अपडेट
डिजिटल फिनटेकमा फड्को : अन्तर्राष्ट्रिय भुक्तानी अब सिधै खल्ती वालेटमा
काठमाडौं । खल्ती बाइ आईएमईले आइएमई लिमिटेड र स्ट्राइपसँग साझेदारी गर्दै नेपालमा बसेर विदेशका सेवा व्यवसायमा काम गर्दा प्राप्त हुने अन्तर्राष्ट्रिय भुक्तानी सोझै खल्ती बाइ आइएमई मोबाइल वालेटबाट प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।
यस रणनीतिक साझेदारीले विदेशबाट हुने भुक्तानीमा सहजता, विश्वव्यापी पहुँच, रियल–टाइम भुक्तानी निकासा तथा अन्तरदेशीय कारोबारलाई सुरक्षित र भरपर्दो बनाउने कम्पनीले जनाएको छ ।
यसका लागि विदेशी सेवामा काम गरेको रकम पाउन खल्ती एपबाटै ‘भुक्तानी अनुरोध’ पठाउन सकिने छ । अन्तर्राष्ट्रिय कम्पनी तथा भुक्तानी बाहकले स्ट्राइप गेटवे मार्फत एसीएच, सेपा, भिजा, मास्टरकार्ड, एप्पल पे, गुगल पे र इ-बैंकिङ जस्ता विभिन्न माध्यम प्रयोग गरी सहजै खल्ती एकाउन्टमा रकम भुक्तानी दिन सक्नेछन् ।
त्यस्तो भुक्तानी रकम नेपाली प्रयोगकर्ताको खल्ती वालेटमा तुरुन्तै जम्मा हुनेछ । यसबाट भुक्तानीका लागि हप्तौँ कुर्नुपर्ने झन्झट अन्त्य भएको छ । यसरी स्ट्राइपसँगको साझेदारी मार्फत निर्माण गरेको ‘भुक्तानी संरचना’ले सुरक्षित, नियामकको मापदण्ड बमोजिम भरपर्दो अन्तरदेशीय कारोबार सुनिश्चित गर्ने जनाइएको छ ।
नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम
नेपालको डिजिटल जनशक्तिले वर्षौंदेखि भोग्दै आएको अन्तर्राष्ट्रिय भुक्तानी संकलनमा देखिएको समस्यालाई आइएमई खल्ती र स्ट्राइपको यस साझेदारीले समाधान दिने प्रयास गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानी लिने प्रक्रियामा भएको अवरोध कम गर्दै यसले नेपालको डिजिटल अर्थतन्त्र विस्तारमा योगदान दिनेछ ।
आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी प्रवीण रेग्मीले नेपाली उद्यमी र डिजिटल ट्यालेन्टहरूका लागि विश्वव्यापी रूपमा कमाउने र सो रकम तत्काल प्राप्त गर्न यो साझेदारीले ढोका खुलेको बताएका छन् ।
यो पहल नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण माइलस्टोन रहेको र यसले स्वदेशी डिजिटल वालेटले परिष्कृत र एकीकृत अन्तरदेशीय कारोबारमा सहजता प्रदान गर्ने पनि प्रमुख कार्यकारी रेग्मीले उल्लेख गरे ।
अपडेट
एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि नि:शुल्क लर्निङ, गेमिङ र डेटा सुविधा
काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सि…
बेइजिङ ह्युमनोइड रोबोट हाफ म्याराथनमा अनरको ‘लाइटनिङ’ले बनायो इतिहास
काठमाडाैं । आइतबार आयोजना गरिएको बेइजिङ ई-टाउन ह्युमनोइड रोबोट हाफ म्याराथनले प्रविधिको दुनियाँ…
सनत कुमार पौडेल एफवान सफ्ट इन्टरनेसनलको सीईओमा नियुक्त
काठमाडौं । सनत कुमार पौडेल एफवानसफ्ट इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । एफवान…
आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडलमार्फत मेन्टरशिपदेखि इन्भेस्टमेन्टसम्मको सहयोग
काठमाडौं । औद्योगिक उद्यम विकास संस्थान (आईईडीआई), नेपाल सरकारद्वारा आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) ल…
WhatsApp को नयाँ प्राइभेसी फिचर : ‘After Reading’ के हो ?
काठमाडौं । WhatsApp ले प्रयोगकर्ताको गोपनीयता अझ मजबुत बनाउने उद्देश्यसहित नयाँ “After Reading&rdquo…
मन्त्री तिमिल्सिनाको स्पष्टोक्ति: मन्त्रीलाई नयाँ मोबाइल दिने चर्चा झूटो, सूचना शेयर गर्नुअघि सत्य जाँच्न आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने सूचना सत्य हो …
टिकटकको कडा एक्सन : नेपालमा १९ लाखभन्दा बढी भिडियो हटाइयो
काठमाडौं । टिकटकले Q4 2025 को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ, जसमा प्लेटफर्ममा सु…
आइक्लाउड ईमेल स्क्यामको खतरा: नक्कली लिंकबाट आईफोन प्रयोगकर्ताको डेटा र बैंकिङ जानकारी चोरी
काठमाडौं । यी दिनहरूमा एक खतरनाक आइक्लाउड ईमेल स्क्यामबाट आईफोन यूजर्सलाई टार्गेट गरिँदैछ । स्क्यामर्सले …
युट्युबले ल्यायो नयाँ टुल : मोबाइल फिडबाट Shorts हटाउन सकिने
काठमाडौं । युट्युबले आफ्नो मोबाइल एपमा प्रयोगकर्ताको अनुभव सुधार गर्दै ‘Shorts’ भिडियो नियन्त्रण …
असारभित्र सबै लाइसेन्स छाप्ने सरकारको तयारी, कसरी अघि बढ्दैछ काम ?
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले पनौती नगरपालिका ५ मा अवस्थित सुरक्षण मुद्रण …
इन्स्टाग्रामको नयाँ सुविधा : पोस्ट भइसकेको कमेन्ट पनि सच्याउन सकिने
काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताका लागि नयाँ सुविधा थप्दै अब कमेन्ट सम्पादन (एडिट) गर्ने विक…
गुगलको क्रोममा ‘स्कील’ फिचर, जेमिनाई प्रम्प्ट सेभ गरेर छिटो प्रयोग गर्न मिल्ने
काठमाडौं । गुगलले क्रोममा रहेको जेमिनाईका लागि ‘स्कील’ नामक नयाँ फिचर ल्याउन थालेको छ । …
घरदैलोमै सरकारी सेवा : राहदानी र लाइसेन्स अब नागरिकको घरसम्म
नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले अघि सारेको रूपान्तरणकारी पहल व्यवहारमा देखिन थालेको…
सामसङ नेपालद्वारा ‘माइक्रोवेभ मास्टरक्लास’ आयोजना, आधुनिक प्रविधिबाट पकाउने शैलीबारे प्रशिक्षण
काठमाडौं । सामसङ नेपालले घरमै स्मार्ट र रमाइलो तरिकाले खाना पकाउन प्रोत्साहन गर्ने उद्देश्यले विशेष '…
अब लाइभस्ट्रिममा ‘नो एड्स’ मोड ! यूट्युबको स्मार्ट अपडेट के हो ?
काठमाडौं । यूट्युबले आफ्ना प्रयोगकर्ताका लागि लाइभस्ट्रिम अनुभव सुधार गर्ने उद्देश्यले नयाँ सुविधा सार्वजनिक गरे…