कीवर्डहरू -

अपडेट

चार्जर र केबलबिनै स्मार्टफोन: सोनीको निर्णयले स्मार्टफोन उद्योगमा नयाँ मापदण्ड तोकिन सक्छ

पछिल्ला केही समयदेखि स्मार्टफोन प्याकेजिङ्ग निरन्तर हल्का हुँदै गएको छ। पहिले कम्पनीहरूले चार्जिङ एडाप्टर हटाएको थिए र अब यूएसबी केबलको पालो आएको जस्तो देखिन्छ। भर्खरै एक रेडिट पोष्टमा खुलासा भएको छ कि सोनी एक्सपिरिया 10 VII को बक्समा न त चार्जर छ र न त यूएसबी-सी केबल। बक्सको पछाडि यसबारे स्पष्ट उल्लेख गरिएको छ, जसले देखाउँछ कि यो गल्ती होइन, कम्पनीले सोच–विचार गरेर उठाएको कदम हो।

सोनी सधैं उद्योगका ट्रेन्डसँग तालमेलमा रहँदै आएको छ। यसकारण यो निर्णय आगामी समयमा स्मार्टफोन उद्योगका लागि नयाँ मापदण्ड बन्न सक्ने सम्भावना छ। त्यस्तै, अर्का कम्पनीहरूले पनि यो ट्रेन्ड अपनाएर आफ्ना फोनसँग केबल उपलब्ध गराउन छोड्न सक्छन्। चार्जिङ एडाप्टर हटाउने ट्रेन्ड पहिले एप्पलले सुरु गरेको थियो र त्यसपछि स्यामसंग र कई ठूला निर्माताले पनि यही चलन अनुसरण गर्दै आफ्ना प्याकेजबाट चार्जिङ एडाप्टर हटाए। मतलब, अब छिट्टै स्मार्टफोन बक्समा यूएसबी-केबल नहुनु सामान्य कुरा बन्न सक्छ।

कम्पनीहरूको तर्क छ कि यूएसबी-केबल हटाउनुको उद्देश्य इ-वेस्ट घटाउनु र प्लास्टिक प्याकेजिङ्ग कम गर्नु हो। आज अधिकांश उपभोक्ताहरूको हातमा पहिले नै धेरै यूएसबी-सी केबलहरू हुन्छन्, त्यसैले नयाँ बक्समा त्यसलाई थप्नु अअनावश्यक रहेको बताइन्छ। तर वास्तविकताका अर्को पक्ष हेर्दा एक्सेसरीहरू हटाउँदा कम्पनीहरूको लागत घट्छ। यसरी उनीहरूले फोनमा केही रुपैयाँ बचाउँछन्, तर करोडौं युनिट बिक्रि हुँदा त्यो बचत अरबौँमा पुग्छ। पछि कम्पनीहरूले ती एक्सेसरीहरू अलग्गै बिक्रि गरेर अतिरिक्त मुनाफा पनि कमाउँछन्।

यदि तपाईंको हातमा पहिले नै धेरै केबलहरू छन् भने पनि ती सबै भरपर्दो नहुन सक्छन्। सस्तो वा अनसर्टिफाइड केबलले स्लो चार्जिङ, ओभरहीटिङ वा शर्ट सर्किट जस्ता समस्याहरू गराउन सक्छ। धेरै प्रयोगकर्ताले लामो समयको प्रयोगपछि केबल पिन जली गएको वा कनेक्टर खराब भएको उजुरी गरेका छन्। यस्तो अवस्थामा मानिसहरू बारम्बार नयाँ केबल किन्छन् र त्यसले फोहोर बढाउँछ जसले कम्पनीहरूको ‘इको-फ्रेन्ड्ली’ दाबी कमजोर बनाउँछ।

एप्पलले भर्खरै सार्वजनिक गरेका एयरपड्स मोडलहरूमा यूएसबी-सी केबल दिन बन्द गरेको छ, र अहिले सोनीले पनि आफ्नो स्मार्टफोनमा यही कदम उठाएको छ। यदि इतिहासले आफैँलाई दोहोर्यायो भने, छिट्टै स्यामसंग, शाओमी जस्ता ठूला कम्पनीहरू पनि यसै बाटो हिँड्न सक्छन्।

अपडेट

अब च्याटजीपीटी भित्रै स्पोटीफाई र क्यान्भा जस्ता एप्ससँग अन्तरक्रिया गर्न सकिने

ओपनएआईले सोमबार आफ्नो डेभ डे कार्यक्रममा नयाँ एप्स एससीडके घोषणा गर्दै च्याटजीपीटी भित्रै लोकप्रिय तेस्रो-पक्ष एप्स प्रयोग गर्न सकिन…

ओपनएआईले सार्वजनिक गर्‍यो एजेन्टकिट, एआई एजेन्ट निर्माण र सञ्चालन सजिलो बनाउने लक्ष्य

