अपडेट
रिमोट वर्कका लागि नीतिगत प्रबन्ध गर्न उच्चस्तरीय आयोगको सुझाव, नेपाल बन्न सक्छ उपयुक्त ठाउँ
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाललाई रिमोट वर्क गन्तव्यको रूपमा विकास गर्न नीतिगत प्रबन्ध गर्न सरकारलाई सुझाव दिएको छ । विद्यमान श्रम ऐनले रिमोट वर्कको व्यवस्था नगरेको भन्दै त्यसका लागि आवश्यक नीतिगत प्रबन्ध गर्न आयोगले सुझाव दिएको हो ।
कतिपय विदेशमा बसेर काम गरी रहेका नेपाली युवाहरूले आफूले काम गरिरहेको कम्पनीसँग रिमोट वर्क गर्ने स्वीकृत लिएर नेपालमा रहेका आफ्नो परिवारसँग बसेर काम गर्न खोज्दा सम्बन्धित कम्पनीले नेपालमा रिमोट वर्क सम्बन्धी सरकारी नीति नभएकोले मिल्दैन भन्ने जवाफ पाएको बताउँदै आएका छन् ।
रिमोट वर्कका लागि उपयुक्त वातावरण निर्माण गरेर वैदेशिक मुद्रा आर्जनको स्रोत बढाउन सकिने, मुलुकबाट हुन सक्ने दक्षता पलायन (ब्रेन ड्रेन) रोक्न सकिने र दक्ष जनशक्ति भित्र्याउन सकिने भएकोले विभिन्न मुलुकले रिमोट वर्क र डिजिटल घुमन्ते (डिजिटल नोम्याड्स) लाई सहजीकरणको प्रबन्ध गरेका छन् ।
रिमोट वर्क नीतिले बढी खर्च गर्ने पर्यटकको बसाइँ अवधि लम्ब्याउन सकिन्छ, जसले पर्यटन क्षेत्रको वृद्धिमा सहयोग पुग्छ । थप गुणस्तरयुक्त रोजगारी सिर्जना हुन्छ । डिजिटल घुमन्तेका लागि सबै मौसम उपयुक्त हुन्छ, जसका कारण सबै मौसममा पर्यटन व्यवसाय चल्छ ।
डिजिटल घुमन्तेबाट सीप हस्तान्तरण हुने सम्भावना रहन्छ, जसले गर्दा स्थानीय युवाहरू उद्यमी बन्न सक्छन् र स्टार्ट-अप उद्यम वृद्धि हुन सक्छ । जहाँ रिमोट वर्कर र डिजिटल घुमन्तेको सघनता बढ्छ, त्यहाँ प्रविधिसम्बन्धी वास्तु वा सेवा उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो उपस्थिति र लगानी बढाउँदै लगेको देखिन्छ ।
यो सबैले ज्ञानमा आधारित अर्थतन्त्र निर्माणमा सहयोग पुग्छ । रमणीय भूगोल, अनुकूल जलवायु, जीवन निर्वाह लागत कम, बढ्दो दक्ष युवा जनशक्ति, सांस्कृतिक विविधता, अंग्रेजी भाषामा दख्खल र नियमित विद्युत आपूर्ति भएका कारण नेपाल रिमोट वर्कर र डिजिटल घुमन्तेका लागि उपयुक्त गन्तव्य हुन सक्ने आयोगले बताएको छ ।
यसका लागि आयोगले रोजगारीको प्रकारको कानुनी वर्गीकरणमा रिमोट वर्कर थप गर्न, अनलाइन दर्ता हुन सक्ने व्यवस्था गर्ने, नेपाली नागरिक र गैरआवासीय नेपालीले नेपालमा बसेर विदेशी कम्पनीको रिमोट वर्करको रूपमा काम गर्ने पाउने व्यवस्था गर्न, विदेशबाट रकम प्राप्त गर्न, सामाजिक सुरक्षा कोषमा योगदान गर्न, प्राप्त गरेको तलव सुविधामा एकमुस्ट वार्षिक ५ प्रतिशत आयकर लगाउन, विदेशी राहदानीबाहक गैरआवासीय नेपालीले रिमोट वर्करका रूपमा दर्ता हुन सक्ने व्यवस्था गर्न सुझाव दिएको छ ।
यस्तै डिजिटल घुमन्तेका लागि मासिक १,५०० अमेरिकी डलर भन्दा बढी आम्दानी भएको वा २० हजार अमेरिकी डलर भन्दा बढी बैंक मौज्दातको प्रमाण र नेपालका अस्पतालमा गराएको उपचारको भुक्तानी हुन सक्ने एक लाख अमेरिकी डलर बराबरको स्वास्थ्य बीमा गराएको प्रमाणको आधारमा एक पटकमा पाँच वर्ष म्याद भएको बहु-प्रवेश डिजिटल घुमन्ते प्रवेशाज्ञा जारी गर्ने व्यवस्था गर्न र यस्तो प्रवेशाज्ञा-वाहकको पति वा पत्नीलाई पनि प्रवेशाज्ञा प्रदान गर्न आयोगको सुझाव छ ।
त्यसैगरी डिजिटल घुमन्ते भिसाको म्याद ५ वर्षको भए पनि एक पटकमा अधिकतम एक वर्षको मात्र आवासीय स्वीकृत दिने, डिजिटल घुमन्ते प्रवेशाज्ञा बाहकलाई नेपालको वाणिज्य बैंकमा परिवर्त्य मुद्राको खाता खोल्न दिने, त्यस्तो खातामा बचत रहेको रकम ५० हजार डलर भन्दा बढी भएमा बढी भए जतिको रकम जुनसुकै बेला पनि विदेशको बैंकमा ट्रान्सफर गर्न दिने, ५ वर्षको भिसा अवधि सकिए पछि भिसा नवीकरण नगराएमा बैंकमा मौज्दात बाँकी रहेको पुरै रकम लैजान दिने, डिजिटल घुमन्तेले नेपालमा बसी काम गरेर आर्जन गरेको वैदेशिक आयमा यदि १८३ दिन वा सो भन्दा बढी नेपालमा निरन्तर बसेको हो भने एकमुस्ट ५ प्रतिशत आयकर लगाउन, डिजिटल घुमन्ते भिसाबाहकलाई सवारीसाधन आफ्नै नाममा खरीद गरेर दर्ता गर्न दने र स्थायी आवास भएको मुलुकले जारी गरेको सवारी चालक प्रमाणपत्रलाई मान्यता दिन पनि आयोगले सुझाव दिएको छ ।
