अपडेट
सरकारविरूद्ध चर्कियो जेनजीको देशव्यापी आन्दोलन
सरकारको दमनमा १९ जनाको ज्यान जाने गरी घटना भएपछि जेनजीको आन्दोलन झनै चर्किएको छ । ठाउँ ठाउँमा सरकारविरूद्ध प्रदर्शन भइरहेको छ ।
प्रदर्शन रोक्नका लागि काठमाडौं उपत्यका लगायत अन्य विभिन्न ठाउँमा कर्फ्यु लागु गरिएको छ । तर कर्फ्युमा पनि स्वःस्फुर्त रूपमा आन्दोलन भइरहेको छ ।
सोमबारदेखि भ्रष्टाचार, सामाजिक सञ्जाल प्रतिबन्ध र बेथितिविरूद्ध जेनजी पुस्ताले आन्दोलन सुरू गरेका थिए । पहिलो दिननै १९ जनाको ज्यान जाने गरी राज्यले दमन गरेपछि क्षमा नहुने घटना भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट टिप्पणी भइरहेको छ । सबैको एउटै स्वर छ – सरकारको दमन अति भयो, सत्तामा बस्ने औचित्य सकियो ।
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध भने सोमबार रातिदेखि खोलिसकेको छ । प्रधानमन्त्री, मन्त्री, प्रदेशका मन्त्रीहरूले राजीनामा दिनुपर्ने, अन्तरिम सरकार गठन गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको माग र भ्रष्टाचारको निष्पक्ष छानबीनको माग प्रदर्शनकारीको छ ।
मंगलबार प्रदर्शनकारीहरूले नेताका निवास, पार्टी कार्यालय, सरकारी कार्यालय लगायतलाई निशाना बनाइरहेका छन् । त्यहाँ आगजनी र तोडफोडको प्रयास उनीहरूले गरिरहेका छन् ।
अपडेट
दराजको ९.९ दशैँ धमाका – ७५ प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरीसँगै फ्ल्याट भौचर सुविधा
नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक…
केही सेवा प्रदायकको नेटवर्कमा चल्न थाल्यो फेसबुक
केही सेवा प्रदायकको नेटवर्कमा बन्द भएका सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर चल्न थालेका छन् ।
इनड्राइभको 'सेफ्टी फर्स्ट' तालिम सम्पन्न, १०० भन्दा बढी चालक सहभागी
ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले 'सेफ्टी फर्स्ट' तालिम सम्पन्न गरेको छ । यात्रु सुरक्षाप्रति…
हाम्रो पात्रोले भन्यो: दर्ता २०७३ सालमै भएका हौं, अहिले सञ्चार मन्त्रालयमा सूचीकरण मात्रै हो
सूचीकरण नभएको भन्दै सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा हाम्रो पात्रो पर्दा धेरैलाई आश्चर्य लागेको थियो । हाम्रो पात्रोलाई उक्त …
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रियो जेनजी पुस्ता
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ता सडकमा उत्रिएको छ । सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्ट नेता तथा उच्च पदस्थ सरका…
भीपीएन प्रयोग गरेर प्रतिबन्धित सामाजिक सञ्जाल चलाउन थालेपछि सरकारले भन्यो: असुरक्षित छ, प्रयोग नगर्नुस्
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न आग्रह गरेको छ । सूचीक…
सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रमा असर परेको छ: नास आईटी
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नासआईटी) ले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रमा अ…
जीबोर्डमा एआई: एन्ड्रोइडमा सन्देश लेख्न, प्रूफरिड र इमोजी रिमिक्सलाई सजिलो हुने
गुगलले एन्ड्रोइडको बिल्ट-इन किबोर्ड जीबोर्ड लाई एआई-सञ्चालित टुलहरूसँग सुसज्जित गरिएको छ। अब प्रयोगकर्ताहरूले आफ्ना सन्देशहरू केही…
एआईले पाँच वर्षमै विश्व रोजगारी तहसनहस बनाउन सक्ने चेतावनी
लुइसविल विश्वविद्यालयका कम्प्युटर विज्ञान प्राध्यापक रोमन याम्पोल्स्कीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आर्टिफिसियल जनरल इंटेलिजेन्स…
टीसीएलको दसैँ, तिहार अभियान सुरु, ग्राहकलाई २ लाख ८ हजारसम्मको नगद छुट
नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले दसैँ-तिहारको अवसर पारेर ‘ग्रेटनेस इन एभ्री मोमेन्ट, इन्सपायर …
क्यान महासंघले भन्यो – सामाजिक सञ्जाल बन्द समाधान होइन, डिजिटल रूपमा नेपाल पछि पर्न सक्छ
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणमा नआएका सबै सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णयप्रति कम्प्युटर एसोसिएसन नेपाल महा…
टिकटकमा चल्यो भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने ‘नेपो बेबी’ अभियान
सामाजिक सञ्जाल टिकटकमा भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने नयाँ अभियान सुरू भएको छ ।
नेपालमा सूचीकरण हुनका लागि एक्सले माग्यो आवश्यक कागजात
सामाजिक सञ्जाल एक्सले नेपालमा सूचीकरण हुनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग औपचारिक रूपमा आवश्यक कागजात म…
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट
नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
गुगल जोखिममा: प्रयोगकर्ताहरू जनरेटिभ एआईतिर सर्दै, ट्राभलदेखि फिटनेससम्म प्रयोग
फ्यूचर एआई सेन्टिमेन्ट वेभ ३ को रिपोर्ट अनुसार, अमेरिकामा ५५ प्रतिशत र बेलायतमा ६२ प्रतिशतमानिसहरू अब सर्च इञ्जिनको सट्टा एआई च्य…