कीवर्डहरू -

अपडेट

राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट

कक्षा २ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिताको दोस्रो चरण भव्य रूपमा सम्पन्न भएको छ । नेपालको अग्रणी आईटी तालिम प्रदायक दूरशिक्षाले डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहकार्यमा आयोजना गरेको यस चरणमा ८० विद्यार्थीले भौतिक रूपमा उपस्थित भई प्रतिस्पर्धा गरेका थिए, जसमध्ये विभिन्न विधाबाट ९ जना विद्यार्थी फेब्रुअरी २०२५ मा यूकेमा हुने ग्लोबल कम्पिटिसनका लागि छनोट भएका छन् ।

ग्लोबल कम्पिटिसनमा छानिएका नेपाली विद्यार्थीहरूले अब भारत, हङकङ, मिडल इस्ट, यूके, अमेरिका, अष्ट्रेलिया लगायत देशका सहभागीसँग प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणको कोडिङ प्रतियोगिताको उद्घाटन सूचना प्रविधिविज्ञ डा. राजीव पाण्डे सुब्बाले गरेका थिए । उनले यस प्रतियोगिताले बालबालिकाको तार्किक सोच, समस्या समाधान क्षमता र डिजिटल सीपलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।

४०० भन्दा बढी विद्यार्थीले अनलाइनबाट परियोजना पठाएकोमा भौतिक प्रतिस्पर्धामा ८० जना छानिएका थिए । यस चरणमा विद्यार्थीहरूले अत्यन्तै प्रभावकारी प्रोजेक्ट तयार पारेको दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले बताए । “यो प्रतियोगिताले सहभागीहरूलाई आफ्नो कोडिङ सीप सुधार्न र समस्याहरूको समाधान गर्ने कुशलता अभिवृद्धि गर्न मद्दत पुर्‍याएको भने उत्कृष्ट प्रतियोगीलाई विश्वमञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ,” उनले भने ।

यस प्रतियोगितामा कक्षा २ देखि ४ का विद्यार्थीहरूले जुनियर ब्लक-आधारित कोडिङ, कक्षा ५ का विद्यार्थीहरूले सिनियर ब्लक-आधारित कोडिङ र कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले पाइथनमा आधारित रही विभिन्न थिममा प्रोजेक्ट तयार गरेका थिए ।

कार्यक्रममा ‘गर्ल्स हु कोड’ अभियान समेत सञ्चालन गरिएको थियो, जसले छात्राहरूको सहभागिता अभूतपूर्व रूपमा बढाएको आईसीटी फ्रेमकी अध्यक्ष मिना अर्यालले बताइन् । उनका अनुसार दोस्रो चरणको प्रतिस्पर्धामा ५० प्रतिशतभन्दा बढी छात्राहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगिताले बालबालिकाको समस्या समाधान, रचनात्मकता र डिजिटल साक्षरताको विकासमा ठूलो योगदान दिएको भन्दै अभिभावकहरूले पनि खुशी व्यक्त गरेका छन् । “हाम्रो बच्चाले यस्तो ठूलो मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्न पाउँदा गर्व लागेको छ । दूरशिक्षाले यस्तो अवसर प्रदान गरेकोमा धन्यवाद छ,” एक अभिभावकले भने । 

बालबालिकाको डिजिटल सीपको विकास गर्न र प्रविधिमा करियर सुरु गर्ने अवसर दिन यो प्रतियोगिता महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ । ग्लोबल प्रतिस्पर्धामा चयन भएका विद्यार्थीहरू यस प्रकार छन्:

Python Category (Grade 6-9):

1.    Saral Thapaliya – Reliance International Academy, Budhanilkantha, Kathmandu
2.    Romeo Adhikari – Shree Bhachchek Secondary School, Gorkha, Gorkha
3.    Ansu Rijal – GEMS School, Dhapakhel, Lalitpur

Senior Category – Block Coding (Grade 5):

1.    Shreyash Khadgi – Meridian International School, Baluwatar, Kathmandu
2.    Sarwagya Gurung – John Dewey School, Kapan, Kathmandu
3.    Shubham Ghimire – Rosebud School, Rudramati Marg, Kathmandu

