कीवर्डहरू -

टिप्स

विद्यार्थीलाई सहयोगी यी ४ एप

अहिलेको डिजिटल युगमा बालबलिकाहरुलाई धेरै प्राविधिक टूलहरु चाहिने गर्दछ । कक्षामा प्रोजेक्ट गर्ने देखि लिएर आफ्नो दैनिक क्रियाकलापका लागि विभिन्न एपहरुको आवश्यकता पर्छ ।

प्राविधिक टुलहरूले विद्यार्थीहरूलाई सजिलो र सहज पनि बनाउने गर्दछन् । आज हामी तपाईलाई विद्यार्थीहरुलाई सहयोग पुर्‍याउने, यस्तै चार ओटा एपहरुको बारेमा जानकारी दिदैछौं ।

गूगल डक्स

गूगल, हामी सबैले चिनेको एक प्रसिद्ध कम्पनी हो । गूगलले गूगल डक्स एप मार्फत गूगल स्लाईड्स, गूगल डक्स, सिट्स, ड्राइभ, लेन्स जस्ता क्लाउडमा आधारिते सर्भिस निःशुल्क रुपमा प्रदान गरेको छ ।

गूगल डक्समा टेक्स्ट फाइलहरु बनाउन, डकुमेन्ट तयार गर्न, स्लाईड्समा आफ्नो विचारहरुलाई प्रस्तुत गर्न वा सिट्समा स्प्रेडशिटहरु इडिट गर्न, ड्राइभ सेयर र अपलोड सजिलै गर्न सकिन्छ ।

यो सबै गूगलको फिचर प्रयोग गर्नका लागि एउटा जिमेल अकाउन्ट भएमा पुग्ने गर्दछ । यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

क्यानभा

क्यानभा एउटा निःशुल्क रुपमा चल्ने ग्राफिक डिजाईन प्लेटफर्म हो, जहाँ तपाईंले टेम्पलेटहरु प्रयोग गरेर व्यवसायिक कार्ड, स्लाईड्स, पोस्टर र ग्राफिक डिजाईन बनाउन सकिन्छ ।

क्यानभाको प्रमुख फिचर भनेको ड्रयाग एण्ड ड्रप हो, जहाँ तपाईंले आफ्नो हिसाबले आफुलाई मन परेको टेम्पलेट र कन्टेन्ट बनाउन सक्नुहुनेछ ।

यो एपमा फोटो पनि एडिट गर्न मिल्छ । अचम्मको कुरा त के  छ भने यो सब तपाईंले बिना कुनै एडिटिङ स्कील सजिलै गर्न सक्नु हुनेछ ।

यो एक प्रकारको फोटोशपको साधारण भर्सन जस्तै हो, जुन एडभान्सड एडिटिङ शिप बिनानै प्रयोग गर्न सकिन्छ ।  यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

नोशन

नोशन एक प्रोडक्टीभिटी एप हो । यस एपमा तपाईंले नोट्स, डेटाबेस, क्यानब्यान बोर्ड्स, क्यालेन्डर र रिमाइन्डर जस्ता फिचरहरुलाई कनेक्ट गर्न सकिन्छ ।

साथै यसबाट नोट लिन, डेटा म्यानेज गर्न, प्रोजेक्ट म्यानेजमेन्ट जस्ता सिस्टम बनाउन सकिन्छ । एक हिसाबले प्रोडक्टीभिटी सम्बन्धि सम्पूणर्ण कामहरुको ‘अल इन वान’ सोलुसन हो ।

नोशनको युजर ईन्टरफेस पनि सहज र सहज छ तथा तपाईंले आफूखुशी परिवर्तन पनि गर्न सक्नु हुनेछ । भिडियो र इमेज अपलोड  गर्ने तथा अनलाईन कन्टेन्टहरुलाई नोशनको पेजमा ईम्बेड गर्न सकिन्छ । यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

एन्की मोबाइल फ्ल्यासकार्ड

यदी तपाईंलाई आफुले पढेको कुरा याद राख्न र सम्झिन अप्ठयारो भईरहेको छ भने एन्की एपले तपाईंलाई एकदमै मद्दत गर्न सक्छ ।

एन्की नयाँ स्टाईलको शिक्षण एप  हो, जहाँ तपाईंले फ्ल्यास कार्डहरु बनाएर आफुले पढ्न चाहेको विषयहरुलाई सजिलै सम्झिन र याद राख्न सक्नुहुनेछ ।

कुनै पनि विषयलाई एक चोटि मात्रै पढेर हुँदैन । समय समयमा त्यसलाई पूर्ण अवलोकन नि गर्नु पर्छ । यो एपमा तपाईले आफै फ्लयास कार्डसहरु आँफैले बनाउन सक्नु हुन्छ अथवा त्यही एपमै भएको प्रि मेड कार्डसहरु पनि प्रयोग गर्न सक्नु हुन्छ ।

यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

टिप्स

क्यास डेटा तथा वेबसाईटले स्टोर गरेको डेटा कसरी हटाउने ?

क्रोम हामी सबैले प्रयोग गरिरहने ब्राउजर हो । तर धेरै ब्राउजरको प्रयोगगर्दा कहिलेकाँ…

आफ्नो सामसङ ग्यालेक्सी फोनमा यसरी डाउनलोड गर्नुहोस् एन्ड्रोइड १३

गूगलले एन्ड्रोइड १३ केही समय पहिले सार्वजनिक गरेको थियो । यसमा एपहरूले नोटिफिकेस…

के तपाईलाई अनावश्यक इमेल आइरहेका छन् ? यसरी गर्नुहोस् ब्लक 

जीमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक …

एप नभए पनि यसरी स्क्यान गर्नुहोस् क्युआर कोड

क्युआर कोडको नाम त सुन्नु भएकै होला । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै ज…

  सुरक्षित रुपमा इन्स्टाग्राम चलाउन के गर्ने ?

इन्स्टाग्राम अहिले मासिक रुपमा धेरै सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित …

सुरक्षित रूपमा कसरी चलाउने मोबाइल बैंकिङ ?

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या हरेक बर्ष अत्याधिक रुपमा बृदद…

कसरी प्रयोग गर्ने ह्वाट्सएपको कम्प्यानियन मोड ?

अब केही समयपछि एउटै ह्वाट्सएप अकाउन्ट विभिन्न डिभाइसहरुमा लग इन गर्न सकिने भएको छ …

महंगो हुँदाहुँदै पनि किन धेरैले किन्न चाहन्छन् आईफोन ? यस्ता छन् केही कारण

राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ, आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ–…

इन्टरनेटको स्पीड चेक गर्ने तरिका

समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि…

युट्युब भिडियोको सानो क्लिप काटेर कसरी पठाउने ? यस्तो छ तरिका

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानक…

आफ्नो स्मार्टफोनको कुनै पनि एपलाई कसरी हाइड गर्ने ?

सबैको फोनमा धेरै पर्सनल डेटा भएको एप हुने गर्दछ । तपाईले ती एपमा सेक्योर लक प्रयो…

यी सात युट्युब च्यानल, जहाँ हेर्न सकिन्छ ‘हरर’ मुभी

डरलाग्दो फिल्म हेर्न मन लागेको बेला आफूले चाहेको जस्तो फिल्म भेट्टाउने समस्या हुन्छ ।…

किशोर किशोरीलाई उत्पीडनबाट बचाउन सहयोग गर्ने इन्स्टाग्रामको प्यारेन्टल मोड

मेटाको इन्स्टाग्राम एपमा किशोर किशोरीहरुलाई उत्पीडनबाट बचाउनका लागि प्यारेन्टल मोड …

टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? पैसा नलाग्ने यी नम्बरमा कल गर्नुस्

नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभ…

ल्यापटपको ब्याट्री चाँडै सकिएर हैरान हुनुहुन्छ ? ब्याट्रीको लाइफ बढाउन यस्तो गर्नहोस्

हामीहरु आफ्नो व्यक्तिगत कामको लागि होस् वा अफिसको कामको लागि होस् ल्याप्टप प्रयोग गर्न…