टिप्स
नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
आजभोलि स्मार्टफोन नबोक्ने एकदमै कम छन् । धेरैजसोको हात हातमा स्मार्टफोन पुगिसकेको छ । प्रत्येक वर्ष बजारमा विभिन्न ब्रान्डका नयाँ नयाँ स्मार्टफोन आइरहेका हुन्छन् ।
हामीलाई पनि नयाँ नयाँ फोन किन्न मन लागिरहेको हुन्छ । प्रायः २-३ वर्षमा नयाँ मोबाइल किनिरहेका हुन्छौं । कहिलेकाही मोबाइल किन्नका लागि बजेट थोरै हुन्छ । यस्तो अवस्थामा हाम्रो ध्यान महंगो मोबाइलमा जान्छ ।
फिचरमा धेरै फरक नभएपनि स्मार्टफोन बजेट बढिरहेको हुन्छ, जुन फोन हामीले नकिन्दा पनि धेरै फरक पर्दैन् । त्यसैकारण हामीले नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने हुन्छ ।
यदी तपाईको बजेट कम छ स्मार्टफोजन किन्दा केही ध्यान पुर्याउनु पर्ने हुन्छ, जुन आज हामी जानकारी दिदैछौं ।
आफ्नो बजेट निश्चित गरेर त्यति भित्रमै किन्ने
धेरैजसो स्मार्टफोनहरूको रकममा २ हजारको अन्तर राखिएको हुन्छ । यसले गर्दा ग्राहकले अलि बढी खर्च गर्छन भन्ने कम्पनीहरुको मनसाय हुन्छ ।
धेरै फिचर नथपेर मूल्य मात्रै बढाइएको हुन सक्छ, त्यसकारण यस्तो कुरामा राम्ररी मूल्याकंन गर्नुपर्छ । आफूले १५ हजारदेखि २० हजारसम्मको फोन किन्ने योजना बनाइएको छ भने जसरी पनि त्यति भित्रमै किन्न कोसिस गर्नुपर्छ ।
सबै मिड रेन्ज प्रोसेसर एकै समान चल्छन्
क्वालकम स्नापड्रागन ७३० जी र ७३२ जीमा खासै फरक छैन् । त्यस्तै मध्यम वर्गका प्रोसेसर पनि एकै समान चल्ने गर्दछन् ।
क्वालकमको पाँच थरीको मोबाइल प्रोसेसर छन् । त्यसमा स्नापड्रागन ८, ७, ६, ४, २ सिरिज प्रोसेसर रहेका छन् । यसमध्य सबैभन्दा शक्तिशाली भने ८ सिरिजको रहेको छ ।
फोनमा तीन वा पाँच ओटा क्यामेराले कुनै फरक पार्दैन्
पाँच ओटा क्यामेरा भए पनि धेरैजसो फोनले एउटा या दुइटा मात्रै सेन्सर प्रयोग गरिरहेका हुन्छन् । कुनै पनि फोनले पाँच ओटै क्यामेरा एकै पटक प्रयोग गरेर फोटो खिच्ने गर्दैनन् । त्यसैले क्यामेरा धेरै हेरेर फोन किन्नु कुनै आवश्यक हुदैन् ।
समयसँगै ब्याट्री लाइफ पनि घट्दै जान्छ
कम्पनीहरूले जति नै राम्रो ब्याट्रीलाइफ दिने बाचा गरेपनि समयसँगै ब्याट्रीलाइफ घट्दै जान्छ । ६ महिना पछि नै घट्ने प्रक्रिया सुरु हुन थाल्छ ।
त्यसैगरि फोन पनि दिनकै चार्ज गर्नु परि नै हाल्छ । त्यस कारण ब्याट्रीको आकार केही एमएएच बढ्ने बित्तिकै महङ्गो फोन किन्नुपर्छ भन्ने छैन् ।
धेरैजसो १५ महिना पछि फेरि नयाँ फोन किन्ने रहर लाग्छ
नयाँ मोडेल आएकाले होस या नराम्रो परफर्मेन्सको कारण होस् वा झ्याऊ लागेर होस् । केही समयमै नयाँ मोबाइल किन्न मन लाग्न सक्छ । त्यही कारणले नयाँ फोन किन्नु पूर्व यो ध्यान दिनुपर्छ ।
टिप्स
म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा डिलिट गरिएको म्यासेज हेर्ने सजिलो तरिका
एक समय थियो, जब मान्छेले चाहेर पनि गलत म्यासेज वा अरू कसैलाई पठाएको मेसेज मेटाउ…
स्मार्टफोनमा कुनै पनि एपलाई हाइड गर्न यस्तो तरिका अपनाउनुहोस्
सबैको फोनमा धेरै पर्सनल डेटा भएको एप हुने गर्दछ । तपाईले ती एपमा सेक्योर लक प्रयो…
गूगलको मेसेज कम्पोज फिचर के हो ? कसरी गर्ने प्रयोग ?
