कीवर्डहरू -

अपडेट

ड्रोनको प्रयोग गरेर व्यावसायिक कृषि खेती

दोधारा चाँदनीको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुगेका थिए।

काठमाडौँको एउटा ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए। काठमाडौँबाट टमाटरको बीउ लिएर कञ्चनपुर फर्किएका उनले त्यसयता विदेश जाने योजना बनाएका छैनन्।

काठमाडौँबाट फर्किएपछि सुरुमा आधा कट्ठा जमिनमा तीनवटा पोलिहाउस बनाएर टमाटरखेती गरेँ”, वडायकले विगत सम्झँदै भने, “खेतीबाट फाइदा भएन, त्यसपछि तालिम लिएर खेती गर्छु भनेर भारतको पन्तनगर गएर दुई दिनको तालिम लिएँ।”

तालिमपछि खेतीमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर एक करोड बढीको कृषियन्त्र जोडेका छन्। उनी हाल वार्षिक रु २६ लाखसम्म आम्दानी गर्छन्। उनले आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो र धानखेती जस्ता कृषि उपज उत्पादन गर्दै आएका छन्।

वडायकले भने, “खेती विस्तार गरेर वार्षिक रु एक करोडसम्म कमाउने लक्ष्य राखेको छु।” उनले खेतीका लागि अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको जानकारी दिए।

उनले हालसम्म खेतीबाट प्राप्त आम्दानीले एक करोड बढी मूल्यका कृषि यन्त्रहरु खरिद गरेका छन्। उनले भने, “ड्रोनको प्रयोग खेतीमा सहज हुने भएकाले गत वर्ष मात्रै दश लाखमा ड्रोन खरिद गरेको छु।” उनले ड्रोनको प्रयोगबाट खेती गर्दा लागत कम हुनाका साथै उत्पादन समेत वृद्धि भएको बताए।

उनले भारतका विभिन्न शहरमा व्यावसायिक खेतीको तालिम लिएका छन्। “दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, महाराष्ट्रको साङ्लीमा व्यावसायिक खेतीको तालिम लिएर यहाँ आएपछि खेतीमा सजिलो भयो”, वडायकले भने।

उनका अनुसार ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ। यसबाट उनले बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधि छर्कने गरेका छन्। उनले भने, “ड्रोनको प्रयोगले विषादी छर्किंदा मानिसले भन्दा राम्रो छर्किने र किसानको स्वास्थ्यमा विषादीले पनि असर गर्दैन।”

ड्रोनको प्रयोगले बीउबिजन र विषादी छर्किंदा थोरै लागतमा धेरै काम गर्न सकिने उनको भनाइ छ। उनलाई खेतीमा उनका परिवारका सदस्यहरुले समेत सहयोग गरेका छन्। उनले ‘सिजन’को बेला ३० देखि ४० जनालाई रोजगारी दिने गरेका छन्।

“सामान्य किसानले एक बिघा जग्गामा रु दुईदेखि तीन लाखसम्मको उत्पादन गर्ने गरेकामा मैले एक बिघामा करिब रु १४ लाख सम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु,” वडायकले भने, “प्राविधिक कुरामा मात्रै ध्यान दिन सके राम्रो उत्पादन हुन्छ।” उनले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताए।

वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशकै सर्वोत्कृष्ट कृषकका रुपमा सम्मानित भएका थिए। भीमदत्त नगरपालिकाको उत्कृष्ट किसानबाट समेत उनी सम्मानित भइसकेका छन्। “अहिले खेती गर्न थप सजिलो होस् भनेर मोबाइल ‘एप लन्च’ गर्ने तयारीमा छु”, उनले भने, “त्यो एपबाट कुन समयमा मल हाल्ने, कुन रोगबाट कसरी बच्नेलगायतका पूर्वजानकारी पाउन सकिन्छ।”

पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ। परम्परागत रुपमा गोरु र राँगा प्रयोग गरी जोत्ने ठाउँमा ट्याक्टर, मिनिटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छ भने बाली काट्न र पिस्न प्रविधिको प्रयोग भइरहेको छ।

काट्नलाई ‘रिपर’, ‘बुस कटर’, ‘कम्बाइन हार्भेस्टर’लगायतका अत्याधुनिक उपकरणको प्रयोग बढ्दो छ। खेतबारी खनजोतमा सहज हुने भएपछि यान्त्रिकीकरणतर्फ किसान आकर्षित भएका हुन्। रासस

