अपडेट
ट्रिप टर्बोको ट्राभल मेला २०२५ सुरू, यस्ता छन् आकर्षक अफरहरू
ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशको अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५, शुरु गरेको घोषणा गरेको छ । यो सेप्टेम्बरदेखि अक्टोबर २०२५ सम्म सञ्चालन हुनेछ ।
यो डिजिटल–फस्र्ट महोत्सवमा आकर्षक ट्राभल अफरहरू, साप्ताहिक फ्ल्यास सेल र रोमाञ्चक गिभअवेहरू समावेश छन्, जसमा एक भाग्यशाली विजेताले बैंककको राउन्डट्रिप फ्लाईट जित्न सक्नेछ ।
‘ट्राभल मेला २०२५ मार्फत हाम्रो उदेश्य ट्राभल सबैका लागि सजिलो, रोमाञ्चक र फलदायी बनाउनु हो,’ ट्रिप टर्बोका संस्थापक शिखर प्रसाई भन्छन्, ‘विशेष छुटदेखि बैंकक गेटअवे जस्ता उपहारसम्म, हामी नेपालभरका यात्रुहरूलाई अझ बढी अन्वेषण गर्न, बचत गर्न र ट्राभलको आनन्द लिन थप कारण दिइरहेका छौं ।’
ट्राभल मेला २०२५ भाग्यशाली विजेताहरूका लागि रोमाञ्चक पुरस्कारहरूका साथ भरिएको छ । सहभागीहरूले बैंककको राउन्डट्रिप फ्लाईट, हवाई बलुन राईड र हाईग्राउन्ड एड्भेन्चर्सका रोमाञ्चक अनुभवहरू जस्तै जिपलाइन, बञ्जी, स्काइ स्क्रिमर र एटीभी राईड जित्न सक्छन् ।
अन्य पुरस्कारहरूमा बुद्ध एयर माउण्टेन फ्लाईट, पोखरा फ्लाईट, १ रात÷२ दिनको लक्जरी बसाई त्रिशूली भिल्लामा र स्काइवाक, प्याडल नेपाल स्ट्यान्ड अप प्याड्लिङ, फन ल्याण्ड आईस स्केटिङ पास जस्ता अरु धेरै एड्भेन्चर गतिविधिहरू जित्न सक्छन् ।
यात्रुहरूले महोत्सव अवधिभर आकर्षक अफरहरूको फाइदा लिन सक्छन् । विभिन्न गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट, अल्ट्रालाइट फ्लाईट, प्याराग्लाइडिङ, बञ्जी, राफ्टिङ, क्यानोनीङ, एटीभी (क्वाड बाईक) र अन्य धेरैमा ६ हजार ५०० सम्म छुट पाउन सकिन्छ । साथै विशेष फायर सेल अवधिमा बस र उडानमा ३०० रूपैयाँसम्म छुट पाउन सकिन्छ ।
ट्रिप टर्बो प्रयोगकर्ताहरूले आफ्नो टिटि कोइन्स, ट्रिप टर्बोका लोयल्टी पोइन्टस्, प्रयोग गरेर विशेष छुट र फ्रीबीहरू पाउन सक्छन् ।
यसमा उडानमा रु. ३०० छुट, बसमा रु. १०० छुट, निःशुल्क क्यूएफएक्स चलचित्र टिकट, फूडमान्डू अर्डरमा रु. ५०० सम्म छुट, बिगमार्टमा रु. ५०० सम्म छुट र अल्टिमा प्रोडक्टस्मा रु. ७०० सम्म छुट पाउन सकिने छ ।
प्रयोगकर्ताहरूले हवाई बलुन राईड, प्याराग्लाइडिङ, एटीभी राईड, त्रिशूली भिल्ला बसाई र अन्यमा रु. १,३५० सम्म छुट पाउन पनि सक्छन् । यो अवधिभर ट्रिप टर्बो प्लेटफर्ममार्फत कुनै पनि उडान, बस वा गतिविधि बुक गर्ने सबै ग्राहकहरू स्वचालित रूपमा गिभअवेमा सहभागी हुनेछन् ।
अपडेट
त्रिवि शिक्षण अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने, यस्तो छ तरिका
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अब अनलाइनबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अनलाइ…
सामसङको दिनदिनै दशैं अफर, स्मार्टफोन वा ट्याबलेट किन्दा १ लाख जित्ने मौका
नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर “दिन दिनै दशैं” ल्याएको छ। यो…
ईयरबडले अब स्वास्थ्यको पनि ख्याल राख्ने, आवाजसँगै उन्नत प्रविधिका सुविधाहरू पनि उपलब्ध
प्रविधि जसरी तीव्र गतिमा बदलिँदैछ, त्यसैगरी जीवनशैली पनि छिट्टै परिवर्तन भइरहेको छ। पहिले जहाँ सङ्गीत सुन्न वा कल गर्न मानिसहरू…
एटीएमको सुरक्षाका लागि के के प्रविधि प्रयोग गरिएको हुन्छ ?
