टिप्स
तपाईका यी सात बानी, जसले तपाईको मोबाइल बिग्रिरहेको हुन्छ
मोबाइल फोन आजभोलि मानिसको नजिकको साथी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै पटक हामी मोबाइल प्रयोग गर्छौं । हुन पनि हो, पछिल्लो समय सबै कुरा डिजिटाइज भइरहँदा मोबाइलबाटै धेरै काम गर्न सकिन्छ ।
तर हाम्रो दैनिकसँग जोडिएको मोबाइल फोन हाम्रा केही साना साना बानीले बिग्रन सक्छ । जानेर, नजानेर हामीले सधैं यस्ता केही गल्ती गरिरहेका हुन्छौं, जसले हाम्रो मोबाइल फोन विस्तारै बिग्रदै जान्छ । आज हामी तपाईलाई ७ यस्ता गल्तीको बारेमा जानकारी दिदैछौं, जसले तपाईको मोबाइलको जीवन घटाइरहेको हुन्छ ।
उच्च तापक्रममा स्मार्टफोन
तपाईले आफ्नो स्मार्टफोनलाई धेरै बेरसम्म उच्च वा एकदमै कम तापक्रममा छोड्ने गर्नुहुन्छ भने त्यसले पनि स्मार्टफोनलाई नराम्रो असर गर्ने गर्दछ । धेरै उच्च वा एकदमै कम तापक्रममा राख्दा ब्याट्री छिटै घट्छ । यसले डिभाईस चाँडै पूरानो पनि हुने गर्दछ र डिभाइसमा स्थायी रुपमै ठूलो समस्या पनि आउन सक्छ ।
अहिलेका आधुनिक डिभाइसहरुमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको हुन्छ । यसलाई एकदमै उच्च तापक्रममा राख्दा ब्याट्रीलाई नराम्रो असर गर्ने गर्दछ । तपाईले डिभाइस चलाउँदा डिभाइस तातिएको जस्तो लागेमा त्यसलाई एकछिन चिसो हुन दिनुहोस् । ओभर हिटिङ भएमा डिभाइस चाँडै बिग्रिने गर्दछ ।
गलत चार्जरको प्रयोग
सबै चार्जरहरूले एउटै काम गर्ने हुँदा आफ्नो डिभाइसमा जुन चार्जर कनेक्ट गर्दा पनि हुन्छ जस्तो तपाईलाई लाग्न सक्छ । कुनै पनि फोनको केबल कनेक्टर आफ्नो डिभाइसमा मिल्न गएमा हामीले डिभाइसले राम्रै काम गर्छ भन्ने सोच्छौं । तर अरू चार्जरले तपाईको डिभाइस चार्ज गरे पनि आफ्नो डिभाइसको चार्जर जस्तै प्रभावकारी रुपमा काम गर्न सक्दैन् ।
अरू डिभाइसको चार्चर प्रयोग गरेमा तपाईको ब्याट्री लाइफमा समस्या आउन सक्छ । यसले तपाईको फोनको चार्जिङ्ग पोर्टलाई पनि नोक्सान पुर्याउन सक्छ ।
सबै चार्जरले एकैनास ऊर्जा दिदैनन् र केहीको गुणस्तरीयता अरु भन्दा बढी हुन्छ । तर यति भन्दै गर्दा तपाईले आफ्नै डिभाइसको ओर्जिनल चार्जर मात्रै चलाउनुपर्छ भन्ने होइन् । तपाईले राम्रो ब्राण्डको चार्जर प्रयोग गरेमा डिभाइसलाई त्यति नराम्रो असर गर्दैन् । तर उक्त चार्जर तपाईको फोन निर्माता कम्पनीबाट प्रमाणीत भने हुनुपर्छ ।
मालिसियस एप डाउनलोड
तपाईले कुनै एप प्लेस्टोर वा एपस्टोरमा पाउनु हुँदैन् । नपाएपछि तपाईले उक्त एप डाउनलोड गर्न अतिरिक्त उपायहरु अपनाउनु हुन्छ । तर अन आधिकारिक स्रोत वा तेस्रो पक्षीय एप स्टोरहरुबाट एप डाउनलोड गर्दा मालवेयर आउने सम्भावना हुन्छ ।
मालिसियस एपले तपाईको मोबाइलमा भाइरस प्रवेश गराएर निजी जानकारी, पासवर्ड र बैकिंङ विवरणहरु चोर्न सक्छ । यति मात्रै होइन मालिसियस एपले साइबर अपराधीहरूलाई तपाईको डिभाइसको क्यामेरा र माइक्रोफोनको एक्सेस पनि दिन सक्छ ।
