कीवर्डहरू -

अपडेट

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो ‘फ्याक्ट्री-इन-फ्याक्ट्री’ मोडेलमा ब्याट्री उत्पादन

क्याटलले गत जुन ३० मा चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र CTP2.0 (Cell-to-Pack) प्रविधियुक्त दुईवटा उच्चस्तरीय ब्याट्री प्याक उत्पादन लाइनहरू औपचारिक रूपमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ । यससँगै क्याटलको चोंगकिंगमा पहिलो प्रडक्सन बेस स्थापना भएको छ भने ‘फ्याक्ट्री-इन-फ्याक्ट्री’ (FiF) सहकार्य मोडेल प्रयोग गरिएको पनि यो नै पहिलो अवसर हो।

यस फ्याक्ट्री-इन-फ्याक्ट्री मोडेलले मुख्य कम्पोनेन्ट सप्लायरहरूलाई गाडी उत्पादन प्लान्टभित्र सिधै जोड्ने काम गर्दछ। सेरेसका अनुसार, यस प्रणालीले २० मिनेटभन्दा कम समयमा कम्पनी डिरेक्टिभ अनुसार उत्पादन लाइनमा एडजस्ट गर्न सक्छ र हजारौं कम्पोनेन्टहरू दैनिक रूपमा आपूर्ति भई सोही दिनमै उत्पादन प्रक्रियामा समावेश समेत गर्न सकिन्छ।

क्याटलका अध्यक्ष तथा सीइओ डा. रोबिन जेङका अनुसार सुरु गरिएको उत्पादन लाइन क्याटलको हालसम्मकै सबैभन्दा अत्याधुनिक, स्मार्ट र डिजिटल उत्पादन लाइन हो ।

सेरेस र क्याटल बीचको स्ट्राटेजिक पार्टनरशिप सन् २०२२ को अगस्टमा भएको सम्झौताबाट सुरु भएको हो, जुन समयसँगै अझ बलियो हुँदै आएको छ। उक्त सम्झौता अनुसार, आइटो (Aito) ब्रान्डका सबै सवारीहरूमा आगामी पाँच वर्षसम्म केवल क्याटलको पावर ब्याट्री प्रयोग गरिनेछ र नयाँ आइटो मोडेलहरूमा क्याटलको किलिन (Qilin) ब्याट्री पूर्ण रूपमा समावेश गरिनेछ।

आइटो ब्रान्ड सेरेस र हुवाएको संयुक्त परियोजना हो, यद्यपि यो औपचारिक रूपमा गरिएको संयुक्त लगानी भने होइन। सन् २०२४ को जुलाईमा, सेरेसले हुवाएसँग आइटोको ट्रेडमार्क र प्याटेन्टहरू २५ लाख युआन (अन्दाजी ३४.४ मिलियन अमेरिकी डलर) मा खरिद गरेको थियो। हुवाए अझै पनि प्रमुख पार्टपुर्जा र सफ्टवेयर आपूर्तिकर्ताको रूपमा संलग्न छ र आफ्नै HIMA सेल्स नेटवर्क मार्फत आइटो ब्रान्डका सवारीहरू बिक्री गर्दछ।

आइटोले आफूलाई नयाँ पुस्ताको लक्जरी सवारी ब्रान्डको रूपमा प्रस्तुत गरेको छ र हालसम्म ७ लाखभन्दा बढी आइटो गाडीहरू बिक्री भइसकेका छन्। चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्री आइटोको प्रमुख उत्पादन केन्द्र हो।

क्याटलले अझै पनि पावर ब्याट्री बजारमा बलियो पकड कायम राखेको छ। चीनको अटोमोटिभ पावर ब्याट्री इन्डस्ट्री इनोभेसन अलायन्सका अनुसार, यो वर्षको जनवरीदेखि मे महिनासम्म चीनमा जम्मा २४१.४ गिगावाट आवर पावर ब्याट्री स्थापना भएको थियो, जुन गत वर्षको तुलनामा ५०.४ प्रतिशत बढी हो। यो अवधिमा क्याटलको योगदान १०३.२० गिगावाट थियो, जसले बजारको ४२.९० प्रतिशत हिस्सा ओगटे पनि गत वर्षको तुलनामा भने ३.८३ प्रतिशत अंकले घटेको छ।

