टिप्स
डिजिटल क्यामेरा किन्दा ध्यान दिनुपर्ने कुरा
डिजिटल क्यामेराको हरेक नयाँ मोडेलमा क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर भने बढ्दै गइरहेको अवस्थामा पुरानो रिल हाल्नु पर्ने क्यामेरालाई डिजिटल क्यामेराले पुरै विस्थापित गर्दै गइरहेको कुरालाई नकार्न सकित्र। यदि तपाइ पनि डिजिटल क्यामेरा कित्रे सोचमा हुनुहुन्छ भने सम्भव छ, तपाईलाई पक्कै पनि यस्ता क्यामेरामा रहेका विभित्र सुविधा तथा प्रविधिले अलमल्ल पारेको हुनुपर्छ । आज हामी डिजिटल क्यामेरा सम्बन्धित केही प्राविधिक पक्ष र यस्ता क्यामेरा किन्दा ध्यान पु¥याउनु पर्ने कुराहरूको बारेमा चर्चा गर्दैछौ ।
मेगापिक्सेल
डिजिटल क्यामेरा किन्दा सबैभन्दा पहिले आउने पक्ष भनेको क्यामेराको मेगापिक्सेल हो। यस्ता डिजिटल क्यामेराले खिच्ने फोटोहरू स(साना विन्दुहरूले बनेका हुन्छन् जसलाई पिक्सेल भत्रे गरिन्छ । विभित्र रङ्गका यस्ता लाखौं पिक्सेलहरू मिलेर एउटा ठूलो फोटो बत्रे गर्दछ ।
साधारण रुपमा हेर्ने हो भने जति धेरै यस्ता पिक्सेलहरू भयो, फोटो त्यति नै खाँदिलो तथा राम्रो देखिने गर्दछ। त्यसैकारणले गर्दा पनि धेरै डिजिटल क्यामेराले मेगापिक्सेललाई महत्व दिने गर्दछन् र धेरै खरिदकर्ताहरूले डिजिटल क्यामेरा किन्दा बढि मेगापिक्सेल भएको क्यामेरालाई प्राथमिकता दिने गर्दछन ्। नयाँ नयाँ क्यामेरामा पनि बढि भन्दा बढि मेगापिक्सेल भएको हुने गर्दछ । अचेल बजारमा ८ देखि १६ मेगापिक्सेलका क्यामेराहरू बढि चलनचल्तीमा रहेको पाइएको छ ।
क्यामेराको मेगापिक्सेलले क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर केही मात्रामा निर्धारण गर्ने भए तापनि बढि मेगापिक्सल भएको क्यामेरा नै राम्रो भत्रे कदापि हैन । डिजिटल क्यामेराले खिच्ने फोटोलाई क्यामेराको मेगापिक्सेलले बाहेक अन्य धेरै कुराहरूले फरक पार्ने गर्दछ । हामीले खिच्ने साधारण फोटोहरुका निम्ति ८ मेगापिक्सेल काफी हुने गर्दछ । त्यसैले सामान्य फोटोहरू खिच्नका निम्ति १२ देखि २० मेगापिक्सेल भन्दा बढिको क्यामेरा कित्रु पैसाको बर्बादी मात्र हुने गर्दछ ।
क्यामेराको प्रकार
डिजिटल क्यामेरा पनि विभित्र प्रकारका हुने गर्दछन । सर्वसाधारण रुपमा प्रयोग हुने सानो आकारका क्यामेरालाई point and shoot क्यामेरा भत्रे गरिन्छ । यस्ता क्यामेरा सस्तो हुनुका साथै सबै खालका प्रयोजनका निम्ति उपयुक्त हुने गर्दछ । तर यदि तपाई फोटोग्राफीमा रुचि राख्नु हुन्छ र निकै नै राम्रो गुणस्तरका फोटोहरू खिच्न चाहनुहुन्छ भने तपाईका निम्ति SLR डिजिटल क्यामेरा उपयुक्त हुन सक्छ ।
व्यावसायिक फोटोग्राफरहरूले प्रयोग गर्ने ठूलो खालको क्यामेराहरू यस्तै SLR क्यामेराहरू हुन् । पहिला पहिला यस्ता क्ीच् डिजिटल क्यामेरा निकै नै महंगो हुनुका साथै प्रयोग गर्न पनि गा¥हो हुने गर्दथ्यो, तर अचेल यस्ता क्यामेरा निकै नै सस्तो हुदै आइरहेका छन् । सामान्य point and shoot क्यामेरा भन्दा केही महंगो भएतापनि यदि तपाईलाई फोटोग्राफीमा रुचि छ भने DSLR क्यामेरा कित्रु नै राम्रो हुन्छ ।
