कीवर्डहरू -

अपडेट

अब च्याटजीपीटी भित्रै स्पोटीफाई र क्यान्भा जस्ता एप्ससँग अन्तरक्रिया गर्न सकिने

ओपनएआईले सोमबार आफ्नो डेभ डे कार्यक्रममा नयाँ एप्स एससीडके घोषणा गर्दै च्याटजीपीटी भित्रै लोकप्रिय तेस्रो-पक्ष एप्स प्रयोग गर्न सकिने सुविधा ल्याएको छ। अब प्रयोगकर्ताहरूले स्पोटीफाई, क्यान्भा लगायतका एप्ससँग सिधै  च्याटजीपीटी मार्फत अन्तरक्रिया गर्न सक्नेछन्।

यो नयाँ प्रणालीले  च्याटजीपीटी लाई बाह्य एप्ससँग जोड्ने क्षमतासहित ल्याइएको हो। सुरुमा सीमित एप्स उपलब्ध भए पनि, ओपनएआईले समयक्रममा थप एप्स जोड्ने र डेभलपरहरूलाई आफ्नो एपमार्फत आम्दानी गर्न सक्ने दिशामा काम गर्दैछ।

उदाहरणका लागि, प्रयोगकर्ताले च्याटजीपीटी मा लेख्न सक्छन् — ‘Spotify, make a playlist for my party this Friday।’ पहिलो पटक प्रयोग गर्दा  च्याटजीपीटी प्रयोगकर्तालाई आफ्नो स्पोटीफाई खाता जडान गर्न अनुरोध गर्नेछ। त्यसपछि  च्याटजीपीटी ले मूड, थीम वा विषयका आधारमा सिफारिस तयार पार्छ, जसलाई पछि स्पोटीफाई मा नै सुन्न सकिन्छ।

स्पोटीफाईका अनुसार, ‘यो अझै प्रारम्भिक चरणमा छ। हामी सबै अनुरोधहरू तुरुन्तै पूरा गर्न नसकौंला, तर आगामी हप्ताहरूमा यस अनुभवलाई अझ सुधार गर्दै लग्नेछौं।’

ओपनएआईले कार्यक्रमका दौरान अन्य एप्सको पनि प्रदर्शन गर्‍यो। कम्पनीका एक कर्मचारीले च्याटजीपीटी सँग कुरा गर्दै कुकुर हिँडाउनको व्यापारका लागि क्यान्भा प्रयोग गरी पोस्टर डिजाइन गरेको देखाए।

हाल च्याटजीपीटी भित्र क्यान्भा, कोर्सेरा, फिग्मा, स्पोटीफाई र जिलो जस्ता एप्स उपलब्ध छन्। निकट हप्ताहरूमा डोरड्यास, ओपन टेबल, टार्गेट र उबर पनि यस प्रणालीमा जोडिनेछन्।

ओपनएआईले यस वर्षकै अन्त्यसम्ममा डेभलपरहरूबाट नयाँ एप्सको सबमिशन लिन सुरु गर्ने र समीक्षा प्रक्रिया पूरा गरी तिनीहरूलाई च्याटजीपीटी भित्र सार्वजनिक गर्ने योजना समेत जनाएको छ। 
 

अपडेट

एनएफसी प्रविधि प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्

सम्पर्करहित भुक्तानी प्रविधि ‘एनएफसी’ प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस् आजकल भुक्तानीको आधुनिक माध्यमको रूपम…

ओपनएआईले किन्यो रियो स्टार्टअप, वित्तीय क्षेत्रमा पनि प्रवेश गर्न खोजेको सङ्केत

ओपनएआईले रियो (Rio) नामक स्टार्टअप अधिग्रहण गरेको छ। यसपटक एआई कम्पनीले प्रयोगकर्तालाई आफ्ना सम्पूर्ण वित्तीय पोर्टफोलियो एकै ठाउँ…

के ट्रिलियन डलर सम्पत्ति भएको व्यक्ति बन्लान एलन मस्क ?

