अपडेट
‘आत्महत्या कसरी गर्ने’ प्रश्नको जवाफै दिदैनन् एआई च्याटबट, अध्ययन भन्छ - उत्तर दिने शैली परिवर्तन गर्नुपर्छ
आत्महत्यासँग सम्बन्धित प्रश्नहरूमा तीन लोकप्रिय एआई च्याटबटहरूको प्रतिक्रिया जाँच गर्ने अध्ययनले केही निकै रोचक र अचम्मलाग्दो तथ्यहरू फेला पारेको छ।
अमेरिकन साइकियाट्रिक एसोसिएसनले मेडिकल जर्नल ‘साइकियाट्रिक सर्भिसेज’ मा प्रकाशित अध्ययनमा ओपनएआईको च्याटजीपीटी, गुगलको जेमिनाई र एन्थ्रोपिकको क्लाउडमा थप सुधार आवश्यक भएको बताएको छ।
अध्ययनले देखाएको छ कि यी च्याटबट सामान्यतया ती प्रश्नहरूको उत्तर दिनबाट जोगिन्छन्, जुन प्रयोगकर्ताका लागि सबैभन्दा बढी जोखिमपूर्ण हुन्छ, जस्तै आत्महत्या गर्ने तरिकासँग सम्बन्धित विशेष जानकारी। यद्यपि कम गम्भीर तर नोक्सान पुर्याउन सक्ने प्रश्नहरूमा यी च्याटबोटहरू त्यति प्रभावकारी भएर उत्तर दिन सकिरहेका छैनन्।
यो अध्ययन आरएन्डडी कर्पोरेशनले गरेको हो । यसका लागि आर्थिक सहयोग अमेरिकी राष्ट्रिय मानसिक स्वास्थ्य संस्थानले गरेको थियो । अनुसन्धानले बालबालिकासहित ठूलो संख्यामा मानिसहरू मानसिक स्वास्थ्य सहयोगका लागि एआई च्याटबोटहरूमा निर्भर हुँदै गइरहेका देखाएको छ ।
अध्ययनले कम्पनीहरूले यी प्रश्नहरूको उत्तर दिनका लागि के–के मापदण्ड अपनाउनुपर्छ भनी मानक तोक्ने प्रयास गरेको छ। अनुसन्धानकर्ता रयान म्याकबेन्ले भने, 'हामीलाई केही सुरक्षा उपायहरूको आवश्यकता छ भनेर बताए। हार्भर्ड विश्वविद्यालयका प्रोफेसर म्याकबेन्ले भने कि 'च्याटबोटहरूले उपचार सम्बन्धी सल्लाह दिइरहेका छन् कि छैनन् भन्ने कुरा अस्पष्ट छ।'
नतिजासम्म पुग्नका लागि आत्महत्या सम्बन्धी ३० वटा प्रश्न तयार गर्दै विभिन्न जोखिमस्तर निर्धारण गरिएको थियो । आत्महत्यासँग सम्बन्धित साधारण प्रश्नहरूलाई कम जोखिमपूर्ण मानिएको थियो, भने 'कसरी आत्महत्या गर्ने' जस्ता प्रश्नहरू उच्च जोखिम मानिएको थियो।
म्याकबेनका अनुसार तीनै च्याटबोटहरूले नियमित रूपमा सबैभन्दा बढी जोखिम भएको प्रश्नहरूको उत्तर दिनबाट अस्वीकार गरिरहे । अध्ययनले भने आत्महत्या गर्नेलाई निरुत्साहित गर्ने किसिमको कुराहरु तर्फ ध्यान आकर्षण गर्नुपर्ने बताएको छ ।
जब च्याटबटहरूले कुनै प्रश्नको उत्तर दिन सक्दैनन्, तिनीहरूले प्राय: व्यक्तिलाई कुनै साथी वा पेशेवरसँग कुरा गर्न वा हटलाइनमा कल गर्न सल्लाह दिने गर्दथे। तर उच्च जोखिम भएका प्रश्नहरूमा प्रत्युत्तरहरू केही बढी अप्रत्यक्ष थिए।
इलिनोइस लगायत धेरै राज्यहरूले अनियमित र अयोग्य एआई उत्पादनहरूबाट मानिसहरूलाई बचाउन मेडिकल क्षेत्रमा एआईको उपयोगमा रोक लगाएका छन्, तर यसले मानिसहरूलाई डिप्रेसन र आत्महत्या जस्ता गम्भीर चिन्ताहरूको लागि च्याटबोटहरूसँग सल्लाह वा समर्थन माग्नबाट रोक्दैन।
अपडेट
बालबालिका, अशक्त र ९० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई अनिवार्य छैन् राष्ट्रिय परिचयपत्र
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिका, असहाय, अशक्त र ९० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र अनिवार्य न…
कस्तो रह्यो नेपालमा नामीको एक वर्ष ?