जुम (Zoom)
कुनै पनि फोटो किन्दा क्यामेराको zoom ले पनि निकै फरक पार्ने गर्दछ ।
Zoom
भत्राले टाढाको वस्तुलाई दूरबिन जस्तै ठूलो पारेर फोटो खिच्न सक्ने खुबी लाई जनाउछ । पुराना रिल हाल्ने क्यामेरामा एकै प्रकारको zoom हुने गर्दथ्यो भने अचेलका डिजिटल क्यामेरामा दुई प्रकारका zoom हुने गर्दछन्, optical zoom र Digital zoom । डिजिटल क्यामेराका धेरै खरिदकर्ताहरूलाई यी दुई प्रकारका zoom ले झुक्याउने गर्दछ ।
वास्तवमा optical zoom भत्राले क्यामेराको असली zoom लाइ बुझाउँछ भने digital भत्राले डिजिटल फोटोलाई डिजिटल प्रविधिद्वारा आन्तरिक रुपमा ठूलो पार्ने प्रक्रियालाई बुझाउँछ । Digital zoom को प्रयोग गरि ठूलो पारिएको फोटो कदापि राम्रो गुणस्तरको हुँदैन । त्यसकारण क्यामेराको zoom निर्धारण गर्दा Digital नभइ Optical Zoom लाई प्राथमिकता दिनु पर्दछ।
एन्टी सेक Antishake)
पुराना पुराना डिजिटल क्यामेराहरूले फोटो खिच्दा क्यामेरा हल्लाएमा फोटोहरू निकै नै बिग्रने गर्दथ्यो, तर अचेलका धेरै क्यामेराहरूमाAnti share नामको सुविधा हुने गर्दछ । क्यामेरा कित्र गइरहनु भएको छ भने AntiShake भएको क्यामेरा कित्रु नै राम्रो हुन्छ ।
रिभ्यु (Review)
क्यामेरा किन्दा विभिन्न विश्वासिला वेबसाइट तथा म्यागेजिनमा आएका रिभ्यु पनि पढ्न छुटाउनु हुँदैन । डिजिटल क्यामेराको चभखष्भध गर्ने इन्टरनेटमा विभित्र वेवसाइटहरू रहेका छन्। यस्ता वेवसाइटमा गइ क्यामेराकै प्रयोगकर्ताहरूले पठाएका रिभ्युहरु पढ्दा आफुले कित्र लागेको क्यामेराको बारेको असली जानकारी प्राप्त हुने गर्दछ। त्यसकारण डिजिटल क्यामेरा किन्दा पहिले बजारमा गइ क्यामेराहरू हेरी त्यस क्यामेराहरूको Review विभित्र वेबसाइटहरूमा पढिसकेपछि मात्र कुन क्यामेरा कित्रे भनि निर्णय गर्नु राम्रो हुने गर्छ ।
ब्याट्ी
डिजिटल क्यामेरामा दुई प्रकारका ब्याट्रीहरु प्रयोग भएको हुन सक्छ । कुनै क्यामेरामा साधारण टर्चको ब्याट्री अर्थात् ब्ब् ब्याट्री प्रयोग हुने गर्दछ भने कुनै क्यामेरामा Lithium ion ब्याट्री प्रयोग हुने गर्दछ । दुवै प्रकारका ब्याट्रीहरूका आ आफ्नै फाइदाहरू हुने गर्दछन् । ब्याट्री बजारमा जतासुकै पाइने भएकाले कित्र र प्रयोग गर्न सजिलो हुने गर्दछ । तर यस्ता ब्याट्री छिटै सकिने भएकाले चार्ज गरिराख्नु पर्ने वा नयाँ किनिराख्नु पर्ने हुन्छ ।
Lithium ion ब्याट्री सबै चार्ज गर्ने खालका हुन्छन् र एक पटक चार्ज गरेपछि लामो समयसम्म टिक्ने पनि हुन्छन् । तर यस्ता ब्याट्री चार्ज गर्नु पर्ने हुनाले यदि तपाइ बिजुली नभएको ठाउँमा जाँदै हुनुहुन्छ भने यस्ता ब्याट्री प्रयोग हुने क्यामेरा उपयुक्त नहुन सक्छ । त्यसैले क्यामेरा कित्रु अगाडि आप्mनो प्रयोग तथा आवश्यकतालाई विचार गर्नु नै बुद्धिमानी हुन्छ ।
क्यामेराका अतिरिक्त सामग्रीहरु