विश्वकै धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति ५०० अर्ब डलर पुगेको छ । बुधबार मस्कको जम्मा सम्पत्ति आधा ट्रिलियन डलर अर्थात् ५०० अर्ब डलर…

विपद्को मौका छोपेर बढी भाडा असुल्ने राइड शेयरिङविरूद्ध कारवाही गर्ने प्रशासनको चेतावनी

जिल्ला प्रशासन काठमाडौंले मनसुनजन्य विपद्को समयमा बढी भाडा लिने इन्ड्राइभ, पठाओ, याङ्गो लगायतका राइड सेयरिङ चालकहरूलाई कारवाही…

इन्डोनेसियमा टिकटकको लाइसेन्स निलम्बन, आवश्यक डेटा उपलब्ध नगराएको आरोप

इन्डोनेसियाले लोकप्रिय सामाजिक सञ्जाल टिकटकको सञ्चालन लाइसेन्स निलम्बन गरेको छ। टिकटकले अगस्ट महिनामा भएको देशव्यापी प्रदर्शनको स…

बाढी तथा मौसम सम्बन्धि जानकारी यसरी लिनुहोस्

देशका विभिन्न ठाउँमा वर्षा सुरू भएको छ । यसअघि नै जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म पानी पर्ने बताइसकेको छ । …

ओपेराको एजेन्टिक एआई ब्राउजर नियोन सार्वजनिक, यस्ता छन् सुविधा

वेब ब्राउजर निर्माता ओपेराले आफ्नो नयाँ एजेण्टिक एआई ब्राउजर ‘ओपेरा नियोन’ (Opera Neon) सार्वजनिक गरेको छ ।

परप्लेक्सिटीको कोमेट एआई ब्राउजर अब विश्वभर निःशुल्क उपलब्ध

परप्लेक्सिटीले आफ्नो कोमेट एआई ब्राउजर सबैका लागि निःशुल्क उपलब्ध गराएको छ। यसअघि यो सेवा परप्लेक्सिटी म्याक्स प्रयोगकर्ताहरूल…

एरिजोनामा अमेजनका दुई डेलिभरी ड्रोन क्रेनसँग ठोक्किँदा दुर्घटना

एरिजोनाको टोल्सनमा अमेजनका दुई डेलिभरी ड्रोनहरू क्रेनसँग ठोक्किँदा दुर्घटना भएको छ। यो घटना अमेजनको फुलफिलमेन्ट सेन्टरबाट करिब…

एडोबीले आईफोनमा ल्यायो प्रिमियर एप, क्यापकट र एडिट्ससँग प्रतिस्पर्धा

डेस्कटपमा सबैभन्दा धेरै प्रयोग हुने भिडियो सम्पादन सफ्टवेयरमध्ये एक एडोबी प्रिमियर अब आईफोनमा पनि उपलब्ध भएको छ।

टिकटक, रिल्स र शर्ट्ससँग प्रतिस्पर्धा गर्न ओपनएआईले ल्यायो सोरा एप, एआई जेनेरेटेड भिडियो शेयर गर्न सकिने

एआई कम्पनी ओपनएआईले मंगलबार आफ्नो नयाँ भिडियो र अडियो जेनेरेटर ‘सोरा २’ सार्वजनिक गरेको छ । यसअघि आएको सोरा मो…

एलन मस्कले घोषणा गरे ‘ग्रोकीपेडिया’, विकिपेडियालाई चुनौती दिने तयारी

अमेरिकी अर्बपति एलन मस्कले आफ्नो एआई कम्पनी एक्सएआईमार्फत विकिपेडियालाई टक्कर दिने नयाँ परियोजना सुरु गर्ने घोषणा गरेका छन्।

च्याटजीपीटीमा नयाँ सुरक्षा र अभिभावक नियन्त्रण सुविधा

ओपनएआईले च्याटजीपीटीमा नयाँ सुरक्षित राउटिङ प्रणाली र अभिभावक नियन्त्रण (Parental Controls) सुविधा सुरु गरेको छ। 

एम फाइभ म्याकबुक उत्पादन गर्ने तयारीमा एप्पल

एप्पलको नयाँ सिलिकन चिप चाँडै उत्पादन लाइनमा प्रवेश गर्न लागेको छ भन्ने समाचार ब्लूमबर्गका मार्क गूर्मनले दिएका छन्। आफ्नो पछिल्लो …

एन्थ्रोपिकले नयाँ एआई मोडल सोनेट ४.५ सार्वजनिक, अहिलेसम्मकै उत्कृष्ट कोडिङ्ग मोडल दाबी

एआई कम्पनी एन्थ्रोपिकले नयाँ मोडल सोनेट ४.५ (Sonnet 4.5) सार्वजनिक गरेको छ । कम्पनीले यसलाई विश्वकै उत्कृष्ट कोडिङ्ग मोडल दाबी ग…