अपडेट

इनड्राइभको ‘द बेटर ड्राइभ: इनिसिएटिभ – मनी, माइन्ड, म्यानर’ कार्यक्रम सम्पन्न

इनड्राइभले चालक साझेदारहरूको शशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मबजुत बनाउन ‘द बेटर ड्राइभः इनिसिएटिभ– मनी, माइन्ड, म्यानर’ विषयमा आ…

डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै

नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश गरेको छ । 

यस उपलब्धिको अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि व…

टीएसएमसीले सार्वजनिक गर्‍यो १.४ न्यानोमिटर चीप प्रविधि

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले आफ्नो नयाँ १.४ न्यानोमिटर (एनएम) चीप (प्रोसेसर) प्रविधि सार्वजनिक गरेको …

माइक्रोसफ्टको रिकल र सुधारिएको विन्डोज सर्च फिचर कोपाइलट एआई पीसीमा विस्तार

माइक्रोसफ्टले आफ्नो विवादास्पद रिकल फिचर घोषणा गरेको करिब एक वर्ष पछि अन्ततः कोपाइलट प्लस एआई पीसीहरूमा यसको सुरुवात गरेको छ ।…

वर्ल्डलिंकको ब्राण्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेट खेलाडीहर…

एक आपसमा समन्वय नहुँदा बिग्रेका ट्राफिक लाइट बनाउन सकस

एक आपसमा समन्वय नहुँदा बिग्रेका ट्राफिक लाइट बनाउन सकस देखिएको छ । 

काठमाडौं उपत्…

शिक्वल फाउन्डेसन र यूएन वुमनको सहकार्यमा आयोजित आइडियाथन २०२५ सम्पन्न

शिक्वल फाउन्डेसन र यूएन वुमन नेपालको सहकार्यमा आयोजित आइडियाथन २०२५ सम्पन्न भएको छ । यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो महिलामा…

सात दिने अल्टिमेटम दिएर सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी कदमप्रति ११ संस्थाको चिन्ता

११ वटा नागरिक संस्थाहरूको साझा समूह डिजिटल फ्रिडम कोलिसनले सात दिने अल्टिमेटम दिएर सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउ…

दैलेखको पर्यटकीय क्षेत्र गुराँसमा नेपाल टेलिकमको फोरजी सेवा

कर्णाली प्रदेशको सुर्खेत जिल्लाको गुराँस गाउँपालिका ४ मा नेपाल टेलिकमले फोरजी सेवा यही वैशाख ८ गतेबाट सञ्चालनमा ल्याएको छ।

फोरजी सेवा सञ्चालनमा…

च्याटजीपीटी, कोपाईलट, जेमिनाई वा ग्रोक: कुन एआई मोडेल कुन काममा उत्कृष्ट?

एआई अब भविष्यको होइन, वर्तमानको आवश्यकता बनेको छ । यो सामान्य जीवनमा काम गर्ने तरिकाहरूलाई तीव्र रूपमा परिवर्तन गर्दैछ, अर्थात् म…

नेपाल मोबाइल वितरक संघका नवनिर्वाचित पदाधिकारीहरूलाई एमपिआइएद्वारा बधाई तथा स्वागत

मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीह…

एससीटी युपिआई कार्डमार्फत भुक्तानी गर्दा मक्र्योर काठमाडौँ होटलमा विशेष छुट

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र यहि जनवरी देखि काठमाडौँको सुकेधारा हाइट्समा देश…

अमेरिकी ट्यारिफका बीच पनि चीनको रोबोटिक क्षेत्र विश्व बजारमा अगाडि

अमेरिकी ट्यारिफका कारण अहिले विश्वभर चिन्ता छ । धेरै देशहरू र त्यहाँ काम गर्ने कम्पनीहरूले अब आफ्नो नाफा–नोक्सानको मूल्यां…

युट्युबमा २० अर्ब भिडियो अपलोड! दुई दशकको यात्रामा विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्म बन्न सफल

दुनियाँको सबैभन्दा ठूलो भिडियो शेयरिङ्ग प्लेटफर्म युट्युबका दीवाना तपाईंलाई हरेक ठाउँमा भेटिन्छन् । यो प्लेटफर्म मनोरञ्जनदेखि लिए…

च्वाइस सुविधा ल्याउँदै दराज, किनमेल प्रक्रियालाई अझ सहज बनाउने

नेपालकै अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्शनका रुपमा ‘च्वाइस’ सार्वजनिक गर्ने…