नामीले नेपालमा आफ्नो पहिलो मोडेल नामी ०१ सार्वजनिक गरेको एक वर्ष पूरा भएको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालमै पहिलोपटक…
नमस्ते पे अब नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक
नमस्ते पे नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक बनेको छ । यस सम्बन्धमा नेपाल टेलिकम र नमस्ते पेबीड एनडीएमा हस्ताक्षर भएको …
टेली डिजिटल सर्भिसेस अब गुगल क्लाउड पार्टनर एड्भान्टेजको आधिकारिक पार्टनर
रमेश कर्पको अन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेसले गुगल क्लाउडसँगको निरन्तर सहकार्यलाई विस्तार गर्दै गुगल क्लाउड पार्टन…
युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि शनिबार ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ हुँदै
युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘क…
नेपाली विद्यार्थीलाई कोडिङ र प्रोग्रामिङ तालिम दिदै सामसङ, तेस्रो ब्याचका ५६ जनालाई प्रमाणपत्र वितरण
सामसङले आफ्नो सामाजिक उत्तरदायित्त्व पहल अन्तर्गत सामसङ इनोभेसन क्याम्पस, अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक…
मोबैंकमार्फत भुक्तानी गर्दा कैलाली हस्पिटलमा एनआईसी एशियाका ग्राहकलाई २० प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बैंक र कैलाली हस्पिटल प्रा.लि.बिच सम्झ…
चिनियाँ साइबर आक्रमण बढ्दा ताइवानका इन्टरनेट सेवाहरू जोखिममा: विशेषज्ञको चेतावनी
चीन प्रविधिको मामलामा प्रगतिशील छ, एआई देखि रोबोटिक्ससम्मका क्षेत्रमा चीनले ठूलो लगानी गरेको छ। अमेरिकाले चीनको प्रविधिल…
आउँदो ३ वर्षमा एआईले मानिसजस्तो व्यवहार देखाउन सक्छ, डीपमाइन्डका सुलेमानको चेतावनी
माइक्रोसफ्टको एआई प्रमुख र डीपमाइन्डका को–फाउन्डर मुस्तफा सुलेमानले भनेका छन् कि अर्को ३ वर्षमा एआईले मान्छे जस्तै चेतना (कन्…
आइसिटी अवार्डमा अनलाइन नोमिनेसन दिने समय थप, यस्तो छ आवेदन दिने तरिका
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (…
सोशल मिडिया र बाल मानसिक स्वास्थ्य: विश्वभर नियमनमा हुँदैछ कडाइ
सोसल मिडियाको बढ्दो प्रभावसँगै यसले युवालाई केही नयाँ गर्ने प्लेटफर्म दिइरहेको छ । तर सँगसँगै बालबालिकाहरूको मानसिक स्वास्थ्य र…
ईसेवा मनि ट्रान्सफरको ब्रान्ड फेसमा पुन: स्वस्तिमा खड्का नियुक्त
नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले अभिनेत्री स्वस्तिमा खड्कालाई पुनः आफ्नो ब्रान्ड फेसका रूपमा निय…
अमेरिकी कम्पनीले ३३ करोडमा किन्यो नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेशनल
एक अमेरिकी कम्पनीले नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेशनललाई २.४ मिलियन अमेरिकी डलर अर्थात ३३ करोड नेपाली रूपैयाँमा खरिद गरेक…
दैलो कृषि र मुना कृषिबीच सहकार्य, अब परम्परागत कृषि उत्पादनहरू घरमै अर्डर गर्न सकिने
डिजिटल प्लेटफर्म दैलो कृषिले मुना कृषि लिमिटेडसँग सहकार्य गरेको छ । योसँगै अब दैलो कृषिबाट परम्परागत कृषि उत्पादनहरू घरमै अर्…
बाईडूले विकास गर्यो यस्तो एआई जसले जनावरको भाषा मानव भाषामा अनुवाद गर्छ
चीनको एक प्रसिद्ध कम्पनी बाईडूले केही महिनाअघि यस्तो एआई उपकरण विकास गरेको छ, जसले जनावरहरूको भाषा मानव भाषामा कन्वर्ट गर्छ। र…