अपडेट
हुम्लाको दक्षिणी भेग ताँजकोटमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकामा नेपाल टेलिकमको ‘फोरजी’ सेवा सञ्चालनमा आएको छ। वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको ताँजकोट गाउँपालिकाको दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको हो।
मङ्गलबारदेखि ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालनमा आएसँगै आसपासका सबै गाउँका साथै यहाँका स्थानीय उत्साहित भएका छन्। गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत सहज भएको ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए।
‘इन्टरनेट सेवा नहुँदा गाउँपालिकाका नागरिकलाई निकै समस्या बनाएको थियो,’ अध्यक्ष जैसीले भने, ‘फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन, सूचना आदानप्रदानको कामसमेत सहज हुनेछ।’
गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना प्रवाहमा सहज हुनुका साथै अन्य सूचनासमेत थाहा पाउनका लागि मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे ताँजकोटवासी अब इन्टरनेटका माध्यमबाट घरमै बसेर जानकारी पाउने भएका छन् ।
ताँजकोटका पाँचवटै वडा कार्यालयमा फोरजीसहितको इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष जैसीले बताए । जनताका कामलाई छिटोछरितो सेवा प्रवाह गर्न सहज हुने भएकाले ताँजकोट गाउँपालिका इन्टरनेट सेवा विस्तार भएपछि जुनसुकै तालिम, गोष्ठी, अनलाइन फारम भर्न र अनलाइनबाट हुने सबै काम सहज हुने विश्वास लिइएको छ। यसअघि ताँजकोट क्षेत्रमा घाम लागेपछि मात्रै टेलिफोनले काम गर्ने अवस्था थियो ।
ताँजकोट गाउँपालिकाको पहलमा ताँजकोटका गाउँगाउँमा फोरजी सेवा विस्तार भएको ताँजकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र स्याङकुले बताए । टावरमा सोलार पावर जडान गरेकाले विगतको जस्तो घाम नलागेसम्म टेलिफोन इन्टरनेट नआउने समस्या अन्त्य भएको छ। रासस
अपडेट
गुगल म्याप्सको असिस्टेन्ट ड्राइभिङ मोड फेब्रुअरी २०२४ मा बन्द हुँदै
गुगलले सन् २०२० मा नै आफ्नो गुगल म्याप्सको असिस्टेन्ट ड्राइभिङ मोड फिचर बन्द गर्ने घोषणा गरेको थियो र अब यसको समय आएको छ । रिपोर्…
ह्वाट्सएपमा ७१ लाख बढि अकाउन्टहरू प्रतिबन्धित
ह्वाट्सएपले कुल ७१,९६,००० अकाउन्टहरू प्रतिबन्ध लगाएको छ । जसमध्ये १९ लाख ५४ हजार खाता उजुरी आउनुअघि नै प्रतिबन्धित भएका छन् । नो…
नेपालको जेठो अस्पताल विर अस्पतालमा एडुरोम सेवा विस्तार
विर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध एडुरोम (eduroam) सेवा थप क्षेत्रमा विस्तार भएको छ । यो सँगै इडियुरोममा आवद्…
न्याय प्रशासनको एक वर्ष: स्वचालित पेसी तारेखदेखि भर्चुअल सुनुवाइसम्म
सर्वोच्च अदालतले पाँच वर्ष नाघेका मुद्दालाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा शून्यमा पुर्याउने लक्ष्यका साथ मुद्दा फर्छ्योटलाई तीव्रता दि…
एभरेष्ट बैंकका कार्ड प्रयोगकर्तालाई एएसजी आइ केयरमा छुट
एभरेष्ट बैंक लिमिटेड र एएसजी आइ केयर हेल्थ सर्भिस नयाँबानेश्वर बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भए…
माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र पोस अक्वायरिङ सर्भिसबाट सम्मानित
माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको छ।
<…कन्दरा ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनरमा आईएमई पे
कन्दरा साङ्गीतिक ब्यान्डले सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश” आन्तरिक पर्यटनको प्रवर्धन सन्देश ल…
फूडमान्डुको नयाँ वर्ष अफर, अनलाइन अर्डरमा ३० प्रतिशतसम्म छुट
नेपालको पहिलो फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ ।
ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा क्यूआर भुक्तानीमा १७ प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म …
इसेवाबाट थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने भएको छ । लामो समयद…
ललितपुर महानगरपालिकालाई स्मार्टसिटीको रूपमा अगाडि बढाउन खोजेका छौः मेयर महर्जन
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने चाहना रहेको बताएका छन् ।
च्याटजीपीटीलाई लाग्यो कपिराइटको आरोप, ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर
द न्यूयोर्क टाइम्सले गत बुधबार अमेरिकी अदालतमा ओपनएआई र माइक्रोसफ्ट विरुद्ध मुद्दा दायर गरेको छ ।
तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना हुने
तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना हुने भएको छ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्…
शीघ्र आवश्यक पर्नेलाई अब तीन दिनमै ड्राइभिङ लाइसेन्सको स्मार्ट कार्ड प्रिन्ट हुने
यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) शीघ्र आवश्यक पर्ने नेपाली नागरिकलाई तीन दिनभित्रै स्मार्ट कार्ड प्…
आइएमई पे र एजुकेशन पार्कबीच सम्झौता, तयारी कक्षामा ५० प्रतिशत छुट
नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र एजुकेशन पार्कबिच आइईएलटिएस र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ…