अपडेट
अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् ।
काठमाडौँमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको बताएका हुन् ।
सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न देश धेरै अगाडि पुगेका उनको भनाइ थियो । ‘नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र सूचना प्रविधिको संरचनाको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको छ’, सञ्चारमन्त्री गुरुङले भने ।
सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर विस्तारै राज्यले निर्माण गर्ने उनले विश्वास दिलाए । ‘यो वर्ष हामी सूचना प्रविधि सम्बन्धी संरचना निर्माण गर्नेदेखि फोर जी घर घर पु¥याउने र फाइभ जी लञ्च गर्ने भएका छौँ’, नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भने, ‘अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो ।‘ कार्यक्रममा क्यानका अध्यक्ष सुनैना घिमिरेले युवाले सूचना प्रविधिका माध्यमबाट नवीन कार्य सुरु गरेर स्वदेशमै रोजगारका प्रशस्तै अवसर प्राप्त गरिरहेका उदाहरण दिए ।
‘मेहनत गर्ने र सूचना प्रविधि सम्बन्धी ज्ञान राख्नेलाई आयआर्जन गर्न दुःख छैन’, उनले भने, “क्यानले यस्ता युवालाई सहयोग र प्रोत्साहनसमेत गर्दै आएको छ ।’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का सचिव डा रविन्द्रप्रसाद ढकालका अनुसार देशमा इञ्जिनियरको खाँचो छ । ‘यहाँ पढेर विदेश जाने युवा बढ्दै गर्दा मुलुक कसले समृद्धितर्फ लैजान्छ ? भन्ने चिन्ताको विषय बन्दै छ’, उनले भने ।
सचिव डा ढकालले युवा विदेश पलायन हुनु राज्यले सही वातावरण स्वदेशमा दिन नसक्नुको परिणाम रहेको बताए । यद्यपि सूचना प्रविधिको विकासले पछिल्लो समय स्वदेशमै बसेर सिर्जनात्मक कार्य गर्ने आशा लाग्दा युवा पनि रहेको उनले सुनाए ।
‘सूचना प्रविधिमार्फत युवा स्वदेशमै टिकाउन सकिने आधारहरु छन्, तर त्यसका लागि उपयुक्त काम गर्ने वातावरण राज्यले महसुस गराउन सक्नुपर्छ’, सचिव डा ढाकालले भने । दुई दिनसम्म चल्ने उक्त प्रदर्शनीमा युवाले बनाएका सूचना प्रविधि सम्बन्धी विभिन्न नवीन कामका नमुना प्रदर्शन गरिएका छन् ।
अपडेट
सन् २०२६ मा फोल्डेबल आइफोन लन्च हुने, आइफोन १७ एअरबाट प्रेरणा लिने
एप्पलले धेरै समयदेखि आफ्नो ४ – मोडल आइफोन श्रृंखला जारी राख्दै आएको छ, तर २०२५ देखि यसमा परिवर्तन देख्न सकिन्छ । रिपोर्टह…
३ महिनामा टिकटकले हटायो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने १८ लाख बढी नेपाली भिडियो
टिकटकले ३ महिनामा १८ लाख बढी नेपाली भिडियोहरू हटाएको छ । २०२५ को पहिलो त्रैमासिकमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने नेपालक…
टेलिग्राममाथि प्रतिबन्ध: २८ संस्थाको विरोध, मौलिक हक र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको आरोप
नेपाल सरकारले टेलिग्राम एपमा लगाएको प्रतिबन्धप्रति विभिन्न क्षेत्रका २८ सरोकारवाला संस्थाहरूले संयुक्तरूपमा विरोध जनाएका छन् । बु…
लो–लाइटमा ह्वाट्सएपबाट सफा फोटो खिच्न सकिने, नाइट मोड फिचर आउँदै
ह्वाट्सएपले लो–लाइट फोटोग्राफीलाई अझ राम्रो बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा नयाँ नाइट मोड फिचर थप्न लागेको छ। फिचर…
ट्विटरका सह–संस्थापक ज्याक डोर्सीले ल्याए इन्टरनेट र फोन नम्बरबिना काम गर्ने ‘बिटच्याट ’ एप
ट्विटरका सह–संस्थापक ज्याक डोर्सीले ‘बिटच्याट मेष’ नामक एउटा नयाँ ब्लुटुथमा आधारित म्यासेजिङ् एप सार्वजनिक गरे…
एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु
नेपाली व्यवसाय जगतलाई सशक्त बनाउने आफनो प्रतिबद्धता बमोजिम एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका …
मेटाले पुनः सुरू गर्यो क्यामेरा स्मार्टवाचको विकास , सेप्टेम्बरमा हुन सक्छ सार्वजनिक
मेटाले एकपटक फेरि आफ्नो क्यामेरा युक्त स्मार्टवाच प्रोजेक्टमा काम सुरु गरेको छ । यो प्रोजेक्टको सुरुवात २०२१ मा गरिएको थियो तर क…
ग्रोकमा आउँदैछ टेक्स्ट-टु-भिडियो जेनेरेशन फिचर
गूगलले हालै आफ्नो टेक्स्ट-टू-भिडियो जेनेरेशन टूलको नयाँ भेर्सन भेओ ३ (भीओ ३) ल्याएको थियो । अब एलन मस्कको ग्रोक पनि आफ्ना करोडौ…
टिगको बैंक फिड इन्टिग्रेसन सुविधा: बैंकिङ कारोबार म्यानुअल रूपमा राख्नु पर्ने बाध्यता हट्दै
केही समय अगाडिसम्म बैंक खातामा भएको व्यवसायको कारोबार म्यानुअल रूपमा अकाउन्टिङ सफ्टवेयरमा राख्नुपर्थ्यो । सफ्टवेयरले कागजी काम घ…
नयाँ नेपाली क्यालेन्डर वेब एप नेपक्यालेण्डर सार्वजनिक, लोड हुन धेरै समय नलाग्ने
नेपाली क्यालेन्डर वेब एप ‘नेपक्यालेण्डर’ सञ्चालनमा आएको छ…
९ लाख ९९ हजार डाउन पेमेन्टमै इलेक्ट्रिक पिकअप रिड्डारा आरडीसिक्स किन्न सकिने
सीजी मोटर्सले चीनको प्रतिष्ठित अटो ब्रान्ड गिलिसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिड्डारा आरडीसिक्सका लागि नयाँ अफर सार्वजनिक गरेको…
ओपनएआईका सीईओ स्याम अल्टम्यानः अनियन्त्रित एआई शक्तिले डर, निजी डेटा सुरक्षामा खतरा
लोकप्रिय च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईका सीईओ सैम अल्टम्यानलाई एआईको अनियन्त्रित शक्तिले नै खतरा महसुस हुन थालेको छ।
…राष्ट्रियस्तरको तीनदिने ह्याकाथन डीएभी कोडफेस्ट २०२५ सम्पन्न, को को भए विजेता ?
ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा आयोजना गरिएको राष्ट्रियस्तरको तीन दिने कार्यक्रम ‘डीएभी कोडफेस्ट २०२५’ साउन ९…
डिजिटल नेपाल कन्क्लेभ २०२५ का लागि कार्यपत्र आह्वान, यस्तो छ पठाउने तरिका
आइसिटी फाउन्डेसन नेपालले डिजिटल नेपाल कन्क्लेभ २०२५ का लागि कार्यपत्र (पेपर) आह्वान गरेको छ ।
हाम्रो पात्रोले प्राप्त गर्यो अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स, पहिलो ५ हजार प्रयोगकर्तालाई विशेष अफर
नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आवश्यक पर्ने AUSTRAC अन्तर्…