कीवर्डहरू -

अपडेट

‘ई-पासपोर्टका लागि निवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर चाहिने व्यवस्थाले असुविधा भयो’

ई-पासपोर्टका लागि निवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर चाहिने व्यवस्थाले नागरिकलाई असुविधा भएको महालेखाले बताएको छ ।

६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखापरीक्षकको कार्यालयले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नभएसम्म राहदानीको लागि निवेदन दिन नमिल्ने अवस्थामा आम नागरिकलाई असुविधा हुन गएकोले शीघ्र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

नेपालको संविधानमा एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली विकास गर्ने नीति अवलम्बन गर्ने उल्लेख भए तापनि हाल प्रयोगमा ल्याइएको राष्ट्रिय परिचयपत्रमा नागरिकता प्रमाणपत्रमा समावेश भएका विवरण मात्र राखी वितरण भइरहेको छ ।

राष्ट्रिय परिचयको विवरणमा नागरिकता, पासपोर्ट, सवारी चालक अनुमति, मतदाता परिचय, एटीएम कार्ड, जन्म मृत्यु दर्ता, जग्गा जमिनको विवरण, करदाता परिचय, नागरिक एप आदि विभिन्न परिचयपत्र र प्रमाणपत्रमा नागरिकको सबै प्रकारका सूचना तथा विवरणहरू एकीकृत गरिनुपर्ने हो । तर यस्ता विवरण सरकारी निकायपिच्छे पटक पटक प्रविष्टि गर्नुपर्ने, सबै परिचयपत्रमा छुट्टाछुट्टै प्रणाली विकास गरिएको र छुट्टाछुट्टै निकायबाट सञ्चालन भइरहेको अवस्था छ ।

राष्ट्रिय परिचयपत्रलाई राहदानीसँग आबद्ध गरिएकोले राष्ट्रिय परिचयपत्र नम्बर बेगर राहदानी बनाउन नमिल्ने अवस्था छ । राहदानी ऐन र नियमावलीअनुसार राष्ट्रिय परिचयपत्र अनिवार्य छैन। नागरिकता प्रमाणपत्रमा उल्लेख भएका विवरण मात्र समावेश गरी वितरण गरिएको परिचयपत्रले राष्ट्रिय परिचयको उद्देश्य प्राप्त नगर्ने बताइएको छ ।

संविधानको धारा ५१ मा उल्लेख भएबमोजिम एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली बनाउनु पर्ने महालेखाको ठहर छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट उपलब्ध विवरणअनुसार २०७६ साउन ३१ गतेदेखि २०७९ असार मसान्तसम्म ८० लाख ७५ हजार ४६ आवेदन दर्ता भए तापनि ५१ लाख १७ हजार अर्थात् ६३.३६ प्रतिशत मात्र कार्ड प्राप्त भएको र ३ लाख ६७ हजार कार्ड छपाइ भई १ साख १७ हजार २५ अर्थात् आवेदनको ४.५४ प्रतिशतमात्र वितरण भएको छ । आवेदन दर्तामध्ये ७७ लाख ८ हजार ४६ कार्ड छपाइ हुन सकेको छैन ।

आर्थिक वर्ष २०७८।७९ मा सम्पन्न हुने लक्ष्य राखिएकोमा विद्युतीय राहदानीसँग २०७८ मंसिर १ गतेदेखि अन्तरआवद्धता गरेकोले परिचयपत्र नम्बर प्राप्त नभएसम्म राहदानीको लागि निवेदन दिन नमिल्ने अवस्थामा आम नागरिकलाई असुविधा हुन गएकोले शीघ्र व्यवस्थापन गर्नुपर्ने महालेखाले बताएको छ ।

अपडेट

प्रभु बैंकको भिसा कार्डबाट दराजमा भुक्तानी गर्दा १० प्रतिशत छुट

प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक ग्राहकहरूलाई नव वर्ष उत्सव २०८० को छुट …

अमेरिकामै निर्मित चिप प्रयोग गर्ने मिसनमा एप्पल

एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्नेछ । एप्पलले सन् २०२४ सम्म अमेर…

विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउँदै माइक्रोसफ्ट

माइक्रोसफ्टले विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउन काम गर्ने भएको छ ।…

रेमिट्याप वालेटबाट अब स्मार्ट क्युआर स्क्यान गरी पैसा तिर्न सकिने

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहर…

अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस

हरेक वर्ष आज कै दिन अर्थात् अप्रिल १२ तारिखमा  मनाइने कसमोनट दिवस नेपालमा पनि विभ…

कहिले आउला फोनपेको आईपीओ ? 

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । फोनपेका …

४९ रूपैयाँमा एक दिनका लागि टेलिकमको अनलिमिटेड डेटा र १०० मिनेट अन नेट भ्वाइस

नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ अफर उपलब्ध गराएको …

अब तपाईले प्रयोग नगर्ने एपहरुलाई एन्ड्रोइडले अर्काइभ गर्ने 

एन्ड्रोइडले आफै तपाईले प्रयोग नगर्ने एपहरुलाई अर्काइभ गर्न थालेको छ । गूगलले तपाईको…

अनलाइनबाटै काठमाडौं महानगरपालिकालाई यसरी तिर्नुहोस् कर 

के तपाईले काठमाडौं महानगरपालिकालाई कर तिर्नुपर्ने छ ? अब चिन्ता नलिनुहोस् अनलाइनब…

दराजको नयाँ वर्ष अफर, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

दराजले नयाँ वर्षको अवसरमा आफ्ना वार्षिक अभियान अन्तर्गत ‘नव वर्ष उत्सव : नयाँ वर्ष, न…

टेलिकमको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रूपैयाँमा उपलब्ध हुने

नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरु …

एआईले पढ्न थाल्यो कुवेतमा समाचार

कुवेत न्युजले क्रृतिम बौद्धिकता (एआई)बाट पढ्न मिल्ने गरी समाचार वाचक बनाएको गरेको छ । उक्त समाचार वाचकको नाम फेदा राखिएको छ। फेदाले कुवेत टाइम्सको सहयोगम…

चर्तित गायक प्रकाश सपुतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमा सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गी…

आईएमई पेबाट आईएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

आईएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरूले आईएमई लाइफ इ…

सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक

सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको छ । मंगलबार भियतनामी भाषामा  सशस्त्र प्रहर…