कीवर्डहरू -

अपडेट

नेपाल टेलिकमको सिम प्रयोग गर्नेलाई पहिले भन्दा सस्तो दरमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको छ । यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौता अनुसार उक्त महशुल दरमा भारी कटौती भएकोले थप सस्तो दररेटमा सेवा सञ्चालन गरिएको हो । 

यस अनुसार अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरुले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरुको नेटवर्कमा आवद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा सेवा उपलब्ध हुनेछ । 

अब नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध हुनेछ । त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने छ । 

रोमिङ सेवा र यसको महसुल दर वारेमा विस्तृत विवरण यो लिंकमा हेर्न सकिन्छ । 

डाटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले नेपालमै रहदा आफ्नो मोबाइलबाट *1415*7# डायल गरी वा प्रिपेड ग्राहकहरुले नेपाल टेलिकम एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिने छ । 

परिमार्जित दररेट सस्तो र सुलभ हुने भएकोले रोमिङ सेवा प्रयोगकर्ताहरुका लागि डाटा रोमिङ सेवा उपयोगी हुने र  सेवा प्रयोग गर्ने परिपाटीमा वृद्धि हुने अपेक्षा कम्पनीको रहेको छ । 


 

अपडेट

भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स सुविधा

राकुटेन भाइबरले च्याट फोल्डर्स नामक नयाँ सुविधा ल्याएको छ । प्रयोगकर्ताहरूलाई विशेष कुराकानीहरू छिटो खोज्न र सञ्चार म्यानेज गर्ने…

मेटाले इन्स्टाग्राममा सार्वजनिक गर्याे केही नयाँ फिचर

इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूको च्याटिङ अनुभवमा सुधार गर्दै डाइरेक्ट मेसेजका लागि केही नयाँ सुविधाहरू ल्याएको छ । इन्स्टाग्राम…

वेबसाइट बनाउन सिक्न चाहनेहरुको लागि एक महिने अनलाइन तालिम संचालन हुँदै

अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूलाई लक्षित गर्दै …

चाँडै अटो ड्राइभिङ कार सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युत…

सन् २०२५ मा विन्डोज टेनको सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले अक्टाबेर १४, २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएको छ । विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएसँगै माइक्रोसफ्टले अब विन्डोज सा…

टीसीएल फेरि बन्यो ग्लोबल शीर्ष २ टीभी ब्रान्ड

टीसीएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाको ग्लोबल टप २ टिभि ब्रान्डको रूपमा फेरि मान्यता पाएको छ।  यो उपलब्धिको म…

आइडब्लुडी कन्क्लेभ २०२४ सम्पन्न

सूचना प्रविधिमा महिला ९डब्ल्यूआईआईटी० ले प्राइम आईटी क्लबसँगको सहकार्यमा मार्च ८ मा विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय महिला द…

ड्रिमल्याण्डमा कामना सेवा विकास बैंकका मोबाईल बैंकिङ प्रयोगकर्तालाई दश प्रतिशत छुट

कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग  सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरे…

एनसेल र ईएन्ड इन्टरनेसनलबिच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी

एनसेलले बुधवार आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुव…

खल्ती क्यु-आरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा उपलब्ध

नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा अब कार्यन्वयनमा आउने भएको छ । यस सँगै खल्तीले फोनपे सँगको सहकार्यमा भारत…

'इन्भेस्ट इन हर : मेन एज कोपाटर्नस टू इम्पावर वुमन इन आइसिटी' विषयमा आइडब्लुडी कन्क्लेभ २०२४ आयोजना हुँदै

सूचना प्रविधिमा महिला (डब्ल्यूआईआईटी) ले प्राइम आईटी क्लबसँगको सहकार्यमा मार्च ८ मा विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय महिला द…

डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु

फागुन १८ अर्थात आजबाट डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु भएको छ । दुई दिन चल्ने यो कन्क्लेभ कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानु…

एनसेलले खुद्रा बिक्रेता सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्दै

एनसेलले आफुसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम संचालन गरेको घोषण…

इसेवाले ल्यायो नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा

नेपालमा सबैभन्दा धेरै पर्यटकहरू हाम्रो छिमेकी मित्र राष्ट्र भारतबाट नै आउने गरेका छन्( यो त हामी सबैलाई थाहा भएकै कुरा भयो। दु…

के तपाईको आईफोनले आईओएस १८ अपडेट पाउनेछ? यी २४ मोडेलहरूमा हुनसक्छ सार्वजनिक

एप्पलले यसै वर्ष जुनमा हुने वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) मा आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस १८ लन्च गर्ने भएको छ ।…