अपडेट
वर्ल्डलिंकको ब्राण्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी
नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो भव्य घोषणा गरिएको हो।
नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन्। यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा संगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सम्झौता कार्यक्रम २५ अप्रिल २०२५ मा वर्ल्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा एक भव्य समारोहबीच सम्पन्न भएको थियो । सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए ।
नेपालमा पहिलोपटक एउटै कम्पनीले एकै साथ ६ जना ब्राण्ड एम्बेसडरहरू अनुबन्धन गर्ने ऐतिहासिक कार्य वर्ल्डलिंकले गरेको छ, जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाएको छ ।
समारोहमा मनोज अग्रवालले यी ६ जना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टीमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक भएको बताउँदै उनीहरूलाई वर्ल्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित भएको बताए ।
यस्तै सीईओ केशव नेपालले गत वर्ष ‘बीट द स्पीड’ अभियान सुरु गरेर नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गरेको जानकारी दिए । यसको दोस्रो सिजन चाँडै नै आउने उनको भनाइ छ ।
छ जना खेलाडीहरूले पनि आफ्नो खुशी र उत्साह व्यक्त गर्दै, नेपालकै सबैभन्दा ठूलो आईएसपी वर्ल्डलिंकले आफूहरूलाई विश्वास गरेर अनुबन्ध गरेकोमा गर्व महसुस भएको बताए ।
उनीहरूले वर्ल्डलिंकको नवीनता, विश्वसनीयता र सामाजिक प्रतिबद्धतामा विश्वास गर्दै सहकार्यमार्फत दुवै पक्षका लक्ष्यहरू पूरा गर्न सँगै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
अपडेट
दैलेखको पर्यटकीय क्षेत्र गुराँसमा नेपाल टेलिकमको फोरजी सेवा
कर्णाली प्रदेशको सुर्खेत जिल्लाको गुराँस गाउँपालिका ४ मा नेपाल टेलिकमले फोरजी सेवा यही वैशाख ८ गतेबाट सञ्चालनमा ल्याएको छ।
फोरजी सेवा सञ्चालनमा…
च्याटजीपीटी, कोपाईलट, जेमिनाई वा ग्रोक: कुन एआई मोडेल कुन काममा उत्कृष्ट?
एआई अब भविष्यको होइन, वर्तमानको आवश्यकता बनेको छ । यो सामान्य जीवनमा काम गर्ने तरिकाहरूलाई तीव्र रूपमा परिवर्तन गर्दैछ, अर्थात् म…
नेपाल मोबाइल वितरक संघका नवनिर्वाचित पदाधिकारीहरूलाई एमपिआइएद्वारा बधाई तथा स्वागत
मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीह…
एससीटी युपिआई कार्डमार्फत भुक्तानी गर्दा मक्र्योर काठमाडौँ होटलमा विशेष छुट
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र यहि जनवरी देखि काठमाडौँको सुकेधारा हाइट्समा देश…
अमेरिकी ट्यारिफका बीच पनि चीनको रोबोटिक क्षेत्र विश्व बजारमा अगाडि
अमेरिकी ट्यारिफका कारण अहिले विश्वभर चिन्ता छ । धेरै देशहरू र त्यहाँ काम गर्ने कम्पनीहरूले अब आफ्नो नाफा–नोक्सानको मूल्यां…
युट्युबमा २० अर्ब भिडियो अपलोड! दुई दशकको यात्रामा विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्म बन्न सफल
दुनियाँको सबैभन्दा ठूलो भिडियो शेयरिङ्ग प्लेटफर्म युट्युबका दीवाना तपाईंलाई हरेक ठाउँमा भेटिन्छन् । यो प्लेटफर्म मनोरञ्जनदेखि लिए…
च्वाइस सुविधा ल्याउँदै दराज, किनमेल प्रक्रियालाई अझ सहज बनाउने
नेपालकै अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्शनका रुपमा ‘च्वाइस’ सार्वजनिक गर्ने…
डिजिटल कर्णाली कन्क्लेभ २०२५ सम्पन्न, प्रदेशको डिजिटल मार्गचित्र कोर्न सघाउने विश्वास
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार र आइस…
नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ सार्वजनिक
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ सार्वजनिक गरेको छ ।
ह्वाट्सएपमा गरिएको च्याट अब एक्सपोर्ट गर्न नसकिने
ह्वाट्सएपले नयाँ फिचर ‘एड्भान्स च्याट प्राइभेसी’ फिचर ल्याएको छ । यो फिचरको काम भनेको प्रयोगकर्ताहरूलाई कुराकानीको स…
सगरमाथा संवादका लागि सामाजिक सञ्जाल दूतको आह्वान, आवेदन दिने आज अन्तिम दिन
सरकारले सगरमाथा संवाद २०२५ का लागि सामाजिक सञ्जाल…
नेपालपे कार्डको लागि प्राइम कमर्सियल बैंक र एनसीएचएलबीच सम्झौता
प्राइम कमर्सियल बैंक र एनसीएचएलबीच एनपीएस – एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लाग…
टेलर स्विफ्टलाई पछि पार्दै स्केल एआईकी संस्थापक ३० वर्षीया लूसी गुओ बनिन डलर अर्बपति
लूसी गुओ नाम गरेकी अमेरिकाकी ३० वर्षीया युवती हालै सबैभन्दा कम उमेरमा सेल्फ–मेड महिला डलर अर्बपति बन्न सफल भएकी छन् । उ…
इन्स्टाग्रामको 'एडिट्स' एप एन्ड्रोइडमा उपलब्ध, मोबाइलमा सजिलै भिडियो एडिट गर्न सकिने
एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि इन्स्टाग्रामले आफ्नो नयाँ भिडियो एडिटिङ एप 'एडिट्स' सार्वजनिक गरेको छ । अब यसबाट तपा…
आईसीटीमा लैंगिक समानता प्रवर्द्धन गर्न ललितपुरमा डब्लुआईआईटीको प्रभातफेरी कार्यक्रम
सूचना प्रविधिमा महिला (डब्लुआईआईटी) को आयोजनामा अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवस २०२५ को अवसरमा प्रभातफेरि कार्यक्रम सम्प…