टिप्स
यसरी बनाउनुहोस् कनेक्ट आईपीएसमा अकाउन्ट
पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दो छ । डिजिटल भुक्तानीका लागि वालेट, मोबाइल बैंकिङ लगायतका विकल्प छन् । ती मध्येको एक विकल्प हो, कनेक्ट आईपीएस ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत माघसम्म कनेक्ट आईपीएसका ७ लाख ९३ हजार १५१ प्रयोगकर्ता रहेका छन् । कनेक्ट आईपीएसको एउटा फाइदा भनेको यसमा रकम लोड गर्नुपर्दैन् र सिधै आफ्नो बैंक खाताबाट विभिन्न सेवाको भुक्तानी गर्न सकिन्छ ।
यदी तपाई पनि कनेक्ट आईपीएस प्रयोग गर्न चाहनुहुन्छ भने यसमा अकाउन्ट बनाउन शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो व्यक्तिगत विवरणहरू नाम इमेल र फोन नम्बर राखेर कन्टिन्युमा थिच्नुहोस् । यति गरेपछि त्यहाँ युजरनेम र पासवर्ड राखेर फेरी कन्टिन्युमा क्लिक गर्नुहोस् ।
युजरनेम अहिलेसम्म कसैले प्रयोग नगरेको युनिक हुनुपर्नेछ भने पासवर्ड कम्तिमा नौं क्यारेक्टरको हुनुपर्नेछ, जसमा १ अपर केस, १ लोर केस, १ नम्बर र १ स्पेसल क्यारेक्टर हुनुपर्नेछ ।
त्यसपछि क्याप्चा राख्नुहोस् र टर्म एण्ड कन्डिसन पढेर त्यसमा टिक लगाएर रजिष्टर गर्नुहोस् । यति भएपछि तपाईको रजिष्ट्रेसनको प्रारम्भिक प्रक्रिया पूरा हुन्छ ।
अब अघि अकाउन्ट बनाउँदा राखेको युजरनेम र पासवर्ड राखेर लगइन गर्नुहोस् र रजिष्ट्रेसनको बाँकी प्रक्रिया पूरा गर्नुहोस् । नोट, कनेक्ट आईपीएस डटकमबाट लगइन गर्दा क्याप्चा राखेर अगाडि बढ्नुपर्नेछ ।
त्यसपछि मागिएका विवरण सबमिट गरेर अगाडि बढ्नुहोस् । अनि इमेज र फ्रेज छनोट गर्ने र त्यसलाई सधैं याद राख्ने । साथै देखिएको ३ वटा सेक्युरिटी प्रश्नको जवाफ दिने र अगाडि बढ्ने ।
नोट, सेक्युरिटी प्रश्न र यसका जवाफ हरेक पटक पासवर्ड परिवर्तन गर्दा वा रिसेट गर्दा आवश्यक पर्ने हुँदा सम्झेर राख्नुहोला । त्यसपछि गेट कोडमा क्लिक गरेर रजिष्टर गर्दा प्रयोग गरेको मोबाइल नम्बर र इमेलमा आएको ओटीपी कोड राखी भेरिफाई गर्नुहोस् ।
भेरिफाई गरेपछि ६ अंकको ट्रान्ज्याक्सन पासवर्ड राख्नुहोस्, जुन हरेक पटक कारोबार गर्दा आवश्यक पर्छ । ठूलो रकमको कारोबार गर्दा भने ट्रान्ज्याक्सन पासवर्ड बाहेक रजिष्टर गरिएको इमेल र मोबाइल नम्बरमा आएको ओटीपी कोड समेत आवश्यक पर्छ ।
सानो रकमको कारोबार गर्दा ओटीपी नचाहिनको लागि आफुले कारोबारको सीम तोक्नुपर्ने हुन्छ । ५ हजारदेखि १ लाख रूपैयाँसम्मको ओटीपी लिमिट सेट गर्नुहोस् र अगाडि बढ्नुहोस् । यो सबै गरेपछि आफ्नो इमेल र मोबाइल नम्बरमा आएको भेरिफिकेसन कोड राखेर सबमिट गरेर अघि बढ्नुहोस् ।
अब तपाईको कनेक्ट आईपीएसको अकाउन्ट तयार भयो । साथै कनेक्ट आईपीएसको एन्ड्रोइड र आईओएस मोबाइल एप डाउनलोड गरेर पनि माथिको प्रक्रिया पूरा गरेर नयाँ अकाउन्ट बनाउन सकिन्छ । अब तपाईले कनेक्ट आईपीएसबाट कारोबार गर्न आफ्नो बैंक खाता लिंक गरी भेरिफाई गर्नुपर्ने हुन्छ ।
अनि उक्त खाताबाट सिधैं पेमेन्ट गर्न सकिन्छ । बैंक खाता लिंक गर्न अकाउन्ट लगइन गरी बैंक अकाउन्ट भित्र रहेको लिंक अकाउन्टमा क्लिक गरी मागिएको विवरण राखेर बैंक खाता लिंक गर्न सकिने छ । त्यसपछि कनेक्ट आइपीएसमा आफ्नो खाता लिंक गरिसकेपछी सेल्फ भेरिफाई अकाउन्टमा क्लिक गरी आफ्नो मोबाइल नम्बरमा आएको ओटीपी कोड राखेर र टर्म्स एण्ड कन्डिसन पढेर टिक लगाई सबमिट गर्नुपर्नेछ ।
अनि आफ्नो खातामा २ वटा माइक्रो पेमेन्ट जम्मा हुनेछ । सो रकम जम्मा भएको जानकारी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ वा बैंक स्टेटमेन्टबाट लिन सकिने छ । त्यसपछि माइक्रो डिपोजिट भएको रकम दाखिला गरी सबमिट गर्नुहोस् । यति गरेपछि तपाईको खाता भेरिफाई हुनेछ ।
टिप्स
एन्ड्रोइड स्मार्टफोनबाट स्मार्ट टिभीमा युट्युब प्रयोग गर्न के गर्ने ?
तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानक…
एन्ड्रोइड स्मार्टफोनबाट स्मार्ट टिभीमा यसरी प्रयोग गर्नुहोस् युट्युब
तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानक…
यसरी हेर्नुहोस् एन्ड्रोइड स्मार्टफोनमा वाईफाईको पासवर्ड
हामीले एन्ड्रोइड स्मार्टफोन चलारहँदा कहिलेकाँही वाईफाई पासवर्ड चाहिरहेको हुन्छ तर ह…
के तपाई आफ्ना फोटोलाई सुरक्षित रूपमा राख्न चाहनुहुन्छ ? यस्ता छन् ६ तरिका
जीवनका महत्वपूर्ण पल हामीले फोटोमा कैद गरिरहेका हुन्छौं । कतै नयाँ ठाउँ जाँदा हो…
तपाईलाई थाहा हुनैपर्ने जीमेलका यी फिचर
जीमेल हामीले दैनिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिगत तथा व्यवसायिक…
फेसबुक मेसेन्जरमा यसरी प्रयोग गर्नुहोस् एण्ड टू एण्ड इन्क्रिप्सन फिचर
हालैमा मेटाले एण्ड टू एण्ड इन्क्रिप्सन फिचरको जाँच गरिरहेको थियो । अहिले यो फिचर स…
यसरी सुचारु गर्नुहोस् ह्वाट्सएपमा टु स्टेप भेरिफिकेशन फिचर
हामी अहिले प्रविधिमा एकदमै निर्भर भईरहेका छौँ । एक अर्कासँग सम्पर्क राख्न हामी प्रव…
यसरी सुचारु गर्नुहोस् जीमेलको अन्ली भ्यू फिचर
गूगलले सहजैसँग पहुँच पाउनका लागि मिट, च्याट र अरू सेवाको एकीकृत प्लेटफर्म बनाएको…
ह्वाट्सएपमा टाइप नगरेरै म्यासेज पठाउने तरिका
एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरुले ह्वाट्सएप जस्तै एसएमएस मेसेजिङ एपमा टाइप नगरेरै …
विद्यार्थीलाई उपयोगी ४ एप
अहिलेको डिजिटल युगमा बालबलिकाहरुलाई धेरै प्राविधिक टूलहरु चाहिने गर्दछ । कक्षामा…
के तपाईको आईफोनको चार्ज चाँडै सकिन्छ ? त्यसो भए यी उपाय अपनाउनुहोस्
भिडियो स्ट्रिम, इन्टरनेट ब्राउज, साथिसँग च्याट, सामाजिक सञ्चालनमा नयाँ पोष्ट चेक लगा…
के तपाईले डाउनलोड गरेको फाइलमा भाइरस छ ? यस्तो छ थाहा पाउने सजिलो तरिका
तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड ग…
कसरी खेल्ने स्न्यापच्याटमा गेम ?
सामाजिक सञ्जालहरु मध्ये युवा पुस्तामाझ चर्चित एक एप हो, स्न्यापच्याट । हरेक क्षणको अप…
जीमेलका यी पाँच फिचर, जुन सबैलाई थाहा हुनैपर्छ
जीमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिग…
इन्स्टाग्राममा यसरी गर्नुहोस् पोस्ट सेड्युल
इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्म…