अपडेट
भवन नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन
भवन नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौँ महानगरपालिकाले सहरी व्यवस्थापन विभागलाई निर्देशन दिएको छ।
महानगरका तर्फबाट उपप्रमुख सुनिता डङ्गोलले सेवाग्राहीको सहजताका लागि नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन विभागलाई निर्देशन दिएकी हुन्।
विभागका प्रमुख हरिश्चन्द्र लामिछानेसहित अधिकारीलाई भवन निर्माणको गति, नक्शा स्वीकृत गर्ने प्रणाली, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी, निर्णायकबाट हुने भवन नक्शा स्वीकृतिको प्रक्रियाका बारेमा जानकारी लिँदै उनले कागजी प्रक्रियासहितको व्यवस्था विस्थापन गर्न आग्रह गरिन्।
“विद्युतीय कगजी दुवै प्रणाली प्रयोग हुँदा कार्य सम्पादनमा विकृति आउने सम्भावना बढी रहन्छ। दुईमध्ये विद्युतीय कगजी प्रणाली आधिकारिक, विश्वसनीय र प्रभावकारी हुन्छ”, उपप्रमुखले भनिन्, “विद्युतीय नक्शा पास प्रणालीलाई हामीले पूर्ण कार्यान्वयनमा ल्याएर कगजी प्रणाली विस्थापन गरौँ। विवरण सङ्कलनका लागि कगजी प्रक्रिया आवश्यक भए स्वीकृत भएका फाइल ‘प्रिन्ट’ गरेर सुरक्षा गर्ने काम तत्काल गरौँ ।”
विभागका प्रमुख लामिछानेले इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (इबिपिएस) मा आधारित नक्शा स्वीकृत प्रणालीमा आधारित सेवा दिन सकिने अवस्थाका बारेमा चर्चा गरे। उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म चार सय ७८ ओटा भवन नक्शा स्वीकृत भएका छन्।
तला थप गर्ने १५ स्वीकृत भएका छन् भने एक हजार ५९ ओटाको निर्माण सम्पन्न प्रमाणपत्र जारी गरिएको छ। एक सय दुई भवनको नक्शा नामसारी गरिएको उनले जानकारी दिए।
गत आर्थिक वर्षमा एक हजार तीन सय २० भवनको नक्शा स्वीकृत, ६६ वटाको तला थप, तीन हजार सात सय ४५ भवन निर्माण सम्पन्न प्रमाणपत्र जारी र एक सय ५५ ओटाको नक्शा नामसारी भएको थियो।
पाँच हजार वर्गफिटसम्म क्षेत्रफल भएका भवनको अस्थायी नक्शा स्वीकृत (डिपिसी) को नक्शा वडाबाट स्वीकृत हुन्छ। भवनको माथिल्लो भागका लागि केन्द्रबाट स्वीकृति लिनुपर्दछ। दश हजार वर्गफिट भन्दामाथि क्षेत्रफल भएका भवनको नक्शा स्वीकृत गर्न प्राविधिक निर्णायक मण्डलको मूल्याङ्कन बमोजिम हुने व्यवस्था रहेको कामपाले जनाएको छ। रासस
अपडेट
क्लासिक टेकको १२ मा १२ अफर, वार्षिक इन्टरनेट जोड्दा थप एक वर्ष निःशुल्क
देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ । अब ग्राहकहरुले ७५ एमबिप…
नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा गोष्टी सम्पन्न, साइबर कानुन र साइबर सुरक्षामा बहस
नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्रावि…
स्पोटिफाई, क्याण्डी क्रस र टिन्डरजस्ता एपबाट लाखौं प्रयोगकर्ताको डेटा चोरी
चर्चित एपहरू जस्तै स्पटीफाई, क्याण्डी क्रस, टिन्डर र भिन्टेडका लाखौं प्रयोगकर्ताहरूको संवेदनशील लोकेशन डेटा एक अनजान ह्याकरद्वारा च…
प्यारोडी अकाउन्टका लागि एक्सले थाल्यो प्रोफाइल लेबल
एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्सले प्यारोडी अकाउन्टका लागि प्रोफाइल लेबल लागू गर्न सुरू गरेको छ ।
…डेल्टा एयरलाइन्सले ल्यायो एआई असिस्टेन्ट, बुकिङदेखि पासपोर्ट रिमाइन्डरसम्म सघाउने
डेल्टा एयरलाइन्सले लस भेगासको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा नयाँ प्रविधि घोषणा गरेको छ ।
ग्रोक एआईको अब आफ्नै मोबाइल एप
एक्स एआईले विकास गरेको एआई मोडेल ग्रोक, छुट्टै मोबाइल एपमा उपलब्ध भएको छ । यसअघि एक्समा मात्रै उपलब्ध भएको ग्रोक एआई अब छुट्टै ए…
टाटाको 'न्यू ह्विल्स, न्यू डिल्स' कार्यक्रम, पुराना गाडीसँग टाटा ईभी साट्न सकिने
२०२५ नयाँ वर्षको अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही पुस २६ देखि २८ गतेसम्म …
माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, मोबाइल नम्बर पनि आफ्नै नाममा हुनुपर्ने
माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नम्बर चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० संशोधन तथा परिमार्जन…
स्यान फ्रान्सिस्को संघीय अदालतद्वारा गुगलको गोपनीयता मुद्दा खारेज, १८ अगष्टमा परीक्षणको सम्भावना
स्यान फ्रान्सिस्कोको संघीय अदालतमा मुख्य न्यायाधीश रिचर्ड सीबर्गले गुगलको अपिललाई खारेज गरेका छन् । उक्त अपिलमा प्रयोगकर्ताहरूले दा…
इन्स्टाग्राम र थ्रेड्सले अब राजनीतिक सामग्रीहरू पनि सिफारिस गर्ने
मेटाले आफ्नो कन्टेन्ट मोडरेसन र नियमहरूमा परिवर्तन गर्न खाजेको छ । इन्स्टाग्राम र थ्रेड्सले अब राजनीतिक सामग्रीलाई सिफारिसहरूमा सम…
शिक्षामा आइसिटीको भूमिका
सूचना तथा सञ्चार प्रविधि (आइसिटी) ले शिक्षाका सबै क्षेत्रहरूमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । हालै प्रा डा एस एम तारिक जफरद्वार…
पब्जी खेल्नका लागि साथी पाउनु भएन ? अब एआईलाई बनाउन सकिने छ आफ्नो टिममेट
पब्जी गेम विकासकर्ता क्राफ्टनले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल को-प्लेएबल क्यारेक्टर (सीपीसी) सार्वजनिक गरेको छ । प्रविधि कम्प…
नास्ट र उद्योग वाणिज्य महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल
नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बीच मुलुकको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्…
विद्युत् नियमन आयोगले सञ्चालनमा ल्यायो डिएमएस प्रणाली
विद्युत् नियमन आयोगले डकुमेण्ट म्यानेजमेण्ट सिस्टम (डिएमएस) सञ्चालनमा ल्याएको छ । सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावारी बनाउन अन…
प्रयोगकर्ताले बढी प्रयोग गर्दा च्याटजीपीटी प्रो घाटामा, ओपन एआईलाई वित्तीय चुनौती
च्याटजीपीटी प्रोलाई ओपन एआईले आफ्नो आम्दानीका लागि सुरू गरेको थियो तर अहिले यो कम्पनीका लागि घाटाको कारण बनिरहेको छ । ओपन एआ…