अपडेट
विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्तानी प्रणाली कारोबारको समय सीमा फेरबदल
नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीका कारोबार र समय सीमा समेत परिवर्तन गरिएको छ ।
साथै शनिबार र आइतबार हुने सार्वजनिक विदालाई समेत मध्यनजर गरी, उक्त प्रणालीहरू शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने गरी विद्यमान सत्रहरुको समय संशोधन तथा थप नयाँ सत्रहरुको व्यवस्था गरी जेष्ठ ३ देखि लागू हुने गरी प्रणालीहरुको समय सीमा परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।
उक्त व्यवस्था अनुसार चेक क्लियरिङ्ग प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ः०० बजे सम्म र एक्सप्रेस सत्रमा दिउँसो ४ः०० बजे सम्म पेश हुन आएमा चेकहरू सोही दिनमा नै राफसाफ भई अन्तिम सेटलमेन्ट ५ः१५ पछि हुने व्यवस्था गरिएको छ ।
हरेक २–२ घण्टा भित्र चेकको राफसाफ गर्न मिल्ने एक्स्प्रेस क्लियरिङ्ग दिउँसो ४ः०० बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा ४ वटा एक्स्प्रेस क्लियरिङ्ग सत्रहरु सञ्चालनमा रहने व्यवस्था गरिएको छ । त्यस्तै रु.२०—३० करोड सम्मको चेक राफसाफको लागि हाई भ्यालू चेक क्लियरिङ्गको सत्र पनि थप गरी दिउसो ३ः०० बजे सम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी अन्तर बैंक भुक्तानी प्रणालीमा साँझको ५:०० बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरू सोही दिनमा नै राफसाफ हुने व्यवस्था गरिएको छ । साथै बिहान ९ः०० बजेदेखि ५ः०० बजे सम्म प्राप्त भुक्तानी आदेशहरू हरेक २—२ घण्टामा नै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु प्नि थप गरिएका छन् ।
हरेक कार्यदिनको ५ः३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी फण्डिङ्ग सम्बन्धी भुक्तानी आदेशहरू समेत सोही दिनमा फर्छ्यौट हुने व्यवस्था गरिएको छ ।
तोकिएको समय सीमा पश्चात प्रणालीमा पेश हुन आएका कारोबारहरू अर्को कार्य दिनमा राफसाफ हुने व्यवस्था यथावत् रहने छ भने जाडो महिनामा (कार्तिक १६ गते देखि माघ १५ गते सम्म) को समय सीमा सँग मिल्ने गरी समय सीमा एक घण्टाको लागि कम हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
अपडेट
नयाँ बानेश्वोरमा फ्युज्मेसिन्सको केन्द्रिय कार्यालय उद्घाटन, एआइ प्रविधिमा विश्वस्तरीय सेवा र प्रडक्टमा केन्द्रित हुने
फ्युजमेशिनले काठमाडौँमा नयाँ अफिसको उद्घाटन गरेको छ । कम्पनीले देवकोटा सडक, नयाँ…
असार पहिलोसाता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ आयोजना हुँदै, डिजिटल रुपान्तरणका विषयमा छलफल केन्द्रित
काठमाडौं । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ‘ह्वावे डि…
विदेशी नेपालीले स्वदेशी आफन्तलाई खाना अडर गर्न सक्ने सेवा ल्याउँदै हाम्रोपात्रो
काठमाडौं । देशकै लोकप्रिय एकिकृत प्लेटफर्म हाम्रोपात्रो एपले अब अनलाइन फूड डेलिभरी…
तृतीय त्रैमासिकमा ४५ करोडले घट्यो नेपाल टेलिकमको खूद नाफा
काठमाडौं । चालू आर्थिक वर्ष २०७८ ७९ को तृतीय त्रैमासिकमा नेपाल टेलिकमको खूद नाफा…
एनसेलको चुनाव लक्षित आकर्षक बोनस डेटा अफर सार्वजनिक
एनसेल आजियाटाले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । …
बुटवलमा डिशहोम फाईबरनेटको सोरुम सुचारु
डिशहोम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल…
चोरीका ल्यापटप, क्यामेरा तथा मोबाइलसहित २ जना पक्राउ
काठमाडौंका बिभिन्न स्थानबाट ल्यापटप, क्यामेरा तथा मोबाइल लगायतका विद्युतीय सामग्रीह…
आज राती १२ बजेबाट सामाजिक सञ्जालमा चुनावी प्रचार प्रसार गर्न नपाईने
काठमाडौं । मंगलबार राती १२ बजेबाट सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट चुनावी …
जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला हुने
यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (ला…
आइडेन्टीटी सेक्युरिटी कार्यक्रम आयोजना गर्दै साइबर आर्क र डिजिटल नेटवर्क टिम
काठमाडौं । अब राष्ट्रिय परिचयपत्रको छपाई प्रक्रिया नेपालबाटै सुरु भएको छ । राष्ट्रिय…
भ्रमपूर्ण प्रचार गर्ने अनलाइन फार्मेसीलाई कारवाही गर्ने विभागको चेतावनी
स्वास्थय तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभागको पूर्व अनुमति नलिईकन औषध…
एप्पलको डिजिटल आईडी कार्ड सार्वजनिक, क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्ने
एप्पलले डिजिटल आईडी कार्ड सार्वजनिक गरेको छ । यो फिचर पहिले सन् २०२१ मा आउने भनिए…
अब खल्तीमा बैंक लिङ्क रिफर गरी कमाउन सकिने
अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिङ्क रि…
आईएसपीका लागि खुल्यो डलर सटहीको सुविधा, इन्टरनेट नियमित हुने
काठमाडौं । अन्तर्राष्ट्र्रिय ब्याण्डविथको भुक्तानीका लागि डलर सटही खुल्ला भएको छ । बेर…