कीवर्डहरू -

अपडेट

नेपाल टेलिकमले ल्यायो २० रुपैयाँमै सिम, डेटा र कल सुविधासहित ‘एनटी एसईई अफर’

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै नेपाल टेलिकमले विशेष ‘एनटी एसईई अफर’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत विद्यार्थीहरूले मात्र २० रुपैयाँमा प्रिपेड सिमकार्ड प्राप्त गर्नुका साथै ९ रुपैयाँ ८० पैसा ब्यालेन्ससमेत पाउनेछन् ।

नेपाल टेलिकमका अनुसार अफरमा सहभागी ग्राहकले ३० दिनसम्म दैनिक २० मिनेट नेपाल टेलिकम नेटवर्कभित्र (एनटी–एनटी) भ्वाइस कल, ५०० एमबी डेटा तथा १० वटा एसएमएस सुविधा प्राप्त गर्नेछन् ।

टेलिकमले अफरअन्तर्गत रिचार्जमा थप बोनस सुविधासमेत उपलब्ध गराएको जनाएको छ । ५० रुपैयाँ वा सोभन्दा बढी रकमको रिचार्ज गर्दा ग्राहकले तीन दिनसम्म प्रयोग गर्न मिल्ने ५०० एमबी बोनस डेटा, ५० मिनेट एनटी-एनटी भ्वाइस कल तथा ५० वटा बोनस एसएमएस प्राप्त गर्नेछन् ।

एसईई परीक्षा उत्तीर्ण विद्यार्थीलाई सहज र सुलभ सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको नेपाल टेलिकमले जनाएको छ । कम्पनीले अफरसम्बन्धी थप जानकारीका लागि १४९८ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

null

अपडेट

डिजिटल सीप सिक्न युवाको आकर्षण, गुगल करियर सर्टिफिकेट्समा ३,५०० भन्दा बढीको आवेदन

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले सञ्चालन गरेको ‘गुगल करियर सर्टिफिकेट्स स्कलरसिप प्रोग्राम २०२६&rsqu…

डिजिटल नेपाल अभियानमा नयाँ फड्को, ८० विशेषज्ञको टोली परिचालन गरिने

काठमाडौं । सरकारले सार्वजनिक प्रशासनलाई डिजिटल प्रविधिमा आधारित बनाउने लक्ष्यसहित उच्चस्तरीय प्राविधिक टोली गठ…

कर सुधारदेखि स्टार्टअपसम्म बजेटको कदम प्रशंसनीय : चेम्बर अफ कमर्स

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटलाई निजी क्षेत्रमैत्री र अर्थतन्त्र पुन: चलायमान बनाउ…

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

काठमाडौं । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गर्दै सामाजिक सञ्जाल प्रयोगमा कडा प्रतिबन्ध ला…

बिजुलीमा कर लागू नै रहने, उपभोक्तालाई असर नपर्ने गरी विकल्प ल्याइने : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले उपभ…

मोबाइल उद्योग सुधार्न क्यान महासंघ र एनएमडिएबीच रणनीतिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रको विकास, नीतिगत सुधार र अवैध मोबाइल कारोबार नि…

पूर्व जाने बसमा अब सिसी क्यामेरा, अनलाइन टिकट र जीपीएस सुविधा

काठमाडौं । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न गन्तव्यमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारी साधनमा सिसी क्या…

सरकारको हरित कर विस्तार : पेट्रोलदेखि स्मार्टफोनसम्म, कुनमा कति ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३ को आर्थिक विधेयकमार्फत हरित करको दायरा विस्तार गर्दै कर प्रणालीमा व्…

सूचना-प्रविधिमा सरकारको ‘मेगा बजेट’ : एआई, टेलिकम र फिनटेक प्राथमिकतामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई देशको नयाँ आर्थिक इन्जिनका…

राइड–सेयरिङ सेवामा १ प्रतिशत अग्रिम कर लाग्ने

काठमाडौं । सरकारले राइड–सेयरिङ सेवामार्फत आम्दानी गर्ने व्यक्तिबाट अग्रिम कर असुल गर्ने व्यवस्था लागू गरे…

सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्ने, घरजग्गा कारोबार स्थानीय तहबाटै हुने

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकारी कार्यालयमा डिज…

प्रविधि क्षेत्रमा सरकारको प्रोत्साहन, आईटी सेवा निर्यातमा ५० प्रतिशत कर छुट

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) उद्योगलाई मुलुकको आर्थिक वृद्धिको नयाँ आधारस्तम्भका रूपमा विकास गर्ने…

२१ खर्ब २४ अर्बको बजेट घोषणा, विद्युतीय सवारीमा नीति परिवर्तन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक…

दूरसञ्चार प्राधिकरण विधेयक संसदमा ल्याइने, सूचना क्षेत्रमा ५ अर्ब ९३ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले दूरसञ्चार प्राधिकरण विधेयक संसदमा पेश गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेल…

नेपाल एआई युगमा प्रवेश गर्दै, बजेटमा तीन महत्त्वपूर्ण घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृत्रिम बौद्धिकता (एआई) प्रविधिलाई आर्थिक रूपान्तरण…