ओपनएआईका प्रमुख कार्यकारी अधिकारी स्याम आल्टम्यानले सोमबार कम्पनीको डेभ डे कार्यक्रममार्फत एजेन्टकिट नामक नयाँ टुलकिट सार्वजनिक गर…

प्रधानमन्त्रीले खोलिन् नयाँ सामाजिक सञ्जाल अकाउन्ट, जीमेल प्रयोगले साइबर सुरक्षामा प्रश्न

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाता सञ्चालनमा ल्याएकी छन्। उनले आइतबारदेखि फेसबुक, एक्स (ट्विटर) र इन्स्टाग्राममा आफ्नो नाममा नयाँ &…

ओपनएआई र जोनी आइभको एआई डिभाइस विकासमा चुनौती

ओपनएआई र एप्पलका पूर्व प्रमुख डिजाइनर जोनी आइभले संयुक्त रूपमा तयार गर्न लागेको नयाँ एआई डिभाइसमा प्राविधिक समस्या देखा परेको …

एनएफसी प्रविधि प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्

सम्पर्करहित भुक्तानी प्रविधि ‘एनएफसी’ प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस् आजकल भुक्तानीको आधुनिक माध्यमको रूपम…

ओपनएआईले किन्यो रियो स्टार्टअप, वित्तीय क्षेत्रमा पनि प्रवेश गर्न खोजेको सङ्केत

ओपनएआईले रियो (Rio) नामक स्टार्टअप अधिग्रहण गरेको छ। यसपटक एआई कम्पनीले प्रयोगकर्तालाई आफ्ना सम्पूर्ण वित्तीय पोर्टफोलियो एकै ठाउँ…

के ट्रिलियन डलर सम्पत्ति भएको व्यक्ति बन्लान एलन मस्क ?

विश्वकै धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति ५०० अर्ब डलर पुगेको छ । बुधबार मस्कको जम्मा सम्पत्ति आधा ट्रिलियन डलर अर्थात् ५०० अर्ब डलर…

विपद्को मौका छोपेर बढी भाडा असुल्ने राइड शेयरिङविरूद्ध कारवाही गर्ने प्रशासनको चेतावनी

जिल्ला प्रशासन काठमाडौंले मनसुनजन्य विपद्को समयमा बढी भाडा लिने इन्ड्राइभ, पठाओ, याङ्गो लगायतका राइड सेयरिङ चालकहरूलाई कारवाही…

इन्डोनेसियमा टिकटकको लाइसेन्स निलम्बन, आवश्यक डेटा उपलब्ध नगराएको आरोप

इन्डोनेसियाले लोकप्रिय सामाजिक सञ्जाल टिकटकको सञ्चालन लाइसेन्स निलम्बन गरेको छ। टिकटकले अगस्ट महिनामा भएको देशव्यापी प्रदर्शनको स…

बाढी तथा मौसम सम्बन्धि जानकारी यसरी लिनुहोस्

देशका विभिन्न ठाउँमा वर्षा सुरू भएको छ । यसअघि नै जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म पानी पर्ने बताइसकेको छ । …

ओपेराको एजेन्टिक एआई ब्राउजर नियोन सार्वजनिक, यस्ता छन् सुविधा

वेब ब्राउजर निर्माता ओपेराले आफ्नो नयाँ एजेण्टिक एआई ब्राउजर ‘ओपेरा नियोन’ (Opera Neon) सार्वजनिक गरेको छ ।

परप्लेक्सिटीको कोमेट एआई ब्राउजर अब विश्वभर निःशुल्क उपलब्ध

परप्लेक्सिटीले आफ्नो कोमेट एआई ब्राउजर सबैका लागि निःशुल्क उपलब्ध गराएको छ। यसअघि यो सेवा परप्लेक्सिटी म्याक्स प्रयोगकर्ताहरूल…

एरिजोनामा अमेजनका दुई डेलिभरी ड्रोन क्रेनसँग ठोक्किँदा दुर्घटना

एरिजोनाको टोल्सनमा अमेजनका दुई डेलिभरी ड्रोनहरू क्रेनसँग ठोक्किँदा दुर्घटना भएको छ। यो घटना अमेजनको फुलफिलमेन्ट सेन्टरबाट करिब…

एडोबीले आईफोनमा ल्यायो प्रिमियर एप, क्यापकट र एडिट्ससँग प्रतिस्पर्धा

डेस्कटपमा सबैभन्दा धेरै प्रयोग हुने भिडियो सम्पादन सफ्टवेयरमध्ये एक एडोबी प्रिमियर अब आईफोनमा पनि उपलब्ध भएको छ।

टिकटक, रिल्स र शर्ट्ससँग प्रतिस्पर्धा गर्न ओपनएआईले ल्यायो सोरा एप, एआई जेनेरेटेड भिडियो शेयर गर्न सकिने

एआई कम्पनी ओपनएआईले मंगलबार आफ्नो नयाँ भिडियो र अडियो जेनेरेटर ‘सोरा २’ सार्वजनिक गरेको छ । यसअघि आएको सोरा मो…