अपडेट
ह्वाट्सएपले सार्वजनिक गर्याे 'सर्च बाइ डेट' फिचर
ह्वाट्सएपले एउटा नयाँ फिचरको घोषणा गरेको छ, जसको माध्यमबाट तपाईले एन्ड्रोइड फोनमा कुनै खास ग्रुप वा च्याटमा कुनै निश्चित मितिमा पठाइएका म्यासेज, फोटो वा भिडियोहरू सजिलै फेला पार्न सक्नुहुनेछ । यो सुविधा आईओएस, म्याक र ह्वाट्सएप वेबमा पहिले नै उपलब्ध थियो। यो सुविधा फेसबुकको मूल कम्पनी मेटाका संस्थापक र सीईओ मार्क जुकरबर्गले आफ्नो ह्वाट्सएप च्यानलमा घोषणा गरेका हुन् ।
मार्क जुकरबर्गले अब ह्वाट्सएपमा जुनसुकै पुरानो च्याटमा पठाइएका म्यासेजहरू सजिलै फेला पार्न सकिने बताएका छन् । उनले आफैंले एउटा भिडियो सेयर गरे, जसमा उनी क्याराओकेको बारेमा पुरानो च्याट खोजिरहेका छन् । उनले यो नयाँ फिचर निकै उपयोगी रहेको बताए ।
ह्वाट्सएपको यो नयाँ फिचरमा तपाईले केवल एक मिति चयन गरेर त्यो दिनको च्याट खोज्न सक्नुहुन्छ, तपाईले सम्पूर्ण समय दायरा चयन गर्न सक्नुहुन्न् । कम्पनीका अनुसार, ’यो फिचर पुरानो रोचक मेसेज फेला पार्न वा कसैलाई पठाइएको जानकारी डबल–चेक गर्न धेरै उपयोगी हुनेछ । यसले च्याट फेला पार्न सजिलो बनाउनेछ ।
कसरी प्रयोग गर्ने?
सर्वप्रथम आफूले खोज्नुपरेको मेसेज रहेको ग्रुप वा च्याट खोल्नुहोस् । अ शीर्षमा सर्चआइकनमा ट्याप गर्नुहोस् । अब तपाइँ त्यहाँ क्यालेन्डर आइकन पनि देख्नुहुनेछ । क्यालेन्डर आइकनमा ट्याप गरेर आफ्नो मनपर्ने मिति चयन गर्नुहोस् । तपाईंले चयन गरिएको मितिका सबै मेसेज देख्नुहुनेछ ।
हवट्सएपले यो सुविधा प्रयोग गरेर च्याटमा उपस्थित मिडिया (जस्तै फोटो, भिडियो), लिङ्क र डक्युमेन्ट पनि फेला पार्न सक्ने बताएको छ ।
अपडेट
टिम भिजनले जित्यो ख्वप कलेज अफ इन्जिनियरिङमा हल्ट प्राइज
ख्वप कलेज अफ इन्जिनियरिङका तीन विद्यार्थीको समूह टिम भिजन ख्वपा कलेज अफ इन्जिनियरिङबाट हल्ट प्राइजको विजेता बनेको छ ।…
सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी …
नेपाली बजारमा आउँदै नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम, भेन्डरलाई २४ घण्टाभित्रै भुक्तानी
नेपाली बजारमा नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम आउने भएको छ । आउँदो मार्च १ देखि …
दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा
दाङको दुर्गम गाउँपालिका राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ । सञ्चार तथा सूचना …
एन्ड्रोइडमा एक्स लोडर मालवेयर फेला, प्रयोगकर्ताको संवेदनशील डेटा चोर्न सक्ने
क्रोम जस्तो देखिने मालवेयर एन्ड्रोइड एक्स लोडरले प्रयोगकर्ताहरूका लागि खतरा बन्दै गईरहेको पाइएको छ । साइबर सुरक्षा विश…
‘फ्रेन्ड म्याप’ फिचरमा काम गर्दै इन्स्टाग्राम
लोकप्रिय फोटो सेयरिङ एप इन्स्टाग्रामले ‘फ्रेन्ड म्याप’ नामक नयाँ फिचरमा काम गरिरहेको बताइएको छ । यसले प्रयोगकर्ताहरू…
सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निरन्तरता दिइनेछः अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षमा सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निर…
वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एनसीएचएलबीच क्रस बोर्डर भुक्तानी सहज बनाउन सम्झौता
बैंक तथा वित्तीय संस्थालाई 'एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपा…
फिगर एआई: बेजोसदेखि एनभिडियासम्मको लगानीमा मानिसजस्तै रोबोट बनाउने स्टार्टअप
तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधिको संसारमा मानव रोबोटलाई लिएर नयाँ विवाद उत्पन्न हुन लागेको छ । आजकाल टेक संसारका धेरै ठ…
काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको सेमिफाइनल सम्पन्न, फाइनलमा ५ टिम प्रवेश
काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको फाइनलमा ५ टिम प्रवेश गरेका छन् । कुल १३ जनाको टिमबाट पिचिङका आधारमा ५ वटा टिम फाइनलमा प्र…
विवादमा परेपछि जेमिनाईको टेक्स्ट टू इमेज फिचर केही समय बन्द
पछिल्लो केही महिनादेखि विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ । अमेरिकी कम्पनी ओपनएआईले च्याट…
एक्समा सबै प्रयोगकर्ताहरूका लागि अडियो भिडियो कलिङ सुविधा रोल आउट हुँदै
एक्समा सबै प्रयोगकर्ताहरूका लागि अडियो र भिडियो कलिङ सुविधा रोल आउट सुरु भएको छ । यसअघि यो सुविधा प्रिमियम प्रयोगकर्ताका लागि…
अध्यागमन विभागद्वारा अनलाइनबाट ‘रुट परमिट’ जारी
अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको…
एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ चैत १ गतेदेखि ३ गतेसम्म पोखरामा हुने
बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा …
टिकटक चलिरहेको भए जानकारी दिन दूरसञ्चार प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक चलिरहेको भए जानकारी दिन आग्रह गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटकमा पह…