अपडेट
कोशी प्रदेशमा नबिल बैंकको उद्यमशीलताको प्रवर्द्धन कार्यशाला सम्पन्न
नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत यही फागुन ७ गते विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न गरेको छ ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी पदाधिकारीबीच उद्यमशीलताका क्षेत्रमा सहकार्य, मार्गदर्शन, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका अवसर तथा चुनौतीबारे छलफल भएको थियो ।
प्रदेश स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने तथा उद्यमशीलता वातावरणलाई थप मजबुद बनाउने उद्देश्य अनुरुप कार्यशाला आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले कार्यशालामार्फत उद्यमशीलता विकासलाई प्रवद्र्धन गर्दै नबिल एसएसईअन्तर्गतको प्रमाणपत्र कोर्सलाई मुलुकभर विस्तार गर्ने उद्देश्य लिएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गर्दै नबिल एसएसईबारे जानकारी गराएका थिए । “बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम सुरुआत गरेको हो, यो समाजप्रति उत्तरदायित्व बहन गर्ने एक माध्यम पनि हो”, सिइओ ढुंगानाले भने । उनले यस कार्यक्रममा सहभागीहरुलाई थप उद्यम स्थापना गर्नका लागि प्रोत्साहन गर्दै कार्यक्रमको उद्देश्य मुलुकमा रोजगारी सिर्जना र युवा पलायन रोक्नु रहेको बताए ।
सोही अवसरमा ‘प्रदेशीय विकासमा उद्यमशीलताको भूमिका’ विषयको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तरक्रियामा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरे, पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौला थिए भने मध्यस्थकर्ताको भूमिकामा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक ज्योती कोठारी थिए ।
अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरेले स्वदेशमै पुँजी तथा श्रम राख्न सक्नुपर्नेमा जोड दिए । उनले सरकारले पनि उद्यमशीलता प्रवद्र्धन गर्ने नीति तथा नियम निर्माणमा समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए । उद्यमशीलताका क्रियाकलापहरूले जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिँदै उनले लगानी प्रवद्र्धन तथा व्यवसाय वृद्धिका लागि सरकारले लगानी सम्मेलन आयोजना गर्नुपर्ने बताए ।
नबिल बैंकका अध्यक्ष पौडेलले बैंक सामाजिक उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित रहेको जानकारी दिँदै उद्यमशीलताको इकोसिस्टम विकास गर्नुपर्नेमा जोड दिए । उनले नयाँ क्षेत्रमा प्रवेश गर्दा बजारको माग, लगानी र उद्यमीका क्षमताबारे विचार गर्न आवश्यक रहेको उल्लेख गरे । उनले नबिल एसएसईको अवधारणाबारे चर्चा गर्दै बैंक दिगो उद्यमी विकासमा प्रतिबद्ध रहेको बताए । “बैंकहरुले मात्रै होइन, उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरुले पनि व्यवसायलाई दिगो बनाउन आवश्यक छ, यसले जनजीवन र वातावरणको हितमा सहयोग गर्छ”, उनले भने ।
पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. श्रेष्ठले विश्वविद्यालयले व्यावसायिक संस्थाहरुसँगको सहकार्यमा रोजगारी तथा नयाँ व्यवसाय सृजना गर्दै आएको बताए । उनले सोहीअनुसार विश्वविद्यालयले कार्यक्रम तथा पाठ्यक्रम विकास गरिरहेको जानकारी दिए ।
नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष निरौलाले स्थानीय व्यवसाय प्रवद्र्धन गर्दै स्वदेशी बजारको विकास गर्नुपर्नेमा जोड दिए । उनले महासंघले नव उद्यमी र बजारबीचको दूरी घटाउने गरी पहल गरिरहेको समेत बताए ।
नबिल एसएसई कोशी प्रदेशका संयोजक बेद संग्रौलाले सहभागी तथा अतिथिहरुलाई स्वागत गर्दै उद्यमशीलता प्रवद्र्धनमा निरन्तर सहयोगका लागि नबिल बैंकप्रति आभार व्यक्त गरे । उक्त अवसरमा नबिल एसएसई कार्यक्रमका सहभागीहरुले आफ्नो उद्यमशीलता यात्रा र नबिल एसएसईमार्फत प्राप्त ज्ञानले पुर्याएको सहयोगबारे चर्चा गरेका थिए ।
कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलताको सम्भावनालाई उजागर गर्दै नवप्रवर्तनशील व्यवसायहरूको प्रवद्र्धन तथा मुलुकभर दिगो उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुर्याउँदै आएको छ ।