डिजिटल क्यामेराहरू किन्दा यसमा प्रयोग हुने memory card संगै नआउन सक्छ । यस्ता क्यामेरा किन्दा memory card छुट्टै कित्रु पर्ने हुन सक्छ । त्यसकारण क्यामेरा कित्रे आप्नो बजेट निर्धारण गर्दा यस्ता कुराहरूलाई पनि ध्यान पु¥याउनु पर्ने हुन्छ । त्यस्तै क्यामेराको खोल तथा ब्याट्री जस्ता अन्य सामाग्रीहरूले पनि क्यामेराको मुल्यमा फरक पार्न सक्छ ।
यस कुरामा पनि बिशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । प्रोफेसनल फोटोग्राफीको लागि अतिरिक्त लेन्सहरु आवश्यक पर्दछ । अतिरिक्त लेन्सहरुलाइ थप रकम खर्च गर्नुपर्ने हुन्छ । लेन्स किन्दा कुन र कस्तो प्रकारको आवश्यक छ, त्यो अनुसार बुझेर खरिद गर्दा लाभदायक हुन्छ । अहिले भिडियोग्राफी उत्तिैकै लोकप्रिय भइरहेको कारण भिडियो खिच्नलाइ सहज हुने लेन्स र अतिरिक्त डिभाइसहरु पनि लिस्टमा राख्दा राम्रो हुन्छ ।
टिप्स
यसरी बचाउन सकिन्छ आफ्नो मोबाइलको ब्याट्री
के तपाई ब्याट्रीको लाइफ देखेर तनाबमा हुनुहुन्छ । या पावर बैंक बोकेर हिड्दा समस्याम…
सार्वजनिक वाइ–फाइ कसरी सुरक्षितरुपमा प्रयोग गर्ने ?
नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बानएको छ तर सँगसँगै थ्रेट पनि बढ…
कुनै पनि फाइलमा भाइरस छ कि छैन भनेर कसरी थाहा पाउने ?
तपाईँले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईँले डाउललोड…
वेबसाइट बनाउँने सजिला तरिकाहरु
तपाईको ब्यवसायको थालनी जतिनै राम्रो भए पनि आजभोली तपाईँलाई एउटा वेबसाइटको आवश्यक…
एउटै जीमेल अकाउन्टको एड्रेस धेरै तरिकाबाट कसरी लेख्ने ?
के तपाईलाई थाहा छ ? तपाईको एउटै जीमेल अकाउन्टको एड्रेस विभिन्न तरिकाबाट लेख्न सकि…
पासवर्डको सुरक्षा कसरी गर्ने ?
यो ई-मेल तथा इन्टरनेटको युग हो । अहिले विश्वभरका धेरै मानिसहरु सामाजिक संजालका …
यदि ल्यापटप किन्दै हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस्
जब हामी नयाँ ल्यापटप किन्न जान्छौं तब प्राय:जरुरी कुराहरुमा ध्यान दिदैनौं,यसकारण प…
स्मार्टफोनको स्पीड बढाउन के गर्ने ?
स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो …
यी तरिकाबाट गर्न सकिन्छ एन्ड्रोइड फोनमा स्क्रिन रेकर्ड
यदि तपाई फोनको सम्पूर्ण एक्टिभिटीको रेकर्ड गर्न चाहनु हुन्छ भने,यसको लागि गुगल प्ले …
स्मार्टफोनको क्यामेराबारे जान्नैपर्ने तथ्यहरू
हिजोआज क्यामेरा फोनको अपरिहार्य अंग बन्न पुगीसकेको छ । हरेक फोनमा क्यामारा जडान ग…
उत्कृष्ट स्मार्टफोन कसरी छान्ने ?
डिस्प्ले साइज र क्वालिटी चेक गर्नुहोस् :
आफ्नो कम्प्युटरबाट अरू कम्प्युटर कसरी एक्सिस गर्ने ?
अफिसमा हुनुहुन्छ तर तपाईंको घरमा भएको कम्प्युटरमा भएको फाइल चाहिएको छ ? क्लासमा भ…
ह्वाट्सएपमा स्टोरेज स्पेस र डेटा कसरी जोगाउन ?
ह्वाट्सएपमा थुपै्र मिडिया कन्ट्रोलहरु हुन्छ जसले प्रयोगकर्ताहरुलाई एपमा फोटो, भिडियो …
टिकटकमा यसरी परिवर्तन गर्नुहोस् आफ्नो आवाज
टिकटकमा भिडियो अपलोड गरेपछि कतिपयले आफ्नो आवाज परिवर्तन गरेर पनि राख्छन् । उनीहरु…
फिङ्गरप्रिन्ट सेन्सरले स्मार्टफोनमा कसरी काम गर्छ ?
पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य…