कीवर्डहरू -

अपडेट

सामसङको नयाँ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक

सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्ट वाच ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। दैनिक जीवनलाई सहज बनाउने, स्वास्थ्य निगरानीलाई प्रभावकारी बनाउने र स्मार्ट कनेक्टिभिटीलाई सुदृढ बनाउने उद्देश्यले डिजाइन गरिएको यस सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ उचाइ थपेको कम्पनीको भनाइ छ ।

ग्यालेक्सी वाच८ सिरिजमा अझ पातलो डिजाइन, ब्राइट स्क्रिन, र अपग्रेड गरिएको बायोएक्टिभ सेनसर जडान गरिएको छ। प्रयोगकर्ताले आफ्नो सुत्ने बानी, दौडने अभ्यास, तथा शरीरको करोडेनोइड लेभल जस्ता स्वास्थ्य सूचकांकहरूको निगरानी गर्न सक्नेछन्।

यो वाचले सर्केदीयन् रिदमको विश्लेषण गरी उपयोगकर्तालाई उचित सुत्ने समयको सुझाव दिने सुविधा पनि उपलब्ध गराउँछ। साथै, यसमा रहेको रनिंग कोच फिचरले वास्तविक समयमा दौड अभ्यासका लागि सुझाव प्रदान गर्छ, जसले स्वास्थ्य सुधारमा प्रत्यक्ष सहयोग गर्छ।

नयाँ सिरिजमा सामेल गरिएको जेमिनी एआई सहायकले स्मार्ट अनुभवलाई अझ सहज बनाएको छ। प्रयोगकर्ताले अब आफ्नो वाचलाई भ्वाइस कमाण्डमार्फत नियन्त्रण गर्न सक्छन् – चाहे त्यो मेसेज पठाउने होस्, व्यायाम सुरु गर्ने होस् वा हेल्थ एप्स हेर्ने।

डिजाइनतर्फ, यो वाच पहिलेभन्दा झनै हलुका, पातलो, र स्किनलाई नझ्याप्ने ब्यान्डसहितको मेटल फ्रेममा उपलब्ध छ। यसको मिनिमलिस्ट शैली अफिस मिटिङदेखि व्यायामसम्म, सबै वातावरणमा सुहाउँछ।

उपलब्धता र मूल्य

मोडेल साइज रङ मूल्य (रु)
ग्यालेक्सी वाच८ क्लासिक ४६ एमएम White ७४,९९९
ग्यालेक्सी वाच८ ४० एमएम Graphite ५४,९९९
ग्यालेक्सी वाच८ ४४ एमएम Graphite, Silver ५९,९९९

अपडेट

३ महिनामा टिकटकले हटायो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने १८ लाख बढी नेपाली भिडियो

टिकटकले ३ महिनामा १८ लाख बढी नेपाली भिडियोहरू हटाएको छ । २०२५ को पहिलो त्रैमासिकमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने नेपालक…

टेलिग्राममाथि प्रतिबन्ध: २८ संस्थाको विरोध, मौलिक हक र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको आरोप

नेपाल सरकारले टेलिग्राम एपमा लगाएको प्रतिबन्धप्रति विभिन्न क्षेत्रका २८ सरोकारवाला संस्थाहरूले संयुक्तरूपमा विरोध जनाएका छन् । बु…

लो–लाइटमा ह्वाट्सएपबाट सफा फोटो खिच्न सकिने, नाइट मोड फिचर आउँदै

ह्वाट्सएपले लो–लाइट फोटोग्राफीलाई अझ राम्रो बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा नयाँ नाइट मोड फिचर थप्न लागेको छ। फिचर…

ट्विटरका सह–संस्थापक ज्याक डोर्सीले ल्याए इन्टरनेट र फोन नम्बरबिना काम गर्ने ‘बिटच्याट ’ एप

