टिप्स
एन्ड्रोइड मोबाइलको होम स्क्रीनमा हुनैपर्ने ६ गूगल विजेट
हामीले आआफ्नो फोनको ब्याकग्राउण्ड आकर्षित बनाएर राख्न चाहन्छौँ । त्यसका लागि एक सुन्दर वालपेपर, आफूलाई मनपर्ने एपहरु र टपमा केही विजेटहरु राख्ने गर्दछौँ ।
यसैले कुनै पनि फोनको होमस्क्रीनलाई राम्रो बनाउने गर्दछ । विजेटले एपको जति काम नगरे पनि यसको आफ्नै महत्व हुने गर्दछ ।
विजेटले कुनै लिंक वा साइटका लागि सर्टकटको भूमिका निर्वाह गर्ने गर्दछ । आज हामी तपाईले यो लेख पढ्ने बित्तिकै तुरुन्तै गएर आफ्नो होम स्क्रीनमा जोडनुपर्ने केही गूगल एपका विजेटहरुको बारेमा जानकारी दिदैछौँ ।
१. गूगल किपको क्वीक क्याप्चर
यदि तपाईलाई आफ्नो एन्ड्रोइड डिभाइसमा नोट लेखिरहने बानी छ भने क्वीक क्याप्चर विजेट तपाईकै लागि बनेको छ । यस विजेटको प्रयोगले तपाईले एपमा नगईकनै कुन खालको नोट छान्ने भनेर सेलेक्ट गर्न सक्नु हुनेछ । यो विजेटले प्रयोगकर्ताहरुलाई पाँच ओटा बेग्लाबेग्लै प्रकारको नोटहरुबाट छान्न दिने गर्दछ ।
नोटमा टेक्स्ट नोट,लिस्ट, अडियो नोट, ड्रयिङ्ग र फोटो नोट रहेका छन् । डिफल्ट रुपमानै यस विजेटको होम स्क्रनिमा ३X२ को टाइल हुने गर्दछ जसले २X१, ३X१, ४X१ मा पनि आफूखुशी रिसाईज गर्न सकिन्छ ।
२. गूगल म्यापको क्युक्लिी फाइण्ड प्लेसेज विड्जेट
गूगल म्यापको विजेटले छिटो नजिकैको ठाउँ खोज्न र लोकेशन सेयर गर्नलाई मद्दत पुर्याउने गर्दछ । यसले होम, रेष्टुरेन्ट,कफी, होटेल ठाउँहरुको जस्ता सजिलै लोकेसन खोज्नलाई सहयोग गर्छ ।
डिफल्ट रुपमानै यस विजेटले होम स्क्रीनमा ३X२ को टाइल प्रयोग गर्ने गर्दछ । यसलाई २X२ र ४X२ मा पनि आफूखुसी रिसाईज गर्न सकिन्छ । यसले कम्तीमा नि चार ओटा र बढिमा नौओटा सुझाव दिने गर्दछ ।
गूगल म्यापकै सेयर लोकेशन विड्जेट मार्फत वास्तविक समयमा आफ्नो घरपरिवारसँग लोकेसन सेयर गर्न सकिन्छ । यसका लागि विड्जेटमा थिचेर कहिले सम्मका लागि लोकेसन सेयर गर्ने भन्ने टाइमर राखी मेन्युमा प्रदान गरिएको मेसेजिङ एप मार्फत लिकं सेयर गर्न सकिन्छ । यस विड्जेटले १X१ को टाइल मात्रै लिने गर्दछ ।
३. गूगल क्लकको वर्ल्ड
गूगल क्लकको वर्ल्ड विजेट साधारण रुपको वर्ल्ड क्लक मात्रै हो । अरु घडीको विजेटहरु सानो भइरहँदा गूगल क्लकको वर्ल्ड विजेटले ३२ ओटासम्म सहर एड गर्न दिने गर्दछ ।
यो फिचर सधैँ चाहिने नहुन सक्छ त्यही पनि आफ्नो कोही आफन्त बाहिर छन् वा विदेशका क्लायन्टहरुसँग बैठक बसिरहनुपर्ने छ भने यो विड्जेट उपयोगी हुनसक्छ । डिफल्ट रुपमै यस विजेटले होम स्क्रीनमा ४X२ को टाइल लिने गर्दछ तर आफूले रिसाइज गर्न पनि पाइन्छ ।
४. गूगल न्यूज विजेट
गूगल न्यूज विजेट धेरैले नयाँ के भईरहेको छ भनेर बुझ्नका लागि प्रयोग गर्ने गर्दछन् । हरेक समय हेडलाइन पढेर अपडेट लिईरहने व्यक्तिमा तपाई पर्नुहुन्छ भने यो विजेटले तपाईलाई धेरै सजिलो बनाउनेछ ।
तपाईलाई कस्तो कन्टेन्ट मनपर्छ भन्ने आधारमा गूगलले रिकमेनडेसन दिने गर्दछ । यस विड्जेटमा बिल्ट इन वेदर टूल पनि रहेको छ जसले तापक्रम बताउने गर्दछ । यसमा दिएको हेडलाइन थिचेर पूरै स्टोरी पनि पढ्न पाइन्छ ।
५. गूगल डक्स, सिट्स र स्लाइड्स विजेट
तपाईले यदि धेरै गूगल वर्कस्पेस प्रडक्टहरु प्रयोग गर्नुहुन्छ जसमा दैनिक प्रयोगमा गूगल डक्स, सिट्स र स्लाइड्स पर्छ भने यी एपहरुको आआफ्नो विडजेट हुने गर्दछन् ।
हरेक विड्जेटले १X१ टाइल मात्रै लिने गर्दछ र यसले तवाईलाई नयाँ डक्युमेन्ट, स्प्रेडसीट वा प्रेजेन्टेशन चाँडै बनाउनलाई सहयोग गर्छ ।
६. गूगल ड्राइभको क्वीक एक्सन
गूगल ड्राइभको क्वीक एक्सन विड्जेट प्रयोग गरेर गूगल ड्राइभमा फइललाई सर्च, अपलोड, स्कयान गर्न सकिन्छ । यसले ३ १ टाइल लिने गर्दछ जसलाई २X१, ३X२ र ४X१ मा पनि आफूखुशी रिसाईज गर्न सकिन्छ । यसमा पाँच ओटा बटन हुने गर्दछ, जसले केही टास्कहरका लागि सर्टकट प्रदान गर्ने गर्दछ ।
कसरी राख्ने विजेट ?
