अपडेट
साउनदेखि आईटी वर्कस्टेशन सञ्चालन गर्ने सरकारको तयारी, ३ वर्षका लागि निःशुल्क उपलब्ध हुने
सरकारले साउनदेखि सूचना प्रविधि (आईटी) वर्कस्टेशन सुरू गर्ने तयारी गरेको छ । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२४ मा बोल्दै अर्थमन्त्री वर्षमान पुनले तत्कालै वर्कस्टेशन सुरू गर्ने तयारी गरेको जानकारी दिएका हुन् ।
‘तत्काल नै वर्कस्टेशन सुरू गर्ने काठमाडौंका केही ठाउँहरू अध्ययन गरिएको छ,’ उनले भने, ‘स्टार्टअप र घरमा अप्ठ्यारो तरिकाले सानो कोठाबाट काम गरिरहेकाहरू वर्कस्टेशनमा आएर काम गर्न सक्छन् ।’
२०० देखि २५० वटासम्म अफिसहरू स्थापना गरेर काम गर्न सक्ने ठाउँ खोजिएको अर्थमन्त्री पुनको दावी छ । वर्कस्टेशनमा इन्टरनेट, विद्युत, सुरक्षा लगायतका सुविधाहरू हुनेछन् । वर्कस्टेशनमा ३ वर्षसम्मका लागि निःशुल्क उपलब्ध हुनेछ ।
बजेटमा उल्लेख भएको वर्कस्टेशन बनाउने विषय आर्थिक वर्ष २०८१-०८२ को सुरूवातदेखि नै लागु हुने उनको भनाइ छ । ‘यो बोल्ने कुरा मात्रै होइन, वर्कस्टेशन सुरू गर्ने गरी बजेटमा बोलेका हौं । सेन्टरमा ल्यापटप ल्याएर आउनुस्, वर्कस्टेशन बनाउनुस्,’ पुनले भने, ‘३ वर्षपछि करको कुरा गरौला । अहिले वर्कस्टेशनमा आएर कमाउनुस् ।’
सरकारले बुटवलको अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टरको छेउमा पनि वर्कस्टेशन सेन्टर बनाउने तयारी गरेको छ ।
सुरूमा काठमाडौं र बुटवलमा वर्कस्टेशन तयार गरी त्यसपछि सातै प्रदेशमा सुरू गर्ने योजना सरकारको छ ।
बजेटमार्फत आर्थिक वर्ष २०८१-८२ लाई सूचना प्रविधि दशकको प्रस्थान विन्दु हुने समेत घोषणा भइसकेको छ । अबको १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने र १५ लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ भने बागमति प्रदेशलाई सूचना प्रविधि हब बनाउने योजना समेत अगाडि सारिएको छ ।
बजेटमा राखिएका आईटीका परियोजनाहरू सरोकारवालाहरूसँगको छलफल, सुझाव र अध्ययनबाट अगाडि सारिएको पुन बताउँछन् । ‘हामीले केही साथीलाई खुसी पार्न र ताली खान मात्रै यो सबै गरेका होइनौं,’ उनी भन्छन्, ‘अर्थतन्त्रलाई ड्राइभ गर्न सक्ने एउटा महत्त्वपूर्ण क्षेत्र सूचना प्रविधि भएकाले विशेष जोड दिन खोजेका छौं ।’
अपडेट
माइडिया ब्रान्डका तीन नयाँ रेफ्रीजेरेटर बजारमा
माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको तीन नयाँ मोडेलका मिडिया डबल डोर माइडिया …
एनसेल र नेपाल युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा एकसाथ ७७०० रूख वृक्षारोपण गरिने
विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७७०० रुख वृक्षारोपण गर्न सहकार्य …
बिहीबारदेखि दराजको मिड इयर सेल, निःशुल्क डेलिभरीसहित २ करोड बराबरको मेगा भौचर अफर
दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल ६.६ को घोषणा गरेको छ । योजना अन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उप…
एउटै संस्थालाई नेटवर्क र इन्टरनेट सेवा प्रदायकको दोहरो भुमिकामा नरहने व्यवस्था गर्न सुझाव
सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावनाको अध्ययन गर्न मन्त्रालय …
क्रोमका केही संस्करणमा सुरक्षा जोखिम
प्रविधिको प्रयोग बढ्दै गएपछि अनलाइनमा खतरा समेत उत्तिकै बढ्न थालेको छ । धेरै जसो मानिसहरूलाई अनलाइन खतराबाट कसरी बच्ने भनेर थ…
ल्यापटपमा लगाइएको ५ प्रतिशत अन्त:शुल्क करबारे पुनर्विचार गर्न क्यान महासंघको अनुरोध
आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ल्यापटपमाथि लगाइएको अन्त:शुल्क पुनर्विचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले …
अब ह्वाट्सएपमा डेस्कटपमार्फत स्टेटस सेयर गर्न सकिने
मेटाको प्रसिद्ध मेसेजिङ एप अर्थात् ह्वाट्सएपले आफ्ना ग्राहकहरुका लागि नयाँ फिचर ल्याएको छ, जसको मद्दतले तपाईले आफ्नो डेस्कटपबाट सजि…
डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का
नेपाल राष्ट्र बैंकले डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का गरेको छ ।
नेपाल क्लियरिङ्ग हाउस र नेप्सबीच एकीकृत कारोबार सुरू
सोमबारदेखि नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) बीच एकीकृत कारोबार सुरू भएको छ । …
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग गरेक…
आईसर्भबाट उत्कृष्ट डिजिटल बैंकिङ दिने एनआईसी एशिया बैंकले पायो इनोभेसन अवार्ड
एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनो…
लुम्बिनी प्रदेशले एआई र मेसिन लर्निङ सम्बन्धि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने
लुम्बिनी प्रदेशले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ सम्बन्धमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
…मेटाले हाल फेसबुक र इन्स्टाग्राममा 'मेड विथ एआई' लेखेको लेबल के हो?
एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा विगत केही महिनादेखि विश्वभर चर्चा भइरहेको छ । यो नयाँ प्रविधि विश्वभर प्रयोग भइरहेक…
नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनमा गर्न जोड दिन आग्रह
आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले स्वागत गरेको छ । सूचन…
राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने सेवाग्राहीको बाध्यता
तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीबार बिहानै प्रशासन कार्यालय आइपुगिन् । राष्ट्रिय…