कीवर्डहरू -

अपडेट

एचआर मिट २०२४ मा एनसेल दुई अवार्डबाट सम्मानित

नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरे वापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ जित्न सफल भएको छ ।

स्वतन्त्र मानव संसाधन परामर्श कम्पनी ग्रोथ सेलर्स प्रा.लिले आयोजना गरेको एचआर मिट २०२४ को विशेष समारोहमा शनिबार एनसेललाई यी अवार्डहरु प्रदान गरिएका हुन् । राष्ट्रिय मानव संसाधन उत्कृष्टता सम्मान अर्थात नेशनल एचआर एक्सिलेन्स अवार्ड नेपालमा प्रदान गरिने सबैभन्दा ठूलो एचआर अवार्डको रुपमा चिनिन्छ र यसअघि एनसेलले नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२० पनि जितेको थियो ।

एनसेल एचआर मिट २०२४ मा दुईवटा विधामा अवार्ड प्राप्त गर्ने एक मात्र कम्पनी हो । यो सम्मान एनसेलले व्यवसाय सञ्चालनका हरेक पक्षमा उत्कृष्टताका लागि गरेका निरन्तरको प्रयासको प्रमाण भएको कम्पनीको भनाइ छ । 

नेशनल एचआर एक्सिलेन्स सम्मानका साथै एनसेललाई ‘एक्सिलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट अवार्ड २०२४’ पनि प्रदान गरिएको छ । यस अवार्डले अन्तर्राष्ट्रिय सिकाइ र विकास अभ्यासहरूका साथ श्रमशक्तिको पोषण गर्ने कम्पनीको संस्कृति र प्रतिबद्धताको सम्मान गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यी अवार्डहरुबाट सम्मानित भएपछि यो उपलब्धि एनसेलले कर्मचारी केन्द्रित भएर कार्य गर्ने एक प्रमाण भएको बताए ।

प्रा.डा. विजय केसी, बिना राणा र रीतु न्याछो सम्मिलित निर्णायक मण्डलले एनसेललाई ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ बाट सम्मान गर्ने निर्णय गरेको थियो ।

एचआर मिट २०२४ मा विभिन्न कम्पनीहरुलाई क्षेत्रगत रुपमा गरिएका उत्कृष्ट कार्यको सम्मान गर्दै एचआर इनोभेशन एन्ड टेक्नोलोजि अवार्ड २०२४, एक्सिलेन्स इन इम्प्लोयर एक्पिरियन्स अवार्ड २०२४, एक्सिलेन्स इन इम्प्लोयर ब्रान्डिङ अवार्ड २०२४ र एक्सिलेन्स इन इन्डष्ट्रयिल रिलेशन अवार्ड २०२४ प्रदान गरिएका थिए ।
 

अपडेट

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह गरेकी …

लिंक्डइनमा पनि शर्ट भिडियो हाल्न सकिने सुविधा आउँदै

छोटो भिडियोको बजार दिनानुदिन बढिरहेको छ । रोजगार खोज्न सघाउने प्लेटफर्म लिंक्डइन शर्ट भिडियो बजारमा प्रवेश गर्ने भएक…

पर्सामा अब वडा कार्यालयले नागरिकता सम्बन्धित विवरण प्रविष्ट गर्न सक्ने

जिल्ला प्रशासन कार्यालय पर्साले केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली आजदेखि कार्यान्वयनमा ल्याएको छ। सङ्घीय सरकारको नीतिअनुसा…

भाइबरमा पनि अब एआईसँग च्याट गर्न र जानकारी लिन सकिने, इन्फ्लेक्शनसँग सहकार्य

लोकप्रिय म्यासेजिङ प्लेटफर्म राकुटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ।

एमडीएमएस खरिदमा भ्रष्टाचार, २ जना पूर्व अध्यक्षसहित १९ जना विरूद्ध मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदातलमा …

ट्वीटरमा धेरै फलोअरहरू भएमा निःशुल्क प्रिमियम सेवा प्रयोग गर्न पाइने

ट्वीटरमा धेरै सब्सक्राइबर भएमा प्रिमियम फिचर प्राप्त गर्न सकिने भएको छ । प्रिमियम सेवा अन्तर्गत प्रयोगकर्ताहरूले पोस्ट सम्पादन गर्ने, …

रुट परमिटको पटके भुक्तानी अब अनलाइनबाटै

बागमती प्रदेशले अस्थायी बाटो इजाजत पत्र (रुट परमिट) को पटके भुक्तानी अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ ।

कुमारी बैंकको मोबाइल एपबाटै अब निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा पाइने

अब कुमारी बैंकमा मुद्दति निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म…

अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न सर्वोच्चको आग्रह

सर्वोच्च अदालतले अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न आउन अनरोध गरेको छ । सर्वोच्चले १५ दिन भि…

अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि विभागको निर्देशन, सञ्चालन गरेमा कारबाही

औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट…

एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स जुन १० बाट सुरु हुँदै

एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) को प्रतीक्षा समाप्त भएको छ । डब्लुडब्लुडीसी जुन १० देखि १४ सम्म आयोजना हुँदैछ…

हराएको फोन खोज्न सघाउने गूगल म्याप्सको फिचर

आजभोलि गन्तव्यमा पुग्न गूगल म्याप्सले हामीलाई धेरै सहज बनाएको छ । एक ठाउँबाट अर्को ठाउँमासम्म जान मद्दत गर्ने महत्त्वपूर्ण सार…

नेपाल संवतमा मिति रूपान्तरण गर्न सकिने ‘तिथिमिति डट कम’

राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र आईटी कम्पनी स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवत्‌को…

सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक

चौधरी ग्रुपअन्तर्गतको कम्पनी ईओएल प्रालिले नयाँ सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक गरेको छ । ब्रान्ड…

मनिग्रामबाट पठाएको रेमिट्यान्स आईएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस पाइने

आईएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको …