अपडेट
मधेश प्रदेशमा “आईसीटी ज्ञान” डिजिटल साक्षरता कार्यक्रम सम्पन्न, २५० बढी सहभागी
आईसीटी फाउन्डेशन नेपाल र एनसेल फाउन्डेशनको संयुक्त पहलमा सञ्चालित “आईसीटी ज्ञान” डिजिटल साक्षरता अभियान अन्तर्गत मधेश प्रदेश, सर्लाहीको सोल्टीबजार स्थित श्री जनता माविमा सम्पन्न कार्यक्रममा करिब २५० जना सहभागी भएका थिए । “सबैका लागि प्रविधि, प्रविधिमा सबैको पहुँच” भन्ने मूल नारा लिएर आयोजना गरिएको यस कार्यक्रममा स्थानीय विद्यार्थी, शिक्षक, उद्यमी, महिला समूह र सरोकारवालाहरूलाई लक्षित गरी डिजिटल सीप, अनलाइन सुरक्षा, र आधुनिक प्रविधि प्रयोगका बारेमा जानकारी प्रदान गरियो ।
हालै सम्पन्न सत्रमा डिजिटल सेवा, सुरक्षा र प्रविधिसम्बन्धी विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गरिएको छ।
कार्यक्रमको एक सत्रमा नागरिक एपका प्रोजेक्ट म्यानेजर सन्तोष अर्यालले आफ्नो अनुभव सँगै डिजिटल सेवा प्रवाहमा नागरिक एपको भूमिकाबारे जानकारी गराएका थिए। त्यस्तै, ‘डिजिटल सेफ्टी’ र ‘विद्यार्थीहरूका लागि डिजिटल स्रोत’ सम्बन्धी सत्रमा नेसनल इन्नोभेसन सेन्टरका टेक लिड सञ्जय पौडेलले महत्वपूर्ण प्रस्तुति दिएका थिए।
साथै, मेभोरियन सिस्टमका निर्देशक रेशम भण्डारी र आईएफएनका अध्यक्ष राजन लाम्सालले ‘डिजिटल सेवा’ र ‘उदीयमान प्रविधिहरू’ को विषयमा आफ्ना विचार तथा प्राविधिक दृष्टिकोण प्रस्तुत गरेका थिए।
कार्यक्रममा बागमती नगरपालिकाका शिक्षा शाखा प्रमुख ओम कार्की र श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकराज दाहालले विद्यालय र विद्यार्थीहरूको लागि सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप विकास अपरिहार्य रहेकोमा जोड दिए।
शाखा प्रमुख कार्कीले बागमती नगरपालिकाले डिजिटल शिक्षा र सीपमा आधारित सिकाइलाई प्राथमिकता दिइरहेको र आगामी दिनमा यस्ता प्रविधिमैत्री कार्यक्रम तथा सहकार्यलाई अझ सशक्त बनाइने बताए।
कार्यक्रममा एनसेल मधेस प्रदेशबाट बिपिन भण्डारी, स्थानिय शिक्षकहरू, सहकारीमा आबद्ध व्यक्ति लगायत करीब ३०० जना सहभागी रहेका थिए।
सो अवसरमा एनसेल मधेस प्रदेशबाट बिपिन भण्डारीले ग्रामीण क्षेत्रका नागरिकहरूले प्रविधिको उपयोगबाट रोजगार र अवसरहरू सिर्जना गर्न सक्ने कुरा औँल्याए।
कार्यक्रममा आईसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले सबै सहभागी र प्रायोजकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अन्य सातै प्रदेशमा सोही अभियान जारी रहने जानकारी गराए। आईसीटी ज्ञान अभियानले ग्रामीण र दूरदराजका क्षेत्रका जनतालाई स्मार्ट प्रविधिसम्म पहुँच पुर्याएर डिजिटल विभाजन घटाउने उद्देश्यका साथ निरन्तर काम गर्दै जाने प्रतिबद्धता जनाएको छ।

अपडेट
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमा रियल टाइम डलर कार्ड टप-अप सुविधा सुरु
डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ …
इसेवा अफर: हरेक दिन दुई जनालाई डबल क्यासब्याक, अन्त्यमा रु १ लाखको बम्पर पुरस्कार
नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘बिना ट्रबल पैसा डबल’ अफर सार्वजनिक गरेको छ …
५ वर्षभित्र एआईको कारण २० प्रतिशत सम्म बेरोजगारी बढ्न सक्छ: एन्थ्रापिक सीईओ
एआई कम्पनी एन्थ्रापिकका सह–संस्थापक तथा सीईओ डेरियो अमोदेईले फेरि एक पटक कृत्रिम बुद्धिमत्ता (एआई) बारे गम्भीर चेतावनी दि…
विदेशमा आईटी सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशतमात्रै आयकर
नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशतमात्रै आयकर लाग्ने भएको छ ।
<…सरकारले स्वास्थ्य सेवामा रोबटिक प्रविधि र एआई प्रयोग गर्ने
सरकारले स्वास्थ्य सेवामा रोबटिक प्रविधि र एआई प्रयोग गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष…
अब एकपटक मात्रै केवाईसी विवरण भरे पुग्ने
अब एकपटक मात्रै केवाईसी विवरण भरे पुग्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आ…
सरकारले क्रिप्टो जस्ता अभौतिक मुद्रा जफत गर्ने
सरकारले क्रिप्टो जस्ता अभौतिक मुद्रा जफत गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थि…
आगामी वर्ष नियो बैंक स्थापना गर्ने सरकारको घोषणा
सरकारले आगामी वर्ष नियो बैंक स्थापना गर्ने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त …
विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट ज्ञान वा सेवा उपलब्ध गराएबापत नेपालीले स्वेट शेयर लिन पाउने
विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएबापत नेपालीले अब स्वेट शेयर लिन पाउने भएका छन् । …
सरकारले अब त्रैमासिक रूपमा सुरक्षा एडभाइजरी जारी गर्ने
सरकारले अब त्रैमासिक रूपमा सुरक्षा एडभाइजरी जारी गर्ने भएको छ ।
संघीय संसदको संयुक्त ब…
सरकारले ओटीटी सेवाको नियमन गर्ने
सरकारले ओटीटी सेवाको नियमन गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्…
मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने, अवैध आयात र प्रयोगमा रोक
सरकारले मोबाइलहरूको आईएमईआई नम्बर दर्ता गर्ने व्यवस्था गर्ने भएको छ।
संघीय संसदको संयुक्त…
आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका र ठूला शहरी क्षेत्रमा फाइभजी सेवा सुरू हुने
सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका र ठूला शहरी क्षेत्रमा फाइभजी सेवा सुरू गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष …
सरकारले निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने
एआईको अनुसन्धान र विस्तारका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने भएको छ ।
डाटा सेन्टर स्थापना गर्न विदेशी लगानी आकर्षित गरिने, जग्गा, विद्युत र सुरक्षा सरकारले दिने
सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न मध्यपहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । <…