कीवर्डहरू -

अपडेट

प्रि-बजेट आईसीटी डिस्कोर्स २०८३ : नीतिगत स्पष्टता, बजेट वृद्धि र सहकार्यमा जोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लक्षित गर्दै आयोजित “Pre–Budget ICT Discourse २०८३” कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त बजेट, कर प्रणालीमा सहजीकरण र प्रभावकारी सार्वजनिक–निजी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

आइसीटी फाउन्डेसन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा सरकारी अधिकारी, निजी क्षेत्र, प्राविधिक विज्ञ तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घोषणा संगमले गरेका थिए । आइसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले आइसीटी क्षेत्रको विकासका लागि निजी क्षेत्र, सरकार र अन्य स्टेकहोल्डरबीच सहकार्य अपरिहार्य रहेको बताए ।

कृष्पना पौडेलले आइसीटी फाउन्डेसनले गरेका गतिविधिबारे जानकारी दिँदै आइसीटीलाई गाउँदेखि नीतिनिर्माण तहसम्म जोड्ने प्लेटफर्म बनाउने लक्ष्य रहेको उल्लेख गरिन् ।

टक्सार न्युजका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले आइसीटी क्षेत्रको योगदान अझै औपचारिक रूपमा मान्यता नपाएको बताए । उनले सन् १९९८–९९ मा आइसीटी सम्बन्धी समाचार लेख्दा त्यसलाई गम्भीरतापूर्वक नलिइएको स्मरण गर्दै अहिले पनि अवस्था खासै नबद्लिएको बताए ।

उनका अनुसार अर्बौंको कारोबार भइरहेको भएपनि सरकारी तथ्यांकमा आइसीटी को योगदान न्यून देखिन्छ । उनले ठूलो राष्ट्रिय बजेट हुँदा हुँदै पनि आइसीटी क्षेत्रमा न्यून लगानी रहेको, innovation budget सीमित भएको र घरेलु बजारमै समस्या रहेको उल्लेख गरे ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले नेपाल आइसीटी क्षेत्रमा संक्रमणकालीन अवस्थामा रहेको बताए । उनले आईटी उद्योगको स्पष्ट परिभाषा अझै नबनेको र नीति निर्माण प्रक्रियामा चुनौती रहेको उल्लेख गरे । उनका अनुसार सरकारले पछिल्लो समय वेबसाइट तथा डिजिटल प्रणाली सुधार गर्न थालेको भएपनि अझै धेरै काम गर्न बाँकी छ ।

नीतिगत र कानुनी समस्या इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटका अध्यक्ष मनोहर भट्टराईले डिजिटल अर्थतन्त्रमा ठूलो सम्भावना भएपनि नीतिगत अस्पष्टता, डेटा सुरक्षा अभाव र कमजोर कानुनी संरचनाले काम गर्न कठिन भएको बताए । उनले सरकारी सेवा प्रणाली जटिल भएको भन्दै ‘सीङ्गल फम’ र ‘one–step system’ लागू गर्नुपर्ने बताए । 

डाटा सेन्टर, digital infrastructure र विभागीय समन्वय सुधार गर्नुपर्नेमा उनले जोड दिए । लगानी, पूर्वाधार र रोजगारी एनएयस् – आईटीका अध्यक्ष गौरव राज पाण्डेले १० वर्षमा आईटीआईटीक्षेत्रबाट ठूलो आर्थिक योगदान सम्भव भएपनि हालको अवस्थामा रोजगारी सिर्जना चुनौतीपूर्ण रहेको बताए ।

उनले उच्च bandwidth tax, कमजोर पूर्वाधार र लगानीमैत्री वातावरणको अभाव आईसीटी विकासको मुख्य बाधा भएको बताए । साथै AI क्षेत्रमा अवसर भएपनि शिक्षा र रोजगारीसँग जोडेर नीति बनाउनुपर्नेमा जोड दिए । 

डिजिटल भुक्तानी र वित्तीय चुनौती आईसीटी विज्ञ तथा मोडरेटर आनन्दराज खनालले डिजिटल भुक्तानी प्रणाली अझै समस्याग्रस्त रहेको बताए ।  क्रस्-बोडर पेमेन्ट सहज नभएको,पे-पल जस्ता सेवाहरू भित्र्याउन नसकिएको र राजनीतिक तथा साइबर सुरक्षासम्बन्धी चुनौती रहेको उनले बताए । उनले मौद्रिक नीति र सरकारी नीतिबीच समन्वय आवश्यक रहेको बताए ।