प्ले स्टोर तथा गूगल स्टोरबाट डाउनलोड गरेका अधिकांश एप सुरक्षित नै हुन्छन् । किनकी यी प्लेटफर्महरुमा स्क्रीनिङ्ग हुने गर्दछ । यसले मालवेयरबाट बचाउन टेवा पुर्याउँछ ।
ब्याकग्राउण्डमा चल्ने एप हटाउने
के तपाईले आफ्नो फोनको पर्फरमेन्स वृद्धि गर्न ब्याकग्राउण्डको एपहरु हटाइ रहनु भएको हुन्छ ? तर यो त्यति प्रभावकारी हुँदैन् ।
यसले तपाईको फोनको पर्फरमेन्सलाई वृद्धि गर्नु भन्दा बढी नोक्सानी पुर्याउने गर्दछ । हामी धेरैले ब्याकग्राउण्डमा धेरै ओटा एप चलिरहँदा फोन स्लो हुन्छ भन्ने बुझ्छौं तर आधुनिक स्मार्टफोन त्यस्तो प्रेसर ह्याण्डल गर्न सक्षम हुन्छन् । नयाँ स्मार्टफोनहरुमा ब्याकग्राउण्ड एपहरु एकदमै लो पावर स्टेटमा चलिरहेका हुन्छन् । त्यसैले यी एपहरुलाई बलपूर्वक बन्द गर्नुभन्दा त्यतिकै चलिरहन दिनु उचित हुन्छ ।
किनभने तपाईको फोन कम ऊर्जामै सक्रिय एपबाट ब्याकग्राउडमा स्वीच हुने गर्दछ, जसले गर्दा तपाई पछि आएर पनि जहाँ छोड्नुभएको थियो त्यहीँबाट निरन्तर रुपमा चलाउन सकिन्छ ।
यसले तपाईको डिभाइसमा खासै दबाब पार्दैन् तर तपाईले ब्याकग्राउण्ड एप बन्द गर्दा फेरि एप खोल्ने गर्नुहन्छ भने यसले तपाईको डिभाइसमा बढी ऊर्जा खपत गरेर अझै बढि दबाब सिर्जना गर्दछ ।
अपडेटलाई ध्यान नदिने
हामीहरू फोनले पटकपटक नयाँ सफ्टवेयर अपडेट आयो भनेर नोटिफिकेसन पठाउँदा दिक्दार मान्छौं । तर यो एक महत्वपूर्ण नोटिफिकेसन हो, जसले तपाईको डिभाइसलाई राम्रोसँग चल्न दिन्छ । साधारणतय यस्ता अपडेटहरु युजर एक्सपेरियन्स बढाउन मात्रै नभएर नयाँ साइबर समस्याहरबाट सुरक्षित राख्न सार्वजनिक गरिएका हुन्छन् ।
यी नोटिफिकेसनलाई याद नगर्नु भनेको मालवेयर आक्रमणहरुलाई स्वागत गर्नु हो । त्यसकारण अबदेखि अपडेटको नोटिफिकेसन आउने बित्तिकै समयमै अपडेट डाउनलोड र इन्स्टल गर्नुहोला ।
सार्वजनिक वाईफाईको प्रयोग
नविन प्रविधिले हाम्रो दैनिक जीवन आधुनिक र सहज बनाएको छ तर सँगसँगै थ्रेट पनि बढीरहेको छ । स्मार्टफोन, ट्याब्लेट, तथा एड्भान्स्ड कम्प्युटरको प्रयोग अहिले अपरिहार्य बनिसकेको छ । यस्ता डिभाइसहरु इन्टरनेट अधिकमात्रामा जोडिएका हुन्छन् । त्यसैले आम मानिसको ठूलो समूह भर्चुअल दुनियाँमा आफ्नो धेरै र महत्वपूर्ण समय व्यथित गरिरहेको छ ।
भर्चुअल दुनियाँमा पनि असल र खराब दुबै प्रकृतिका मानिसको उपस्थिति छ । इन्टरनेटमा ह्याकरहरू अहिले ठूलो चुनौतिको रुपमा रहेका छन् । यसले गर्दा हामी भर्चुअल दुनियाँमा रहँदा सेक्युरिटीलाई ख्याल गर्नुपर्ने हुन्छ ।
हामीले पब्लिक वाईफाई नेटवर्क चलाउँदा एकदमै सर्तकता अपनाउनु पर्ने हुन्छ । पब्लिक वाईफाई नेटवर्क चलाउँदा ओभरहिटिङ, मालवेयर संक्रमण र ब्याट्री छिटै सकिने जस्ता समस्याहरु हुने गर्दछन् ।
