कीवर्डहरू -

अपडेट

स्प्यारो एसएमएसले मनायो १४ औं वार्षिकोत्सव, प्रतिवर्ष आदान प्रदान हुन्छन् २० करोड एसएमएस

एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले १४ औं वार्षिकोत्सव मनाएको छ । विगत १४ वर्ष देखि एसएमएस सेवा प्रदान गर्दै आएको स्प्यारो एसएमएसले बुधबार १४ औं वार्षिकोत्सव मनाएको हो ।

 कम्पनीले सूचनामा सजिलो पहुँच पुर्‍याउन एसएमएसमार्फत सस्तो र भरपर्दो प्रविधि विकास गरी साना तथा ठूला व्यवसायी, सरकारी र गैरसरकारी निकायलाई सुलभ रुपमा सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

१४ औं वार्षकोत्सवको अवसरमा स्प्यारो एसएमएसका सीईओ मनोज थापाले सबैलाई धन्यवाद दिदै नवीनताको यात्रा जारी राख्ने बताए । 

स्प्यारो एसएमएसले नेपालमा प्रतिवर्ष औसतमा २० करोड एसएमएस आदान प्रदान गर्दै गरिरहेको छ । एसएमएस बाटै तरकारी बजारको थोक मूल्य थाहा पाउन सकिने, श्रम स्वीकृतिको स्थिति सम्बन्धी सूचना एसएमएसमार्फत प्रदान गर्दे अत्यावश्यक पहुँच हुनगई छोटो समयमानै आवश्यक सूचनाहरु प्राप्त गर्न अत्यन्तै सहज भएको छ । 

उक्त सुविधाले दुर्गम क्षेत्रका किसानलाई आफ्नो जिल्लाका थोक खरिदकर्ताहरूबाट आफ्नो उत्पादनका लागि राम्रो मूल्यमा सम्झौता गर्न पनि अत्यन्तै सहजता थपेको छ ।   

सामाजिक हितका लागि स्प्यारो एसएमएसले प्रदान गर्दे आएको यस्ता परियोजनाले सामाजिक हितका लागि प्रविधिबाट भरपुर फाईदा पुगेको कम्पनीले जनाएको छ । 

१४ वर्षको अवधिमा भाइबर बिजनेस र ह्वाट्सएप म्यासेजिङ जस्ता प्रशिद्ध अन्तर्राष्ट्रिय सञ्चार प्लेटफर्महरू नेपालमा भित्र्याएको थियो ।  

यस रणनीतिक सहकार्यले स्प्यारो एसएमएसको विश्वव्यापी पहुँचलाई मात्र विस्तार गरको मात्रै छैन, यसले सिमारहित कनेक्टिभिटीलाई बढाउँदै विश्वभरका प्रयोगकर्ताहरुका लागि सञ्चार अनुभवलाई पनि समृद्ध बनाएको छ ।

कम्पनीले इन्टरप्राईजेज बिजनेस सञ्चार प्रदायकको रुपमा इन्टरप्राइज केन्द्रित सेवाले व्यवसायहरुलाई परिष्कृत सन्देश प्रवाह गर्दै ग्राहक संलग्नता र व्यापार वृद्धिलाई अत्यन्तै प्रभावकारी बनाउन सहयोग जनाएको छ । 
 

अपडेट

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी प्रभाग बलम्बुलाई सीसीटीभी र गोप्रो क्यामेरा सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रभाग बलम्बुलाई ३ थान सीसीटीभी क्यामेरा र २ थान गोप्रो…

सरकारले ‘गिग’ अर्थतन्त्रमा युवालाई आवद्ध हुन प्रोत्साहित गर्ने, स्टार्टअप कोष स्थापना हुने

सरकारले ‘गिग’ अर्थतन्त्रमा युवाहरुको पार्ट–टाइम आवद्धतालाई प्रोत्साहित गर्ने भएको छ । 

सत्ता गठबन्धनमा आबद्ध पाँच राजनीतिक द…

सरकारले पटक पटक कागजात बुझाउनु पर्ने झण्झट अन्त्य गर्ने, ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने

सरकारले सरकारी कार्यालयमा पटक पटक कागजात बुझाउनु पर्ने झण्झटलाई अन्त्य गर्ने भएको छ । 

एप्पलको आईफोनमा के के हुनेछन् फिचर ?

एप्पलले केही समयमै आइफोन १६ लाइनअप सार्वजनिक गर्दै छ । यस पटक, सन् २०२४ मा आउने आइफोनको पछिल्लो सिरिजमा डिजाइन&nda…

अब ह्वाट्सएपमा ३० सेकेण्ड भन्दा लामो भिडियो सेयर गर्न सकिने

ह्वाट्सएप प्रयोगकर्ताहरूले अब ३० सेकेन्ड भन्दा लामो समयका भिडियोहरू स्टेटसमा सेयर गर्न सक्ने भएका छन् । वाबेटाइन्फोले आफ्नो एक्स ह्या…

अब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट हेर्न सकिने

अब नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाटै स्कुलका बस राउट हेर्न मिल्ने भएको छ । एपमा सवारी साधन ट्रयाक…

आईएमई पेको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्या बढ्दो

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्ने सुविधा धेरैको रोजाइमा प…

अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईट नेटवर्क विकास गर्दै स्पेसएक्स

एलन मस्कको कम्पनी स्पेसएक्सले अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईटको नेटवर्क विकास गर्ने भएको छ । जासुसी स्याटेलाईटको…

एनटी फाइबर प्रयोग गर्दा दैनिक रूपमा मोबाइलमा डाटा सुविधा

नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको …

एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न मन्त्री अर्यालको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । …

सीजीले ल्यायो फ्री एसी सर्भिस क्याम्प अफर

सीजी ब्रान्डले आफ्नो फ्री एसी सर्भिस क्याम्प अफर ल्याएको छ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेव…

मस्कद्वारा एआईको स्मार्टनेसमा आधारहीन दावी, मेटाले जनायो प्रतिक्रिया

एलन मस्क र एआई, दुवै यस्ता विषय हुन् जुन प्रायः चर्चाको विषय बन्छन् । मस्क आफ्नो भनाइका कारण सधैं हेडलाइनमा रहन्छन् र यही प्रवृत्तिल…

ह्वाट्सएपमा धेरै स्क्रोल नगरी यसरी खोज्नुहोस् पुरानो मेसेज

ह्वाट्सएप प्रयोग गर्दा, धेरै पटक हामीलाई पुराना मेसेजहरू चाहिन्छ । पुरानो च्याट हेर्नका लागि स्क्रोलिङको सहारा लिनुपर्छ । म्यासेज …

लिंक्डइनमा गेमिङ सुविधा आउँदै

लिंक्डइनमा अब गेमिङ सुविधा समेत उपलवब्ध हुने भएको छ । प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्न लिंक्डइनले गेमिङ सुविधा समेत ल्याउन…

आईटीको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नु…