सुशासन र डिजिटल रूपान्तरण पूर्वमन्त्री गणेश साहले डिजिटल रूपान्तरणलाई सुशासनसँग जोड्दै आइसीटी र गैर–आइसीटी क्षेत्र दुवैमा सुधार आवश्यक रहेको बताए । उनले ICT globalization मा ध्यान दिनुपर्ने बताए ।

राउण्ड टेबल छलफल हेमपाल श्रेष्ठको समन्वयमा सम्पन्न भएको थियो । छलफलमा डा. अमृता शर्मा (ADB) ले आईसीटी क्षेत्रमा नारा मात्र नभई पर्याप्त बजेट आवश्यक रहेको बताइन् । “बजेट अभाव विगतदेखि कै समस्या हो,” उनले भनिन् डा. भोजराज घिमिरेले  स्किल मेनपावर उत्पादनका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए ।  अन्तिम समयमा काम गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

सरोज लमिछाने साइबर सुरक्षा विशेषज्ञले standardization, audit framework र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्ने बताए । उनले सरकारी समन्वय र benchmark प्रणाली आवश्यक रहेको बताए ।

भूषण गिरी (Arkbo Technologies) ले नेपालमा स्टार्टअप कर्जा अत्यन्त कम भएको भन्दै product–based IT उद्योग विकास गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि ठूलो लगानी आवश्यक रहेको उनको भनाइ थियो ।

सुबास ढकाल (DoIT) ले आइसीटी नीति ढिलो कार्यान्वयन भएको स्वीकार गर्दै public–private partnership आवश्यक रहेको बताए । तर कार्यान्वयनमा स्पष्ट योजना र accountability अभाव रहेको उनले बताए ।

प्रकाशचन्द्र परियार (RSP) ले आगामी बजेटमार्फत आईसीटी र नवप्रवर्तनलाई प्राथमिकता दिइने बताए । आईटी सेवा र अन्य क्षेत्रबीच कर समान हुनु अनुचित भएको उनले उल्लेख गरे । सञ्जीव सुब्बा (Kathmandu FinTek) ले Fintech क्षेत्रमा राम्रो सम्भावना भएपनि नीति, कानुन र privacy अभाव रहेको बताए ।

केशव नेपाल (WorldLink) ले ISP क्षेत्रमा अत्यधिक कर र जरिवाना लगाइएको भन्दै व्यवसाय सञ्चालन कठिन भएको बताए । सरकारले सहयोगी भूमिका खेल्नुपर्ने उनको माग थियो ।

प्रा. डा. मनीष पोखरेल (KU) ले आइसीटी क्षेत्रमा नेपालले अत्यन्त कम बजेट छुट्याएको भन्दै शिक्षा, अनुसन्धान र AI विकासमा लगानी बढाउनुपर्ने बताए । सुनैना घिमिरे पाण्डे (CAN Federation) ले IT क्षेत्रमा ठूलो रोजगारी सम्भावना भए पनि कर र नीतिगत समस्याले बाधा पुगेको बताइन् । AI, cyber security र digital marketing मा प्रशिक्षण आवश्यक रहेको उनले बताइन् ।

शैलेन्द्रराज गिरी (AI Association) ले AI विकासका लागि private sector सँग सहकार्य र capacity building आवश्यक रहेको बताए । विकास गुरुङ (Robotics Association) ले विद्यालय तहदेखि रोबोटिक्स शिक्षा सुरु गर्नुपर्ने र कर छुट आवश्यक रहेको बताए ।

दीपेन चापागाईं (NAS–IT) ले कर नीति स्थिर हुनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सरकारी सहयोग आवश्यक रहेको बताए । सुदन झा (National Planning Commission) ले विदेशी लगानी आकर्षित गर्न विश्वास निर्माण गर्नुपर्ने र सरकारले सहयोगी वातावरण बनाउनुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले आईसीटी क्षेत्र नेपालको आर्थिक विकासको प्रमुख आधार बन्न सक्ने भए पनि नीतिगत अस्पष्टता, बजेट अभाव, करको बोझ, कमजोर कार्यान्वयन र समन्वय अभावले विकास अवरुद्ध भएको निष्कर्ष निकालिएको थियो ।

सार्वजनिक–निजी सहकार्य, स्पष्ट नीति, पर्याप्त बजेट, डिजिटल साक्षरता, साइबर सुरक्षा र लगानीमैत्री वातावरण निर्माण गर्न सके नेपालले आईसीटी क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सक्नेमा सबै सहभागीहरू एकमत देखिएका छन् ।

अपडेट

आईसीटी फाउन्डेसनको बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम इटहरीमा सम्पन्न, १२ स्टार्टअपलाई सहयोग

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा “डिजिटल एन्ड आईटी-इने…

कम्पनी रजिस्ट्रारको CAMIS प्रणाली अपडेट : सेवाग्राहीलाई के के फाइदा ?

