अपडेट
ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा सुझाव
नेपाल सरकारको सार्वजनिक सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१’ मा सूचना प्रविधि क्षेत्रका तीन प्रमुख संस्थाले ४१ बुँदे सुझाव दिएका छन् ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ), साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (सीएसआरआई नेपाल) र इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) को प्रतिनिधिमण्डलले शुक्रबार संयुक्त रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूणामणि पौडेललाई सुझावसहितको दस्तावेज बुझाएका हुन् ।
यी संस्थाहरूले ब्लुप्रिन्टलाई डिजिटल नेपाल निर्माणको दिशामा ठोस पहलको रूपमा औँल्याउँदै सुधारका लागि आवश्यक सुझावहरू प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा २०८० वैशाख १७ गते बसेको ई-गभर्नेन्स आयोगको पहिलो बैठकपछि सुरु भएको परामर्श र विश्लेषणपछि तयार पारिएको यस मस्यौदामा मन्त्रालय, स्वायत्त निकाय, विज्ञ र सरोकारवालाको सहभागिता रहेको थियो ।
क्यान महासंघका कार्यवाहक अध्यक्ष एवम् वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले ‘डिजिटल बाइ डिफल्ट’ नीति, सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन र ‘एक नागरिक – एक ड्यासबोर्ड’ अवधारणाले समावेशी डिजिटल भविष्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले साइबर सुरक्षा सुदृढीकरण, डिजिटल साक्षरताको प्रवर्द्धन र एआई तथा ब्लकचेनजस्ता प्रविधिको उपयोगलाई प्राथमिकता दिनुपर्ने बताए ।
एसआरआई नेपालका अध्यक्ष डा. शालिग्राम पराजुलीले डिजिटल नेपाल फ्रेमवर्कसँग समन्वयमा सरकारी सेवाको प्रभावकारिता र सहभागिता बढाउन ब्लुप्रिन्टले सहयोग गर्ने बताए । उनले डेटा एक्सचेन्ज प्लेटफर्म मजबुत पार्दै अवधारणागत नक्कल न्यूनीकरण र स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने धारणा राखे ।
इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCert) का अध्यक्ष डा. राजीव सुब्बाले डेटा सुरक्षालाई प्राथमिकता दिँदै बलियो साइबर सुरक्षा मापदण्ड, प्रभावकारी डेटा संरक्षण नीति र सुरक्षित क्रस-बोर्डर डेटा स्थानान्तरण प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
इन्साइट टेक्नोलोजीका प्रमुख कार्यकारी सुमन शर्माले ब्लुप्रिन्टलाई डिजिटल नेपालको सपना साकार पार्ने दिशामा महत्त्वपूर्ण दस्तावेज भन्दै डिजिटल पूर्वाधार सुदृढीकरणमा जोड दिनुपर्ने धारणा राखेका थिए । क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले डिजिटल नेपालको परिकल्पना साकार पार्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य भएको उल्लेख गरे ।
सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सचिव पौडेलले ब्लुप्रिन्टलाई अझ प्रभावकारी बनाउन प्राप्त सुझावहरूलाई समावेश गरिने बताउँदै निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१ मा ७ रणनीतिक स्तम्भ, डिजिटल पूर्वाधार सुदृढीकरण, नागरिक केन्द्रित सेवा, मानव स्रोत विकास, नवप्रवर्तन, कानुनी अद्यावधिक, समन्वय र मूल्याङ्कनलगायतका पक्ष समेटिएका छन् ।
ब्लुप्रिन्टले साझा राष्ट्रिय क्लाउड, ग्रामिण इन्टरनेट विस्तार, डिजिटल ड्यासबोर्ड, नागरिक एप, रियल-टाइम प्रतिक्रिया संयन्त्र, हरित सूचना प्रविधि र स्थानीय भाषामा सेवाको प्रयोगसमेत समेटेको छ ।
अपडेट
अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस २०२५: डिजिटल रुपान्तरणमा किशोरीहरूको सहभागिताको सशक्त अभियान
हरेक वर्ष अप्रिल महिनाको चौथो बिहीबार विश्वभर अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) क…
कर्णालीका केही टेलिकम सेवा प्रभावित, हावाहुरीले विद्युत लाइन अवरुद्ध
कर्णाली प्रदेशअन्तर्गत विभिन्न जिल्लामा सञ्चालित नेपाल टेलिकमका केही सेवा केन्द्रहरूमा विद्युत आपूर्ति नहुँदा वायरलेस (2G/3G/4G) तथा वायरलाइन (FTTH) सेवाहरू …
सन् २०२५ को सबैभन्दा खतरनाक मालवेयर 'लुम्मा स्टिलर' नियन्त्रणमा
माइक्रोसफ्टले एक खतरनाक मालवेयरको बारेमा चेतावनी दिएको छ, जुन अत्यन्तै जोखिमपूर्ण छ। कम्पनीले एक ठूलो साइबर सुरक्षा अभियान सञ्च…
स्टारलिंकलाई टक्कर : चीनको ५जी स्याटेलाइट परीक्षण सफल, अमेरिका चिन्तित
चिनियाँ वैज्ञानिकहरूले ५जी स्याटेलाइटको मद्दतले सिधै स्मार्टफोनमा ब्रोडब्यान्ड भिडियो कल गरेर इतिहास रचेका छन् । विश्वमै यस्तो पहि…
आईफोन डिजाइन गर्ने जोनी आइभ अब ओपनएआईमा डिजाइन नेतृत्व लिँदै, एआई हार्डवेयरको नयाँ सम्भावना
आईफोन जस्ता प्रतिष्ठित एप्पल डिभाइसहरू डिजाइन गरेका जोनी आइभ अब ओपनएआईका नयाँ डिजाइन लिड बन्न गइरहेका छन् ।
‘गल्र्स इन आईसीटी’ इनिसिएटिभ काठमाडौंमा सुरु हुँदै, दक्षिण एशियाली किशोरीहरूलाई सशक्त बनाउने लक्ष्य
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) अन्तर्गतको दक्षिण एशियाको लागि क्षेत्रीय कार्यालय तथा नवप्रवर्तन केन्द्र, दिल्लीले नेपाल दूरसञ्चा…
गूगलद्वारा फ्लो सार्वजनिक : चलचित्रस्तरको एआई भिडियो उत्पादन गर्ने प्लेटफर्म
गूगलले आफ्नो वार्षिक डेभलपर्स कन्फरेन्स गूगल आइ/ओ २०२५ मा एक नयाँ र शक्तिशाली एआई भिडियो जेनेरेटर फ्लो सार्वजनिक गरेको छ। यो वि…
१२ इन्च डिस्प्ले र ९००० एमएएच ब्याट्रीसहित ब्ल्याकभ्यू ट्याब मेगा २ सार्वजनिक
प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ । यस ट्याब्लेटले आधुनिक सु…
गुगलद्वारा जेमिनाई २.५ मा 'डिप थिङ्क' सहित शक्तिशाली एआई फिचरहरू सार्वजनिक
गुगलले मंगलवार राति आयोजना गरेको गूगल आइओ २०२५ इभेन्टमा आफ्नो कृत्रिम बुद्धिमत्ता मोडल जेमिनाई २.५ का लागि थुप्रै शक्तिशाली फि…
गुगलले 'बीम' सार्वजनिक गर्दै भिडियो कन्फरेन्सिङलाई बनायो थ्रीडी र वास्तविक
गुगल आईओ २०२५ मा कम्पनीले बीमलाई औपचारिक रूपमा लञ्च गर्यो, जुन एउटा नयाँ थ्रीडी भिडियो कन्फरेन्सिङ् प्रणाली हो । यसले भर्चु…
युए ह्याकाथन सम्पन्न, पहिलो पटक नेपाली भाषाको डोमेनयुक्त वेबसाइट सार्वजनिक
नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन …
९९ रूपैयाँमै एनसेलको अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याक
सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै, एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याक…
सामसङले सुरु गर्यो वन यूआई ७ अपडेटको बृहत् रोलआउट, पुराना मोडेलहरूमा पनि अपडेट उपलब्ध
दिउँसोको प्रतीक्षा पछि सैमसङले एप्रिल महिनामा अन्ततः वन यूआई ७ अपडेटको रोलआउट सुरु गरेको थियो । सर्वप्रथम कम्पनीले आफ्नो …
गुगलको फाइन्ड माई डिभाइस अब ‘फाइन्ड हब’ : नयाँ नाम, विस्तारित सेवा र एयरट्यागसँग कडा प्रतिस्पर्धा
गुगलले आफ्नो डिभाइस फाइन्डिङ सेवा सुधार गर्नुका साथै यसको नाम पनि परिवर्तन गरेको छ । पहिले यो फिचरको नाम फाइन्ड माई डिभाइस थ…
एसईई र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई स्किल स्पार्कका आईटी कोर्षमा ५० प्रतिशत छुट
आईटी तालिम प्रदान गर्दै आएको संस्था स्किल