टेक कम्पनी गुगलले आफ्ना प्रयोगकर्ताका लागि विभिन्न प्लेटफर्मको सेवा उपलब्ध गराउँछ । ग…
जीमेलमा आउने अनावश्यक इमेललाई यसरी गर्नुहोस् ब्लक
जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अ…
मोबाइलको स्टोरेज फुल भयो ? यी तरिका अपनाउनुहोस्
आजभोलि प्राय सबैको हात हातमा स्मार्टफोन देख्न सकिन्छ । दिनको अधिकांश समय स्मार्टफोन …
गिक स्क्वाड इमेल स्क्याम के हो ? यस्तो छ जोगिने तरिका
तपाईले अहिलेसम्म गिक स्क्वाडबाट आफुले नगरेको कारोबारको पुष्टि गर्नुपर्ने इमेल पाउनु…
आफैले आफ्नो कम्प्युटरलाई स्लो बनाइराख्नु भएको त छैन् ? यस्तो छ थाहापाउने तरीका
यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ, ढिलो चल्छ, कुनै प्रोग्राम खु…
कसरी हेर्ने म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा डिलिट गरिएको म्यासेज ?
एक समय थियो, जब मान्छेले चाहेर पनि गलत म्यासेज वा अरू कसैलाई पठाएको मेसेज मेटाउ…
यसरी गर्नुहोस् स्न्यापच्याटमा कसैलाई स्टोरी हेर्नबाट ब्लक
अहिलेको युवा पुस्ताले एकदमै मनपराउने एपहरु मध्यको एक हो स्नापच्याट । छिटो र सहज त…
यस्तो छ स्मार्टफोन क्यामेराको विकासक्रम
जब तपाई बजारमा नयाँ फोन किन्न जानुहुन्छ, तब तपाइले सबैभन्दा पहिले फोनको फिचर र क्…
सेकेण्ड ह्याण्ड आइफोन किन्दै हुनुहन्छ ? यी कुरामा ध्यान दिनुहोस्
आजकाल, युवा पुस्तामा आईफोनको धेरै क्रेज छ । मानिसहरूले अनलाइन प्लेटफर्ममा सस्तो मू…
अब एआइले तपाईको मनमा रहेको धुनलाई संगीतमा परिणत गरिदिन्छ, यसरी गर्नुहोस् प्रयोग
आजकल आर्टिफिसियल इन्टेलिजेन्समा आधारित टेक्नोलोजीले मानिसका लागि धेरै कामहरू सजिल…
यसरी हेर्नुहोस् इन्स्टाग्राममा आफ्नो अकाउन्टको स्टाटस
इन्स्टाग्राम अहिले मासिक रुपमा धेरै सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित …
टिकटक चलाउनु हुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
पछिल्लो समय टिकटक एकदमै चर्चित छ । बच्चादेखि वृद्धसम्मले टिकटक प्रयोग गर्छन् । शर्ट भि…
आवश्यक मेलहरूलाई एकै ठाउँमा राख्न दिने जीमेलको \'येल्लो स्टार\' फिचर, यसरी गर्नुस प्रयोग
सूचना प्रविधि कम्पनी गुगलले आफ्ना प्रयोगकर्ताका विभिन्न आवश्यकताका लागि विभिन्न प्लेटफ…