गलत चार्जिङ
मोबाइल पूरानो हुँदै गएपछि ब्याट्रीको क्षमता पनि कम हुँदै जान्छ । गलत चार्ज गर्ने तरिकाले झन छिटो मोबाइल बिग्रिन सक्छ । त्यसकारण ब्याट्रीलाई जहिले पनि १०० प्रतिशतसम्म चार्ज हुन नदिनुहोस् । तपाईको ब्याट्रीमा सिमित चार्ज साइकल हुने भएकाले शत प्रतिशतसम्म चार्ज गरिरहेमा पर्फरमेन्स राम्रो दिदैन् ।
तपाईले ब्याट्री ३० देखि ८० प्रतिशतको बिचमा सन्तुलित राखेमा फोनको ब्याट्री स्वस्थ हुन सक्छ । फोन चार्ज गर्दा पनि शीतल र हावादार ठाउँमा गर्नु उचित हुन्छ । सिरानीको तलमा घाम आउने ठाउँमा चार्ज गर्दा ब्याट्रीलाई नराम्रो असर पर्ने गर्दछ ।
टिप्स
यूएसबी ड्राइभलाई बुटेबल बनाउन के गर्ने ?
बुटेबल यूएसबी ड्राइभले थुप्रै अपरेटिङ प्रणालीलाई हार्ड डिस्कमा इन्स्टल नगरेरै लोड गर्…
टिकटकमा फलोअर बढाउन के गर्ने ?
पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । टिकटक धेरैले प्रयोग गर…
गूगल म्यापको सेयर एन्ड इम्बेड फिचर प्रयोग गर्ने यस्तो छ तरिका
कुनै पनि नयाँ ठाउँमा या बाटोमा जाँदा, मोबाईल वा ट्याब्लेटबाट त्यो बाटोको योजना ब…
आफुले डाउनलोड गरेको फाइलमा भाइरस भए नभएको थाहा पाउने तरिका
तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड ग…
वेबसाइटले क्रोममा स्टोर गरेको डेटा डिलिट गर्ने उपाय
के तपाई वेबसाइटले क्रोममा डेटा स्टोर गरेको डेटा डिलिट गर्न चाहनुहुन्छ ? त्यसो हो भ…
अरूलाई ठूलो साइजको फाइल पठाउने तरिका
तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …
आईफोनको ब्याट्री लामो समयसम्म टिकाउने उपाय
भिडियो स्ट्रिम, इन्टरनेट ब्राउज, साथिसँग च्याट, सामाजिक सञ्चालनमा नयाँ पोष्ट चेक लगा…
गूगल फोटोजबाट यसरी बनाउनुहोस् फोटो कोलाज र एनिमेसन
गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…
गूगल फोटोजबाट यसरी बनाउनुहोस् फोटो कोलाज र एनिमेसन
गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…
गूगल फोटोजबाट यसरी बनाउनुहोस् फोटो कोलाज र एनिमेसन
गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…
गूगल फोटोजबाट यसरी बनाउनुहोस् फोटो कोलाज र एनिमेसन
गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…
आफ्ना फोटोलाई सुरक्षित राख्ने तरिका
जीवनका महत्वपूर्ण पल हामीले फोटोमा कैद गरिरहेका हुन्छौं । कतै नयाँ ठाउँ जाँदा हो…
फास्ट चार्जिङले मोबाइलको ब्याट्रीलाई नराम्रो असर गर्छ ? यस्तो छ तथ्य
फास्ट चार्जिङ्ग भनेको मान्छेहरुले हतारमा जुस पिएर पुनः दौडिन थाले सरह नै हो । तर …
स्मार्टफोनको स्पीड बढाउन यस्तो गर्नुहोस्
स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो …
यसरी बनाउनुहोस् कनेक्ट आईपीएसमा अकाउन्ट
पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दो छ । डिजिटल भुक्तानीका लागि वाले…