कीवर्डहरू -

अपडेट

भाटभटेनीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा टीभीएस स्कुटरदेखि टाटा पञ्च ईभीसम्म जित्न सकिने

भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपालपे क्युआरको सहकार्यमा नेपालीहरुको महान पर्वको अवसरमा “डिजिटल दशैं” अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले भाटभटेनीमा किनमेल गर्दा नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा आकर्षक उपहारहरु जित्न सक्नेछन् । 

उक्त योजना अन्तर्गत ग्राहकहरुले भाटभटेनीको प्रत्येक आउटलेटमा टिभीएस जुपिटर स्कुटर जित्न सक्नेछन् भने बम्पर अफरमा एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत टाटा पञ्च ईभी जित्न सक्नेछन् ।

यही असोज ६ गतेबाट पुष १७ गते सम्म भाटभटेनीमा नेपालपे क्युआरमार्फत किनमेल गर्ने सबै ग्राहकहरु प्रत्येक आउटलेटबाट एक एक थान स्कुटर जित्नका लागि योग्य हुनेछन् भने असोज ६ गतेबाट फागुण ३० गतेसम्म नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरु टाटा पञ्च गाडी जित्नका लागि योग्य हुनेछन् । स्कुटर तथा गाडीका विजेताहरु भाटभटेनीले हिमालयन बैंक र एनसीएचएलको सहकार्यमा अनलाइन लक्की ड्र मार्फत छनोट गर्नेछ ।

चाडपर्वको अवसरलाई लक्षित गरिएको यस योजनाले दशैँको किनमेललाई थप लाभदायक बनाउने विश्वास लिइएको छ । नेपालपे क्युआर हाल देशभरका ५२ वटा बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग एप, डिजिटल वालेट, कनेक्ट आईपीएस तथा अलि पे प्लस नेटवर्कबाट स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । बैंक वित्तीय संस्थाहरु तथा पीएसपीहरु मार्फत  हालसम्म १० लााख भन्दा बढि मर्चेन्टहरु नेपालपे क्युआरमा आवद्ध भइसकेका छन् । 

भाटभटेनी सुपरमार्केट देश भरी २७ बढि शाखा भएको देशको सबै भन्दा ठूलो रिटेल चेन स्टोर हो । यहाँ दिनहुँ चाहिने सामग्रीका साथै लुगाफाटो, इलेक्ट्रोनिक्स लगायतका सम्पूर्ण सामानहरु एकै छाना मुनि खरिद गर्न सकिन्छ । भाटभटेनी सुपरमार्केटले दैनिक किनमेलको आवश्यकता पूरा गर्नुका साथै फराकिलो र व्यवस्थित लेआउटका साथ किनमेलको अनुभवलाई आधुनिक र सहज बनाउँदछ ।

हिमालयन बैंक लिमिटेड नेपालपे क्युआरको सबै भन्दा धेरै भुक्तानी कारोबार गर्ने बैंक हो । आफ्ना विभिन्न डिजिटल भुक्तानीका माध्यमहरुका साथै हिमालयन बैंकले आफ्ना ८५०० भन्दा बढि पिओएस र २८६ एटिएमहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । हिमालयन बैंक भिसा, मास्टरकार्ड, युनियपे, डिस्कभर तथा एमेक्स लगायतका सबै अन्तरराष्ट्रिय कार्ड स्कीम सञ्चालन गर्ने एक मात्र नेपाली बैंक हो । यसका नेपाल भरी १७४ शाखाहरु रहेका छन् ।

अपडेट

ओप्पोको ‘दशैंको बहार, ओप्पो फाइन्ड  एन फाइभ  उपहार’ योजना

ओप्पो नेपालले यस वर्षको बडादशैंलाई विशेष बनाउन ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना सार्वजनिक गरेको छ…

युट्युबले सुरु गर्‍यो ‘युट्युब ल्याब्स’, एआई होस्ट परीक्षणमा

युट्युबले आफ्ना प्रयोगात्मक एआई उपकरण परीक्षणका लागि नयाँ प्लेटफर्म ‘युट्युब ल्यास’ सुरु गरेको घोषणा गरेको छ। यसलाई …

टिकटक बनाउने क्रममा एक जना कालीगण्डकीमा बेपत्ता

बेनी नगरपालिका-८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्।

कामना सेवा विकास बैंकद्वारा मेची आँखा अस्पताललाई पानी प्युरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २…

नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै नयाँ सफ्टवेयर ‘मबिल’ सार्वजनिक

नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै रेष्टुरेन्ट बिलिङ म्यानेजमेन्ट सिस्टम ‘मबिल’ (maBill) सार्वजनिक भएको छ। नेपाल…

नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक, के के छन् सुविधा ?

नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले…

नागरिक एपको सहायता केन्द्र अस्थायी रूपमा बन्द, यस्तो छ ड्राइभिङ लाइसेन्स सम्बन्धि सेवा हट्नुको कारण

नागरिक एपको सहायता केन्द्र तत्काललाई स्थगित भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरवारस्थित नागरिक एप सहायता केन्द्रमा…

अर्थ मन्त्रालयमा अब टिप्पणीहरू डिजिटल माध्यमबाट स्वीकृति हुने

अर्थ मन्त्रालयले शुक्रबारदेखि सबै टिप्पणी डिजिटल माध्यममार्फत स्वीकृति दिन सुरू गरेको छ । 

काठमाडौं महानगरले माग्यो डेभलपरदेखि सिस्टम एनालिष्ट सिस्टम, कसरी दिने आवेदन ?

काठमाडौँ महानगरपालिकाले सफ्टवेयर डेभलपमेन्ट तथा सञ्चालन केन्द्र (SDOC) का लागि सेवा करारमार्फत प्राविधिक जनशक्ति भर्ना गर्ने भएको…

गुगलले घोषणा गर्‍यो 'एन्ड्रोइड पीसी': मोबाइलको अनुभव अब सिधै कम्प्युटरमा

 गुगलले एन्ड्रोइडमा चल्ने पीसी कम्प्युटर बनाउँदैछ। यसको अर्थ, अब तपाईंको मोबाइल अनुभव सिधै तपाईंको कम्प्युटर वा ल्यापटपमा प…

अमेरिकामा हाम्रो पात्रो रेमिटको सेवा पुन: सुरू

मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा 'हाम्रो पात्रो रेमिट' पुनः सुरु गरेको छ। यससँगै अब अमेर…

पहिलो पटक सुरू भयो स्वयम् घोषणाको आधारमा भन्सार मुल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली

नेपालको इतिहासमा पहिलो पटक स्वयम् घोषणाको आधारमा भन्सार मुल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली विराटनगर नाकाबाट प्रारम्भ …

दशैंमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर

रियलमीले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘दशैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’ उ…

चिप कूलिङमा माइक्रोसफ्टको नयाँ सफलता, पुरानोभन्दा माइक्रोफ्लुडिक्स तीन गुणा प्रभावकारी भएको दावी

कृत्रिम बुद्धिमत्ता (एआई) सञ्चालनका लागि आवश्यक कम्प्युटिङ शक्ति र त्यसलाई चिस्याउन लाग्ने ऊर्जा विश्वव्यापी रूपमा वातावरणीय चिन्ता बन…

नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्काको वित्तीय प्रस्ताव खोल्ने कार्य स्थगित

नेपाल टेलिकमले तत्काललाई कन्भर्जेन्ट बिलिङ प्रणालीको वित्तीय प्रस्ताव खोल्ने कार्य स्थगित भएको छ । सूचना प्रकाशित गर्दै टेलिकमले विश…