आफ्नो स्क्रीनमा विजेट एड गर्नका लागि तलको प्रक्रिया प्रयोग गर्न सकिन्छ । सर्वप्रथम आफ्नो फोनको होमस्क्रीनको कुनै पनि खाली ठाउँमा एक छिन थिचिरहनु होस् । त्यसपछि विजेटमा क्लिक गर्नुहोस् ।
अब आफूलाई चाहिएको विजेटमा क्लिक गरेर विजेट एड गर्नुपर्छ । अब ड्रयाग गरेर बाँकीको स्पेसमा ड्रप गर्नुपर्छ । यसरी विजेट एड हुन्छ ।
टिप्स
गूगल सिटलाई यसरी पठाउनुहोस् एक्सेल फर्म्याटमा
गूगल सिट्स र माइक्रोसफ्ट एक्सेल दुई ओटा धेरै प्रयोग गरिने स्प्रेडसिट प्रोग्राम हो । गू…
कम्प्यूटर वा अन्य डिभाइसमा यसरी डाउनलोड गर्नुहोस् गीत
कम्प्युटरमा काम गर्दै गीत सुन्न पनि मजा नै हुन्छ । हामी कतिले अनलाइनबाटै गीत सुन्ने…
गूगलबाट यसरी जाँच गर्नुहोस् इन्टरनेट स्पीड
समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि…
कनेक्ट आईपीएसमा यसरी बनाउनुहोस् अकाउन्ट
पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दो छ । डिजिटल भुक्तानीका लागि वाले…
यसरी लिनुहोस् ह्वाटसएप वेबमा भएको फूल पेज कुराकानीको स्क्रीनशट
अहिले ह्वाटसएप वेब पनि धेरै ह्वाटसएप प्रयोगकर्ताको महत्वपूर्ण भाग बनेको छ । यसले प्र…
यसरी गर्नुहोस् इन्स्टाग्राम स्टोरीमा एकैपटक धेरैओटा फोटो सेयर
अहिले प्रयोगकर्ताहरुले एपीमेरल अर्थात २४ घण्टामा आफै डिलिट हुने कन्टेन्ट हाल्न निकैन…
यसरी गर्नुहोस् विन्डोज कम्प्युटरको जंक फाइल क्लिन
डिजिटल डिभाइसको पनि राम्ररी हेरचाह गर्नु एकदमै महत्वपूर्ण हुने गर्दछ । हेरचाह गर्ने…
यसरी सुरक्षित रुपमा प्रयोग गर्नुहोस् सार्वजनिक वाइ–फाइ
नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बानएको छ तर सँगसँगै थ्रेट पनि बढ…
यसरी गर्नुहोस् एन्ड्रोइड स्मार्टफोनबाट आइफोनमा डेटा ट्रान्सफर
आजभोलि स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भएको छ । बजारमा एन्ड्रोइड र आईओएस अपरेटि…
डिजिटल माध्यमबाटै साइन गर्नका लागि गूगलको डक्यूसाइन,यसरी गर्नुहोस् प्रयोग
अहिले पुरै विश्वनै डिजिटलाईजेसन तर्फ बढ्दै छ । कोरोनाको महामारीले गर्दा अहिले आधु…
यसरी गर्नुहोस् युट्युबमा रेस्ट्रिक्टेड मोडलाई डिसेबल
तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानक…
यसरी बढाउनुहोस् टिकटकमा फ्लोअर
पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । विभिन्न देशको प्रतिबन्धक…
गूगल सिटलाई यसरी पठाउनुहोस् एक्सेल फर्म्याटमा
गूगल सिट्स र माइक्रोसफ्ट एक्सेल दुई ओटा धेरै प्रयोग गरिने स्प्रेडसिट प्रोग्राम हो । गू…
तपाईंले प्रयोग गर्ने सीम कसको नाममा छ ?
के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई …
माइक्रोसफ्ट टिम्सलाई आफै सुरु हुनबाट यसरी रोक्नुहोस्
माइक्रोसफ्ट टिम्स भिडियो कन्फेरेन्सिङमा एकदमै चर्चित भईरहेको एप हो । लामो समय सम्म क…