कामको ला…
टिकटक अकाउन्ट ब्लक नहोस् भन्ने चाहनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा
पछिल्लो समय टिकटक एकदमै चर्चित छ । बच्चादेखि वृद्धसम्मले टिकटक प्रयोग गर्छन् । शर्ट भि…
स्मार्टफोनमा कुनै पनि एपलाई कसरी गर्ने हाइड ?
सबैको फोनमा धेरै पर्सनल डेटा भएको एप हुने गर्दछ । तपाईले ती एपमा सेक्योर लक प्रयो…
प्रयोगकर्ताको डेटा सुरक्षित राख्न सघाउने सामसङको ‘सेक्योर फोल्डर’
नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्…
महंगो हुँदाहुँदै पनि धेरैले किन रूचाउँछन् आईफोन ?
राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ, आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ–…
यसरी चलाउनुहोस् स्मार्टफोनमा च्याटजीपीटी
च्याटजीपीटी एक एआई च्याटबोट सिस्टम हो । च्याटजीपीटी जीपीटी ३.५ मा आधारित एक विशाल…
आफ्नो फोटोलाई सुरक्षित रूपमा राख्ने ६ तरिका
जीवनका महत्वपूर्ण पल हामीले फोटोमा कैद गरिरहेका हुन्छौं । कतै नयाँ ठाउँ जाँदा हो…