ट्विटरका सह–संस्थापक ज्याक डोर्सीले ‘बिटच्याट मेष’ नामक एउटा नयाँ ब्लुटुथमा आधारित म्यासेजिङ् एप सार्वजनिक गरे…

एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

नेपाली व्यवसाय जगतलाई सशक्त बनाउने आफनो प्रतिबद्धता बमोजिम एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका …

मेटाले पुनः सुरू गर्‍यो क्यामेरा स्मार्टवाचको विकास , सेप्टेम्बरमा हुन सक्छ सार्वजनिक

मेटाले एकपटक फेरि आफ्नो क्यामेरा युक्त स्मार्टवाच प्रोजेक्टमा काम सुरु गरेको छ । यो प्रोजेक्टको सुरुवात २०२१ मा गरिएको थियो तर क…

ग्रोकमा आउँदैछ टेक्स्ट-टु-भिडियो जेनेरेशन फिचर

गूगलले हालै आफ्नो टेक्स्ट-टू-भिडियो जेनेरेशन टूलको नयाँ भेर्सन भेओ ३ (भीओ ३) ल्याएको थियो । अब एलन मस्कको ग्रोक पनि आफ्ना करोडौ…

टिगको बैंक फिड इन्टिग्रेसन सुविधा: बैंकिङ कारोबार म्यानुअल रूपमा राख्नु पर्ने बाध्यता हट्दै

केही समय अगाडिसम्म बैंक खातामा भएको व्यवसायको कारोबार म्यानुअल रूपमा अकाउन्टिङ सफ्टवेयरमा राख्नुपर्थ्यो । सफ्टवेयरले कागजी काम घ…

नयाँ नेपाली क्यालेन्डर वेब एप नेपक्यालेण्डर सार्वजनिक, लोड हुन धेरै समय नलाग्ने

नेपाली क्यालेन्डर वेब एप ‘नेपक्यालेण्डर’ सञ्चालनमा आएको छ…

९ लाख ९९ हजार डाउन पेमेन्टमै इलेक्ट्रिक पिकअप रिड्डारा आरडीसिक्स किन्न सकिने

सीजी मोटर्सले चीनको प्रतिष्ठित अटो ब्रान्ड गिलिसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिड्डारा आरडीसिक्सका लागि नयाँ अफर सार्वजनिक गरेको…

ओपनएआईका सीईओ स्याम अल्टम्यानः अनियन्त्रित एआई शक्तिले डर, निजी डेटा सुरक्षामा खतरा

लोकप्रिय च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईका सीईओ सैम अल्टम्यानलाई एआईको अनियन्त्रित शक्तिले नै खतरा महसुस हुन थालेको छ।

राष्ट्रियस्तरको तीनदिने ह्याकाथन डीएभी कोडफेस्ट २०२५ सम्पन्न, को को भए विजेता ?

ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा आयोजना गरिएको राष्ट्रियस्तरको तीन दिने कार्यक्रम ‘डीएभी कोडफेस्ट २०२५’ साउन ९…

डिजिटल नेपाल कन्क्लेभ २०२५ का लागि कार्यपत्र आह्वान, यस्तो छ पठाउने तरिका

आइसिटी फाउन्डेसन नेपालले डिजिटल नेपाल कन्क्लेभ २०२५ का लागि कार्यपत्र (पेपर) आह्वान गरेको छ ।  

हाम्रो पात्रोले प्राप्त गर्‍यो अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स, पहिलो ५ हजार प्रयोगकर्तालाई विशेष अफर

नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आवश्यक पर्ने AUSTRAC अन्तर्…

ब्रोडवे इन्फोसिसको १८औँ वार्षिकोत्सव अफर, आईटी तथा नन-आईटी कोर्षहरूमा २२ प्रतिशत छुट

नेपालको अग्रणी सूचना प्रविधि तालिम संस्था ब्रोडवे इन्फोसिसले आफ्नो १८औँ वार्षिकोत्सव विशेष अफर सार्वजनिक गरेको छ ।