कीवर्डहरू -

अपडेट

भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय नम्बर आवश्यक नपर्ने भएकाले आफूलाई अनुकूल समयमा सेवा लिनसमेत अनुरोध गरेको छ।

सरकारले आगामी साउन १ गतेदेखि झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौटहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलली र कञ्चनपुर जिल्लाका लाभग्राहीलाई भत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो।

उक्त निर्णयपश्चात जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ। जेष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई सेवा लिन असहज भएको जनगुनासो व्यापकरुपमा सुनिएसँगै उक्त व्यवस्था मिलाइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

ज्येष्ठ नागरिक र अशक्तलाई लक्षित गरेर सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सकभर वडास्तरमा नै विवरण सङ्कलनको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी परिचयपत्रको दर्ता प्रक्रियामा आवश्यक सहजीकरण गरिदिन सबै स्थानीय तहलाई अनुरोधसमेत गरेको छ।

सेवाग्राहीलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले पहिलो चरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लामा चार सय ३८ विवरण दर्ता अपेरटर खटाइएको मन्त्रायले जनाएको छ।

सेवाग्राहीको चापका आधारमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा पायक पर्ने उपयुक्त स्थानमा विवरण दर्ता स्टेशन सञ्चालनको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रदान गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयहरुमा सेवा लिन आउने सेवाग्राहीलाई अशक्तको हकमा तत्काल र अन्यको हकमा पहिले आउनेले पहिला पालो पाउने व्यवस्था मिलाउनसमेत सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ। 

अपडेट

सिंहदरबार प्रवेश गर्न मन्त्रालयहरूबाट जारी भएका पास खारेज, ई-गेटपास प्रणाली प्रयोगमा आउने

सिंहदरबार प्रवेशको लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै पासहरू खारेज भएका छन् । 

अनलाइनबाट दिइने सरकारी सेवाहरू तीन महिनाभित्र राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिने

सरकारले अनलाइन प्रणालीबाट प्रदान गरिने सेवाहरूलाई तीन महिनाभित्र राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी एउटै प्रकारका कागजात भिन्न-भिन्…

इन्स्टाग्राममा क्लोज फ्रेन्ड्स अन लाइभ फिचर सार्वजनिक

इन्स्टाग्रामले क्लोज फ्रेन्ड्स अन लाइभ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । बारम्बार एपमा लाइभ स्ट्रिमिङ गर्न मन पराउनेका लागि य…

अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार आरोप लागेपछि निलम्बित मुख्यसचिव अर्यालको सरूवा

अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार आरोप लागेका निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालको सरूवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् ब…

वडामै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने व्यवस्था मिलाउन सीडीओहरूलाई गृहको निर्देशन

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमै सङ्कलन गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिए…

पोखरामा राइड सेयरिङ सञ्चालनमा रोक, अटेर गरे कारबाही गर्ने चेतावनी

कास्कीको पोखरामा अनधिकृतरुपमा एपमार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ। यातायात …

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

युएईको अल जजिरा एक्सचेन्जबाट पठाएको रेमिट्यान्स सिटी पे वालेटमा पाउन सकिने

युएईको ख्यातिप्राप्त  अल् जजिरा एक्सचेन्ज  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबारमा सहकार्य सुरु भएको छ ।&n…

कतार एयरवेजको वेबसाइटबाट हवाई टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट

एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ ।

विपद्को बेला इन्टरनेट सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्थापन गर्न मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद्का संभावित जोखिमस्थलहरुको पहिचान गरेर घटनापछि सेवा अवरुद्ध …

सेलपेबाट क्लासिकको टेकको भुक्तानी गर्दा बुलेट बाईकदेखि म्याकबुकसम्म जित्ने अफर

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर’  अफर सार्…

ग्यालेक्सी एस २४ सिरिज फोन खरिद गर्दा १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै पाइने

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा अब १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै किन्न सकिने भएको छ । 

टाटा मोटर्सको नाउ अर नेभर अफर, बजेट अघिकै मूल्यमा टियागो ईभी किन्न सकिने

नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘नाउ अर नेभर ड्राइभ होम टियागो ईभी एट प्रि–ब…

एनभीडीया बन्यो विश्वकै मूल्यवान कम्पनी

एनभीडीया विश्वकै मूल्यवान कम्पनी बन्न सफल भएको छ । मंगलबार शेयर मूल्यमा वृद्धि भएसँगै माइक्रोसफ्टलाई उछिन्दै एनभीडीया विश्वको सबै…

पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा ई-फाइभ ईभी खरिद गर्दा १ लाख ५० हजार रूपैयाँ बोनस

 नेपालको अग्रणी विद्युतीय गाडी (ईभी) ब्रान्ड ओमोडाले नयाँ एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो ग…