एटीएम मेसिनहरू बजारमा, सडकहरूमा र यहाँसम्म कि लगभग हरेक स्थानमा जडित हुन्छन्। एटीएमले मानिसहरूलाई जुनसुकै बेला पैसा निकाल्ने…
जिकरको दशै, तिहार र छठ अफर, गाडी किन्दा १५ लाख छुटसँगै अन्य सवुिधा
नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गर…
पहिलो चरणको एग्री डिजी टेक च्यालेन्ज सम्पन्न, दोस्रो चरणको तयारी सुरू
स्विस विकास तथा सहकार्य एजेन्सीको सहयोगमा बीड म्यानेजमेन्ट र ट्यान्जेन्ट वेभ्सको सहकार्यमा सुरू भएको एग्री डिजी टेक च्यालेन्ज परियोज…
शुक्रबार भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी, भोलिसम्म चल्ने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शुक्रबार भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर…
एन्थ्रोपिक र लेखकहरूबीच प्रतिलिपी विवादमा ऐतिहासिक सम्झौता, ठूलो आर्थिक जोखिम टरेको संकेत
एआई स्टार्टअप एन्थ्रोपिक र प्रसिद्ध लेखकहरूबीच लामो समयदेखि चलेको प्रतिलिपी विवादमा सम्झौता भएको छ। यो मुद्दा अहिलेसम्मका ठूला एआ…
प्रयोगकर्तालाई जीमेलको चेतावनी: एआई प्रयोग गरी ह्याकरहरूले चोर्दै छन् पासवर्ड र संवेदनशील डेटा
यदि तपाईं जीमेल प्रयोग गर्नुहुन्छ भने यो खबर तपाईंका लागि अत्यन्त महत्वपूर्ण छ । गुगलले आफ्ना अरबौं प्रयोगकर्तालाई ह्याकरहरू …
नेपालमा ग्रीन हाइड्रोजन तथा फ्यूल सेल प्लान्ट स्थापना हुने, कारियाली कम्पनीसँग सम्झौता
नेपालमा ग्रीन हाइड्रोजन तथा फ्यूल सेल प्लान्ट स्थापना गर्नका लागि लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि– फिलोस कम्पनी लि…
१३ वर्ष मुनिका बालबालिकालाई फोन नदिन विज्ञको सुझाव
१३ वर्ष मुनिका बालबालिकालाई फोन नदिन विज्ञहरूले सुझाव दिएका छन् । सेपियन ल्याब्सले १८ देखि २४ वर्ष उमेर समूहका…
सगरमाथाको फोहोर उठाउन ‘गेम चेञ्जर’ बन्दैछ ड्रोन, मनास्लुमा पनि लैजाने योजना
यस वर्षको आरोहण मौसममा सगरमाथा आधार शिविरमा ड्रोन अपरेटरहरूको एक टोली आरोही र गाइडहरूसँग सहभागी भयो । उनीहरू विश्वकै अग्लो …
अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम
नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ ।
<…डिशहोमका ग्राहकलाई चन्द्रागिरी केबलकारमा १० प्रतिशत छुट
डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको घोषणा गरेको छ। यस स…
सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन सरकारकाे सातदिने अल्टिमेटम
सरकारले सामाजिक सञ्जाललाई सूचीकरण हुन सातदिने अल्टिमेटम दिएकाे छ ।
सोमबार बसेकाे मन्त्…