अपडेट
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएका छन् । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।
नव नियुक्त भण्डारी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका विज्ञ सल्लाहकारका रुपमा कार्यरत थिए ।
केही समय अगाडि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । सो पदमा सरकारले दूरसञ्चार क्षेत्रमा देश देखि विदेशसम्मको अनुभव संगालेका भण्डारीलाई नियुक्त गरेको हो ।
को हुन् भण्डारी ?
विसं २०५४ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनतर्फ स्नातक पूरा गरेर भण्डारीले विसं २०६२ मा भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन गरेका छन् ।
बैंकिङ क्षेत्रमा कुशल नेतृत्वको भूमिका निर्वाह गरिसकेका भण्डारी २०६४ देखि दूरसञ्चार क्षेत्रमा प्रवेश गरेका थिए । तत्कालीन स्पाइस नेपाल प्रालिमा नायव प्रमुख वित्तीय अधिकृतको रुपमा काम गरेका उनले वि.स. २०६४ मा अफ्रिकी मुलुक बुरुण्डीस्थित मोबाइल अप्रेटर कम्पनी लासेलको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । भण्डारीले विसं २०७२ सालसम्म आठ वर्ष सोही कम्पनीमा सीईओको रूपमा काम गरेका थिए ।
विसं २०७२ देखि २०७३ सम्म सिरायलिवनको इन्टरग्रुप टेलिकमको प्रमु्ख कार्यकारी अधिकृतको रुपमा नेतृत्व सम्हालेका भण्डारी सोही वर्षको अन्तिमतिर पुनः बुरुण्डी मोबाइल नेटवर्क कम्पनी लासेलको कन्सल्ट्यान्टको भूमिकामा काम गरेका थिए ।
त्यसपछि २०७४ सालमा उनी नेपाल फर्किए । नेपाल फर्केपछि उनले फिनटेक कम्पनी पे नेप प्रालिबाट मोरू वालेट सञ्चालनमा ल्याएका थिए ।
२०८० जेठ सम्म (छ वर्ष) पे नेपमा अध्यक्षको रूपमा काम गरेका भण्डारी गत असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए ।
दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा अब्बल भण्डारी मन्त्रालयमा प्रवेश गरेपछि सञ्चार मन्त्रालयका प्राथमिकता नै बदलिएको बताइन्छ ।
टेरामक्स, एमडिएमएस जस्ता प्रविधि जडानको बेलामा भएका भनिएका अनयिमतिताको गहिरो अध्ययन तथा प्रतिवेदन तयार, अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकहरुको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन, फ्रिक्वेन्सी नीति परिवर्तन, इन्टरनेट सेवा प्रदायकबाट भएका भनिएका कर छलि र पूँजी पलायनका घटनाको शुक्ष्म अध्ययन जस्ता सुशासनका सवालमा भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
अपडेट
६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरू
सरकारले ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु गरेको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुला…
ओपनएआईद्वारा सोरा एआई टूल सार्वजनिक, प्रम्प्टबाटै एचडी भिडियो बनाउन सकिने
च्याटजीपीटीको कम्पनी ओपन एआईले आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो भूमिकाको बीचमा अर्को नयाँ एआई टूल सार्वजनिक गरेक…
राष्ट्र बैंक र आरबीआईबीच क्रस बोर्डर भुक्तानी नियमन गर्न सम्झौता
नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई)बीच क्रस बोर्डर भुक्तानी नियमन गर्न सम्झौता भएको छ ।
धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरूको सुविधा अब इलाइट क्याल्क एपमा
हामीहरूलाई बेला बेला धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरू आवश्यक परिरहेको हुन्छ । तर एकै ठाउँमा धेरै प्रकारका क्याल्कुलेटर र …
बलेयो एक्सपेरियेन्स टेक्नोलोजीः आईटी र लाइफस्टाइल एक्सपो सम्पन्न
बलेयोले आयोजना गरेको बलेयो एक्सपेरियेन्स टेक्नोलोजीः आईटी र लाइफस्टाइल एक्सपोको समापन गरेको छ । एक्सपो फेब्रुअरी ८ द…
ओरा ०३ ईभी खरिदमा ५ लाख बराबरको लाभ
नेपालका लागि जिडब्लुएमका सवारीसाधनहरु (हाभल, पावर, ओरा) का आधिकारिक आयातकर्ता र वितरक भिजि इम्पेक्स प्रालिले इलेक्ट्रिफाइङ डिल…
इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले देशभर माग्यो ३०० कर्मचारी, यसरी दिनुहोस् आवेदन
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३०० जना कर्मचारी माग गरेको छ । देशका विभिन्न भूभागमा खटाउने गरी क्लासिक टेकले ३०० क…
हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा
नेपालको अग्रणी फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुर नेपालमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको…
जुनसुकै ब्रान्डका पुरानो फोन सामसङको नयाँ फोनसँग साट्न सकिने
नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक आईएमएस र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने सबको फोनले …
नवौं संस्करणको नेपालकै ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सम्पन्न
यन्त्र ९.० सम्पन्न भएको छ । माघ २८ गतेदेखि २९ गतेसम्म सञ्चालनन भएको नेपालकै ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सम्पन्न भएको छ ।
कार्यक्रमको …
डिशहोमको एक्सन स्पोर्टस एचडी वानमा क्रिकेट विश्व कप लिग २ का खेल प्रशारण हुने
नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी क्रिकेट विश्व कप लिग २ का खेलहरु एक्सन स्पोर्टस एचडी वानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
डिशहोमको …
सिंहदरबारभित्र विद्युत, टेलिफोन, अप्टिकल फाइबर भूमिगत हुने, डीपीआर तयार हुँदै
सिंहदरबारभित्र युटिलिटी करिडोर निर्माण हुने भएको छ ।
सरकारले सार्वजनिक चालु आर्थ…
६ महिनामा ३६ हजार ९३ स्मार्ट लाइसेन्स वितरण
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा ३६ हजार ९३ स्मार्ट कार्ड वितरण गरेको छ ।