कीवर्डहरू -

टिप्स

नागरिक एपबाट कसरी खोल्ने बैंकमा खाता ? 

सम्भव भएसम्मका सबै सरकारी तथा सार्वजनिक सेवा एउटै एपबाटै प्रदान गर्ने उद्देश्यसहित सरकारले केही समय अगाडि नागरिक एप सार्वजनिक गरेको थियो । नागरिक एपमा विभिन्न सुविधा छन् र नयाँ सुविधा पनि थप हुने चरणमा छन् ।

नागरिक एपको एउटा सुविधा भएको क्युआर कोड स्क्यान गरेर अनलाइन खाता खोल्न सकिने हो । नागरिक एपबाटै खाता खोल्न सकिने भएपछि कागजात बोकेर तथा पहिचान प्रमाणीकरण गराउन बैंकमा पुग्नुपर्ने बाध्यता अब हुने छैन् ।

अहिले नागरिक एपबाट नेपाल बैंक, सिद्धार्थ बैंक र मेगा बैंकमा खाता खोल्न सकिन्छ । यो सेवा प्रयोग गर्न तपाईसँग आफ्नो नागरिक एप भएको मोबाइलसँगै अर्को कम्प्युटर वा स्मार्टफोन हुन जरूरी छ ।

यति भएपछि दुबै डिभाइसमा इन्टरनेटको आवश्यकता पर्नेछ । इन्टरनेट छ भन्ने निश्चित भइसकेपछि कम्प्युटर वा नागरिक एप नभएको अर्को मोबाइलमा कुन बैंकमा खाता खोल्ने हो उक्त बैंकको वेबसाइट खोल्नुहोस् । वेबसाइटमा गएपछि अनलाइनबाट बैंक खाता खोल्ने विकल्पमा जानुहोस् ।

त्यहाँबाट नागरिक एप हुँदै अगाडि बढ्नुहोस् । त्यसपछि त्यहाँ एउटा क्युआर कोड देखिन्छ । क्युआर कोड देखिएपछि आफ्नो मोबाइलमा भएको नागरिक एपमा जानुहोस् र एपको दाँया कुनामा रहेको क्युआ कोड स्क्यानर खोल्नुहोस् ।

यति गरेपछि नागरिक एपको क्यामेराको पहुँच दिनुहोस् । त्यसपछि नागरिक एपमा क्यामेरा खुल्छ । अब कम्प्युटर वा अर्को मोबाइलमा देखिएको क्युआर कोड स्क्यान गर्नुहोस् । त्यस लगत्तै बैंकले तपाईको नागरिक एपमा भएका कुन कुन जानकारी प्राप्त गर्न खोजिरहेको हो भन्ने देखिन्छ । त्यसपछि कन्फर्म गर्नुहोस् र अगाडि बढ्नुहोस् ।

यति गरेसँगै नागरिक एपमा भएका तपाईका प्रमाणीत विवरण बैंकको फर्ममा आफै भरिएर आउँछन् । सबै विवरण राम्रोसँग हेर्नुहोस् । खालि भएको स्थानमा भर्नुहोस् र प्रोसिडमा क्लिक गरेर अगाडि बढ्नुहोस् । त्यसपछि बैंकले मागेका वाँकी विवरण भर्दै सबै चरण पुरा गर्नुहोस् ।

यति गरेपछि तपाईको बैंक खाता तयार हुन्छ । जुन तपाईले सम्बन्धित बैंकबाट प्राप्त गर्नुहुनेछ । नागरिक एपबाट खाता खोल्न मात्रै होइन बैंक खाताको केवाईसी समेत अपडेट गर्न सकिन्छ ।

केवाईसी अपडेटका लागि सम्बन्धित बैंकको वेबसाइटमा रहेको केवाईसी भेरिफिकसेनमा जानुहोस् । त्यसमा गएपछि नागरिक एपको विकल्प हुँदै अघिकै प्रक्रिया पुरा गर्नुहोस् ।

भविष्यमा नागरिक एपमा आफ्नो बैंक खाता सोझै जोड्न सकिने छ । जसबाट आफ्नो बैंक खातामा भएको रकम र कारोबार विवरण हेर्न सकिने छ ।

