कीवर्डहरू -

टिप्स

टिकटकबाट आम्दानी गर्ने ६ तरिका  

पछिल्लो समय नेपाली प्रयोगकर्तामाझ टिकटक निकै लोकप्रिय बनेको छ । एपमा मनोरञ्जनसँगै पैसा कमाउन सकिन्छ भन्ने लोभले पनि धेरैलाई तानेको छ । यो सत्य पनि हो कि टिकटकले केही दायराहरु पुरा गर्ने प्रयोगकर्ताका लागि आम्दानीको स्रोत पनि बनाइदिएको छ।

सामान्यत, टिकटकमा पैसा कमाउन केही कुरामा ध्यान दिनुपर्छ । त्यस बारेमा यहाँ चर्चा गर्दै छौं ।

लाइभस्ट्रीममा कोइन जम्मा गरेर

तपाईको धेरै फलोअर हुन थालेपछि टिकटकले तपाईलाई लाइभ स्ट्रीम गर्नलाई मौका दिन्छ । लाइभ स्ट्रीमकै फिचरमा डिजिटल गिफ्ट फिचर पनि अनलक हुने गर्छ । यो फिचरले गर्दा तपाईको दर्शकले लाइभस्ट्रीमको समयमा टिकटक कोइन डोनेशन गर्न पाउनेछन् जसलाई तपाइले पछि वास्तविक रकममा बदलिन सक्छन्।

आफ्नै सामान र सेवा विक्री गरेर

टिकटकका प्रयोगकर्ताहरुले आफ्नै ब्राण्ड, मर्च र अरु सामानहरु निकालेर त्यो अनलाइन स्टोरलाई भिडियोमा लिकं गरिदिने गर्छन् जहाँबाट उनीहरुको फलोअर्सले त्यही सामानहरु किनेर प्रयोगकर्तालाई फाइदा हुने गर्छ । तपाईले राम्रो गर्दै जानुभयो भने धेरै दर्शक पाउन सक्नुहुन्छ जसले गर्दा फैसन ब्राण्ड, मेकअप ब्राण्डहरु लञ्च गरेर पैसा कमाउन सकिन्छ । चार्ली नामक एक टिकटक प्रयोगकर्ताले धेरै फलोअर भएपछि आफ्नै फेसन ब्राण्ड लञ्च गरेर धेरै आम्दानी गरिरहेकी छिन् । त्यस्तै भाषाको कक्षा लिएर वा अरु ज्ञानका कक्षाहरु लिएर पनि पैसा कमाउन सकिन्छ ।

अरु सामाजिक सञ्जालबाट टिकटकमा फलो गर्न आग्रह गर्ने

धेरै फलोअर भएमा मात्रै पैसा कमाउने मौका बढ्ने गर्छ । त्यही भएर फेसबुक, इन्स्टाग्रामहरुमा पनि आफ्नो प्राफाइल सेयर गरेर मान्छेहरुलाई फलो गर्न लगाइयो भने पैसा कमाउने मौका अझै बढ्न जान्छ । अरु माध्यमबाहेक भने टिकटक एपले डिजिटल गिफ्टको मात्रै पैसा तिर्ने गर्छ ।

दान गर्न लगाउने

पे पाल, भेन्मो, ई सेवा जस्तो एपहरुको खाता आफ्नो टिकटकमा लिकं गरिदिएमा पनि कसैलाई तपाईको कन्टेन्ट मनपरेमा पैसा दिन सक्छन् । यो लिकं विशेष गरी प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइलमा राख्ने गर्छन् ।

स्पोन्सर पाउने

अनलाइन युगमा स्पोन्सरसीप एकदमै प्रचलित बन्दै गईरहेको छ । तपाईको फलोअरको शङ्ख्या राम्रो भएमा केही व्यवसायले तपाईलाई सामान प्रचार गरिदिन पैसा दिन पनि सक्दछन् । ठुल्ठुला ब्राण्डले पनि प्रयोगकर्ताहरुलाई आफ्नो सामान प्रचार गरिदिनलाई टिकटकको प्रयोग गर्न थालेका छन् । स्पोन्सर पाएपछि धेरै पैसा कमाउन सक्ने मौका हुन्छ । टिकटक रेडियो स्टेसन, युट्युब भिडियोमा स्पन्सर पाएजस्तै क्लबहाउसमा पनि स्पन्सर पाएमा पैसा कमाउन सकिन्छ ।

