अपडेट
मेटाले ह्वाट्सएपमा ल्याउँदै ‘क्विक रिक्याप’: एआईद्वारा पाँच च्याट्सको अनरेड मेसेजहरूको तिब्र सारांश
मेटा छिट्टै ह्वाट्सएपमा नयाँ एआई-सक्षम फीचर ‘क्विक रिक्याप’ जोड्न गइरहेको छ, जसले प्रयोगकर्ताहरूलाई एकैपटक धेरै च्याट्सका नपढेको मेसेजहरूको तिब्र सारांश दिनेछ। वेबेटाइन्फोको रिपोर्टअनुसार, यो फीचर हाल बिटा टेस्टिङमा छ र भर्खरैको ह्वाट्सएप एन्ड्रोइड बिटा भर्सन २.२५.२१.१२ मा देखिएको हो।
के हो क्विक रिक्याप फीचर?
यो फीचर विशेषगरी तिनीहरूका लागि उपयोगी हुनेछ जो लामो समयदेखि ह्वाट्सएपबाट टाढा थिए र धेरै च्याट्सका नपढेको मेसेजहरू पढ्नुपर्ने अवस्थामा छन्। यो ह्वाट्सएपको पूर्वमै रहेको “मेसेज समरीज” फीचरमा आधारित भए पनि, नयाँ ‘क्विक रिक्याप’ अहिलेसम्मकोभन्दा बढी उन्नत हुनेछ। प्रयोगकर्ताहरू एकैपटक पाँच च्याट्ससम्म सेलेट गर्न सक्नेछन् र एआईमार्फत प्रत्येक च्याटको छोटो सारांश प्राप्त गर्न सक्नेछन्। यसरी तिनीहरूले बारम्बार मेसेज थ्रेड्स स्क्रोल गर्नुपर्ने झन्झटबाट बच्नेछन्।
यो फीचर कसरी प्रयोग गर्ने?
वेबेटाइन्फोले सेयर गरेको स्क्रिनसटअनुसार, प्रयोगकर्ताहरूले ‘च्याट्स’ ट्याबमा गई एक भन्दा बढी च्याट् सेलेट गर्नु पर्नेछ। त्यसपछि माथि देब्रे कोणमा रहेको तीन–डट मेन्यूमा ट्याप गरी ‘क्विक रिक्याप’ अप्सन छान्दा, मेटाको इन–हाउस एआईले अनपढ मेसेजहरूको विश्लेषण गरी सारांश प्रस्तुत गर्नेछ।
रिपोर्टमा भनिएको छ कि यो फीचर मेटाको ‘प्राइभेट प्रोसेसिङ’ प्रविधिसँँग सुसज्जित हुनेछ, जसमा इण्ड–टु–इण्ड इन्क्रिप्सन, सेक्योर इनक्लेभ र आइसोलेटेड कम्प्युटेशनजस्ता प्रविधिहरू प्रयोग गरिने छन्। यसले प्रयोगकर्ताको पूर्ण गोपनीयता सुनिश्चित गर्छ, मेटा वा ह्वाट्सएपले तपाइँका वास्तविक मेसेज वा एआईद्वारा सिर्जना गरिएको सारांश कहिल्यै हेर्न सक्ने छैनन्।
यो नयाँ फीचर पूर्णतः ओप्सनल हुनेछ र डिफल्ट रुपमा अन सक्रिय हुनेछैन। प्रयोगकर्ताहरूले सेटिङ्समा गएर म्यानुअली यसलाई अन गर्नुपर्नेछ। साथै, जहाँ–जहाँ ह्वाट्सएपको ‘एड्भान्स्ड च्याट प्राइभेसी’ सेटिङ लागू छ, ती च्याट्स स्वचालित रूपमा एक्सक्लुड गरिनेछन्।
अपडेट
सुर्खेतमा युवतीहरूका लागि उदयीमान प्रविधिमा तीनदिने सीप विकास तालिम हुँदै, यसरी हुनुहोस् सहभागी
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा महिला सशक्तिकरण र डिजिटल समावेशीकरणको उद्देश्यले…
मनसुनका बेला विद्युत र सञ्चार सेवाको समस्या सम्बोधन गर्न आग्रह
मनसुन प्रतिकार्य कमाण्ड पोस्टले मनसुनका बेला विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरण…
नेपाली बजारमा इन्फिनिक्सको नयाँ स्मार्टफोन हट ६० आई सार्वजनिक
इन्फिनिक्स नेपालले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन हट ६० आई सार्वजनिक गरेको छ । हट ६० आईमा रहेको ४५ वाट फास्ट चार्जिङ …
