कीवर्डहरू -

अपडेट

जुम्लाबाट नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सुरू, सातै प्रदेशमा आयोजना हुँदै

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सातै प्रदेशमा नागरिक एप सम्वन्धि सचेतना कार्यक्रम बिहीबारदेखि जुम्लाबाट सुरू गरेको छ । पहिलो कार्यक्रमको रुपमा कर्णाली प्रदेशको जुम्लाबाट कार्यक्रमको औपचारिक सुरुवात भएको हो ।

जुम्लाको होटल कान्जिरोवामा भएको एक विशेष कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले नागरिक एपमार्फत डिजिटल सेवा लिदै कार्यक्रमको सुरुवात गरेका हुन ।

कार्यक्रममा नागरिक एपको तर्फबाट इन्जिनियर प्रविन चौहानले विशेष प्रस्तुति दिएका थिए भने प्रयोगकर्ता र सरोकारवालासँग अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा जिल्लाका विशिष्ट व्यक्ति, सरकारी अधिकारी, जनप्रतिनिधि, आईटी अधिकृत, निजी क्षेत्र, सरोकारवाला र सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो । केन्द्रका कार्यकारी निर्देशक प्रदिप पौडेलले भर्चुअल माध्यममबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

\"\"

सातै प्रदेशमा आयोजना हुने साक्षरता कार्यक्रम, प्रत्येक प्रदेशका २ ठाउँमा आयोजना हुने तय भएको इन्जिनियर चौहानले बताए । कर्णाली प्रदेशको सुर्खेतमा जेठ १२ गते कार्यक्रम आयोजना हुनेछ भने धनगढीमा जेठ १४ गते आयोजना हुनेछ । कार्यक्रमको समापन जेठ २६ गते गण्डकी प्रदेशको पोखरामा हुनेछ ।

नागरिक एपमा उपलब्ध सेवाहरुको बारेमा सरोकारवाला र सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम गरिदै छ । डिजिटल साक्षरतालाई जोड दिदै कार्यक्रमहरु संचालन हुने आयोजकले जानकारी दिएको छ ।

नेपाल सरकारले केही वर्षअघि सरकारी सेवाहरु सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उदेश्यसहित नागरिक एप प्रयोगमा ल्याएको थियो । नागरिक एप २७ लाख बढीले एप डाउनलोड गरेका छन् भने ५३ बढी सेवाहरु उपलब्ध छन् ।

\"\"

एन्ड्रोइड र आईओएसमा उपलब्ध एप डाउनलोड गरेर प्रयोग गर्न केन्द्रले सबैलाई आह्वान गरेको छ । प्रयोगकर्ताको गुनासो र अन्य सेवाहरु थप्दै यसलाई प्रभावकारी बनाउने केन्द्रले जानकारी दिएको छ । नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइनसेन्सबाट खाता खोल्न सकिन्छ ।

यद्यपी नागरिकता लगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउने समेत गरेको प्रयोगकर्ताको गुनासो छ । यसलाई सम्बोधन गर्न केन्द्रले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयहरुमा समन्वय गरेर विवरण सच्याउने काम गरिरहेको छ ।

अपडेट

तपाईलाई साथी वा परिवारजनको जन्मदिन सम्झिन गाह्रो हुन्छ ? अब गूगलले गर्नेछ मद्दत

वर्षमा ३ सय ६५ दिन मात्रै भए पनि कुनै व्यक्तिको जन्मदिन सम्झँदा त्यो मिति सम्झन सक्ने …

आईपीओ जारी गर्दै फोनपे, पूर्वतयारीका लागि एनएमबी क्यापिटलसँग सम्झौता

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइपिओ जारी गर्ने पूर्वतयारी …

पब्जी मोबाइल प्रो लिगको फाइनल आजदेखि हुने 

पब्जी मोबाइल प्रो लिग (पीएमपीए) साउथ एशिया च्याम्पियनसिप स्प्रिङ २०२३ फाइनल आजदेखि सुरु हुनेछ। पीएमपीएल साउथ एशिया…

नेपालमा उच्च ग्राहक सेवा सन्तुष्टि कायम राख्दै रियलमी

विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्…

विभिन्न शाखामा काम गर्न विज्ञापन खोलिएको भन्दै टेलिकमको नाम जोडेर सामाजिक सञ्जालमा गलत सूचना

‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भन्दै सामाजिक सञ्जाल…

सामाजिक सञ्जाल प्रयोग गरी नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा मह…

सिस्टममा समस्या छैन्, ग्राहकको मोबाइल बैंकिङबाटै कारोबार भएको छः माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले रौतहट स्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धम…

यी कारणले गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गर्दै छन् कर्मचारी कटौती

विश्वका ४ ठूला प्राविधिक कम्पनीहरू(गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गत महिनाहरूमा…

एनआईसी एशिया बैंकमा अब भिडियो कलबाटै मोबाइल नम्बर पनि अपडेट गर्न सकिने

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ल्याएको भिडियो केवाईसी सेवा अन्तर्गत अन…

नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट

नेपालमा इलेक्ट्रिक कार (ईभी)को आयात दिनानुदिन बढ्दो क्रममा देखिएको छ। भन्सार विभाग…

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको भुक्तानीमा १ हजार क्यासब्याक र वानप्लस ११ जित्ने मौका

‘खल्ती’ ले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्ती बाट भुक्तानी गर्ने प्रयोगकर्ताका ला…

एवान होस्टको एनिभर्सरी अफर, वेब होस्टिङ खरिदमा ६० प्रतिशत छुट 

अनलिमिटेड वेव होस्टिङ सर्भिस दिदै आइरहेको नयाँ वेब होस्टिङ कम्पनी ए वान वेब होस्टि…

एआईमा काम गर्ने चिप सार्वजनिक गर्दै इन्टेल

प्राविधिक कम्पनी इन्टेलले एआईमा आधारित चिप सार्वजनिक गर्ने भएको छ । इन्टेलले आर्टिफि…

स्मार्ट टेलिकमलाई नियन्त्रणमा लिनु अगाडि बुझाउनु पर्ने बक्यौता कम्पनीको दायित्व हुने

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई नियन्त्रण लिनु अगाडि संस्था वा व्यक्तिला…

मन्त्रालयलाई पत्तै नदिई नियम विपरीत निजीलाई ड्राइभिङ लाइसेन्सको परीक्षा अनुमति

सवारी चालक अनुमतिपत्रको परीक्षा, वितरण, नवीकरणलगायतका कार्य गर्दै आएको यातायात व्य…