टिप्स
मोबाइलबाटै हस्ताक्षरसहितको डकुमेन्ट पठाउने तरिका
आजकाल हामी धेरै प्रकारका कामका लागि स्मार्टफोन प्रयोग गर्छौं । हामीलाई कतिपय समयमा फोनमा पीडीएफ डकुमेन्ट वा अन्य कुनै फाइलमा साइन गर्नु परिरहेको हुन्छ ।
धेरै पटक डकुमेन्ट हाम्रो फोनमा हुन्छ र त्यहाँ हस्ताक्षर गर्न आवश्यक छ । अब फोन कागजको टुक्रा होइन जसमा कलमले हस्ताक्षर गर्न सकिन्छ ।
तसर्थ, यदि तपाई फोनमा हस्ताक्षर कसरी गर्ने भनेर चिन्तामा हुनुहुुन्छ भने, चिन्ता लिनु पर्दैन् । आज हामी तपाईलाई डिजिटल पेन बिनानै फोनमा सिग्नेचर कसरी बनाउने भन्ने बारे जानकारी दिदैछौं ।
तपाईं फोनमा धेरै तरिकामा हस्ताक्षर गर्न सक्नुहुन्छ । एन्ड्रोइड स्मार्टफोन र आईफोनमा सिग्नेचर गर्ने विधि फरक हुन सक्छ । यदि तपाईसँग पनि त्यस्तो कुनै कागजात वा फोटो छ, जसमा हस्ताक्षर गर्ने हो भने यहाँ उल्लेख गरिएका विधिहरू प्रयोग गरी हस्ताक्षर गर्न सक्नुहुन्छ ।
फोनमा साइन गर्न कुनै कलम आवश्यक छैन् । तपाईंले केही उपकरणहरूको मद्दतले हस्ताक्षर गर्न सक्नुहुन्छ ।
आईफोनमा एप्पल नोट्सको प्रयोग
एप्पल नोट्स एपमा बिल्ट–इन सिग्नेचर टूल छ, जुन तपाई आफ्नो फोनमा कुनै पनि कागजात वा फोटोमा हस्ताक्षर गर्न प्रयोग गर्न सक्नुहुन्छ । यसो गर्नका लागि यी चरणहरू पालना गर्नुहोस् ।
सर्वप्रथम एप्पल नोट्स एप खोल्नुहोस् । अब तपाईंले हस्ताक्षर गर्न चाहनुभएको कागजात वा फोटोमा ट्याप गर्नुहोस् ।
दायाँ कुनामा रहेको 'मार्कअप’ विकल्पमा ट्याप गर्नुहोस् । अब 'सिग्नेचर’ टूलमा ट्याप गर्नुहोस् । स्क्रिनमा आफ्नो हस्ताक्षर कोर्नुहोस् । हस्ताक्षरलाई अन्तिम रूप दिन 'डन’ मा ट्याप गर्नुहोस् ।
एन्ड्रोइड फोनमा कसरी गर्ने ?
एडोब एक्रोब्याट रिडर एप एक लोकप्रिय पीडिएफ डकुमेन्ट रिडर सिस्टम हो । यसमा बिल्ट–इन हस्ताक्षर टूल पनि छ ।
अब हस्ताक्षर गर्नका लागि एडोब एक्रोब्याट रिडर एप खोल्नुहोस् । अब तपाईंले हस्ताक्षर गर्न चाहनुभएको पीडीएफ कागजातमा ट्याप गर्नुहोस् ।
स्क्रिनको दायाँ छेउमा रहेको 'कमेन्ट’ मा ट्याप गर्नुहोस् । अब 'साइन’ विकल्पमा ट्याप गर्नुहोस् । यसपश्चात फोन स्क्रिनमा आफ्नो हस्ताक्षर सिर्जना गर्नुहोस् । हस्ताक्षर सेट गरेपछि, 'डन’ मा ट्याप गर्नुहोस् ।
टिप्स
मोबाइल तथा कम्प्यूटरको ब्राउजरमा क्यास डेटा क्लियर गर्न यस्तो गर्नुहोस्
हामी सबैले मोबाइल र कम्प्यूटरमा कुनै न कुनै कामको लागि ब्राउजर प्रयोग गर्छौं । यस्तो अवस्थामा, धेरै पटक हामीले हाम्रो ब्राउ…
जीमेलमा भएको स्टोरेज भरियो ? यसरी गर्नुहोस् खाली
यदि तपाई जिमेल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले पनि जिमेल आउट अफ स्टोरेज समस्याको सामना पक्कै पनि गर्नु भएको होला । यदि जीमेल …
तपाईको कम्प्युटर ढिलो खुल्छ ? यस्तो हुन सक्छ कारण