Junior Category – Block Coding (Grade 2-4):

1.    Sushovan Ghimire – Meridian International School, Baluwatar, Kathmandu
2.    Yukita Maharjan – John Dewey School, Kapan, Kathmandu
3.    Binayak Pangeni – The Excelsior School, Swyambhu, Kathmandu

अपडेट

विश्वकै सर्वाधिक प्रयोग हुने वेबसाइट र एप: गुगलदेखि ह्वाट्सएपसम्मको सूची

आजको समयमा हामीहरू इन्टरनेटमा घण्टौँ समय बिताउँछौं । मनोरञ्जनका लागि होस् या जानकारी लागि होस्, इन्टरनेटमा खोजिहाल्छौं । …

साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउदै इसेवा

सन् २००९ मा स्थापना भएको नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शुरुवाती दिनदेखि नै भुक्तानी क्षेत्रमा एउ…

अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने

नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले

ओपन एआईले नियुक्त गर्‍यो पहिलो चीफ मार्केटिङ अफिसर

च्याटजीपीटीको निर्माता कम्पनी ओपन एआईले आफ्नो पहिलो चीफ मार्केटिङ अफिसर (प्रमुख बजार अधिकृत) नियुक्त गरेको छ । ओपन एआईले …

साइबर सुरक्षा सचेतनाका लागि एनसेल, साथी र जोन्टा क्लबको ‘ओरेन्ज द स्कूल’ अभियान

एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओ…

शक्तिशाली एआई सुविधासहित सामसङको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक

सामसङले शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा…

जुम्लामा नेपाल टेलिकमको फाइबर इन्टरनेटको माग बढ्दो

जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन्। अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा म…

डिजिटल वालेट मोरुको घरघर एनपीएल अभियान, विजेता अनुमान गरेर पुरस्कार जित्न सकिने

डिजिटल वालेट मोरू नेपाल प्रिमियर लिगलाई अझै रोमाञ्चक र सबैको पहुँच…

कहिले छोड्लान टिम कुकले एप्पलको सीईओ पद ?

विगत १३ वर्षदेखि टिम कुकले सीईओको रूपमा मल्टिट्रिलियन डलर कम्पनी एप्पल हाँकिरहेका छन् । उनको नेतृत्वमा एप्पलले ध…

चन्द्रपुरमा दुई करोड ७२ लाखमा चार्जिङ स्टेशन निर्माण

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ प…

इन्स्टाग्राममा गोपनीयता कसरी सुरक्षित राख्ने ? जान्नुहोस् उपयोगी टिप्स

इन्स्टाग्राम युवाहरूबीच धेरै लोकप्रिय बन्दै गएको छ । यसमा तपाईं फोटो शेयर गर्न, मेसेज गर्न र भ्वाइस कल गर्न सक्नुहुन्छ ।

नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने

नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० को नेपालपे क्य…

सामसङ टिभी किन्दा ३१ प्रतिशतसम्म छुट, फोरकेमा लाइभ क्रिकेटको मज्जा लिन सकिने

घरमै बसेर क्रिकेट हेरिरहेका दर्शकहरूको लागि अझ ठूलो स्क्रिनमा खेलको मनोरञ्जन दिन सामसङ नेपालले आफ्ना टिभीहरूमा ३१ प्रतिशतसम्मको…

स्मार्टफोनमा आईआर ब्लास्टरले कसरी काम गर्छ?

स्मार्टफोनमा धेरै यस्ता फिचरहरू हुन्छन्, जसले प्रयोगकर्ताहरूको काम सजिलो बनाउँछ । तर, तीमध्ये धेरै यस्ता फिचर पनि छन्, जसको बारेमा मानिसहरूलाई थाहा हुँदैन् ।…

गुगलको एआई भिडियो टुल वियो सार्वजनिक, टेक्स्टबाट भिडियो बनाउन सकिने

गुगलले आफ्नो एआई भिडियो टुल वियो प्रयोगका लागि उपलब्ध गराएको छ । गुगल वियो एउटा एआई भिडियो टुल हो, जसको मद्दतले टेक्स्टब…