पावर ब्याट्रीका अलावा क्याटल र सेरेसबीचको सहकार्य जिरो-कार्बन लक्ष्यतर्फ पनि विस्तार भएको छ। सन् २०२५ को अप्रिलमा, दुबै कम्पनीले सेरेस सुपर फ्याक्ट्रीमा ५० मेगावाट आवर क्षमताको सौर्य ऊर्जा परियोजनाको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरी राष्ट्रिय ग्रिडमा जडान गरेका थिए, जसले कारखानाका लागि पनि कोर ग्रीन इनर्जीको आपूर्ति गर्नेछ।

अपडेट

राष्ट्र बैंकले ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने

नेपाल राष्ट्र बैंकले ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने भएको छ ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रबाटै केवाईसी विवरण पाउने व्यवस्था गरिने

नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०८२-८३ को म…

राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल र सुरक्षित बनाउन रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने भएको छ ।  

२५ देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्जमा नेपाल दोस्रो

स्विजरल्यान्डको जेनेभामा आयोजना भएको जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्ज २०२५ मा नेपाली टिम दोस्रो हुन सफल भएको छ । 

टेलिकमले मनसुन अफर, भ्वाइस, डाटा तथा एसएमएस प्याकेजमा छुट

नेपाल टेलिकमले असार २६ गतेदेखि मनसुन अफर सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराएको छ…

नासाको बजेटमा ६ अर्ब डलरभन्दा बढीको कटौती प्रस्ताव, नयाँ मिशन र अनुसन्धान परियोजना जोखिममा

अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी नासालाई आगामी वर्षहरूमा ठूला चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ। ट्रम्प प्रशासनको बजेट कट…

न्युज एग्रीगेटर प्लेटफर्म ‘छलफल डटकम’ सार्वजनिक, समाचार छान्ने, पढ्ने र सुरक्षित राख्ने सुविधा

एआईमा आधारित न्युज एग्रीगेटर प्लेटफर्म छलफल डटकम सार्वजनिक भएको छ । छलफ…

अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा आज समावेशी आइसिटी तालिम हुँदै

गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले बाल स्वास्थ्यका लागि साझेदारी गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई…

गुगल क्यालेन्डर अब एप्पल वाचमा पनि उपलब्ध, सीमित सुविधा

गुगलले एप्पल प्रयोगकर्ताहरूका लागि चुपचाप नयाँ सुविधा थपेको छ। कम्पनीले गत हप्तामात्रै ‘गूगल क्यालेन्डर’ को एप्पल वा…

एनसेल ‘लीग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, निर्णायक मण्डलले उत्कृष्ट तीन क्रिएटर्स छान्दै

नसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले यही शुक्रबार असार २७ …

माइक्रोसफ्ट एजको नयाँ उपलब्धि: युआई लोड समय ४० प्रतिशतले घट्यो, अब झनै छिटो ब्राउजिङ अनुभव

यदि तपाईं माइक्रोसफ्ट एज प्रयोगकर्ता हुनुहुन्छ भने, अब तपाईंको वेब ब्राउजिङ अनुभव झनै छरितो र प्रभावकारी हुने भएको छ । माइक्रोस…

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच रणनीतिक समझदारी

सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एन…

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरे…

मृत्युपछि गुगल अकाउन्टको भविष्य: ‘इनएक्टिभ’ सेटिङले डेटा सुरक्षित राख्ने नयाँ सुविधा

के तपाइँले कहिल्यै सोच्नुभएको छ, तपाइँको मृत्युपछि तपाइँको गुगल अकाउन्टसँग के हुनेछ? के कसैले त्यसलाई एक्सेस गर्न सक्छ? त्य…