कीवर्डहरू -

अपडेट

विद्यार्थीका लागि नेपाल टेलिकमको विशेष अफर, ५ हजारमा एक वर्षका फाइबर इन्टरनेट

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ । इन्टरनेट सेवा उपयोग बढ्दै गइरहेको परिवेशमा २०५४ पछि जन्मिएका विद्यार्थीहरूलाई उच्च गुणस्तरीय इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित यो अफर ल्याइएको हो ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले यसको शुभारम्भ गरेका हुन् । उनले आर्थिक रूपमा सक्षम नभएका विद्यार्थीहरूका लागि सूचना प्रविधिको पहुँच स्थापित गर्न सहुलियतपूर्ण प्याकेज ल्याइएको बताए । 

नेपाल टेलिकमका अनुसार ‘एनटी फाइबर विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरूले  ४ हजार ९९९ रूपैयाँमा ३० Mbps स्पीडको इन्टरनेट सेवा एक वर्षका लागि पाउनेछन् । जडान शुल्क भने ५०० लाग्ने छ ।

उक्त प्याकेजमा डुअल ब्याण्ड राउटरसहित १०० मिटर ड्रप फाइबर पनि समावेश छ । यसका लागि विद्यार्थीहरूले विद्यार्थी परिचयपत्र, जन्ममिति खुल्ने प्रमाणपत्र र नागबालिगको हकमा अभिभावकको नागरिकता, लाइसेन्स वा पासपोर्ट आवश्यक पर्नेछ । यो अफर माघ २२ गतेसम्म लागु हुनेछ ।

विद्यार्थीहरूले यो सेवा लिन १९८ मा फोन गर्न, नेपाल टेलिकमको नजिकको कार्यालय वा Demand Portal मार्फत अनलाइन आवेदन दिएर प्राप्त गर्न सक्नेछन् । 

यो अफर अन्तरगत उपलब्ध गराइएको इन्टरनेट समयावधि सकिएपश्चात पुनः यसै प्याकेजमा नवीकरण गर्न सकिने छैन । साविकमा उपलब्ध गराइएका प्याकेजबाट कुनै एउटा छनौट गर्नुपर्नेछ । अन्य प्याकेजमा नवीकरण गर्न नचाहेमा सुरूमा दिइएको राउटर पनि फिर्ता गर्नुपर्नेछ ।  

अपडेट

ग्यालेक्सी ट्याब एस११ नेपालमा, क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम सुविधा

सामसङ नेपालले ग्यालेक्सी ट्याब एस११ नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्यालेक्सी एआई र वान युआई ८ द्वारा संचालित, ट्याब एस ११ ल…

हाम्रो पात्रोले सुरू गर्‍यो ‘घरमै फ्लु खोप’ सेवा

नेपालको अग्रणी डिजिटल सेवा प्रदायक हाम्रो पात्रोले आजदेखि घरमै फ्लु (इन्फ्लुएन्जा) खोप सेवा औपचारिक रूपमा सुरु गरेको छ। यस सेवा…

आइसिटी अवार्ड २०२५ का सेमिफाइनलिष्टहरूका लागि आईतबार मेन्टरिङ सेसन हुँदै

आइसिटी अवार्ड २०२५ का सेमि फाइनलिष्टहरूका लागि आईतबार अर्थात आज मेन्टरिङ सेसन हुने भएको छ । दिउँसो १२ बजेदेखि बागबजारको मोड…

एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको तिब्र चर्चा चल्दै गर्दा, यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्…

दूरसञ्चार प्राधिकरणका पहिलो अध्यक्ष स्व. भूप राज पाण्डेको स्मृतीमा ‘पोलिसी डायलग सिरिज’ सुरू

नेपाल दूरसञ्चार प्राधिकरणका प्रथम अध्यक्ष स्व. भूप राज पाण्डेको स्मृतीमा नीतिगत छलफल गर्ने गरी 'भूप राज पाण्डे मेमोरियल पोलिस…

एआईले आत्महत्यामा उक्साएको आरोप: ओपनएआईविरुद्ध सातवटा मुद्दा दायर

कृत्रिम बुद्धिमत्ता कम्पनी ओपनएआईविरुद्ध सात वटा मुद्दा दायर भएका छन्। आरोप छ कि च्याटजीपीटीले मानिसहरूलाई आत्महत्या गर्न प्रेरित ग…

नेपाली स्टार्टअपलाई भारतमा प्रशिक्षणको अवसर

काठमाडौँस्थित भारतीय दूतावासले मंगलबार भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (IN-SPAN) कार्यक्रम सुरु गर्नु अघिको ओरिएन्टेशन सेसन सम्पन्न गरेको छ । यो पहलले…

विश्वकै पहिलो ट्रिलियनियर बन्ने बाटोमा एलन मस्क, टेस्लाका शेयरधनीहरूले पारित गरे नयाँ क्षतिपूर्ति योजना

टेस्लाका शेयरधनीहरूले प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्कलाई विश्वकै पहिलो ट्रिलियनियर बनाउने सम्भावना रहेको क्षतिपूर्ति यो…

अब स्थानीय तहबाटै प्यान कार्ड

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागलेप्यान कार्ड लगायत कर सम्बन्ध…

कार्तिक २४ गतेदेखि दराजको ११.११ सेल, ८५ प्रतिशतसम्मको छुटसहित फ्ल्याश सेल र एथर रिज्टा इलेक्ट्रिक स्कूटर जित्ने मौका

दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज नेपालले वर्षकै सर्वाधिक ठूलो सेलका रुपमा परिचित दराज ११.११, “द बिगेस्ट…

आइओएस २६.१ मा आयो ‘लिक्विड ग्लास’ इफेक्ट डिसेबल गर्ने विकल्प

एप्पलले आइओएस २६.१ अपडेट रिलिज गरेको छ। कम्पनीले केही महिनाअघि मात्र आइओएस २६ अपडेट सार्वजनिक गरेको थियो। अब कम्पनीले यसलाई …

ह्वाट्सएपले ल्याउँदैछ नयाँ ‘स्ट्रिक्ट अकाउन्ट सेटिङ्स’ फिचर, साइबर आक्रमणबाट सुरक्षित राख्ने उद्देश्य

ह्वाट्सएपको प्रयोग आज दुनियाँभर लाखौं मानिसले गरिरहेका छन्। कम्पनीले पनि प्रयोगकर्ता अनुभव राम्रो बनाउने उद्धेश्यले एकपछि अर्को नय…

सुरक्षित र स्मार्ट टुल्समार्फत क्रिएटरहरूलाई सशक्त बनाउन टिकटकका नयाँ फिचर

टिकटकले आफ्नो प्लेटफर्मलाई अझ सुरक्षित, सहयोगी र प्रयोगकर्ता-मैत्री बनाउन नयाँ फिचरहरू सार्वजनिक गरेको छ । 

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा डाटासँगै जीवन बीमा नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरुले मोबाइल ड…

काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश…