कीवर्डहरू -

अपडेट

नेपाल इन्जिनियरिङ कलेज र भायोनेट बीच एमओयू

काठमाडौं । भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र भायोनेट कम्युनिकेशन लिमिटेड बीच दुरसञ्चार, आइटी विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई शिक्षा र उद्योगलाई जोड्न समझदारी (एमओयू) भएको छ ।

मुनाफारहित सामाजिक संस्थाका रुपमा सञ्चालित कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास गर्दै उनीहरुलाई उद्योग र व्यवसायसँग नजिक गराउनु उद्देश्यले नेपालको अग्रणी इन्टरनेट प्रदायक संस्था भायोनेट कम्युनिकेशनसँग एमओयू गरेको हो ।

एमओयू पत्रमा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी तथा कम्प्युटर इन्जिनियरिङ विभागका सहायक प्राध्यापक कृष्ण विक्रम शाह भायोनेट कम्युनिकेशनकी कर्पोरेट सेल्स मेनेजर रञ्जु लामाले हस्ताक्षर गरेका हुन् ।

एमओयूमा नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुको सीप, उद्योगको सम्पर्क र रोजगारी बढाउने लक्ष्य लिइएको छ । जस अनुसार विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउँदै उनीहरुलाई रोजगार बनाउन विशेष तालिम सञ्चालन गर्ने, दुरसञ्चार र आइटी क्षेत्रमा करियर प्लेसमेन्टहरु गरिने भनिएको छ ।

कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले भायोनेटसँगको साझेदारीले शिक्षा र उद्योग बीचको खाडललाई कम गर्ने, विश्वब्यापी शिक्षाको अनुभव गर्ने तथा भविष्यका लागि बलियो सीपयुक्त जनशक्ति तयार गर्न टेवा पुग्ने बताए ।

विद्यार्थीको सिकाईलाई अझ प्रभावकारी बनाउन र विद्यार्थी जीवनबाटै उद्योग र व्यवसायीक क्षेत्रको अनुभव हासिल गराउन कलेजले विभिन्न व्यवसायिक संस्था र उद्योगहरु बीच सहकार्य गर्दै आइरहेको छ ।

पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुमा स्नातक तथा स्नातकोत्तर तहसम्मको पढाई हुने गरेको छ ।

अपडेट

सामाजिक सञ्जाल र एआई प्रयोगमा नयाँ मापदण्ड, श्रम मन्त्रालयको नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले आफ्ना कर्मचारीहरूको कार्यशैलीलाई थप अनुशासित, मर्यादित र जिम्मेवा…

प्रस्तावित प्रधानन्यायाधीशको नयाँ योजना : अदालतमा एआई प्रयोगदेखि लाइभ सुनुवाइसम्म

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा न्यायपालिकालाई प्रविधिमैत्र…

एक्सले लगायो कडा एक्शन लिमिट : अब कति पोस्ट, डीएम र फलो गर्न पाइन्छ ?

काठमाडौं । एक्सले आफ्ना प्रयोगकर्ताहरूका लागि केही कडा नियम र एक्शन लिमिटहरू तय गरिदिएको छ । अब तपाईंल…

इंस्टाग्रामको नयाँ इन्स्टेन्ट फिचर के हो र यसलाई कसरी बन्द गर्ने ?

काठमाडौं । इंस्टाग्रामको नयाँ इन्स्टेन्ट फिचरले प्रयोगकर्तालाई तुरुन्तै फोटो खिचेर आफ्ना साथीहरू वा क्लोज फ्…

अनुसन्धान, उद्योग र नवप्रवर्तनमा लगानी बढाउन सांसद पुनको आग्रह

काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्…

युट्युबको नयाँ टुल : एआई-डीपफेक र पहिचान चोरीबाट अब सबै प्रयोगकर्ता सुरक्षित हुने

काठमाडौं । इन्टरनेटमा फैलिँदै गएको फेक भिडियो र डीपफेकको जाल तोड्न युट्युबले आफ्नो लाइकनेस डिटेक्शन प्र…

विदेशबाट पैसा पठाउँदा अब सामाजिक सहयोग पनि : हाम्रो पात्रो रेमिट विद्यार्थीको शिक्षामा सहयोगी बन्ने

काठमाडौं । डिजिटल सेवामार्फत विश्वभरका नेपालीहरूलाई जोड्दै आएको नेपालको सर्वाधिक लोकप्रिय प्लेटफर्म हाम्रो पात्…

इनड्राइभ बन्यो विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड-हेलिङ एप

काठमाडौं । ४८ देशहरूमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्र…

स्मार्ट युगको नयाँ खतरा : तपाईंको हरेक गतिविधिमाथि कसरी बढ्दैछ डिजिटल निगरानी ?

काठमाडौं । हाम्रो जीवन पहिलेभन्दा धेरै स्मार्ट र ‘कनेक्टेड’ भएको छ । मनोरञ्जन, सुविधा र साम…

अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

काठमाडौं । नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको फुल-फ्लेज्ड अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेव…

गूगलले जीमेलको फ्री स्टोरेज घटाउने परीक्षण गर्दै, नयाँ प्रयोगकर्तालाई ५ जीबीसम्म सीमित गर्ने संकेत

काठमाडौं । गूगल अहिले व्यक्तिगत जीमेल अकाउन्टहरूका लागि राम्रो–खासो मात्रामा निःशुल्क स्टोरेज उपलब्…

‘ह्याक फर सेफ्टी’ आयोजना गर्दै नेपाल प्रहरी, देशभरका टेक प्रतिभालाई सहभागी हुन आह्वान

काठमाडौं । नेपाल प्रहरीले पहिलो पटक सरकारी स्तरमै प्रविधिमा आधारित ‘ह्याकाथन’ प्रतियोगिता आयोजन…

गूगलको ‘एन्ड्रोयड शो २०२६’ मा एआईमय भविष्यको संकेत : फ्रड रोक्नेदेखि ‘गूगलबुक’ सम्म

काठमाडौं । गूगलले यस हप्ता आयोजना गरेको ‘एन्ड्रोयड शो २०२६’ मा धेरै ठूला परिवर्तनहरूको घो…

अन्तर्राष्ट्रिय सम्बन्धमा रुचि भएकालाई अवसर, ग्रीष्मकालीन इन्टर्नसिप घोषणा

काठमाडौं । परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘ग्रीष्मकालीन इन्टर्नसि…

महालेखाको रिपोर्ट : १५ स्थानीय तहले खरिद गरेको सफ्टवेयर प्रयोगमै आएन

काठमाडौं । स्थानीय तहहरूले खरिद गरेका सफ्टवेयर प्रयोगमै नआएको पाइएको छ । महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रत…