कीवर्डहरू -

अपडेट

यातायात विभागको प्राविधिक समस्याले लाइसेन्स सेवा प्रभावित, नयाँ आवेदनदेखि नवीकरणसम्मका काम रोकियो

काठमाडौं । यातायात व्यवस्था विभागको केन्द्रीय प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण देशभरका यातायात कार्यालयबाट प्रदान गरिने अधिकांश सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा प्रभावित भएका छन् ।

विभागका अनुसार, गत शुक्रबारदेखि इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा सवारी अभिलेख प्रणाली (EDLVRS) सञ्चालनमा समस्या देखिएपछि नयाँ लाइसेन्सका लागि आवेदन दर्ता, बायोमेट्रिक विवरण संकलन, राजस्व भुक्तानी, वर्ग थप तथा नवीकरणजस्ता सेवा अस्थायी रूपमा रोकिएका हुन् ।

प्रणाली अवरुद्ध भएपछि विभिन्न यातायात कार्यालयहरूले सूचना जारी गर्दै सेवाग्राहीलाई तत्काल सेवा उपलब्ध गराउन नसकिने जानकारी दिएका छन् । यद्यपि, समस्या समाधान भएर सेवा कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भन्नेबारे विभागले औपचारिक समयसीमा सार्वजनिक गरेको छैन ।

null

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले विभागको केन्द्रीय सर्भरमा आएको खराबीका कारण लाइसेन्स वितरणबाहेक अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको छ ।

चितवनस्थित यातायात व्यवस्था कार्यालयले पनि EDLVRS प्रणालीमा आएको प्राविधिक अवरोधका कारण लाइसेन्ससँग सम्बन्धित सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरिएको सूचना प्रकाशित गरेको छ ।

null

यस्तै, भक्तपुर कार्यालयले विभागबाट प्रणाली मर्मत तथा सुधारको काम भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै प्रयोगात्मक परीक्षा र लाइसेन्स वितरणलाई निरन्तरता दिइए पनि नयाँ आवेदन, वर्ग थप, नवीकरण तथा राजस्व बुझाउने सेवा हालका लागि रोकिएको जनाएको छ ।

कलङ्कीस्थित कार्यालयले पनि ट्रायल परीक्षा र तयार भइसकेका लाइसेन्स वितरणबाहेकका सेवा स्थगित गरेको छ । साथै, २९ असार २०८३ मा नयाँ लाइसेन्स वा वर्ग थपका लागि ‘भिजिट डेट’ प्राप्त गरेका सेवाग्राहीलाई सेवा पुन: सञ्चालन भएको मितिले १५ दिनभित्र बायोमेट्रिक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।

अपडेट

एशियन पेन्ट्स नेपालको राष्ट्रिय डिजाइन प्रतियोगिता सम्पन्न, शीर्ष तीन विजेता सम्मानित

काठमाडौं । एशियन पेन्ट्स नेपालले ‘Kaleidoscope – अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतिय…

प्रविधि प्रतिभाको खोजीमा ‘लुम्बिनीएक्स’ ह्याकाथन, आवेदन खुला

काठमाडौं । रूपन्देहीस्थित लुम्बिनी सिटी कलेजमा आगामी साउन २३ देखि २५ गतेसम्म राष्ट्रियस्तरको ४८ घण्टे ‘ल…

यूएन ट्रेनीसिपका लागि आवेदन खुला, स्नातक उत्तीर्णका लागि अवसर

काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघ (यूएन) का तर्फबाट पिपुल टु पिपुल प्रालिले सामाजिक रूपमा पछाडि पारिए…

विपद्का लागि देशभर एउटै नम्बर : सञ्चालनमा आयो टोल फ्रि नम्बर १२३४

काठमाडौं । विपद्का घटनामा तत्काल सूचना आदानप्रदान, समन्वय र नागरिकका गुनासोको छिटो सुनुवाइ सुनिश्चित गर्न सर…

च्याटजीपीटी वर्क सार्वजनिक: अब केवल प्रश्नको उत्तर होइन, तपाईंका लागि पूरा परियोजना नै तयार गर्ने एआई एजेन्ट

ओपनएआईले च्याटजीपीटी वर्कको घोषणा गरेको छ, जुन नयाँ एआई एजेन्ट हो। यसलाई केवल प्रश्नहरूको उत्तर दिनका लागि मात्र नभई त्यसभन्दा ध…

राष्ट्र बैंकको निर्णय : सार्वजनिक बिदामा पनि RTGS सेवा खुला रहने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम दिनहरूलाई लक्षित गर्दै असार २७ र २८ गते पर्ने सार्वजन…

शाओमी १७ अल्ट्रामा खिचिएको माउन्ट एभरेस्ट एक्सपिडिसन फिल्म सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध हिमाल आरोही गेल्जे शेर्पाले शाओमी १७ अल्ट्रा स्मार्टफोनले खिचेको भिडियो सार्वजनिक भएको …

सरकारको दाबी : १०० दिनमा प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र डिजिटल शासनमा प्रगति

काठमाडौं । सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक स…

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

काठमाडौं । द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ‘स्टार्टअप वर्ल्ड कप नेपा…

सरुवाबारे सामाजिक सञ्जालमा फैलिएका दाबीप्रति नेपाल प्रहरीको स्पष्टीकरण : ‘अनुसन्धानसँग कुनै सम्बन्ध छैन’

काठमाडौं । नेपाल प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही सिनियर प्रहरी अधिकृतहरूको काज तथा…

क्लड कोडमा सुरक्षा कमजोरी भएको चिनियाँ दाबी, प्रयोगकर्ताको डाटा चोरी हुन सक्ने चेतावनी

चीनको साइबर सेक्युरिटी वाचडगले एन्थ्रोपिकको क्लड कोडलाई सुरक्षा जोखिम भएको भन्दै चिन्ता व्यक्त गरेको छ। एजेन्सीका अनुसार यो एआई क…

ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले काठमाडौंको न्युरोडमा रहेको ताम्राकार हाउसको छैटौँ तलामा नयाँ …

टिकटक कम्युनिटी गाइडलाइन्स रिपोर्ट : नेपालमा १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं । टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँद…

नागरिक एपमा ‘फेस भेरिफिकेसन’ प्रविधि, अब केही सेकेन्डमै घरबाटै पेन्सन प्रमाणीकरण

काठमाडौं । प्रिक्सा कम्पनीअन्तर्गत सञ्चालित ‘थर्ड फ्याक्टर एआई’ले विकास गरेको अत्याधुनिक डिजिटल परिच…

विदेशी शैक्षिक कार्यक्रमदेखि मुख्यसचिव नियुक्तिसम्म, मन्त्रिपरिषद्ले गर्‍यो ८ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा श…