टिप्स
इन्टरनेटको स्पीड कसरी थाहा पाउने ?
समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि हुन सक्छन् । सुरुमा भनेकै इन्टरनेट स्पीड दिएपनि पछि गएर सेवा प्रदायकले स्पीड कम गर्ने गरेको गुनासो ग्राहकहरूले गरिरहेका हुन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणका उजुरीका चाङ छन् ।
सेवा प्रदायकले भने अनुसार इन्टरनेट स्पीड दिएको वा नदिएको जानकारी हामी केही सेकेण्डमै लगाउन सक्छौं ।यसका लागि केही टुल छन् जसबाट हामी इन्टरनेटको स्पीड जाँच्न सक्छौं ।
तर जाँच गर्नुभन्दा पहिले प्रयोगकर्ताहरुले कुनै पनि डाउनलोड वा अपलोड गरिरहेको भने हुनु हुँदैन् । त्यसैगरी जाँच गर्दा भीपीएन पनि बन्द गर्नुपर्छ । आज हामी तपाईलाई इन्टरनेटको स्पीड चेक गर्ने केही तरिकाको जानकारी दिदैछौं ।
ओकला स्पीड टेस्ट
ओकला स्पीडटेस्टले सर्भर र डिभाइसको बिचमा डेटा ट्रान्सफर हुन कति समय लाग्छ भनेर थाहा पाउन मद्दत पुर्याउँछ ।
यसलाई प्रयोग गर्दा हरेक पटक वेबसाइटबाट कति स्पीडको नेट आइरहेको छ भन्ने कुराको जानकारी लिन सकिन्छ । यसको विन्डोज, म्याक, गूगल क्रोम आदिका लागी नेटिभ एप समेत रहेको छ ।
यसमा गएर गो बटन मात्रै थिच्नुपर्दछ । एक पटक मात्रै भन्दा पनि पटकपटक जाँच गर्नुपर्दछ । त्यसपछि अन्त्यमा रिजल्ट लिङ्कमा थिच्न सकिन्छ । ग्लोबल इन्डेक्समा गएर भने विश्वव्यापी रुपमा इन्टरनेटको स्पीडहरु हेर्न सकिन्छ ।
अन्य केही स्पीड टेष्ट गर्ने तरिका
फास्ट डटकम साइटमा गएर पनि आफै नै स्पीड जाँच्न सकिन्छ । फास्ट डटकम वेबसाइटमा प्रवेश गरेपछि आफै इन्टरनेटको स्पीड टेष्ट हुन थाल्छ ।
यो एन्ड्रोइड र आइओएसमा एपको रुपमा पनि उपलब्ध रहेको छ । त्यस्तै स्पीडअफ डटमी वेबसाइटबाट पनि स्पीड जाँच्न सकिन्छ । यसको उत्तर अमेरिका, यूरोप, एशिया लगायतमा ११६ ओटा सर्भर रहेका छन् ।
यस्तो वेबसाइटहरुको प्रयोग गरेर इन्टरनेटको स्पीड जाँच गर्न सकिन्छ । त्यसैगरी पीसी म्याग स्पीड टेष्ट को वेबसाइट प्रयोग गरेर पनि आफ्नो इन्टरनेटको स्पीड जाँच्न सकिन्छ ।
साथै नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट पनि इन्टरनेट स्पीड जाँच गर्न सकिन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।
टिप्स
ह्वाट्सएपमा स्प्याम नम्बर सजिलैसँग ब्लक गर्न सकिने, यस्तो छ प्रक्रिया
पछिल्ला केही महिनामा अनलाइन ठगीका घटनाहरु निकै बढेका छन् । अपरिचित व्यक्तिको कल वा म्यासेज आएपछि हजारौंले लाखौं रुपैयाँ गुमा…
पुरानो हुन्छ सामाजिक सञ्जाल पनि, तपाईंको मनपर्ने प्लेटफर्म कतै खतरामा छ?
