कीवर्डहरू -

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, ग्राहकलाई सरप्राइज उपहार

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, ग्राहकलाई सरप्राइज उपहार

काठमाडौं । एनसेलले आफ्ना ग्राहकका निम्ति एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ । यो अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्छन् ।

बहुउपयोगी सेल्फ सर्भिस एपका रूपमा स्थापित भइसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले एनसेलले यो अफर सञ्चालनमा ल्याइएको जनाएको छ । यो अफरमा सहभागी हुन ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन ।

यो अफरमार्फत ग्राहकले पार्टनर्ड सभिसेजमा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अरू विभिन्न फाइदा उपहारका रूपमा प्राप्त गर्न सक्छन् । प्रत्येक २४ घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाउँदा एक नयाँ सरप्राइज उपहार पाइने भएकाले एप प्रयोग अझ रोचक र अन्तरक्रियात्मक बन्ने कम्पनीको विश्वास छ ।

ग्राहकलाई उपलब्ध हुने उपहारहरूमा निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल प्रोडक्ट तथा यात्रा एवं साहसिक गतिविधिहरूमा विशेष छुटलगायत छन् ।

“हामी ग्राहकलाई अझ सहज, उपयोगी र आकर्षक डिजिटल अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ । ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलोपटक ल्याइएको गेमिफाइड सुविधा हो, जसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा हाम्रो डिजिटल सेवाहरू प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सरप्राइज उपहारहरू जित्ने अवसर पनि प्रदान गर्छ,” एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।

एनसेलका अनुसार, यस्ता अफरमार्फत कम्पनीले डिजिटल सेवाको प्रयोग बढाउने, एनसेल एपसँग ग्राहकको संलग्नता अभिवृद्धि गर्ने तथा एपमार्फत उपलब्ध विभिन्न सेवाहरूको सहज उपयोगमा प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

आफ्नो डिजिटल–फर्स्ट रणनीति अनुरूप ग्राहकलाई नवीन, सहज र ग्राहक–केन्द्रित डिजिटल अनुभव प्रदान गर्दै दैनिक जीवनमा यसको थप महत्त्व सिर्जना गर्न निरन्तर काम गरिरहेको कम्पनीले जनाएको छ ।

‘शेक एन्ड विन’ अफरले नियमित रूपमा एनसेल एप प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै कम्पनीका डिजिटल सेवाप्रति ग्राहकको पहुँच र सचेतना बढाउने विश्वास लिइएको छ ।