कम्प्युटर निकै ढिलो खुल्छ, ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै समय लाग्छ, यी तपाई हामी सबैले प्राय भोगिरहेका समस्या हुन् । त्यसमाथ…
पीडीएफ फाइल एडिट गर्नुपर्यो ? यस्तो छ सरल तरिका
पिडिएफ फाइलमार्फत जानकारी सेयर गर्न सजिलो हुन्छ । शयेर गर्न मात्रै होइन, हेर्न र खोल्न समेत सजिलो हुन्छ ।
रिसाइकल बिनबाट स्थायी रुपमा फाइलहरु डिलिट गर्ने तीन उपाय
जब पनि तपाई कुनै डिभाइसबाट फाइल डिलिट गर्नुहुन्छ, त्यो पूर्ण रुपले डिलिट भएको हुँदैन् । यो फाइल रिसाइकल बिनमा जान्…
फेसबुकको पासवर्ड बिसिर्नुभयो ? यसरी गर्नुहोस् रिसेट
फेसबुक, ह्वाट्सएप , इन्स्टाग्राम धेरैले प्रयोग गर्ने प्रयोग एपहरू हुन् । हामी सधैं यी एपहरू हाम्रो स्मार्टफोनमा लगइन राख्छौं, ज…
तपाईको फोनमा भाइरस त छैन्? यसरी थाहा पाउनुहोस्
अहिले प्राय सबैको हातमा स्मार्टफोन हुन्छ । स्मार्टफोनले मानिसका विभिन्न कामलाई सहज र सजिलो पनि बनाइदिएको छ ।
मोबाइलबाटै हस्ताक्षरसहितको डकुमेन्ट अरूलाई पठाउनु पर्यो ? यसो गर्नुहोस्
आजकाल हामी धेरै प्रकारका कामका लागि स्मार्टफोन प्रयोग गर्छौं । हामीलाई कतिपय समयमा फोनमा पीडीएफ डकुमेन्ट वा अन्य कुनै फाइ…
पुरानो फोन बिक्री गर्ने सोच्दै हुनुहुन्छ? यी कुराहरुमा ध्यान दिनुहोस्
पहिले मानिसहरूले एउटै फोन लामो समयसम्म प्रयोग गर्थे तर अहिले त्यस्तो छैन् । एक सर्वेक्षणको अनुसार मानिसहरु अब १–२ वर्षमा आ…
गूगल ट्रान्सलेटबाट फोटोमा भएको टेक्स्टलाई यसरी गर्नुहोस् अनुवाद
तपाईं मध्ये धेरैलाई अनुवादको आवश्यकता हुन सक्छ । टेक्स्टबाट टेक्स्टमै अनुवाद गर्न सजिलो छ तर फोटोमा लेखिएको वाक्यलाई अनुवाद गर्नु…
ल्यापटपको स्क्रिन सफा गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
ल्यापटप काम गर्ने मानिसहरूको लागि लगभग एक आवश्यक ग्याजेट भएको छ । यो अफिसदेखि घरसम्म व्यापक रूपमा प्रयोग गरिन्छ । नयाँ ल्यापटपहर…
आफ्नो फोनको अनलक प्याटर्न बिर्सनुभयो ? यसरी गर्नुहोस् अनलक
हामी प्रायः हाम्रो स्मार्टफोनलाई अपरिचितहरूबाट सुरक्षित राख्न लक प्याटर्नको प्रयोग गर्छौं। हाम्रो उद्देश्य हाम्रो व्यक्तिगत मेसेज वा फो…
मोबाइलको फिंगरप्रिन्टले राम्रोसँग काम गरेन् ? यी तरिका अपनाउनुहोस्
हामी प्रायः स्मार्टफोनमा सुरक्षाको लागि पासवर्ड वा फिंगरप्रिन्ट लक प्रयोग गर्छौं । यद्यपी, फिंगरप्रिन्ट लक, फोनको डाटा सुरक्षित राख्न…
कसरी बन्ने कन्टेन्ट राइटर ? के के चाहिन्छन् सीप ?
गुणस्तरीय सामग्री र प्रभावकारी कन्टेन्टले व्यवसायलाई छिटो बढ्न र बलियो अनलाइन उपस्थिति प्राप्त गर्न मद्दत गर्छ । पछिल्लो समय धेरै व्यव…
जीमेलमा स्प्याम म्यासेज आएर हैरान हुनुहुन्छ ? यसरी रोक्नुहोस्
हरेक दिन तपाईले कुनै न कुनै अपरिचित आइडीबाट जीमेलमा केही स्प्याम म्यासेज प्राप्त गरि रहनुभएको हुन सक्छ । यस ब…