काठमाडौं, भरतपुर, पोखरा र लुम्बिनी क्षेत्रमा रिमोट वर्क तथा डिजिटल घुमन्तेलाई अनुकुल हुने गरी इन्टरनेट सञ्जाल विकास, सुविधासम्पन्न को-वर्किंग कार्यस्थल र अन्य भौतिक पूर्वाधार विकासमा लगानी गर्न र निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्न समेत आयोगको सुझाव छ ।
अपडेट
एलन मस्कको घोषणा: विद्यार्थीहरूका लागि सुपरग्रोक दुई महिनासम्म निःशुल्क
हालै एलन मस्क ले एक पोस्टमार्फत जानकारी दिएका छन् कि विद्यार्थीहरूका लागि सुपरग्रोक निःशुल्क रूपमा उपलब्ध गराइएको छ । तर यस अफरस…
सिक्रेट कोड इन्टर गरेपछि मात्र खुल्ने रील्स, इन्स्टाग्रामले ल्याउँदै नयाँ फिचर
अमेरिकामा टिकटकमा सम्भावित प्रतिबन्धको चर्चा तीव्र भइरहेका बेला, इन्स्टाग्राम लगातार नयाँ फिचरहरू सार्वजनिक गर्दै आफूलाई सशक्त बनाउने प्रयासमा जुटिरहेको छ । ह…
एआईमा आधारित ईआरपी सिस्टम समएक्स सार्वजनिक
एआईमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्लेटफर्म समएक्स सार्वजनिक भएको…
सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर
नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडीएले ‘लेभल अप! विथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायस…
नागरिकलाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका
स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्…
विदेशमा भएका नेपालीलाई बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र आवश्यक नपर्ने
विदेशमा भएका नेपालीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र नचाहिने भएको छ। नेपाल राष्ट बैंकले एकिकृत निर्देशन जारी गर्दै विदे…
कोडेभर ६.० राष्ट्रिय प्रतियोगिता सम्पन्न, फाइनलिष्टहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने
कोडेभर ६.० राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । विश्वकै सबैभन्दा ठूलो विद्यालय तहको एआई र कोडिङ प्रतियोगिता कोडेभर नेपालमा निम…
मोटोरोलाको नयाँ ल्यापटप: मिड–रेन्ज सेग्मेन्टमा केन्द्रित, लेनोभोको रिब्रान्ड वा नयाँ प्रडक्ट ?
स्मार्टफोनका लागि परिचित कम्पनी मोटोरोला अब ल्यापटप सेग्मेन्टमा पनि प्रवेश गर्न गइरहेको छ । मोटोरोलाले हालै एक टिजर सार्वजनिक गर्…
सूर्यज्योति लाइफ बिमा पोलिसी भएका ग्राहकले अब खल्तीबाटै बिना धितो कर्जा पाउने
नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताहर…
१०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल पर्न सफल
‘१०० ग्लोबल वुमन इन एआई’ सूचीमा नेपालकी नामी बराल पर्न सफल भएकी छन् । १०० डाभोस वुमनले तयार पारेको विश्वभरका १०…
सामसङ नेपालको नयाँ वर्ष अफर, अप्लाएन्सहरू खरिद गर्दा विशेष छुट, उपहार र इएमआई सुविधा
नयाँ वर्षको अवसरमा सामसङ नेपालले 'नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार' अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट…
फुडमाण्डुुको नयाँ वर्ष फिस्ट क्याम्पेन सार्वजनिक, खाना मगाउँदा ८२ प्रतिशतसम्म छुट
नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकहरुल…
टेलिग्रामलाई ७० लाख रूबल जरिवाना, चरमपन्थी सामग्री नहटाएको आरोप
मस्कोको एक अदालतले टेलिग्राम मेसेन्जरमाथि ७० लाख रूबल (लगभग ८०,००० अमेरिकी डलर) को जरिवाना लगाएको छ । यो कारबाही त्यस्तो रिप…
गुगल म्याप्सको कडा कारबाहीः फेक रिभ्यू र प्रोफाइल लिस्टिङ गर्ने व्यवसायहरू अब सजायको घेरामा
गुगल म्याप्सले ती व्यवसायहरूविरुद्ध कडा कारबाही सुरू गरेको छ, जसले नक्कली रिभ्यूहरू लेखाउने काम गरिरहेका थिए ।
क्रोम्प्टनको नयाँ वर्ष २०८२ मा ‘ठूलो हर्ष योजना’ सार्वजनिक
नयाँ वर्ष २०८२ को अवसरलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ । ‘नयाँ वर्षक…