कीवर्डहरू -

टिप्स

यसरी सुरक्षित रूपमा प्रयोग गर्नुहोस् मोबाइल बैंकिङ

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या यो बर्ष अत्याधिक रुपमा बृददी भएको पाइएको छ । आफुलाई अनुकुल स्थान तथा समयमा कारोबार गर्न सकिने र प्रयोग गर्न सजिलो भएको कारण मोबाइल बैंकिङमा ग्राहकहरुको आकर्षण बढेको हो ।

व्यवसाय निरन्तरता र सुनिश्चित गर्न डिजिटल बैंकिङ सेवा महत्वपूर्ण हुनेछ । मोबाइल बैंकिङ मार्फत समान किन्न,टिकट बुकिंग तथा होटेल रेस्टुरेन्ट खर्च तिर्न लगायत अन्य धेरै प्रकारका शुल्क भुक्तानी गर्न सकिन्छ ।

यस्तै मोबाइल बैंकिङको सुबिधाका कारण आफ्नो खाताको ब्यलेन्स चेक गर्न,कारोबार बारे जानकारी लिन,मोबाइल रिचार्ज गर्न तथा रकम ट्रान्सफर गर्न लगायत अन्य धेरै भुक्तानीका लागि बैंक सम्म पुगिरहनु पर्ने बाध्यता छैन् ।

बैंक तथा वित्तीय क्षेत्र आधुनिक बन्दै जाँदा जति त्यसले सहजता ल्याएको छ, त्यति नै जोखिम र चुनौती पनि बढाएको छ ।

सिस्टम ह्याक, एटिएमबाट फर्ड, मोबाइल तथा इन्टरनेटबाट पैसा स्थानान्तरण तथा चोरीलगायत थुप्रै साइबर हमला भइरहेको छ । यसैले आज हामी मोबाइल बैंकिङ एप प्रयोगकर्ताका लागी केही टिप्स लिएर आएका छौँ ।

१. आफ्नो निजी पीन कसै सँग पनि सेयर नगर्ने

२. बेनीफिसियरी नम्बर,अमाउन्ट, रिसीभर डिटेल जस्ता ट्रान्जयाक्सनको विवरणहरुलाई कन्फर्म गर्ने

३. समयसमयमा  पीन नम्बर पनि परिवर्तित गर्नुपर्छ ।

४. आधिकारिक मोबााइल बैंकिङ एप मात्रै प्रयोग गर्ने, एन्ड्रोइड भएमा गूगल प्ले स्टोरको एप प्रयोग गर्ने र आइओएसका लागि एप्पल स्टोरबाट मात्रै एप डाउनलोड गर्ने,

५. आफ्नो मोबाइल अपरेटिङ सिस्टमलाई केही समयको अन्तरालमा अपडेट गरिरहनुपर्छ ।

६. मोबाइलको सफ्टवेयरलाई पनि अपडेट गरिरहनुपर्छ । एप निर्माताहरुले सुरक्षाका लागि अपडेटहरु ल्याइरहने गर्दछन् र यसको प्रयोग राम्ररी गर्नुपर्छ ।

७. साझा रुपमा जोडिने वाईफाई कनेक्सन र ब्लुटूथलाई डिसेबल गर्नुपर्छ । आफ्नो वाईफाई डब्लुपीएटूले सुरक्षित छ की छैन् भनेर पनि जाँच गर्नुपर्छ ।

८. आफ्नो स्मार्टफोनमा कहिले पनि पीन सेभ गर्नुहुँदैन् । फोन चोरी भएमा या म्यालवेयरले संक्रमित भएमा साइबर आक्रमणको जोखिम अझै बढन सक्छ ।

९. कारोबार गर्नलाई बायोमेट्रिक फिङ्गर प्रिन्ट फिचरको प्रयोग गर्नुपर्छ ।

१०. मोबाइल फोनलाई प्रयोग नगरेको समयमा सधैँभर लक गर्ने बानी गर्नुपर्छ  । यसले प्रयोगकर्ता बाहेकको मान्छेलाई अनधिकृत पहुँच पाउनबाट रोक्छ । यसका लागी प्याटर्न, पासवर्ड, फिङगर प्रिन्ट, फेस रिकगनिसन जस्ता सुरक्षा विकल्पहरुको प्रयोग गर्नुपर्ने हुन्छ ।