सोही अवसरमा नबिल बैंकका अध्यक्ष पौडेल र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख डा. रामावतार शरणले कार्यक्रममा सहयोग पुर्याउने विज्ञहरुलाई सम्मान स्वरुप मायाको चिन्ह प्रदान गरेका थिए । क्याम्पस प्रमुख डा. शरणले नबिल बैंक तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससँगको साझेदारीमा सञ्चालित नबिल एसएसई कार्यक्रम सफल रहेको तथा आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनेसरसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत फेलोसिप कार्यक्रम तथा सर्टिफिकेट कोर्स सञ्चालन भइरहेको छ । फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँग सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै प्रदेशका ११ शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको छ ।
हालसम्म नबिल एसएसई सर्टिफिकेट कोर्सले ५४३ सहभागीलाई सफलतापूर्वक प्रशिक्षण प्रदान गरेको छ । जसले ७२ उद्यम स्थापना गर्न सफल भएका छन् । दुवै कार्यक्रममार्फत हालसम्म कुल ११७ उद्यम स्थापना भएका छन् भने एक हजार २०० भन्दा बढी रोजगारीका अवसर सिर्जना भएको बैंकले जनाएको छ ।
अपडेट
दशरथ रंगशालामा भइरहेको छ नेपालकै पहिलो ईस्पोर्ट्स च्याम्पियनसीप
दशरथ रंगशाला काठमाडौंमा नेपालकै पहिलो राष्ट्रिय ईस्पोर्ट्स च्याम्पियनसीप सुरू भएको छ । फागुन ८ गते बिहीबारदेखि सुरू भएको प्रतिय…
इन्स्टाग्राममा नयाँ डीएम फिचर : अब मेसेज ट्रान्सलेसन, सेड्युलिङ, पिन, र म्युजिक सेयरिङ सजिलो
इन्स्टाग्रामले बुधबार डायरेक्ट मेसेज (डीएम) का लागि नयाँ फिचरहरू घोषणा गर्यो । यी नयाँ फिचरहरू आएपछि प्रयोगकर्ताहरूले १ः१ च्याट…
हाम्रो पात्रोको मेगा रिलिज: अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट सार्वजनिक
नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले आफ्नो प्रयोगकर्ताहरूका लागि नयाँ युआई र सुविधाहरूसहितको मेगा रिलिज लिएर आएको छ। &…
नेपालकै पहिलो राष्ट्रिय ईस्पोर्ट्स लिगलाई उत्कृष्ट बनाउँदै सामसङ
नेपालको पहिलो राष्ट्रिय ईस्पोट्र्स च्याम्पियनसिप फागुन ८ देखि १० गतेसम्म दशरथ रङ्गशाला, काठमाडौँमा भइरहेको छ । यो प्रतियोगि…
एनसेलले ल्यायो अनलिमिटेड डेटा अफर, ९० रूपैयाँमा दुई दिनसम्म अनलिमिटेड डेटा
एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरि दुई ड…
पोखराको टेलनेट इन्टरनेटको लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले पोखराको टेलनेट इन्टरनेटको लाइसेन्स खारेज गरेको छ । नवीकरणका लागि तोकिएको समयावधि भित्र नियमानुसा…
नो अब्जेक्सन लिएर मात्रै विदेशी दूरसञ्चार सेवा प्रदायकको सिम र रिचार्ज बिक्री गर्नु: प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले नो अब्जेक्सन लिएर मात्रै विदेश यात्रा गर्ने व्यक्तिहरूलाई सिमकार्ड र रिचार्ज कार्ड बिक्री गर्न अनुरोध गरे…
ताम्राकार कम्प्लेक्समा इजी मोबाइल केयरको एप्पल सर्भिस सेन्टर
इजी मोबाइल केयरले एप्पल सर्भिस सेन्टर संचालनमा ल्याएको छ । काठमाडौंको पाको, न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौ तल्लाको ५५ न…
अब हाम्रो पात्रोबाटै इभेन्टहरूको टिकट खरिद गर्न मिल्ने
हाम्रो पात्रो एपबाट सिधैँ टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। यो डिजिटल युगमा प्रयोगकर्ताहरूलाई थप सजिलो बनाउन, ह…
आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्साललाई कोशी एक्सिलेन्स अवार्ड
आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्साल कोशी एक्सिलेन्स अवार्ड २०८१ बाट सम्मानित भएका छन् ।
बुधबार सोल्टी वेस्टेन्ड इटहरीमा आयोजना भएको क…
एलन मस्कद्वारा ग्रोक ३ सार्वजनिक: आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ युगको सुरुवात
एक्स र स्पेसएक्स जस्ता कम्पनीका मालिक एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा हलचल मच्चाएका छन् । मस्कले पृथ्वीको सबैभन्दा स्म…
अब फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभन्दा बढी स्टोर नहुने, पूराना पनि डिलिट हुँदै
अब फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभन्दा बढी स्टोर नहुने भएका छन् । मंगलबार फेसबुकले फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभ…
ह्युम्यानोइड रोबोटमा काम गर्दै मेटा
मेटाले ह्युम्यानोइड रोबोटमा काम गरिरहेको ब्लुमबर्गले जनाएको छ । एआई र अगुमेन्टेड रियालिटी (एआर) प्रविधिको फाइदा उठाउँदै ह्युम्य…
एक्सएआईले सार्वजनिक गर्यो ग्रोक थ्री मोडेल
एलन मस्कको एक्सएआईले हालै ग्रोक थ्री मोडेल सार्वजनिक गरेको छ । यो ग्रोक २ मोडेलभन्दा दश गुणा क्षमता रहेको कम्पनीको दावी छ ।…
डेढ अर्ब बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ
नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’मार्फत रु डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ परेका छन्।
…