कीवर्डहरू -

अपडेट

युट्युब शर्ट्समा एआई अवतार फिचर सार्वजनिक, क्यामेरामा नदेखिकन भिडियो बनाउने सुविधा

गुगलले युट्युब शर्ट्सका लागि एआई-आधारित अवतार फिचर सार्वजनिक गरेको छ। ब्लग पोस्टमार्फत घोषणा गरिएको यो फिचर अहिले प्रयोगमा आउन थालेको हो। विशेषगरी युट्युब शर्ट्समा प्रयोग गर्न डिजाइन गरिएको यो एआई अवतारमार्फत प्रयोगकर्ताले आफ्नो जस्तै देखिने डिजिटल अवतार भिडियोमा समावेश गर्न सक्नेछन्। यसले प्रयोगकर्तालाई प्रत्यक्ष रूपमा क्यामेरामा नदेखिँदै पनि सामग्री सिर्जना गर्न सहयोग पुर्‍याउनेछ।

गुगलका अनुसार यो फिचर सुरक्षित र भरपर्दो छ। प्रयोगकर्ताले चाहेको अवस्थामा आफ्नो अवतार देखाउने वा नदेखाउने नियन्त्रण पनि राख्न सक्नेछन्। युट्युबले एआईको दुरुपयोग र डीपफेक नियन्त्रण गर्ने उद्देश्यले आफ्नो प्लेटफर्ममा यो नयाँ एआई अवतार फिचर विस्तार गरेको जनाएको छ।

कम्पनीका अनुसार एआई अवतार प्रयोग गरिएका सबै भिडियोमा एआई प्रयोगको जानकारीसहित “SynthID” र “C2PA” जस्ता वाटरमार्क तथा लेबल देखाइनेछ। यसले सामग्री एआईबाट निर्मित भएको स्पष्ट पार्नेछ।

प्रयोगकर्ताले “एआई प्लेग्राउन्ड” मार्फत लाइभ सेल्फी र आवाज रेकर्ड गरेर आफ्नै जस्तै देखिने अवतार बनाउन सक्नेछन्। साथै, युट्युब क्रिएट एपबाट पनि “My Avatar” विकल्पमार्फत समान प्रक्रिया अपनाउन सकिनेछ।

युट्युबले एआई अवतार बनाउँदा केही महत्वपूर्ण सुझाव पनि दिएको छ। कम्पनीका अनुसार अवतार बनाउँदा फोनलाई आँखाको स्तरमा राख्नुपर्छ, आफूलाई फ्रेमको बीचमा राख्नुपर्छ, राम्रो प्रकाशको व्यवस्था हुनुपर्छ, अनुहार पूरै स्पष्ट देखिनुपर्छ, र शान्त स्थानमा बसेर पछाडि अरू कोही नदेखिने सुनिश्चित गर्नुपर्छ। अवतार बनाउन प्रयोगकर्ता सो खाताको वास्तविक मालिक हुनुपर्नेछ र उमेर १८ वर्षभन्दा माथि हुनुपर्ने युट्युबले जनाएको छ।

युट्युबले एआई अवतार प्रयोग गरेर छोटो भिडियो बनाउन सकिने नयाँ फिचर क्रमिक रूपमा सार्वजनिक गर्न थालेको छ। यस सुविधाअन्तर्गत प्रयोगकर्ताले आफूलाई मनपर्ने अवतार छानेर केवल प्रम्प्ट टाइप गर्दा एआईले करिब ८ सेकेन्डसम्मको भिडियो स्वतः तयार गर्नेछ। “Remix” र “Reimagine” विकल्पमार्फत अवतारलाई पहिलेका युट्युब शर्ट्समा पनि थप्न सकिनेछ।

अवतार जुनसुकै बेला मेटाउन वा पुनः बनाउन सकिनेछ। अवतार प्रयोग भएका भिडियो हटाउन तथा कसले रिमिक्स गर्न पाउने भन्ने नियन्त्रण राख्न पनि मिल्नेछ। अवतार भएको भिडियो मेटाउँदा मूल भिडियो भने हट्ने छैन, र अवतार पनि खाताबाट स्वतः हट्ने छैन। तीन वर्षसम्म प्रयोग नभएका अवतारहरू भने स्वतः मेटाइने कम्पनीले जनाएको छ।

यो नयाँ फिचर क्रमिक रूपमा सार्वजनिक हुँदैछ। पछिल्लो एक वर्षमा थपिएका अन्य एआई सुविधाहरू, जस्तै कम गुणस्तरका भिडियोको स्वतः सुधार, स्वतः सम्पादन उपकरण, र खोज परिणामका लागि एआई-आधारित क्यारोसेलको निरन्तरताका रूपमा यो फिचर आएको हो।

 

अपडेट

३ लाख भन्दा बढी पेन्सनरका लागि एउटै भेरिफिकेसन, शून्य कार्यालय भ्रमण

नेपालको पेन्सन व्यवस्थापनमा ऐतिहासिक कोशेढुङ्गा सावित भएको छ। थर्ड फ्याक्टर एआईले विकास गरेको अत्याधुनिक ‘लाइभनेस इन्फ्रास्ट्…