११. आफ्नो अकाउन्टलाई अडिट र मनिटर गर्ने नियमित रुपमा अकाउन्ट ब्यालेन्स तथा डिपोजिट÷वीथड्र स्टेटमेन्टहरुको जाँच गर्नुपर्छ । कुनै पनि शकांस्पद कार्य लागेमा तुरुन्तै आफू नजिकको आफ्नो वित्तिय संस्थामा सम्पर्क गर्नुपर्ने पनि हुन्छ ।

टिप्स

आफ्नो फेसबुक पोस्टमा अरुले नचाहिँदो कमेन्ट गर्न बाट यसरी रोक्नुहोस् 

फेसबुक एकदमै प्रख्यात सामाजिक सञ्जाल हो र यो प्लेटफर्म धेरैले प्रयोग गर्ने गर्दछन् । प्…

यसरी गर्नुहोस् ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा कम डेटा खपत

अहिले महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाईदिएको छ । एक अर्कासँग सम्पर्क र…

सुरक्षित रूपमा कसरी प्रयोग गर्ने इन्टरनेट ?  

आजभोलि मानिसले धेरैजसो समय इन्टरनेटमा बिताउछन् । अहिलेको समयमा इन्टरनेट अपरिहार्य…

यसरी गर्नुहोस् जीमेलमा च्याट पीन 

गूगलमा महत्वपूर्ण गूगल च्याटहरु पीन गर्न सकिन्छ । यो बायाँ पटिमा रहेको नेभिगेसन बा…

भिडियो कन्फेरेन्समा जोडिनु अघि ध्यान दिनुपर्ने कुरा

अहिले कोभिडको महामारीले गर्दा धेरै जनाले घर बाटै काम गर्नु परिरहेको छ । विद्यार्थ…

नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुरा

आजभोलि स्मार्टफोन मानिसको दैनिक आवश्यकता बनिसकेको छ । हामी धेरैजसो काम स्मार्टफोन …

विन्डोज कम्प्युटरको जंक फाइल यसरी गर्नुहोस् क्लिन

डिजिटल डिभाइसको पनि राम्ररी हेरचाह गर्नु एकदमै महत्वपूर्ण हुने गर्दछ । हेरचाह गर्ने…

तपाईले सुन्ने अडियो लेभलले कानलाई असर गर्छ की गर्दैन् ? यस्तो छ थाहा पाउने तरिका

हेडफोन मान्छेहरुको जीवनको महत्वपूर्ण भाग बनिसकेको छ । घरबाटै काम र अध्ययन गर्न थाल…

ह्वाट्सएपमा यसरी सुचारु गर्नुहोस् टु स्टेप भेरिफिकेशन फिचर 

महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाएको छ । एक अर्कासँग सम्पर्क राख्न हामी …

स्मार्टवाचमा डाउनलोड नगरी यसरी खेल्नुहोस् गेम 

तपाईहरुमध्ये पक्कै पनि धेरैजना स्मार्टवाच प्रयोगकर्ता हुुनुहुन्छ होला । हामीले स्मार्ट…

गूगलका सेवामा कुनै समस्या आयो ? सपोर्टसँग यसरी गर्नुहोस् सम्पर्क

गूगल एप र सेवाहरु हाम्रो दैनिक जीवनको एउटा भाग बनिसकेको छ । हरेक कामका लागि हा…

के तपाईको मोबाइल स्लो भयो ? यस्ता छन् स्पीड बढाउने तरिका

स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन स्लो भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भ…

यसरी सजिलै बनाउनुहोस् फोटो कोलाज र एनिमेसन

गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…

आईफोनमा यसरी चलाउनुहोस् ह्वाट्सएपका दुई अकाउन्ट

महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाएको छ । एक अर्कासँग सम्पर्क राख्न हामी …

यसरी लुकाउनुहोस् आफूलाई इन्स्टाग्राममा अनलाइन देखाउने इन्डिकेटर 

इन्स्टाग्राम अहिले मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्च…