‘लेजीहग’: नयाँ एआई-पावर्ड मालवेयरले विन्डोज कम्प्युटरमा खतरनाक हमला
दुनियाँभरमा विन्डोज कम्प्युटरहरूलाई इन्फेक्ट गर्ने नयाँ खतरनाक मालवेयर ‘लेज़ीहग’ देखा परेको छ, जसले एआई च्याटबोटहरू…
गुगलको नयाँ इनएक्टिभिटी पोलिसी: २ वर्ष निष्क्रियता पश्चात् जीमेल अकाउन्ट डिलिट
जिमेल, गुगलको लोकप्रिय इमेल सेवा हो जुन विश्वभर अर्बौं मानिसले प्रयोग गर्छन्। तर धेरै युजरले सोच्छन् कि यदि उनीहरूले लामो समयसम्…
एक्सएआईले ल्याउँदैछ ‘बेबी ग्रोक’, बच्चामैत्री एआई एप
केही समयदेखि एलन मस्कको एआई च्याटबट ग्रोक निकै चर्चामा छ। एक्समा मानिसहरू ट्वीट गरेर यसलाई निडर भएर प्रश्न सोधिरहेका छन् र यसले …
एआई र रोबोटिक्सले २०४५ सम्म मानव रोजगारी समाप्त गर्ने जोखिम छ: एडम डोरको चेतावनी
रिथिंकएक्सका अनुसन्धान निर्देशक एडम डोरले सन् २०४५ सम्ममा एआई र रोबोटिक्सले अधिकांश मानवद्वारा गरिने कामहरू समाप्त हु…
सुर्खेतका ७० जना स्थानीय युवाहरूलाई जेनेस सोलुसनको १० दिने आईटी तालिम
जेनेस सोलुसनले जुन ३० देखि जुलाई ९ सम्म भेरीगंगा नगरपालिकामा १० दिने आईटी तालिम सम्पन्न गरेको छ। तालिममा ३४ जना…
शार्क ट्यांक नेपालको मनोरञ्जन पार्टनरमा टिकटक
टिकटकले शार्क ट्यांक नेपालसँग साझेदारी गरेको छ । शार्क ट्यांक नेपालको पहिलो सिजनमा टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर भएको छ ।&…
सार्वजनिक निकायमा अब अनलाइनबाटै सूचना माग गर्न सकिने
अब अनलाइनबाटै सार्वजनिक निकायमा सूचना माग गर्न सकिने भएको छ ।
राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा सूचना माग गर्न सकिने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (…
१० औं संस्करणको आइसिटी अवार्डको अनलाइन नोमिनेसन खुला, १५ विधामा आवेदन दिन सकिने
दूरसञ्चार प्राधिकरणद्वारा अनधिकृत अन्तर्राष्ट्रिय एसएमएसमा कारबाही गर्न निर्देशन
दूरसञ्चार ऐन, २०५३ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले देशका सरकारी मान्यता प्राप्त सेवा प्रदायक बाहेकका संस्थाहरूले अन्तर्राष्ट्रिय आगमन एप्लिकेसन टू पर्सन (एटू…
आईएमई पे र खल्तीको एकीकृत कारोबार सुरू, विनय खड्का बने सीईओ
आईएमई पे र खल्तीले एकीकृत कारोबार सुरू गरेका छन् । साउन १ गतेदेखि आईएमई पे र खल्तीले आईएमई खल्ती लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू गरेका हुन् । …
रोबोटिक्समा काम गरिरहेको गुडविस इन्जिनियरिङले शार्क ट्यांक नेपालबाट पायो २ करोड लगानी
एआई र रोबोटिक्सको क्षेत्रमा काम गर्दै आएको कम्पनी गुडविस इन्जिनियरिङले शार्क ट्यांक नेपालबाट २ करोड लगानी पाएको छ ।
…बेलायतमा विस्तार भयो नेपाली आईटी कम्पनी पेरिविन सोलुसन
सूचना प्रविधि (आईटी) कम्पनी पेरिविन सोलुसन (Periwin.com) ले बेलायत …