चौथो एपीएसी आईपीभी६ काउन्सिल बैठक सम्पन्न : इन्टरनेट सुरक्षा र डिजिटल पूर्वाधारमा महत्वपूर्ण छलफल

एचौथो एपिएक आइपीभी–६ काउन्सिल मिट २०२६ सम्पन्न भएको छ। सुबिसु (SUBISU) को आयोजनामा भएको उक्त सम्मेलनमा एसिया–प्रश…

युट्युब प्रिमियममा ‘अटो स्पिड’ र ‘अन द गो’ प्लेब्याक फिचर परीक्षणमा

युट्युबले प्रिमियम प्रयोगकर्ताहरूका लागि दुई नयाँ फिचरको परीक्षण सुरु गरेको छ। कम्पनीले भिडियो हेर्ने अनुभवलाई अझ सहज र प्रभावक…

गुगल क्रोममा भर्टिकल ट्याब्स र पूर्ण पृष्ठ रिडिङ मोडको अपडेट

गुगलले आफ्नो क्रोम ब्राउजरमा प्रयोगकर्ता अनुभव सुधार गर्ने उद्देश्यले दुई नयाँ सुविधा सार्वजनिक गरेको छ। तीमध्ये पहिलो सुविधा भर्ट…

नागरिक एपमा ठूला सेवा विस्तार हुँदै, एक साताभित्र लोकसेवा प्रवेशपत्र, एनओसी र निजामती विवरण उपलब्ध हुने

सरकारले नागरिक सेवाहरूलाई डिजिटल माध्यममार्फत सहज र एकीकृत बनाउने अभियानलाई तीव्रता दिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ड…

एनसेलको ‘सधैं अन’ अवधारणा, दुई वर्षपछि सरकारी डेटा सब्स्क्रिप्सन नीतिमा प्रतिबिम्बित

मोबाइल डेटा प्रयोगमा अनियन्त्रित खर्च र उपभोक्ताको गुनासो बढ्दै गएपछि सरकारले ‘पे–एज–यू–गो’ प्रण…

नेपाल टेलिकममा नयाँ ‘पे–एज–यू–गो’ नियन्त्रण सुविधा, मुख्य ब्यालेन्स जोगिने व्यवस्था र ३० दिनको नयाँ प्याकेज सुरु

 नेपाल टेलिकमले आफ्ना प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि लामो समयदेखिको गुनासो सम्बोधन गर्दै ‘पे–एज…

इनड्राइभद्वारा राइडरलाई २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग घोषणा

नेपालमा बढ्दो इन्धनको मूल्य र चर्को महँगीबाट गुज्रिरहेका राइडरहरूलाई राहत दिन इनड्राइभले २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्…

नेटफ्लिक्सद्वारा बालबालिकाका लागि ‘प्लेग्राउन्ड’ नामक नयाँ गेमिङ एप सार्वजनिक

नेटफ्लिक्सले स्मार्टफोन र ट्याब्लेटका लागि ‘प्लेग्राउन्ड’ नामक निःशुल्क गेमिङ एप सार्वजनिक गरेको छ। यो एप विशेषगरी ८ व…

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब रु ६९९ मा नै पाईने

एनसेलले कल र इन्टरनेट सेवाको शुल्क आक्रामक रुपमा घटाउँदै आफ्ना प्रिपेड ग्राहकहरुका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्य…

गुगल प्ले स्टोरमा अब एपको रिभिउभित्रै शब्द खोज्न सकिने सुविधा

 

गुगलले आफ्नो गुगल प्ले स्टोर मा नयाँ अपडेट ल्याएको छ, जसले प्रयोगकर्तालाई सही एप …

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सको टिकटक क्याम्पेन सार्वजनिक, विजेतालाई आईपीएल हेर्ने मौका

 नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स ब्राण्ड ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ले आफ्ना उपभोक्ताहरूलाई लक्षित गर्दै आकर्षक टिकटक…

काठमाडौंमा अप्रिल ९–१० मा एपीएसी आइपीभी–६ काउन्सिल मिट हुँदै

चौथो एपिएक आइपीभी–६ काउन्सिल मिट २०२६ काठमाडौंको रेडिसन होटलमा अप्रिल ९ र १० मा हुने भएको छ। सुबिसु (SUBISU) को आयो…

विश्व बैंकसँग डिजिटल रूपान्तरण परियोजनाबारे मन्त्री तिमिल्सिनाको छलफल

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैंकका दक्षिण एशिया क्षेत्र अन्तर्गत माल्दिभ्स, नेपाल र श्रीलङ्काका निर्द…

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले आफ्नो स्थापना भएको १२ वर्ष पूरा गरेको छ। सन् २०१४ मा स्थापना भएको कम्पनीले …