टिप्स
मोबाइलको लतबाट कसरी जोगिने ?
मोबाइल आजभोलि मानिसको दैनिकी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै समय हामी मोबाइलमै बिताउँछौं ।
राम्रो कामका लागि भन्दा पनि नराम्रो कामका लागि मोबाइलको प्रयोग धेरै भइरहेको हुन्छ । मोबाइलको एउटा लत बसिसकेको हुन्छ । उक्त लतको समस्याबाट छुटकारा पाउन कतिले धेरै प्रयास गरिरहेका हुन्छन् ।
कुनै पनि समस्याको समाधान भनेको सर्वप्रथम त त्यो समस्याको पहिचान गर्नु हो । त्यो समस्याप्रति सचेत रहनु हो । यदी स्मार्टफोनको लतबाट छुट्कारा पाउन चाहनुहुन्छ भन्ने सर्वप्रथम त तपाईं यसको लत बारे सचेत हुनुपर्दछ ।
यसको समस्या बारे बुझ्नु पर्दछ । स्मार्टफोनको लतबाट छुट्न धेरै उपायहरु छन् । ति उपायहरु निम्न बुँदाहरुमा उल्लेखित छन् ।
- हप्ताको कुनै एकदिन नो फोन डे मनाउनुहोस् । यो दिन मोबाईल नछुनुहोस् र आफ्नो परिवारसँग समय बिताउनुहोस् । परिवारमा गफ गरेर वा कतै घुम्न गएर समय बिताउनुहोस् ।
- सामाजिक सञ्जालहरू धेरै चलाउनु हुन्छ भने ति एपहरू तपाईंले मोबाईलमा सजिलै भेटाउन नसकिने ठाउँमा राख्नुहोस् । यसकारण तपाईंले ति एपहरू भेटाउन समय लाग्छ र अनावश्यक कुराहरुमा तपाईंको पनि ध्यान जादैन् ।
- नोटीफिकेसन आउँदा हामी मोबाईल हेर्न हतार गर्छौ । यसकारण तपाईंको मोबाईलको नोटिफिकेसन बन्द गरिदिनुस्, तपाईंले आधा लडाई त्यही जिती सक्नुहुन्छ । नोटिफिकेसनको आवाजले पानी हाम्रो समयलाई बर्बाद गरिरहेको हुन्छ । आफुलाई चाहिने महत्त्वपूर्ण कुराहरु कुनै निश्चित समयमा मात्रै चेक गर्नुहोस् ।
- तपाईंको मोबाईल चलाउने बानीलाई कुनै अर्कै बानीले हटाउनुहोस् । बिहान र बेलुका कम्तिमा ३० मिनेट प्रति दिन हिड्न जानुहोस् ।
- फलामलाई फलामले काट्छ भनेझै प्रविधिबाट बच्न प्रविधिको प्रयोग गर्नुहोस् । मोबाईलमा भ्वाइस कमाण्डको प्रयोग गर्नुहोस् । यसले तपाईंले मोबाईल चलाउदा तपाईंको मुद्रा पनि बिग्रिदैन र घाँटी दुखाइको समस्या पानी आउँदैन् ।
- तपाईंले आफ्नो इलेक्ट्रोनिक उपकरणहरुको विभाजन गर्नुहोस् । लामो समय मोबाईलमा नबिताउन आफ्नो कामलाई ल्यापटप, डेस्कटपमा विभाजन गर्नुहोस् । भिडियोहरु टिभीमा हेर्नुहोस् भने इमेल डेस्कटपमा ।
- अहिले स्क्रीन टाईम मापन गर्ने धेरै एपहरू उपलब्ध छन् । ति एपहरूको सहयोगले आफ्नो स्क्रीन टाईम ट्र्याक गर्नुहोस् र के कुरामा अतिरिक्त समय खर्च भइरहेको छ थाहा पाउनुहोस् ।
- अनावश्यक कुराहरुका लागि मोबाईल नचलाऊनुहोस् । बरु रचनात्मक कार्यमा समय बिताउनुहोस् । आफ्नो इच्छा र मन परेको काम गर्नुहोस् ।
- धेरै बेर मोबाईल मात्रै चलाएर नबस्नुहोस् । त्यसको साटो प्रकृतिसँग पनि समय बिताउनुहोस् । आफ्नो वरिपरिको वातावरणको पनि ख्याल राख्नुहोस् ।
- सामाजिक संजालहरुलाई एउटा उपकरणको रूपमा प्रयोग गर्नुहोस् । तर आँफै यसको सिकार नहुनुहोस् ।
टिप्स
जिमेलमा यसरी विकास गर्नुहोस् सिग्नेचर
जिमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । सबैकुर…
यसरी सजिलै गर्नुहोस् कम्प्युटरमा भिडियो इडिट
आजको समयमा भिडियो नहेर्ने मानिस सायदै होलान । इन्टरनेटको विकास सँगै सामाजिक सञ्ज…
टिकटकमा फ्लोअर कसरी बढाउने ? यस्तो छ तरिका
पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । विभिन्न देशको प्रतिबन्धक…
टिकटकमा फ्लोअर कसरी बढाउने ? यस्तो छ तरिका
पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । विभिन्न देशको प्रतिबन्धक…
सुरक्षित रुपमा सार्वजनिक वाइ–फाइ कसरी प्रयोग गर्ने ?
नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बानएको छ तर सँगसँगै थ्रेट पनि बढ…
यसरी बनाउनुहोस् यूएसबी ड्राइभलाई बुटेबल
बुटेबल यूएसबी ड्राइभले थुप्रै अपरेटिङ प्रणालीलाई हार्ड डिस्कमा इन्स्टल नगरेरै लोड गर्…
यसरी पठाउनुहोस् ह्वाट्सएपमा टाइप नगरेरै म्यासेज
एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरुले ह्वाट्सएप जस्तै एसएमएस मेसेजिङ एपमा टाइप नगरेरै …
मोबाइल स्लो भएमा यसरी बढाउनुहोस् स्पीड
स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन स्लो भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भ…
ओपन सोर्स सफ्टवेयरबाट कसरी फाइदा उठाउने ?
ओपन सोर्स सफ्टवेयर भनेको सार्वजनिक रुपमा सबैले सोर्स कोर्ड हेर्न र परिवर्तन गर्न मिल्न…
यसरी प्रयोग गर्नुहोस् एन्ड्रोइड स्मार्टफोनबाट स्मार्ट टिभीमा युट्युब
तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानक…
सुरक्षित रूपमा इन्टरनेट प्रयोग कसरी गर्ने ?
आजभोलि मानिसले धेरैजसो समय इन्टरनेटमा बिताउछन् । अहिलेको समयमा इन्टरनेट अपरिहार्य…
तपाईको मतदाता परिचय पत्र हराएको भए यसरी हाल्नुहोस् भोट
अब मतदाता परिचय पत्र हराएमा नागरिक एपको सहायताले भोट हाल्न सकिने भएको छ । तपाईक…
के गूगलमा तपाईको फोन नम्बर देखिन्छ ? यस्तो छ नदेखाउने तरिका
के तपाईको सम्पर्क नम्बर गूगलमा देखिन्छ ? यदी त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईले…
यसरी बढाउनुहोस् स्मार्टफोनको स्पीड
स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो …
के फास्ट चार्जिङले मोबाइलको ब्याट्रीलाई नराम्रो असर गर्छ ?
फास्ट चार्जिङ्ग भनेको मान्छेहरुले हतारमा जुस पिएर पुनः दौडिन थाले सरह नै हो । तर …