काठमाडौं । कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (CAMIS) मा सुधार गरिएकोबारे कम्पनी रजिस्ट्रारको कार्यालयले ज…

सूचना प्रविधि दिवस आज: डिजिटल रूपान्तरण र नवप्रवर्तनमा सरकारको जोड

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधि…

आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष : काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव

काठमाडौं । नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा आफ्नो सातौं वार्षिको…

सामसङ नेपालको ‘Remit मा Benefit’ अभियान सुरु

काठमाडौं । सामसङ नेपालले “Remit मा Benefit” नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरु ग…

एआई र डीपफेकको दुरुपयोगले महिलामाथि अनलाइन हिंसा बढ्दै, सार्वजनिक मञ्चबाट पछि हट्न बाध्य

काठमाडौं । प्रविधिले हाम्रो जीवनलाई सजिलो त बनाएको छ, तर यसको गम्भीर दुष्परिणाम पनि अब स्पष्ट रूपमा देख…

एआईसँग टाइम ब्लकिङ : कामको शेड्युल बनाउने तरिकामा नयाँ क्रान्ति

काठमाडौं । आजको भागदौडले भरिएको जीवनमा दिनभरका अनगिन्ती कामहरू सही समयमा पूरा गर्नु सजिलो हुँदैन । …

अब यूरोपमा सबै नयाँ ल्यापटपमा युएसबी-सी चार्जिङ अनिवार्य: ‘कमन चार्जर’ नियमले बदल्दैछ डिजिटल जीवन

यूरोपियन युनियन (ईयू) मा अब बिक्री हुने सबै नयाँ ल्यापटपमा युएसबी-सी (USB-C) चार्जिङ सपोर्ट हुनु अनिवार्य भएको छ। यो फैसला ई…

स्काइ ब्रोडब्याण्डको धमाकेदार अफर : सस्तोमा उच्च-गतिको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक स्काइ ब्रोडब्याण्डले नयाँ वर्षको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ । कम्प…

जापानको एयरपोर्टमा अब ‘ह्यूमनइड रोबोट’को प्रवेश, लगेज र कार्गो उठाउने काममा रोबोटको नयाँ प्रयोग

काठमाडौं । जापान सधैं आफ्ना मेहनती कर्मचारीहरूका लागि चिनिँदै आएको देश हो । तर अब टोक्योको व्यस्त हाने…

क्लासिक टेकको आकर्षक अफर : १ वर्ष जडानमै ४ वर्ष धुक्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि ‘१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्&rsquo…

डिजिटल विज्ञापनमा नयाँ युग : स्न्यापच्याटको एआई एजेन्ट सार्वजनिक

काठमाडौं । स्न्यापच्याटले ‘AI Sponsored Snaps’ नामक नयाँ सुविधा सार्वजनिक गरेको छ, जसले ब्रान्डह…

नेपालको डिजिटल ट्रान्सफर्मेसन अघि बढ्यो : एडीबीसँग ऋण सम्झौता

काठमाडौं । नेपालको डिजिटल पूर्वाधार सुदृढ गर्दै सरकारी सेवाहरूलाई आधुनिक र प्रभावकारी बनाउने लक्ष्यसहित ‘नेपाल डिजिटल ट्रान्सफर्मेस…

धेरै एप र ट्याबको झन्झटबाट मुक्ति, फर्डियमसँग सबै सेवा एउटै ठाउँमा

काठमाडौं । फर्डियम एक नि:शुल्क तथा ओपन सोर्स एप हो, जसले तपाईंका सबै मेसेजिङ र उत्पादकता सेवाहरूलाई एउटै स…

एआईको ९ सेकेन्डको निर्णयले स्टार्टअपको लाइभ डेटा गायब

काठमाडौं । एआईमा बढ्दो निर्भरताले कति खतरनाक रूप लिन सक्छ भन्ने देखाउने एउटा चकित पार्ने घटना सार्वजनिक…