टिप्स

पासवर्ड राखेर यसरी सुरक्षित बनाउनुहोस् गूगल सर्च हिस्ट्री 

तपाईको वेब ब्राउजरमा भएको हरेक एक्टिभिटीको रेकर्ड गूगल सर्च हिस्ट्रीले राख्ने गर्छ । …

यस्तो छ ह्वाट्सएपको एउटै अकाउन्ट मल्टि डिभाइसमा कनेक्ट गर्ने तरीका

ह्वाट्सएपमा केही महिना अघि एउटै अकाउन्ट मल्टिपल डिभाइसमा लग इन गर्न सकिने सुविधा आ…

गूगल ड्राइभमा डार्क मोड कसरी सुचारु गर्ने ?

गूगल ड्राइभ लोकप्रिय क्लाउड स्टोरेज सेवा प्रदायक हो । यसले डकुमेन्ट सेभ र स्टोर गर्नल…

यसरी गर्नुहोस् एन्ड्रोइड फोनमा कल रेकर्ड 

र्टुकलरले आफ्नो एपको भर्सन १२ सार्वजनिक गरेको छ । यो अपडेटले नयाँ फिचर र रिडिजाइन…

इन्स्टाग्राम स्टोरीमा एकैपटक यसरी सेयर गर्नुहोस् धेरै फोटो 

अहिले प्रयोगकर्ताहरुले एपीमेरल अर्थात २४ घण्टामा आफै डिलिट हुने कन्टेन्ट हाल्न निकैन…

आईफोनमा यसरी चेक गर्नुहोस् ‘ब्याट्री हेल्थ’

स्मार्टफोन प्रयोग गर्दै जाँदा ब्याट्री लाइफ घट्नु सामान्य नै हो । जब तपाईको फोन २ वर्ष…

नोटिफिकेसन नजाने गरी स्न्यापच्याटबाट कसरी लिने स्क्रीनशट ? 

सामाजिक सञ्जालहरु मध्ये युवा पुस्तामाझ चर्चित एक एप हो, स्न्यापच्याट । हरेक क्षणको अप…

के तपाईको आईफोनको चार्ज चाँडै सकिन्छ ? यस्ता छन् लामो समयसम्म ब्याट्री टिकाउने ७ उपाय

भिडियो स्ट्रिम, इन्टरनेट ब्राउज, साथिसँग च्याट, सामाजिक सञ्चालनमा नयाँ पोष्ट चेक लगा…

आफुले प्रयोग गर्ने सीम कसको नाममा छ ? यसरी थाहा पाउनुहोस्

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई …

विद्यार्थीलाई उपयोगी ४ एप (भिडिओ)

अहिलेको डिजिटल युगमा बालबलिकाहरुलाई धेरै प्राविधिक टूलहरु चाहिने गर्दछ । कक्षामा…

गूगल अकाउन्टमा यसरी शुरू गर्नुहोस् टू स्टेप भेरिफिकेसन

गत महिना गूगलले सन् २०२१ को अन्त्यसम्ममा टू स्टेप भेरिफिकेसन प्रयोगकर्ताहरुका लागि अ…

ठूलो साइजको फाइल कसरी पठाउने ? यस्ता छन् तरिका

तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …

यसरी जाँच्न सकिन्छ आफ्नो इन्टरनेटको स्पीड

कहिलेकाँही हामीलाई इन्टरनेट सेवा प्रदायकले ठ्याक्कै कति स्पीडको इन्टरनेट दिएको हो भ…

यसरी बढाउन सकिन्छ आफ्नो ल्याप्टपको ब्याट्री लाइफ

कोरोना भाइसर महामारीसँगै वर्क फ्रम होमको चलन एकदमै बढ्यो । झन नेपालमा त नयाँ नै …

उत्कृष्ट फोटोग्राफीको लागि यी एप्सको मद्दत लिनुहोस र पाउनुहोस् डिएसएलआर जस्तै क्वालिटी

यदि  तपाइलाई फोटोग्राफी मन पर्छ अथवा तपाइ आफ्नो समय फोटोग्राफीमा बिताउन चहानुहुन्छ…