यदि तपाईं ९० को दशकमा वा त्यस भन्दा अघि जन्मनुभएको हो भने अर्कुट जस्ता पुराना सोशल मिडिया प्लेटफर्महरू चलाउनु भएको हुन सक्…
ल्यापटप सफा कसरी गर्ने ?
ल्यापटप हामी धेरैले प्रयोग गर्छौं । लगातार ल्यापटप प्रयोग गर्दा धुलो छिरेको हुन्छ । यदी उक्त धुलो सफा नगरेमा यसले ल्यापटपको…
फेसबुकमा अरूले मेन्सन र हाइलाइट गरेर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् बन्द
केही समययता फेसबुकको एक नोटिफिकेशन सेवाले सबैलाई समस्या परेको छ । त्यो सेवा हो, मेन्सन (@Mentions) , फ्…
फेसबुकको पुरानो अकाउन्ट यसरी डिलिट गर्नुहोस्
फेसबुक धेरैले प्रयोग गर्छन् । तर कतिपय पुराना अकाउन्ट प्रयोग भइरहेको हुँदैन् । यस्तो अवस्थामा पुरानो अकाउन्ट …
ब्याकअप बिना ह्वाट्सएप च्याट कसरी ट्रान्सफर गर्ने ?
व्यक्तिगत तथा व्यवसायिक म्यासेज आदान प्रदान गर्न ह्वाट्सएप महत्त्वपूर्ण माध्यम भएको छ । तर कहिलेकाँही नयाँ फोनमा&nbs…
यसरी बढाउनुहोस् युट्युबमा सब्सक्राइबरको शङ्ख्या
युट्युबको लोकप्रियता सबैलाई थाहानै छ । यदि तपाइँ पनि युट्युब अकाउन्ट चलाउनुहुन्छ वा आफ्नै युट्युब अकाउन्ट बनाउने योजनामा हुनु…
प्रत्येक एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले जान्नै पर्ने केही सुविधा
विश्वभर धेरै प्रयोगकर्ताले एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्छन् । नेपालमा पनि अधिकांशले एन्ड्रोइडफोनको प्रयोग गर्ने गरेक…
जीमेलको स्टोरेज भरियो ? यसरी गर्नुहोस् खाली
यदि तपाई जिमेल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले पनि जिमेल आउट अफ स्टोरेज समस्याको सामना पक्कै पनि गर्नु भएको होला । यदि जीमेल …
टेक्स्ट लेख्ने बित्तिकै भिडियो बनाउने गूगलको एआई टुल सार्वजनिक
आफ्नो नयाँ भाषा मोडेल जेमिनाई सार्वजनिक गरेपछि, गुगलले आफ्नो नयाँ एआई–संचालित टूल ल्यूमियर पनि सार्वजनिक गरे…
आईफोनबाट विन्डोज ल्यापटपमा डाटा ट्रान्सफर गर्ने तरिका
आईफोन प्रयोग गर्ने अधिकांश मानिसहरूक प्रश्न हुन्छ, के डाटालाई आईफोनबाट विन्डोज ल्यापटपमा स्थानान्तरण गर्न सकिन्छ ? यसको जवाफ हो, स…
जीमेलमा आउने स्प्याम म्यासेजबाट हैरान हुनुहुन्छ ? यसरी रोक्नुहोस्
हरेक दिन तपाईले कुनै न कुनै अपरिचित आइडीबाट जीमेलमा केही स्प्याम म्यासेज प्राप्त गरि रहनुभएको हुन सक्छ । यस बाहेक तपाईं…
के तपाई पप-अप नोटिफिकेसनले हैरान हुनुहुन्छ ? यसरी बन्द गर्नुहोस्
यदि तपाईसँग स्मार्टफोन छ भने पक्कै पनि पप–अप सूचना आउने समस्याको सामना गर्नुभएकै होला । धेरै पटक महत्त्वपूर्ण कामको बीचमा…
पीडीएफ फाइललाई कसरी एडिट गर्ने ?
पिडिएफ फाइलमार्फत जानकारी सेयर गर्न सजिलो हुन्छ । शयेर गर्न मात्रै होइन, हेर्न र खोल्न समेत सजिलो हुन्छ ।