अपडेट
मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ मोबाइल एप सार्वजनिक
मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ अस्पताल मोबाइल एप सार्वजनिक गरेको छ। यस एपमार्फत बिरामीहरूले मोबाइल फोन प्रयोग गरी ओपीडी टिकट बुकिङ, टाढैबाट अपोइन्टमेन्ट निर्धारण, र प्रयोगशाला रिपोर्ट डिजिटल रूपमा प्राप्त गर्न सक्नेछन्।
उक्त एपको मुख्य विशेषता भनेको नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको प्रणालीसँगको सहज समन्वय (API Sync) हो । यस अन्तर्गत बीमितले आफ्नो बीमा स्थिति वास्तविक समयमा प्रमाणीकरण गर्न सक्ने,बीमा सुविधा अन्तर्गत स्वतः ओपीडी टिकट बुक गर्न सक्ने र प्राप्त बीमा अनुसार निःशुल्क सेवा उपभोग गर्न सक्नेछन् ।
बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गुणस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य, सरल र प्रविधिमैत्री बनाउने प्रतिबद्धता पुरा गर्दै अब बिरामीलाई टिकट लिन वा रिपोर्ट खोज्न अस्पताल धाउनु पर्ने अवस्था नरहने बताएको छ ।
वि.सं. २०४९ माघ ५ गते स्थापना भई २०५५ कात्तिक ११ गतेदेखि स्वायत्त स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालनमा आएको बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पूर्वी नेपालमा टिचिङ डिष्ट्रिक्ट मोडलमार्फत विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला तथा अञ्चल अस्पतालमार्फत सेवा विस्तार गर्दै आएको छ। यो एपको शुभारम्भले डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धनमा प्रतिष्ठानको प्रतिबद्धतालाई झनै बलियो बनाएको छ।
मिदास हेल्थ सर्भिसेजले नयाँ एप मार्फत अनलाइनमार्फत ओपीडी टिकट बुकिङ तथा भुक्तानी, मोवाइल फोनबाटै अपोइन्टमेन्ट निर्धारण, प्रयोगशाला रिपोर्ट डिजिटल पहुँच तथा बीमितका लागि निःशुल्क सेवा र बीमाको अवस्था प्रमाणीकरण सहजै गर्न सकिने उल्लेख गरेको छ ।
बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मिदास हेल्थ सर्भिसेज बीचको यो सहकार्यले नेपालमा डिजिटल स्वास्थ्य सेवा रूपान्तरणको दिशामा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको पनि दुवै सस्थाले उल्लेख गरेका छन् ।
अपडेट
सामसङको नयाँ मल्टी-बाइ अफर: ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्म छुट
सामसङ नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदमा विशेष ‘मल्टी-बाइ अफर’ सार्वजनिक गरेको…
डिशहोमले ल्यायो भर्चुअल प्रिभिलेज कार्ड, २५ प्रतिशतसम्म छुटको सुविधा
देशकै अग्रणी डिजिटल सेवा प्रदायक कम्पनी डिशहोमले नेपालकै पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो का…
एनसेलले सुरू गर्यो भोल्टे रोमिङ सेवा
नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकहरुका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोम…
कक्षा १२ को नतिजा सार्वजनिक, अनलाइनबाट यसरी हेर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार साझ बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।&…
पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा ई-स्पोर्ट्स भयो नवौं, जित्यो १ करोड ७८ लाख बढी पुरस्कार
पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा ई-स्पोर्ट्सले नवौं स्थान हासिल गर्न सफल भएको छ ।
चीनको ‘मर्निन’ ह्यूमनोइड रोबोटले मानिसको सहयोगबिना खोल्यो गाडीको ढोका
चीनले रोबोटिक्स क्षेत्रमा विगत केही वर्षमा निकै प्रगति गरेको छ। त्यहाँका रोबोटहरू यस्ता काम गरिरहेका छन्, जसको कल्पना पनि गर्न गा…
इन्स्टाग्रामको नयाँ लाइभ-स्ट्रीमिङ नीति: पब्लिक अकाउन्ट र १ हजार फलोअर्स अनिवार्य
इन्स्टाग्रामले लाइभ-स्ट्रीमिङमा नयाँ नीति लागू गरेको छ । टेकक्रन्चलाई दिएको जानकारी अनुसार लाइभ-स्ट्रीमिङ फिचर प्रयोग गर्न कम्…
इनड्राइभको प्लेटिनम ड्राइभर गिभअवे: सुनुवारले जिते टाटा एक्सेप्रेस टी ईभी, थापालाई टिभीएस बाइक
इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गर्यो विश्वव्यापी मोबिलिटी एण्ड अर्वान स…
डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर
डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको घोषणा ग…
स्टारलिंक सिग्नलको इन्टरफेरेन्सले खगोलशास्त्रमा समस्या: ब्रह्माण्ड अवलोकनका ३० प्रतिशत इमेज प्रभावित
एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकले एस्ट्रोनोमर्स (खगोलविद्हरू) को चिन्ता बढाएको छ। कर्टिन युनिभर्सिटीका रिसर्चर्स …
आइओएस १८.६ अपडेट तुरुन्त इन्स्टल गर्न एप्पलको आग्रह
एपलले यस हप्ताको सुरुमा आफ्ना डिभाइसहरूका लागि लेटेस्ट सफ्टवेयर अपडेट आइओएस १८.६, आइप्याडओएस १८.६, म्याकओएस सेक्वोइया १५.६, टी…
शेयर कारोबार खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य
अब शेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ।
नेपाल स्टक एक्सचेन्…
ड्राइभिङ लाइसेन्सको म्याद अब १० वर्ष
सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्ष हुने भएको छ ।
सरकारले राजपत्रमा प्…
अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड …
सामसङको नयाँ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक
सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्ट वाच ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। दैनिक जीवनलाई सहज बनाउने, स्वास्थ्य निगर…