कीवर्डहरू -

अपडेट

इनड्राइभले नेपालमा खोल्यो आफ्नो आधिकारिक कार्यालय

राइड हेलिङ एप इनड्राइभले काठमाडौँ उपत्यकामा आफ्नो आधिकारिक कार्यालय उ‌द्घाटन गरेको छ । चालक साझेदारहरूलाई सहयोग गर्न र सेवाको गुणस्तर बढाउन कम्पनीले ललितपुरको कुपण्डोलमा कार्यालय खोलेको हो । 

कार्यालयको उद्घाटन पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सांसद प्रकाश ज्वालाले गरेका थिए । नयाँ कार्यालयले चालकहरुलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरूको लागि केन्द्रको रूपमा काम गर्ने उल्लेख गरेको छ ।

यो कार्यालयको सुरुवातसँगै, इनड्राइभले अब व्यक्तिगत रूपमा चालक सपोर्ट र प्रशिक्षण, समुदाय र सुरक्षा केन्द्रित पहलहरू, स्थानीयकृत मार्केटिङ र साझेदारी कार्यक्रमहरू, तथा स्थानीय बजार अनुरूप आफ्नो सेवाहरु सञ्चालन गर्ने जनाएको छ ।

‘हामी हाम्रा चालक साझेदारहरू र काठमाडौँमा यहाँका समुदायका लागि हाम्रा ढोका खोल्न पाउँदा उत्साहित छौं,’ इनड्राइभमा एपीएसीका क्षेत्रीय निर्देशक मार्क टोलीले भने, ‘यो कार्यालय केवल कार्यस्थान मात्र होइन, यो चालकहरूलाई सफल हुन र इनड्राइभ टोलीसँग साँच्चै जोडिएको महसुस गर्न डिजाइन गरिएको समर्थन केन्द्र हो।’

यस्तै इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले भनिन्, ‘नेपाल इनड्राइभको लागि एक प्रमुख बजार हो, र यो नयाँ कार्यालय हामीले स्थानीय चालक समुदायसँग निर्माण गरिरहेको बलियो साझेदारीको प्रतिबिम्ब हो। स्थानीयरुपमा सपोर्टमा लगानी गरेर र हाम्रा चालकहरूको कुरा सुनेर, हामी साँच्चै मानिसहरूको लागि काम गर्ने प्लेटफर्म निर्माण गर्दैछौं। यो कार्यालयले हाम्रो प्लेटफर्मलाई शक्ति दिने चालकहरूप्रति हाम्रो गहिरो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ। यो त्यस्तो ठाउँ हो जहाँ तिनीहरू केवल प्रशिक्षण वा समर्थनको लागि मात्र नभई सुन्न, बढ्न र ठूलो कुराको हिस्सा बन्न पनि आउन सक्दछन् । हामी काठमाडौंमा हाम्रो कार्यालय खोल्न पाउँदा गर्व गर्छौं।’

null

कम्पनीका अनुसार नयाँ कार्यालयमा नियमित प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ । जसले चालकहरूलाई व्यावसायिक रूपमा बढ्न र उच्चतम स्तरको सेवा प्रदान गर्न आवश्यक ज्ञान र जानकारीहरू प्रदान गर्नेछ। चालकहरूले कुनै समस्याको सामना गरेमा वा टोली सदस्यसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहेमा सिधै कार्यालयमा जान सक्नेछन् ।

यो सुरुवातले नेपालको बजारप्रति इनड्राइभको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उल्लेख गरिएको छ । जहाँ पारदर्शी, उचित मूल्य निर्धारण मोडेल र प्रयोगकर्तालाई प्राथमिकतामा राख्ने दृष्टिकोणको कारणले यात्रु र चालक दुवैको लागि द्रुत रूपमा मनपर्ने विकल्प बनेको छ।
 

अपडेट

रूसमाथि ड्रोन हमला गर्न युक्रेनले किन प्रयोग गर्‍यो २० वर्ष पुरानो सफ्टवेयर ?

युक्रेनले हालै रूसभित्र ‘स्पाइडर वेब’ नामक एक व्यापक एआई ड्रोन आक्रमण सञ्चालन गरेको छ । यस समन्वित ड्रोन हमलाले बेला…

गर्मीको किनमेल लक्षित दराजको ६.६ मेगा मिड इयर सेल, आकर्षक छुटसँगै उपहार पनि

नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म, दराज नेपालले ६.६ मेगा मिड इयर सेलको घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८० प्रतिशतसम्…

नबिल बैंकले पायो ‘द बैंकर्स टेक्नोलोजी’ अवार्ड

नेपालको अग्रणी बैंक नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएक…

फर यु फीडलाई अझ व्यक्तिगत र सुरक्षित बनाउन टिकटकले ल्यायो नयाँ सुविधा

टिकटकले फर यु फीडलाई अझ व्यक्तिगत बनाउन युजरहरूलाई अझ धेरै नियन्त्रण दिने नयाँ टुलहरू ल्याएको छ । नयाँ सुविधाले प्रयोगकर्ताहरू…

असारमा एनपीनगको एघारौं संस्करण हुँदै

नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) को एघारौं संस्करण एनपीनग ११ आगामी असार १ देखि ६ सम्म काठमाडौँमा आयोजना हुने भएको छ । न…

एनसेल फाउन्डेसनको सहकार्यमा सुदूरपश्चिम प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको सहकार्यमा सञ्चालित डिजिटल साक्षरता कार्यक्रम सुदूरपश्चिम प्रदेशमा सम्पन्न भएको छ । 

मंगलबार सुदूरपश्…

एभरेष्ट बैंकले ल्यायो इबिएल भर्चुअल क्रेडिट कार्ड

एभरेष्ट बैंकले इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्र…

मञ्जुश्री फाईनान्स र एनसीएचएलबीच नेपालपे कार्डका लागि प्रिन्सिपल मेम्बरसिप सम्झौता

मञ्जुश्री फाईनान्स र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्कीम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्…

ह्वाट्सएपमा युजरनेम सिस्टम: अब मोबाइल नम्बर नदिई च्याट गर्न सकिने

ह्वाट्सएप लामो समयदेखि एक निशुल्क म्यासेजिङ सेवा हो, जसले हरेक वर्ष केही न केही नयाँ र उपयोगी फिचरहरू ल्याउने गर्दछ । चाहे त्यो…

च्याटजीपीटीसँग व्यावसायिक सल्लाह लिँदा आयो अप्रत्याशित जवाफ: ‘अहिलेनै जागिर नछाड’

एआई हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ,। दैनिक जीवनका अधिकांश कामहरूमा मानिसहरू एआईमा यति निर्भर भइसकेका छन् कि यस…

माइन्डराइजर्स इन्स्टिच्युटद्वारा छोटा आईटी कोर्षहरूमा ५० प्रतिशतसम्म छुट

काठमाडौंस्थित माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले आफ्ना सम्पूर्ण छोटा आईटी कोर्षहरूमा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ। आईट…

च्याटबटसँग संवेदनशील जानकारी शेयर नगर्न विज्ञहरूको चेतावनी, कस्ता जानकारी शेयर नगर्ने ?

च्याटबटहरू सहायक र विश्वसनीय असिस्टेन्ट जस्तो लाग्न सक्छन् । तर, विशेषज्ञहरूले तिनीहरूप्रति धेरै भरोसा गर्न सचेत गराएका छन् । विशेष…

धम्की दिँदा एआईले राम्रो जवाफ दिन्छ? सर्गेई ब्रिनको टिप्पणीले सुरु गर्‍यो गम्भीर बहस

गुगलका सह–संस्थापक सर्गेई ब्रिनले दाबी गरेका छन् कि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट राम्रो नतिजा पाउनका लागि एआईलाई धम्…

अमेरिकामा नेपालीले सुरू गरे भेञ्चर क्यापिटल फर्म ‘मोमो भीसी’, प्रविधि स्टार्टअपलाई सशक्त बनाउने

विश्वभर फैलिएका प्रवासी नेपाली समुदायको हक हितका लागि काम गर्दै आएका प्रीति अधिकारी र सजन गौतमले अमेरिका-आधारित भेञ्चर क्यापि…

भाडा नबढाएको पठाओको स्पष्टिकरण, अफलाइन राइडबाट होसियार रहन आग्रह

सोमबार राजधानीमा सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङ सेवामार्फत भाडा वृद्धि गरिएको भन्ने समाचारहरु बाहिर…