रोजगारीको अवसर

टिकटकले प्रयोगकर्तालाई रोजगारीका लागि भिडियो आवेदन बनाउन दिने फिचरको परीक्षण गरिरहेको छ । कम्पनीले पाइलट प्रोग्रामका अन्तर्गत इन्ट्री लेभल, सहयोगी र वरिष्ठ स्तरको कामका लागि ह्यासट्याग टिकटक रिज्यूम भनेर रोजगारी खोज्नका निम्ति भिडियो बनाउन दिनेछ ।

यो पाइलट प्रोग्राममा करिब तीन दर्जन कम्पनीहरु सहभागी भएका छन् । उनीहरुले के काम दिइरहेको भनेर पनि बताउँछन् । यसमा सपिफाई, टारगेट र डेट्रोइड पिस्टन जस्ता नाम चलेको अमेरिकी कम्पनीहरु पनि रहेका छन् । यसले प्रयोगकर्ताहरुलाई रोजगार पाएर पैसा कमाउन दिनेछ ।

टिप्स

ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा डेटा खपत कसरी कम गर्ने ?

अहिले महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाएको छ । एक अर्कासँग सम्पर्क राख्न…

गूगल म्यापबाट यसरी शेयर गर्नुहोस् रियल टाइम लोकेसन

आजभोलि कुनै ठाउँ जानुपर्‍यो भने धेरैले गूगल म्यापको प्रयोग गर्छन् । आफुले थाहा नपा…

गूगल अकाउन्टको प्रोफाइल पिक्चर कसरी परिवर्तन गर्ने ? 

तपाई हामी धेरैले गूगल अकाउन्ट प्रयोग गर्छौं । जीमेल, युट्युब लगायतका गूगलका अन्य स…

के तपाईको वाईफाई स्लो भयो ? यसरी बढाउनुहोस् स्पीड

इन्टरनेट आजका दिनमा मानिसको अभिन्न अंग बनिसकेको छ । सरकारले पनि यसलाई अत्यावश्यक …

अनलाइनबाटै यसरी सजिलै अरूलाई पठाउनुहोस् ठूलो साइजको फाइल

तपाईले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउन चाहनु भएको छ । तर इम…

इसेवाबाट यसरी तिर्नुहोस् आन्तरिक राजस्व विभागको कर 

के तपाईलाई थाहा छ ? आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट,…

यसरी सुरक्षित प्रयोग गर्नुहोस् जूम

पछिल्लो समय नेपालमा पनि जुमको प्रयोग ह्वातै बढेको छ । वेबिनार, मिटिङ तथा कन्फेरेन्…

आउटलुकबाट जीमेलमा अटोमेटिक यसरी फरवार्ड गर्नुहोस् इमेल

प्रविधिको युगमा इमेल एउटा सञ्चारको सशक्त माध्यम भएको छ । जीमेल, आउटलुक, जोहो, आईक्…

कुन प्रयोग गर्ने जुम, मिट कि टिम्स ? 

कोभिड १९ अर्थात कोरोना भाइरसको कारणले विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग दिनदिनै…

अनलाइनबाटै यसरी बनाउनुहोस् पुलिस रिपोर्ट (भिडिओ)

के तपाईलाई थाहा छ ? पुलिस रिपोर्ट अनलाइनबाटै बनाउन सकिन्छ नी । नेपाल प्रहरीले के…

एन्ड्रोइड स्मार्टफोनबाट आइफोनमा डेटा ट्रान्सफर कसरी गर्ने ? 

आजभोलि स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भएको छ । बजारमा एन्ड्रोइड र आईओएस अपरेटि…

गूगल डक्स प्रयोग गरेर पीडीएफ फाइल कसरी एडिट गर्ने ?

तपाई हामी सबैले पीडीएफ फाइल प्रयोग गरिरहेका हुन्छौं । कुनै बेला हामीलाई पीडीएफ …

सजिलै यसरी गर्नुहोस् जीमेल अकाउन्ट डिलिट

तपाईहरु धेरैले गूगलको जीमेल सेवा प्रयोग गर्नुहुन्छ होला । कहिले स्पेसका लागि नयाँ…

जीमेलमा भएको फोटोलाई गूगल फोटोजमा यसरी गर्नुहोस् ट्रान्सफर 

गूगलले जीमेलमा १५ जीबी मात्र स्टोरेज निःशूल्क उपलब्ध गराएको हुन्छ । यस्तो अवस्थामा ज…

वेबसाइट प्रयोग गर्दा एरर ४०४ म्यासेज आए के गर्ने ?

पिसी वा ल्यापटपमा काम गरिरहँदा पक्कै पनि कहिले न कहिले हामी सबैले आफ्नो स्क्रीनमा …